गोदावरीमा बहुभाषिक कविगोष्ठी

वि.सं. २०७५ असार २७ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा साहित्य विभाग र स्मार्ट माइक्रो रिसर्चको आयोजनामा ललितपुरको गोदवारीमा बहुभमषिक कविता गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभागका प्रमुख प्राज्ञ श्रवण मुकारुङ तथा आख्यान विभाग प्रमुख प्राज्ञ मातृका पोखरेलको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा डा. भक्त राई र तिलक चाम्लिङले मातृभाषा सम्बन्धी कार्यपत्र पस्तुत गर्नु भएको थियो भने प्राज्ञ शान्तिराम राईले कार्यपत्रमाथि टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा तामाङ, थुलुङ, बान्तवा, लिम्बू र नेपाली भाषाका कविता तथा गीतहरू प्रस्तुत भएका थिए ।
प्राज्ञ श्रवण मुकारुङ तथा प्राज्ञ मातृका पोखरेलले बहुभाषिक सिर्जनाहरूको वर्तमान अवस्था र भावी कार्यदिशाका ’boutमा मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका सभापति तथा स्मार्ट माइक्रो रिसर्चका अध्यक्ष बम बानियाँले कार्यक्रमको महत्व र औचित्य माथि प्रष्ट पार्नु भएको थियो ।

स्रष्टा भेटघाट कार्यक्रम

वि.सं. २०७५ असार ३० गते । २०५ औँ भानुजयन्ती तथा आफ्नो छैठौँ वार्षिक उत्सवको अवसर पारी भारतका सिक्किम, दार्जिलिङ, सिलिगुडी, मिरिक लगायतका कविहरूलाई काठमाडौँ निम्त्याएर नेपाली वाङ्मय परिषद्ले नेपाली कविताका ’boutमा अन्तक्र्रिया गर्नुका साथै विशेष कवि गोष्ठीको आयोजना गरेको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान अनुवाद विभाग प्रमुख प्रा.डा. उषा ठाकुर, आख्यान विभाग प्रमुख मातृका पोखरेल, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ नारद हार्तम्छालीको पनि उपस्थिति रहेको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको सहयोगमा आयोजित उक्त कार्यक्रममा सिलिगुडीका कवि तथा समीक्षक सुकराज दियालीले पूर्वोत्तर भारतमा नेपाली कविताको स्थिति’bout सङ्क्षेपमा गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसपछि कार्यक्रममा सिक्किमका कवि वीरु बाङ्देल, दार्जिलिङ, मिरिक तथा सिलिगुडीबाट आएका कविहरू रन्जित गुरुङ, महेन्द्र स्याङ्बो, मनोहर शर्मा, सुरज रोसरी र शरदकुमार क्षेत्रीले कविता सुनाउनु भएको थियो ।
त्यसै गरी नेपालका कविहरू देवकी अभिलाषी, सुनिता खनाल र बिना थिङ तामाङले आ–आफ्ना कविता पाठ गर्नु भएको थियो । संस्थाको विधानअनुसार कार्यक्रममा कविता राई गाउँले, वसन्तराज अज्ञात र सरस्वती पन्त भट्टराईलाई आजीवन सदस्यता प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र परिषद्का अध्यक्ष शशी लुमुम्बूले उहाँहरूलाई ताम्रपत्र र फूलमाला लगाएर आजीवन सदस्यता प्रदान गर्नु भएको थियो ।
यस्तो महत्वपूर्ण कार्यक्रमको संयोजन गरेकोमा परिषद्लाई धन्यवाद दिँदै प्रमुख अतिथि कुलपति उप्रेतीले नेपाली मूलका भारतीय कविहरूले नेपाली कविताको उन्नयनमा उल्लेखनीय योगदान दिएको बताउनु भयो ।
सभाका सभाध्यक्ष नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले स्थापना कालदेखि नै संस्थाले भारतका विभिन्न प्रान्तका नेपाली भाषाी तथा गैर नेपाली भाषी स्रष्टाहरूलाई नेपाल आमन्त्रण गरी साहित्यिक आदान प्रदान कार्य गरिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा परिषद्का उपाध्यक्ष पूर्ण इन्फादा र सचिव टीका चाम्लिङले संस्थाका गतिविधि’bout प्रकाश पार्नुभएको थियो ।

