दलित साहित्य सम्बन्धी गोष्ठी आयोजित

२०७५ चैत्र १ गते शुक्रवारका दिन प्रज्ञा–प्रतिष्ठानमा ‘दलित साहित्य लेखनको वर्तमान अवस्था र भावी दिशा’ विषयक विचार गोष्ठी आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञा–प्रतिष्ठानका कुुलपति गङ्गाप्रसाद उप्रेतीले गोष्ठी सार्थक भएको दाबी गर्नुभयो । कुलपति उप्रेतीले भन्नुभयो, “दलित सम्बन्धी समस्या वा विषयलाई साहित्यमा ल्याउन दलित स्रष्टा नै लाग्नु पर्छ । त्यो नै सबैभन्दा प्रभावकारी हुन्छ ।”
प्रज्ञा–प्रतिष्ठान, समालोचना र निबन्ध विभागका प्रमुख प्राज्ञ प्रा.डा. गोपिन्द्र पौडेलको सभापतित्वमा सम्पन्न उक्त गोष्ठीमा सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा डा. बुद्धि नेपालीले ‘दलित साहित्य लेखनको वर्तमान अवस्था र भावी दिशा’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले साहित्यमा दलितको सीप, कला र सौन्दर्यको सम्मान गर्दै दलित पात्रलाई नायकपात्रका रूपमा प्रस्तुत गरिएमात्रै न्याय हुने विचार व्यक्त गर्नुभएको थियो । कार्यपत्रमाथि निनु चापागाईं र हीरा विश्वकर्माले समीक्षा गर्नुभएको थियो ।


कार्यक्रममा नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष रणेन्द्र बरालीले दलित समुदायलाई राज्यले प्रयोग मात्रै गर्ने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “दलित समुदायको सीप र कलाको दोहन गरिएको छ तर राज्यबाट लाभ पाउने कुरामा सकेसम्म परै पारिएको छ । यो सरासर गलत र अन्यायपूर्ण छ । आफ्नो हकअधिकारका लागि दलित समुदायका लेखकहरूले सङ्गठित रूपमा लाग्नुपर्ने आजको आवश्यकता हो ।” कार्यक्रममा संस्थाका उपाध्यक्ष डम्बर पहाडीले पनि बोल्नुभएको थियो ।

भीमनिधि तिवारीको १०८औँ जन्मजयन्ती आयोजित

२०७५ चैत्र १ गते शुक्रवारका दिन प्रज्ञा भवन, कमलादी, काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी साहित्यकार भीमनिधि तिवारीको १०८औँ जन्मजयन्ती मनाइयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र भीमनिधि तिवारी साहित्य समितिद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले साहित्यकार भीमनिधि तिवारी नेपाली साहित्यका विशिष्ट साधक भएको बताउनुभयो । उहाँले नेपाली साहित्यमा विशिष्ट योगदान दिने तिवारीको जन्मथलोलाई सरकार तथा सम्बन्धित सङ्घसंस्थाले सङ्ग्रहालयका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पितृपुर्खाको थातथलोलाई भुल्नु हुँदैन । सङ्ग्रहालय बनाई साहित्यिक पर्यटनको केन्द्र बनाउनुपर्छ ।”


प्रज्ञा–प्रतिष्ठान, समालोचना र निबन्ध विभागका प्रमुख प्राज्ञ प्रा.डा. गोपिन्द्र पौडेलले नेपाली साहित्यमा तिवारीको योगदान’bout प्रकाश पार्दै समाजका सूक्ष्मतम् पक्षहरूलाई आफ्नो लेखनको विषय बनाउने स्रष्टा तिवारीले गहनतम् रचनाहरू दिएर नेपाली साहित्यको भण्डारलाई पूर्ण पार्न यथेष्ट योगदान दिएको बताउनुभयो ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले सरल, सरस र सम्प्रेषणीय साहित्य सृजना गरी नेपाली साहित्यलाई धनी तुल्याउने स्रष्टा तिवारीको जन्मजयन्तीका अवसरमा हरेक वर्ष प्रज्ञा–प्रतिष्ठानले कार्यक्रम गर्दै आएको बताउनुभयो ।
समितिका उपाध्यक्ष प्रा.डा. विष्णुराज आत्रेयको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका सचिव तथा तिवारीपुत्री डा. बेन्जु शर्माले तिवारीका समग्र पक्ष’bout प्रकाश पार्नुभएको थियो भने गायिका लोचन भट्टराईले तिवारीको छन्दकविता ‘जब सात वर्षको थिएँ’ गाएर सुनाउनुभएको थियो ।

????????????????????????????????????

उक्त अवसरमा प्रा.डा. ढुण्डिराज पहाडीलाई नगद पच्चिस हजार राशिको ‘भीमनिधि तिवारी पुरस्कार’ उपकुलपति डा. गुरुङद्वारा प्रदान गरिएको थियो । यसका साथै तिवारी’bout शोध गरेवापत् रवीन्द्र अधिकारीलाई सम्मान गरिने घोषणा गरिएको थियो । पुरस्कृत प्रतिभा’bout समालोचक ज्ञानु अधिकारीले प्रकाश पार्नुभएको थियो । समारोह सुरु हुनुअघि प्रज्ञा परिसरमा रहेको तिवारीको प्रतिमामा माल्यर्पण गरी श्रद्धा व्यक्त गरिएको थियो ।

‘प्रज्ञा’ अब ‘पियर रिभ्यु जर्नल’का रूपमा आउन

काठमाडौँ, ३० फाल्गुन २०७५ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको शोधमूलक अर्धवार्षिक पत्रिका ‘प्रज्ञा’ अबदेखि ‘पियर रिभ्यु जर्नल’का रूपमा प्रकाशित हुने भएको छ । हालै बसेको प्राज्ञपरिषद्को बैठले ‘प्रज्ञा’लाई जर्नलका रूपमा प्रकाशित गर्ने निर्णय गरेको हो ।
धेरै पहिलेदेखिको बौद्धिक तथा प्राज्ञिक जगत्को मागलाई आत्मसात गर्दै शोधमूलक अर्धवार्षिक पत्रिका ‘प्रज्ञा’लाई अब उप्रान्त जर्नलका रूपमा निकाल्ने निर्णय गरिएको समालोचना तथा निबन्ध विभागका प्रमुख तथा ‘प्रज्ञा’ अर्धवार्षिकका प्रधान सम्पादक प्रा.डा. गोपिन्द्र पौडेलले बताउनुभयो ।
‘प्रज्ञा’मा भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र, सामाजिकशास्त्र लगायत अनुसन्धानमूलक सामग्री समेट्ने गरिन्छ ।