नुवाकोटमा कविता विमर्श तथा कविगोष्ठी सम्पन्न

वि.सं. २०७५ असार २३ गते नुवाकोट जिल्लाको सदरमुकाम विदुरको बट्टारमा आयोजित कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् काव्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरीले प्राथमिक कालदेखि वर्तमानसम्म नेपाली कविताको उन्नयनका निमित्त नुवाकोट जिल्लाको विशिष्ट योगदान रहिआएको बताउनु भएको छ ।
बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको सभाहलमा नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभाग, नेपाली वाङ्मय परिषद् र नुवाकोट साहित्य प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘कविता विमर्श तथा कवि गोष्ठी’ मा उहाँले सो कुरा बताउनु भएको हो ।
यसै सन्दर्भमा नुवाकोटमा कविता विधाको थप विकासका लागि केही योगदान दिन सकियोस् भनेर यो कार्यक्रमको आयोजना गरिएको समेत उहाँले बताउनु भयो । यस्तो कार्यक्रमले स्थानीय प्रतिभाको प्रस्फुटन गराउनुका साथै जागरण ल्याउने उहाँको कथन थियो ।
प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य एव्म नेपाली वाङ्मय परिषद्का अध्यक्ष प्राज्ञ शशी लुमुम्बूले यस प्रकारका कार्यक्रमले प्रतिभाहरूको खोजी गर्ने धारणा राख्नुभयो ।
कार्यक्रम’bout वाङ्मय परिषद्का सचिव टीका चाम्लिङले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नुवाकोटका कविता’bout शिवसुन्दर पुडासैनीले गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो भने गणेश पाण्डे र सुमित्रा सुमी पुडासैनीको गोष्ठीपत्रमाथि सुझाब दिनुभएको थियो ।
कार्यक्रममा देउती दीर्घायु, रामप्रसाद चालिसे, प्रमिला परी, जानुका दाहाल, अर्जुनप्रसाद पराजुली, सुमित्रा सुमी, टीका चाम्लिङ, करण तामाङ, विष्णुप्रसाद सापकोटा, रामकृष्ण अमर, शिवसुन्दर पुडासैनी लगायतका कविहरूले कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष चिरञ्जीवी भट्ट, नेपाल शिक्षक संघ, नुवाकोटका अध्यक्ष रामबहादुर थापा, नुवाकोट साहित्य प्रतिष्ठानका अध्यक्ष रामकुष्ण गजुरेल, सल्लाहाकार श्रीराम श्रेष्ठले नुवाकोटेली साहित्यका ’boutमा आ–आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।

स्रष्टा पदयात्रा कार्यक्रम सम्पन्न

वि.सं. २०७५ असार १६ गते नेपाल प्रज्ञा–प्रतिष्ठान र प्रगतिशील लेखक सङ्घ, सिन्धुपाल्चोकको आयोजनामा आख्यान गोष्ठी एवं ‘विकास र समृद्धिका लागि साहित्य’ को नारा लिएर आएको नेपाल प्रज्ञा–प्रतिष्ठान र प्रगतिशील लेखक सङ्घ, सिन्धुपाल्चोकको संयुक्त आयोजनामामा आख्यान गोष्ठी, बिहानी लोकार्पण र प्रलेस स्रष्टा यात्रा–२०७५ को उद्घाटन समारोहका प्रमुख अतिथि प्राज्ञ एवं प्रगतिशील लेखक सङ्घका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले गर्नुभयो । साथै उहाँले ‘बिहानी’ पत्रिकाको पनि विमोचन गर्नुभयो ।
समारोहमा प्रलेस सिन्धुका सल्लाहकार माननीय सरेश नेपाल, प्रलेस सिन्धुपाल्चोकका सल्लाहकार भारद्वाज मित्र पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । प्रगतिशील लेखक सङ्घका केन्द्रीय महासचिव आर.एम्. डंगोल, प्रलेसका विभिन्न प्रादेशिक प्रतिनिधिहरू खेम थपलिया, डा. पुस्करराज भट्ट, प्रलेस सिन्धुका सल्लाहकार गङ्गा पौडेल, प्रलेस सिन्धुका पूर्व अध्यक्षहरू जगन्नाथ आचार्य, साधुराम नेपाल, साहित्यकारहरू देविका तिमिल्सिना, स्नेह सायमी, बुद्धि तिमिल्सिना, बाह्रबीसे न.पा.का उपमेयर आदि विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रम प्रलेस सिन्धुका अध्यक्ष दिनेश दुलालको सभापतित्वमा भएको थियो । नेपाली आख्यानका ’boutमा डा. पुष्करराज भट्टले टिप्पणी गर्नुभएको थियो भने उपस्थित अन्य अतिथिहरूले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

‘नेपाली उपन्यासमा आञ्चलिकता’ विषयक गोष्ठी

वि.सं. २०७५ असार १६ र १७ गते ‘नेपाली उपन्यासमा आञ्चलिकता’ विषयक गोष्ठीको आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान, आख्यान विभाग र नेपाली लेखक सङ्घसँगको सहकार्यमा मकवानपुरको चित्लाङमा ‘नेपाली उपन्यासमा आञ्चलिकता’ विषयक दुई दिने गोष्ठीको आयोजना गरिएको हो ।
प्रज्ञा–प्रतिष्ठान, गद्य आख्यान विभाग प्रमुख मातृका पोखरेलको प्रमुख आतिथ्य र स्थानीय समाजसेवी केशवराज पौडेलको सभापतित्वमा भएको गोष्ठीमा पहिलो दिन यसै विषयका ज्ञाता डा. धनप्रसाद सुवेदी (श्रमिक) ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा उहाँले आञ्चलिकताको अर्थ, सन्दर्भ र आञ्चलिकतालाई प्राथमिकता दिएर लेखिएका उपन्यासहरूको सूचीसमेत प्रस्तुत गर्नुभएको थियो ।
डा.सुवेदीको कार्यपत्रमाथि साहित्यकार गोपाल अश्कले टिप्पणी गर्नुभएको थियो । गोष्ठीका प्रमुख अतिथि मातृका पोखरेलले आञ्चलिकता सम्बन्धीको कार्यक्रम धेरै पहिलेदेखि नै गर्न चाहेकोमा कार्यकालको अन्त्यतिर भए पनि उपलब्धीपूर्ण कार्यक्रम भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
दोस्रो सत्रमा सिर्जना वाचनको क्रम चलेको थियो । आ–आफ्ना सिर्जना वाचन गर्नेहरूमा– गीता कार्की, तुलसीहरि कोइराला, बाबा बस्नेत, सन्ध्या पहाडी, सरु सुवेदी, अर्जुन थापा, डा. धनप्रसाद सुवेदी (श्रमिक), डा. विन्दु शर्मा, बुद्धरत्न मानन्धर, लक्ष्मण रेग्मी, रामकृष्ण बस्नेत लगायतका स्रष्टाहरू हुनुहुन्थ्यो । वाचित सिर्जनाका ’boutमा समालोचक डा. विन्दु शर्माले भाव र सन्दर्भपरक टिप्पणी गर्नुभएको थियो ।
काठमाडौँ प्रवेश गर्ने पुरानो नाका भएकाले धेरै ऐतिहासिक महत्वको थलो चित्लाङमा भएका सम्पदाहरूको स्रष्टाहरूबाट दुई दिन नै अवलोकन गर्ने क्रम चलेको थियो । चारुमतिले बनाएको चारु विहार, भैरव मन्दिर, महाकविले यात्री कविता सिर्जना गरेको थलोस्थित गुर्जुधारो, नेपालमै पहिलोपटक स्थापना भएको बाख्राको दुधबाट चीज उत्पादन गर्ने फ्याक्ट्री, ऐतिहासिक पाटीहरू, होमस्टेहरूको अवलोकन भ्रमणबाट यो कार्यक्रममा स्रष्टाहरूलाई महत्वपूर्ण उपलब्धी मिलेको निचोड निकालिएको थियो ।

बंगलादेबाट फर्कियो प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधि मण्डल