राष्ट्रिय मातृभाषा कविता महोत्सव–२०७५मा ३२ भाषाका ३६ कविता वाचन

मिति २०७५ पागुन ९ गते अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव–२०७५’को आयोजना गरियो । महोत्सवमा ३२ भाषाका ३६ वटा कविता वाचन गरिएको थियो ।
सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा भएको महोत्सवमा सपना श्रीवास्तवले अवधि, राकेश बी एम चिन्तनले अठार मगर खाम, कुमारी शरणा उराँवले उराँव, रमा कुमाल र पशुपति कुमालले कुमाल, समीप कुलुङले कुलुङ, हेमन्त केवरतले केवरत, नेचुरल्ली दिपकले कोयु, स्मृति अधिकारीले खस, छम गुरुङले गुरुङ, गणेशकुमार घलेले घले, टहल जिरेलले जिरेल, टंकबहादुर आलेमगर र मेक रानामगरले ढुटमगर भाषामा कविता सुनाउनुभएको थियो ।
इसरी नै पूर्णिमा ताजपुरियाले ताजपुरिया, ङ्हेमा थाङ्पालले तामाङ, शिखर थामीले थामी, राकेशकुमार सिंह र अर्णव चौधरीले थारु, रमेश कुमार दनुवारले दनुवार, प्रयास दुमी राईले दुमी, मुक्तिनाथ घिमिरेले दुरा, उर्मिला धिमालले धिमाल, प्रतापसिं नाछिरिङले नाछिरिङ, महेश कमल र सुधीर ख्वबिले नेपाल भाषा, रेहान खानले बज्जिका, सन्तोष निराले बान्तवा, शिवनन्दन जयसवाल र वीणा सिन्हाले भोजपुरी, गणेशकुमार लाल र दिनेश यादवले मैथिली, हेन्सेन याक्खाले याक्खा, बालकृष्ण राईले वाम्बुले, राधिका चोङ्बाङले लिम्बु, आङ्दावा शेर्पाले शेर्पा, शोभा सुनुवारले सुनुवार र गुना हायुले हायु भाषामा कविता सुनाउनुभएको थियो ।
म्होत्सवमा उपराष्ट्रपति पुनले बाह्य भाषाले जबरजस्त रूपमा नेपाली समुदायलाई प्रभाव पारिरहेकोमा दुःख व्यक्त गर्दै गोपनीयता कायम राख्न नेपालले आफ्नै भाषाको प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो । “हामी बौद्धिकता र गुणस्तरीयताको नाममा जानी नजानी आफ्नो भाषा छोडेर अरूको भाषा सिक्न तत्पर भइरहेका छौँ, यसलाई सुधार्नुपर्छ,” उपराष्ट्रपति पुनले भन्नुभयो, “हाम्रै मातृभाषामा नेपाल लेख्न र बोल्न जान्दैन भने कसरी राष्ट्रियता रहन्छ होला । त्यसैले हाम्रो प्राथमिकतामा आफ्नो भाषा हुनुपर्छ ।”
कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको महोत्सवमा पूर्वकुलपति बैरागी काइँला, उपकुलपति डा. जगमान गुरुङ र शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
महोत्सवमा मातृभाषा साहित्य विभाग प्रमुख एवम् कविता महोत्सवकी संयोजक प्राज्ञ लक्ष्मी मालीले मातृभाषा कविता महोत्व’bout प्रकाश पार्नुभएको थियो । सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कविता महोत्सव आरम्भ हुनुअघि थारु, लिम्बू बान्तवा, नेवार, गुरुङ, तामाङ, शेर्पा, सुनुवार, घले, खस लगायत १३ वटा सांस्कृतिक झाँकीसहित शोभायात्रा गरिएको थियो । कमलादीबाट सुरु भएको शोभायात्रा घन्टाघर, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रतिष्ठानमै आएर कविता महोत्सवमा सहभागी भएको थियो ।

इतिहासशिरोमणिको योगदानको सम्झना

२०७५ फाल्गुन २९ गतेका दिन प्रज्ञा भवन, कमलादी, काठमाडौँमा इतिहासशिरोमणि बाबुराम आचार्यको १३२आँै जन्मजयन्तीका अवसरमा विचार गोष्ठीको आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभाग  र इतिहासशिरोमणि बाबुराम आचार्य समृति प्रतिष्ठानद्वारा संयुक्त रूपमा गोष्ठीको आयोजना गरिएको हो ।
‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बाबुराम आचार्य इतिहासशिरोमणिमात्रै नभएर प्राज्ञशिरोमणि पनि भएको बताउनुभयो । उहाँले नेपालको तथ्यगत इतिहास लेखनमा आचार्यको अतुलनीय योगदान रहेको उल्लेख गर्नुहुँदै राज्यले अझै उहाँको उचित सम्मान गर्न बाँकी नै रहेको विचार व्यक्त गर्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्तले बाबुराम आचार्य नेपालका प्रामाणिक इतिहासकार भएको बताउनुभयो । पन्तले तथ्यगत कुरालाई साहसका साथ लेख्ने एकमात्रै इतिहासकार भएकोले नै आचार्य इतिहासशिरोमणि कहलिएको उल्लेख गर्नुभयो ।
प्रा.डा. त्रिरत्न मानन्धरले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै बाबुराम आचार्यको योगदानका ’boutमा चर्चा गर्नुभयो । उहाँले नेपाली साहित्य समालोचनाका साथै सत्यतथ्यमा आधारित इतिहास लेखेर बाबुराम आचार्यले अतुलनीय योगदान दिएको बताउनुभयो । उहाँले आचार्यको निधनपछि प्रकाशित उहाँका पुस्तकमा भने तथ्यको तोडमोड भएकोमा गुनासो व्यक्त गर्दै सम्पादनका नाममा त्यस्तो गर्न नहुने धारणा राख्नुभयो ।
गोष्ठीमा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. तुलसीराम वैद्य, महासचिव बाबुराम आचार्य र प्रा.डा. मीना ओझाले पनि विश्वको सर्वोच्च हिमशिखरको नाम सगरमाथा राख्ने इतिहासशिरोमणि आचार्य विश्वले मानेको व्यक्तित्व भएको धारणा राख्नुभएको थियो ।