वि.सं. २०७५ असार १३ देखि १७ गते । बंगला एकेडेमी, बंगलादेशको निमन्त्रणामा साहित्यिक आदान प्रदानका लागि ढाका गएको नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक प्रतिनिधि मण्डल पाँच दिने भ्रमण पूरा गरी २०७५ असार १७ गते आइतबार राजधानी फर्किएको छ । उक्त प्रतिनिधि मण्डल गत बुधबार ढाकातर्फ प्रस्थान गरेको थियो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीको नेतृत्वमा सद्भाव भ्रमणमा गएको प्रतिनिधि मण्डलमा प्राज्ञ परिषद्का सदस्यहरू प्राज्ञ प्रा. दिनेशराज पन्त र प्राज्ञ नर्मदेश्वरी सत्याल तथा प्राज्ञसभाका सदस्यहरू प्राज्ञ धु्रव मधिकर्मी, प्राज्ञ शशी लुमुम्बू, प्राज्ञ हरिप्रसाद तिमिल्सिना एवम् प्रतिष्ठानका प्रशासनतर्फका उपप्रमुख सुरेन्द्रकाजी सिन्दुराकार सम्मिलित हुनुहुन्थ्यो ।
करिब दुई वर्षअघि नेपाल प्रज्ञा–प्रतिष्ठान र बंगला एकेडेमीबिच दुई देशका भाषा, साहित्य, संस्कृति, इतिहास र दर्शनको खोज–अनुसन्धान एवं अनुवादजस्ता प्राज्ञिक कार्य गर्ने सम्झौता भएको थियो । सोही सम्झौताअनुसार गत वर्ष बंगला एकेडेमीको प्रतिनिधि मण्डल नेपाल एकेडेमीको निमन्त्रणामा नेपाल भ्रमणमा आएको थियो ।
बंगला एकेडेमीले प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधि मण्डलको स्वागतमा ढाकाको काजी नजरुल इस्लाम मार्गस्थित एकेडेमी भवनमा बिहीवार एक समारोहको आयोजना गरेको थियो । उक्त अवसरमा बाङ्गला एकेडेमीका अध्यक्ष डा.अनिसुज्जमानको अध्यक्षतामा ‘एक्सचेन्ज अफ भ्युज् अन लिटरेचर एन्ड कल्चर बिट्वीन बंगला एकेडेमी एन्ड नेपाल एकेडेमी’ शीर्षकमा साहित्यिक विचार विमर्श कार्यक्रमसमेत भएको थियो । सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य–सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले ‘नेपालका भाषाहरूको साहित्यिक अवस्था’’bout प्रवचन दिनुभएको थियो । कार्यक्रममा नेपाली कवितासङ्ग्रह बांगलामा र बांगला कवितासङ्ग्रह नेपालीमा अनुवाद गराउन दुवै प्रज्ञा–प्रतिष्ठानले सामग्रीहरू परस्पर आदान–प्रदान गर्ने सहमति भएको थियो ।
कार्यक्रममा बंगला एकेडेमीका सचिव मोहम्मद अन्वर हुसैनले बंगाली साहित्य र एकेडेमीका गतिविधि’bout प्रकाश पार्दै बंगला एकेडेमी र नेपाल एकेडेमीबिचको सहकार्यले महत्वपूर्ण उपलब्धि हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
बंगलादेश भ्रमणका क्रममा प्रज्ञा–प्रतिष्ठानको प्रतिनिधि मण्डललाई बंगला शिल्पकला एकेडेमी (नेसनल एकेडेमी अफ फाइन एन्ड पर्पmमिङ आर्टस्) का डाइरेक्टर जनरल लिक्वायत अलि लक्कीले स्वागत गर्दै बंगलादेश र नेपालबीच धेरै पहिलेदेखि प्रगाढ सम्बन्ध रहेको बताउँदै सांस्कृतिक क्षेत्रमा धेरै काम गर्न सकिने विश्वास व्यक्त गर्नुभएको थियो ।
यसै गरी प्रतिनिधि मण्डललाई राजधानी ढाकाबाट करिब दुई सय किलोमिटर टाढा रहेको रुरल डेभलोपमेन्ट एकेडेमीको अवलोकन भ्रमण गराइएको थियो । उक्त एकेडेमीका डाइरेक्टरले स्वागत गर्दै आफ्नो एकेडेमीका कार्य’bout प्रकाश पार्नुभएको थियो ।
प्रतिनिधि मण्डललाई बोगराको महास्थानगढस्थित प्राचीन बुद्ध विहार सङ्ग्रहालय लगायत विभिन्न ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय स्थलहरूको अवलोकन भ्रमण गराइएको थियो ।

राष्ट्रिय कविता महोत्सवमा वलको ‘इन्द्रेणी गीत’ प्रथम

वि.सं. २०७५ असार ९ गते गते नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१ औँ वार्षिकोत्सवका अवसरमा प्रज्ञा भवनमा आयोजित राष्ट्रिय कविता महोत्सव–२०७५ मा काभ्रेका कवि फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको छ । महोत्सवका लागि प्राप्त २ सय २९ वटा कविताहरूमध्ये कवि बलको कविताले सबैलाई उछिनेको हो ।
यसपटक धादिङकी कवि सुनिता खनालको ‘श्यामश्वेत फोटो’ द्वितीय भयो । महोत्सवमा रामेछापका कवि जीवन खत्रीको ‘एउटा अर्काे प्रयास’, तेह्रथुमकी कवि एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’ र मोरङकी कवि मेनुका चापागाईँको ‘बिराएँछु बाटो’ तृतीय भएका थिए ।
प्रथम हुने बलले स्वर्ण पदकसहित ३० हजार रूपैयाँ, द्वितीय हुने खनालले रजत पदकसहित २५ हजार रूपैयाँ र तृतीय हुने खत्री, दुलाल र चापागाईंले कास्य पदकसहित जनही २० हजार रूपैयाँ पाउनेछन्न् । पुरस्कार र पदक राष्ट्रपतिबाट हस्तान्तरण गरिने प्रचलन रहिआएको छ । डा. हेमनाथ पौडेल, साहित्यकार मञ्जु काँचुली, प्रा. जगत उपाध्याय, कवि तथा समालोचक कृष्ण प्रधान र प्रा.डा. गोपिन्द्र पौडेल रहेको मूल्याङ्कन समितिले कविताहरू मूल्याङ्कन गरेको महोत्सवमा बताइयो । महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले स्रष्टाहरूका लागि महोत्सव प्रेरणादायी हुने दाबी गर्नुभयो ।
“काव्य क्षेत्रमा कस्ता सिर्जनाहरू हुँदै छन् भन्ने मानक पनि हो महोत्सव,” उहाँले भन्नुभयो, “समाजमा भएका विभिन्न राजनैतिक परिवर्तनमा कविता, गीत र सङ्गीतको पनि उत्तिकै योगदान रहँदै आएको छ ।”
वि.सं. २०२२ देखि महोत्सव हुँदै आएको जानकारी दिँदै कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानको जीवनमा महोत्सवले धेरै महत्व राखेको बताउनुभयो । महोत्सवमा मन्त्री अधिकारी र कुलपति उप्रेतीले ‘बृहत् शब्दकोश’ को नयाँ संस्करण पनि लोकार्पण गर्नुभयो । प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला, उपकुलपति विष्णुविभु घिमिरे, काव्य विभाग प्रमुख अमर गिरी, सदस्य–सचिव प्रा.डा. जीवेन्द्रदेव गिरी लगायतले महोत्सवको महिमा’bout प्रकाश पार्नु भएको थियो ।
यसपटक २ सय २९ मध्ये उत्कृष्ट ३६ रचना वाचनका लागि छानिएका थिए । तीमध्ये सुवास संगम राई, कल्पना काफ्ले, गणेश भट्ट ‘अणु’, प्रकाश रम्घाली, रञ्जना निरौला, त्रिभुवनचन्द्र वाग्ले, शान्ति अधिकारी, पर्शुराम भट्टराई, डिल्लीप्रसाद मूलतिहुन, हीरा भट्ट, जीवन आरोही, अग्रिम अधिकारी, कविता राई, सुभासचन्द्र भण्डारी, सचित राई, नवीन प्यासी, सुशीला खड्का, भुवन शिवाकोटी, ओमप्रसाद कोइराला, रसिक राज, ज्ञानेन्द्रबहादुर सिंह, धर्मानन्द भट्ट, सीता भण्डारी, गिरि श्रीषमगर, शान्ति शर्मा, सौरभ सुनार, सुन्दर शिरीष, नारायण सापकोटा, टहल दाहाल नवीकरणले कविता सुनाउनु भयो ।
महोत्सवमा प्रतिष्ठानका आर्थिक प्रशासन महाशाखा प्रमुख सुमन अधिकारीलाई २५ हजार रूपैयाँसहित दीर्घ सेवा पदकसमेत प्रदान गरियो । वार्षिकोत्सवको अवसरमा प्रतिष्ठानमा साङ्गीतिक प्रस्तुतिसहित विशेष कला–कविता कार्यशाला एवं कला प्रदर्शनीसमेत गरिएको थियो ।