मगर जातिको लोपोन्मुख गीतिनाटक ‘जीवैमामा/ज्यो मा रे’सम्बन्धी गोष्ठी

२०७५ फागुन १८ गते शनिवारका दिन प्रज्ञा भवन, कमलादी, काठमाडौँमा मगर जातिको लोपोन्मुख गीतिनाटक ‘जीवैमामा÷ज्यो मा रे’ विषयक विचार गोष्ठी आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभाग र मगर अध्ययन केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिले भरिपूर्ण देश भएको उल्लेख गर्दै मगर जातिको संस्कृति विशिष्ट रहेको बताउनुभयो । उहाँले मगर जातिको लोपोन्मुख गीतिनाटक सम्बन्धी गोष्ठीले आँखीझ्यालबाट चियाएको जस्तो अनुभूति भएको विचार व्यक्त गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागका प्रमुख प्राज्ञ प्रा. दिनेशराज पन्तले मगर जाति विशिष्ट परम्परा र संस्कृति सम्पन्न जाति भएको बताउनुभयो ।
मगर अध्ययन केन्द्रका अध्यक्ष डा. गोविन्दबहादुर थापा मगरले मगर संस्कृति राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै मगर जातिमा प्रचलित संस्कृतिको संरक्षणका लागि नयाँ पुस्ता र सम्बन्धित सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।
गोष्ठीमा डा. मीन श्रीसमगरले मगर जातिको लोपोन्मुख गीतिनाटक ‘जीवैमामा÷ज्यो मा रे’ सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले उक्त गीतिनाटक कालीगण्डकी र राप्ती क्षेत्रमा बसोबास गर्ने मगर जातिमा प्रचलित मामाचेली विवाहमा आधारित संस्कृति भएको बताउनुभयो । कार्यक्रममा गीतिनाटकका विषयमा निर्मित बृत्तचित्रसमेत देखाइएको थियो । कार्यक्रम केन्द्रकी सचिव प्रतिभा पुनले सञ्चालन गर्नुभएको थियो ।

????????????????????????????????????

बालकृष्ण समको ‘नियमित आकस्मिकता’ दर्शनमाथि विमर्श

२०७५ माघ २४ गते बिहीवारका दिन आधुनिक विज्ञानको प्रकाशमा दक्षिण एसियामै नयाँ दार्शनिक सिद्धान्त, ‘नियमित आकस्मिकता’ प्रतिपादन गरेका नेपाली वाङ्मयका मूर्धन्य स्रष्टा बालकृष्ण समको ११७ औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभाग र नेपाली शिक्षा परिषद्द्वारा संयुक्त रुपमा ‘नियमित आकस्मिकता दर्शन र समका सृजनाका त्यसको प्रतिविम्बन’ विषयक विमर्श कार्यक्रमको आयोजना गरियो ।
प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वरिष्ठ कवि बैरागी काइँलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव एवम् दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगत्प्रसाद उपाध्याय, काव्य विभाग प्रमुख डा. हेमनाथ पौडेल र नेपाली शिक्षा परिषद्की सदस्य सचिव रमा शर्माले समका बहुआयामिक व्यक्तित्व र सृजना’bout प्रकाश पार्नुभएको थियो ।
काइँलाले विज्ञानको नियम सधैँ नियमित नुहने रहेछ भन्ने कुरा समको नियमित आकस्मिकताले बोलेको बताउनुभयो । समका काव्यसिर्जनामा उच्चकोटीको प्रयोग धर्मिता पाइने उल्लेख गर्दै उहाँले भन्नुभयो, “सममा जीवनलाई हेर्ने नयाँ दृष्टिकोण थियो ।”
उहाँले हाम्रा विद्वानहरूमा विदेशी विद्वान र दार्शनिकका विचारबाट प्रभावित हुने, त्यसको उद्दरण गर्ने तर नेपालको मौलिक दर्शन र विचारको वास्ता गर्ने बानी नरहेको बताउँदै हामीकहाँ पनि संसारकै दाँजोमा पुग्ने विद्वान र दार्शनिक भएको विचार प्रकट गर्नुभयो । उहाँले कार्यक्रम सान्दर्भिक भएको भन्दै यस्ता विमर्शले नयाँ चिन्तन र विचार जन्माउने बताउनुभयो ।
कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्यहरूको जन्मजयन्ती मनाउने प्रज्ञाको नीतिगत कार्यक्रम रहेको भन्दै प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्य र पूर्व कुलपतिसमेत रहेका समको नेपाली वाङ्मयको उन्नयनमा अतुलनीय योगदान रहेको बताउनुभयो ।