पाँचथरमा प्रदेश स्तरीय बहुभाषिक साहित्यिक

वि.सं. २०७५ जेठ २५ र २६ गते पाँचथर जिल्लाको फिदिम नगरीमा दुई दिने प्रदेश स्तरीय बहुभाषिक साहित्यिक संगोष्ठी सम्पन्न भयो । संगोष्ठीमा मोरङ, झापा, सुनसरी, उदयपुर, भोजपुर, धनकुटा, तेह्रथुम, इलाम, ताप्लेजुङ, ओखलढुङ्गा र पाँचथर जिल्लाका विभिन्न भाषाभाषीका कवि साहित्यकारहरूको भेला हुनुभएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठान र पाँचथरका विभिन्न नगर तथा गाउँपालिकाहरूको सहयोगमा नौलो साहित्यिक बिहान प्रतिष्ठान र याक्थुङ प्रज्ञा–प्रतिष्ठान नेपालको सहकार्यमा सो संगोष्ठी सम्पन्न भएको थियो । ।
पहिलो दिन बिहान नौमती बाजा, च्याब्रुङ नाच (केलाङ), साकेला (राई), छ्यादर सिली (सुनुवार), डम्फू नाच (तामाङ), विभिन्न सामािजक सङ्घ संस्थाहरूको सहभागिता र ११ जिल्लाबाट आएका कवि साहित्यकारहरू, नेपाल प्रज्ञा–प्रतिष्ठनका कुलपति गङ्गाप्रसाद उप्रेती, प्राज्ञ श्रवण मुकारुङ, स्थानीय प्रशासन एवं स्थानीय समुदायको सहभागितामा सांस्कृतिक ¥याली सम्पन्न भयो र सो ¥याली जिल्ला समन्वय समितिको सभाकक्षमा पुगी सभामा परिणत भएको थियो ।
त्यसपछि नौलो साहित्यिक बिहान प्रतिष्ठान नेपालका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा सञ्चालित प्रदेश स्तरीय बहुभाषिक साहित्यिक संगोष्ठीको नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभयो । विशेष अतिथिका रूपमा प्राज्ञ श्रवण मुकारुङ रहनुभएको थियो । संगोष्ठीको उद्देश्यका ’boutमा अर्को आयोजक संस्था याक्थुङ प्रज्ञा–प्रतिष्ठान नेपालका कुलपति राजेन्द्रकुमार जबेगुले प्रकाश पार्नुभयो । उद्घाटन सत्रमा विभिन्न भाषा र साहित्यिक क्षेत्रमा योगदान पु¥याउने विभिन्न भाषासेवी तथा साहित्य साधकहरूलाई सम्मान गरियो । फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष एवं साहित्यकार अमरकुमार लिम्बूलाई अभिनन्दन गरियो ।
यसै गरी नेपाली वाङ्मयको विकासमा योगदान पु¥याउने धनकुटाका ८३ वर्षीय धनहाङ सुब्बा, लिम्बू भाषा साहित्यमा योगदान पु¥याउने मोरङका डिल्ली लिङदेन, राई बान्तवा भाषा र साहित्यमा योगदान दिने इलामका स्व. सानङ्मा एवाई राई (देउप्रकाश) लाई मरणोपरान्त (नगदसहित) सम्मान गरियो ।
धनहाङ सुब्बाद्वारा लिखित ‘लिम्बू लोकवार्ता’ नामक कृतिको लोकार्पण पनि गरियो । सो समारोहमा विभिन्न राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका मधु जबेगु, नेकपाका धनकुमार फियाक, जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले शुभकामना दिनुभयो । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गरुदत्त सुवेदीको पनि सो अवसरमा उपस्थिति रहेको थियो ।
दोस्रो दिन जिल्ला समन्वय समितिको सभाकक्षमा प्रदेश स्तरीय बहुभाषिक काव्य गोष्ठी सञ्चालन भयो । प्राज्ञ श्रवण मुकारुङको अध्यक्षतामा भएको सो संगोष्ठीमा लिम्बू, राई बान्तवा, तामाङ, मगर, ढुट, मैथिली, राजवंशी, नेपाली भाषाका कविता, गीत र गजलहरू वाचन गरियो । लोकगायक पूर्ण काम्बाङ र खड्ग बोहोराले विभिन्न लोकगीत प्रस्तुत गर्नुभयो । लिम्बू भाषाका गीत गाउनेमा युवेन सुहाङ र बालकलाकार सुलभ केरुङ हुनुहुन्थ्यो ।
सो गोष्ठीमा केलाङ सांस्कृतिक समाज र नेपाल सुनुवार सेवा समाजका कलाकारहरूले क्रमशः केलाङ (च्याब्रुङ नाच) र छ्योदर सिली (सुनुवार नाच) प्रस्तुत गर्नुभयो । दोस्रो दिनको काव्य गोष्ठीमा कुलपति गङ्गाप्रसाद उप्रेतीले मातृभाषाका कविता र गीतका ’boutमा टिप्पणीमूलक मन्तव्य राख्नुभयो । ११ जिल्लाबाट आउनु भएका कवि साहित्यकारहरूले छलफल गरी ४ बुँदे फिदिम घोषण–पत्र पनि जारी गरियो ।
प्राज्ञ एवं सभाध्यक्ष श्रवण मुकारुङले नपाल प्राज्ञ प्रतिष्ठानको मातृभाषा विभागले सञ्चालन गर्दै आएको गतिविधिका ’boutमा जानकारी गराउँदै वाचन गरिएका कविताको समीक्षा पनि गर्नुभयो ।

समकालीन नेपाली कवितामा शिल्प ः काव्य विमर्श

वि.सं. २०७५ जेठ ८ गतेका दिन नेपाल प्रज्ञा–प्रतिष्ठानले ६० औँ वाषर््िाकोत्सव तथा राष्ट्रिय कविता महोत्सवको पूर्वसन्ध्यामा ‘सकालीन नेपाली कवितामा शिल्प’ विषयक काव्य विमर्शको आयोजना गरेको छ । प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको सभापतित्व र कुलपति गङ्गाप्रसाद उप्रेतीको विशेष आतिथ्यमा सम्पन्न काव्य विमर्शमा डा. नारायण गड्तौलाले ‘समकालीन नेपाली कवितामा शिल्प’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा विषयवस्तुमाथि प्रकाश पार्दै काव्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरीले कविताका अन्तरवस्तुका विषयहरूमा धेरै छलफल हुँदै आएता पनि आजको कार्यक्रमले शिल्प र सौन्दर्यका दृष्टिले समकालीन कवितामा कसरी प्रभावकारी ढङ्गबाट काम भइरहेका छन् सोको जानकारी र तिनको स्तरीयकरणमा महत्वपूर्ण भूमिका खेल्न सकियोस् भन्नको लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
“कविता भाषाको सबैभन्दा शक्तिशाली अभिव्यक्ति हो, समकालीनता जीवनलाई प्रभाव गर्ने समयको सर्वाधिक महत्वपूर्ण क्षण हो । साहित्यका सन्दर्भमा परिवर्तित समयअनुसार आज वा अहिलेको वर्तमान वा सम्प्रतिसँग सम्वद्ध अभिलक्षण र विशेषता हुनु नै समकालीनता हो” कार्यपत्र प्रस्तुत गर्दै डा. गड्तौलाले भन्नुभयो, “शिल्प कविताको सौन्दर्य वा कला पक्ष हो, प्रकृतिको पर्यावलोकनबाट आदिम मानवमा परेको प्रभावलाई कलामा अनुकरण गर्ने चेतनाले नै गुफाबाट, पर्णकुटी, घर, महल हुँदै विशिष्ट प्रासादको सभ्यतातर्फ मानव यात्रा लम्केको देखिन्छ ।”
“पूर्वीय परम्परामा रस, अलङ्कार, रीति, ध्वनि, बक्रोक्ति जस्ता सिद्धान्तहरूले कविताकोको शिल्पको ’boutमा मौलिक चिन्तन दिएका छन् भने पश्चिमी परम्परामा वाक् कलाशास्त्र, शैलीविज्ञान, रूपविज्ञान, संरचनावाद आदि सिद्धान्तमा काव्य शिल्पको ’boutमा विमर्श भएको पाइन्छ”, डा. गड्तौलाले आफ्नो कार्यपत्रमा भन्नुभएको छ । उहाँले भाषा, बिम्ब विधान, प्रतीक विधान, अलङ्कार विधान, मानवीकरण जस्ता शिल्पले कविताको सूक्ष्म बुनोट गर्ने उल्ल्ेख गर्नुभयो ।
प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै कवि कृष्ण प्रधानले डा. गड्तौलाले छोटो समयमा निकै राम्रो काम गर्नुभएको छ, भन्नु हुँदै समकालीन भन्नाले एउटा निश्चित काल खण्डको अवधि हो, त्यसमा कार्यपत्रले विचारको स्पष्टतालाई सघन रूपमा ल्याएको छ, भन्ने बताउनु भयो ।
अर्का टिप्पणीकार डा. मधुसूदन गिरीले कार्यपत्रमा समकालीनको समय कति हो ? त्यो निश्चित गरिएको छैन र कवितामा शिल्प शैली र प्रवृत्ति असीमित रूपमा बढ्दो छ, त्यसतर्फ ध्यान दिएको देखिँदै भन्नु हुँदै, आधुनिक कविता विचार र पहिचान बोकेर आएका छन्, ती पनि एक अर्थमा शिल्प विधान नै हुन्, भन्नुभयो ।
विचार गोष्ठीमा प्रस्तुत कार्यपत्रमाथि लक्ष्मी ऐडी, कन्हैया नासनानी, प्रा. गोपीकृष्ण उपाध्याय, गोपाल अस्क, बालकृष्ण अधिकारी, सोझो गाउँले, विष्णु राई, रोशन जनकपुरी आदिले शब्द चयन ठीक नभएको, विषयको गहिराइसम्म पुग्न नसकेको, समयअनुसार अध्ययन, अनुसन्धान नभएको आदि जस्ता विचार तथा जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले भन्न्ुभयो, “कविताको शाास्त्रीय र सैद्धान्तिक पक्षमा बहस चलाउन यो काव्य विमर्शको थालनी गरिएको हो, यो चर्चा र विमर्श अवश्य पनि फलदायी भएको होला भन्ने ठान्दछु ।”
कार्यक्रमका सभापति प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले कविहरूलाई सैद्धान्तिक धरातलको ज्ञान दिन एकेडेमीले राम्रो काम गरेको बताउनुभयो । “समाजसँग नजिक भएर लेखिनु नै समकालीनता हो, यसले कविहरूलाई सापेक्ष तुल्याएको छ” पूर्व कुलपति काइँलाले थप्नुभयो, “समकालीनतामा काल अवधि छुट्टिनु भनेको छलफलको सजिलोको लागि हो, शिल्प र शैली पूर्ण भए कविता आपैm राम्रो बन्छ ।”