उपकुलपति डा. जगमान गुरुङले समको दर्शनलाई बुझ्न वेदान्त दर्शनको पनि ज्ञान हुनुपर्ने बताउँदै समका अन्य कृतिमा पनि नियमित आकस्मिकता दर्शन पाइने दावी गर्नुभयो ।
सदस्य सचिव एवम् दर्शनशास्त्र विभाग प्रमुख प्रा. उपाध्यायले सम बाल्यकालदेखि नै चिन्तन, मनन् र सृजनाकर्ममा समर्पित रहेको उल्लेख गर्नुभयो । उहाँले समको नियमित आकस्मिकताको व्याख्या गर्दै भन्नुुभयो, “नियमित भनेको आध्यामिकता हो भने आकस्मिकता भनेको भौतिकवाद । यी दुवैको मिश्रणबाट समवाद बन्छ ।”
प्रा. पौडेलले समले नेपाली वाङ्मयका कविताकाव्य, नाटक, दर्शनलगायतका विविध विधामा उच्चकोटीको सृजना गरेर अत्यन्तै महत्वपूर्ण योगदान दिएको बताउनुभयो । एउटा स्रष्टाले यति धेरै विधामा उत्तिकै गहन सृजना गर्नु असाधारण कुरा रहेको उहाँको विचार थियो ।
कार्यक्रममा दर्शनशास्त्रका उपप्राध्यापक डा. गोविन्दशरण उपाध्यायले विशेष प्रवचन दिनुभएको थियो । उहाँले समद्वारा प्रतिपादित ‘नियमित आकस्मिकता’ दर्शन नेपाली मौलिक दर्शन भएको दाबी गर्नुभयो । उहाँले बालकृष्ण समको दार्शनिकतामा केन्द्रित सम्भवतः यो नै प्रथम गोष्ठी भएको पनि बताउनुभयो । डा. उपाध्यायले नियमित आकस्मिकता दर्शनको प्रतिपातदन गरेर समले दक्षिण एसियामै महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्राज्ञ डा. देवी नेपालले समकै ‘इच्छा’ र सन्ध्या पहाडीले समको ‘मानिस स्वयम् देवता हुन्छ’ शीर्षक कविता वाचन गर्नुभएको थियो । चन्द्रमणि अधिकारीले समका विषयमा रचित आफ्नो कविता सुनाउनुभएको थियो ।
वेदाचार्य लक्ष्मी गौतमद्वारा वैदिक मङ्गलाचरण गरी सुरु भएको कार्यक्रम शशी चालिसेले सञ्चालन गर्नुभएको थियो ।

प्रज्ञामा ‘नेपाली संस्कृति र राष्ट्रियता’सम्बन्धी विमर्श

आज मिति २०७५ माघ २३ गते बुधवारका दिन प्रज्ञा भवन, कमलादी, काठमाडौँमा ‘नेपाली संस्कृति र राष्ट्रियता’ विषयक प्रवचन गोष्ठीको आयोजना गरियो । प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभागद्वारा आयोजित गोष्ठीमा बोल्दै वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ प्रदीप नेपालले ‘नेपाली संस्कृतिका विषयमा बुझ्नुभन्दा पहिले इतिहासलाई बुझ्नु पर्ने’ बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म पढिएको नेपालको इतिहास कथा हो, कथा र दन्त्यकथा निकालेर फाल्नु पर्छ अनि पुरातन सोँच र मान्यतालाई संशोधन गरी नेपालको इतिहासको पुनर्लेखन गर्नुपर्छ ।” उहाँले नेपाल पौराणिक कालदेखि नै स्वतन्त्र रहेको पनि उल्लेख गर्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले ‘बहुलता नेपाली इतिहास र संस्कृतिको शक्ति’ भएको उल्लेख गर्दै ‘श्रुतिपरम्परा, कथाकहानी र पश्चिमा विद्वानहरूमा निर्भर रहेको नेपाली इतिहास र संस्कृतिलाई’ अब तथ्यपरक किसिमले बदल्नु पर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसो भयो भनेमात्रै हामीले चाहेको नेपाली संस्कृति र राष्ट्रियता मजबुद हुन्छ ।” 

प्रज्ञा–प्रतिष्ठानका उपकुलपति एवम् संस्कृति विभागका प्रमुख डा. जगमान गुरुङले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै ‘नेपाली संस्कृतिमाथि विचलन आउन नदिन यस्तो विमर्श चलाउनु आवश्यक देखिएको’ बताउनुभयो । उहाँले ‘राष्ट्रले चाहेको प्राज्ञिक आपूर्ति गर्न प्राज्ञहरू कटिबद्ध हुनु पर्नेमा जोड दिँदै प्रज्ञा–प्रतिष्ठानले संस्कृति विभाग मार्फत् हरेक तीन–तीन महिनामा ‘संस्कृति विमर्श’ कार्यक्रम सञ्चालन गर्ने’ जानकारी दिनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले अब जनता र समाजको तहबाट नेपालको इतिहास र संस्कृतिसम्बन्धी विमर्शलाई घनीभूत बनाई सार्थक परिणाम निकाल्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वाङ्मय शताब्दी पुरुष तथा वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी एवम् प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँला लगायतका विद्वान–विदुषीहरूको उपस्थिति रहेको थियो ।
वेदाचार्य लक्ष्मी गौतमद्वारा वैदिक मङ्गलाचरण गरी सुरु भएको कार्यक्रम बुद्धि तिमिल्सिनाले सञ्चालन गर्नुभएको थियो ।

प्रज्ञामा माघे संक्रान्तिको सांस्कृतिक महत्व’bout प्रवचन

२०७५ माघ १ गते मङ्गलवार नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभागद्वारा ‘माघे संक्रान्तिको सांस्कृतिक महत्व’ विषयक प्रवचन कार्यक्रम आयोजना गरियो । काठमाडौँ, कमलादीस्थित प्रज्ञा भवनको पारिजात प्रवचन कक्षमा आयोजित उक्त प्रवचन कार्यक्रममा विशेष प्रवचन दिँदै प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृति विभागका प्रमुख डा. जगमान गुरुङले माघे संक्रान्तिको सांस्कृतिक, धार्मिक एवम् वैज्ञानिक समेत पक्ष’bout प्रकाश पार्नुभयो ।

उहाँले माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने यो पर्वलाई किरातहरूले नयाँ वर्षका रुपमा परम्पारकालदेखि नै मनाउने गरेको उल्लेख गर्दै हिन्दू धर्म मान्नेहरूले पनि धुमधामसँग यो पर्व मनाउने गरेको बताउनुभयो ।

उपकुलपति डा. गुरुङले माघे संक्रान्ति पर्व नेपालका विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डुु र तरुल खाएर मनाउने गरेको बताउँदै यस पर्वको ठूलो वैज्ञानिक, धार्मिक तथा सांस्कृतिक महत्व रहेको प्रष्ट्याउनुभयो ।

यस दिन  देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ ।

ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मान्छि । यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।

प्रवचन कार्यक्रममा प्राज्ञ परिषद्का सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपिन्द्र पौडेल, लक्ष्मी माली, डा. देवी नेपाल र प्राज्ञ सभा सदस्य शशी लुमुम्बू उपस्थित हुनुहुन्थ्यो ।

प्रज्ञा–प्रतिष्ठानका विभिन्न महाशखा तथा शाखाका प्रमुखसहित समस्त प्रज्ञा परिवारको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण कवि तथा योजना तथा कार्यक्रम महाशाखाका बुद्धि तिमिल्सिनाले गर्नुभएको थियो ।

1 4 5 6 7 8 19