युगकवि जयन्तीमा बहुभाषिक कवि गोष्ठी

वि.सं. २०७५ जेठ १० गते प्रज्ञा भवनको प्रवचन कक्ष–१ मा नेपाल प्रज्ञा–प्रतिष्ठान र युगकवि सिद्धिचरण प्रतिष्ठानद्वारा युगकवि सिद्धिचरण श्रेष्ठ १०७ औँ जन्मजयन्तीको अवसरमा ‘बहुभाषिक कवि गोष्ठी’ आयोजना गरियो ।
गोष्ठीमा संस्कृत, नेपाली, मैथिली, भोजपुरी, नेवारी, अवधी, लिम्बू, मगर, मगर खाम, तामाङ, थकाली, चाम्लिङ, थारू, गुरुङ, बान्तवा, सुनुवार, डोटेली, थुलुङ र अङ्ग्रेजीमा भाषाका २९ कविले कविता सुनाउनुभएको थियो ।
प्रा. मोहनप्रसाद लोहनी, कवि उषा शेरचन, विप्लव ढकाल, शशी लुमुम्बू, रामप्रसाद ज्ञवाली, धीरेन्द्र प्रेमर्षि, फूलमान बल, छम गुरुङ, देवी नेपाल, दुतेन्द्र चाम्लिङ, रामकृष्ण दुवाल, विजयध्वज थापा, मुक्तान थेबा, सुवाससङ्गम राई, नरेन्द्रबहादुर श्रेष्ठ, बिना थिङ, पदम राई, स्वप्निल स्मृति, हंसवती कुर्मी, गोपाल अश्क लगायतले युगकविलाई रचनामार्फत् सम्झनुभएको थियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बहुलता नेपाली समाजको विशेषता र पहिचान भएको उल्लेख गर्नु हुँदै यस्तो धारणालाई युगकविले पहिल्यै मनन् गरी काव्य रचना गर्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “युगकविको सोही भावनालाई आत्मसात् गरेर नै यो कार्यक्रमको आयोजना गरिएको हो ।”
सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष एवम् प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले मुलुकको सर्वाङ्गीण विकासका लागि मातृभाषाको साहित्यको महत्वपूर्ण योगदान रहने विचार व्यक्त गर्दै मातृभाषाहरू नेपालका अमूल्य सम्पदा रहेको बताउनुभयो ।
प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले युगकवि मातृभाषाप्रेमी भएकोले पनि यस कार्यक्रमले विशेष महत्व राख्ने धारणा राख्नुभयो ।
कार्यक्रममा युगकविका छोरा रविचरण श्रेष्ठ र क्यानडाबाट आउनुभएका प्रा.डा. वासुदेव शर्माले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे, सदस्य–सचिव प्रा.डा. जीवेन्द्रदेव गिरी लगायतको उपस्थिति रहेको थियो ।

1 6 7 8 9 10 19