‘बान्तावा साहित्यः वर्तमान अवस्था, चुनौती र सम्भावना’

२०७६ असार ६ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा साहित्य विभाग र किरात राई बान्तावा खिमद्वारा सङ्युक्त रूपमा प्रज्ञा भवनमा किरात राई बान्तावा भाषाको साहित्य’bout विचार गोष्ठी आयोजना गरियो ।
‘बान्तावा साहित्यः वर्तमान अवस्था, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बान्तावा मातृभाषाका अभियन्ता पदम राईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले तथ्याङ्कअनुसार बान्तावा भाषा बोल्नेको सङ्ख्या १ लाख ३२ हजार ५ सयभन्दा बढी भएको तर वक्ताका हिसाबले बान्तावा भाषा किरात राई समुदायमा धेरैले बोल्ने भाषाको रुपमा चिनिए तापनि साहित्य निर्माण हिसाबले यो भाषा पछाडि रहेको बताउनुभयो । बान्तवाभाषाको मासिक पत्रिका ‘बुङवाखा’का सम्पादक राईले भन्नुभयो, “यो भाषामा साहित्य सिर्जना कार्य कम छ । शब्द सङ्कलन, सङ्ग्रह तथा शब्दकोश लेखनमै अल्झिरहेको छ र भाषिकाको समस्यालाई कारण मानेर साहित्य सिर्जनामा चाख दिएको पाइन्न ।”
कार्यपत्र प्रस्तोता राईले बान्तावा साहित्यमा दर्जन कविताकृति प्रकाशित भएको, चौध वर्षदेखि वार्षिक कविता प्रतियोगता हुने गरेको, बाल साहित्य कविताकृति एउटामात्र रहेको, त्यसैगरी एउटा खण्डकाव्य, पाँचवटा गजल सङ्ग्रह, तीनवटा निबन्ध सङ्ग्रह, पाँचवटा कथासङ्ग्रह तथा केही रेडियो नाटककृति प्रकाशित भएको तथ्य पेस गर्नुभयो ।
उहाँको कार्यपत्रमाथि प्रा.डा. नोबलकिशोर राईले परिपूरण समीक्षा गर्दै मातृभाषाको बचाऊ र सम्वद्र्धनका लागि सम्बन्धित भाषाकै समुदाय लागिपर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भननुभयो, “किरात राई जातिभित्र २८ जति भाषा छन् । त्यसमध्ये सबैभन्दा धेरैले बान्तावा बोल्छन् । तर, यस भाषाको साहित्यको विकास चाहिँ ज्यादै धिमा गतिमा छ । ‘म आफू चाम्लिङ हुँ, मेरो मातृभाषाचाहिँ बान्तावा बोल्छु र मेरो मावली साम्पाङ हुन् ।’ पूर्वमा बान्तावाले मात्र होइन, सबैजसो राईहरूले बान्तावा भाषा नै बोल्ने उहाँको ठम्याई थियो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानअन्तर्गत वितग ९ वर्षदेखि मातृभाषा साहित्य विभाग क्रियाशील रहेको उल्लेख गर्दै मातृभाषामा प्रकाशित कृतिहरूलाई सम्बन्धित समुदायले स्वामित्व लिन सक्नुपर्ने बताउनुभयो । “राजनीतिक परिवर्तनसँगै प्रज्ञा–प्रतिष्ठानले मातृभाषा, साहित्य, संस्कृति प्रवर्द्धनलाई प्राथमिकता राखेको छ,” उहाँले भन्नुभयो, “हामीले गर्दै आएका कार्यलाई मातृभाषी समुदायले खोजी गरेर स्रोत सामग्रीका रुपमा उपयोग गर्नु आवश्यक छ ।”
भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले संविधानको आदेशमात्र पालना गरे धेरै समस्या समाधान हुने बताउनुभयो । “बान्तावा जस्ता अलिखित रुपमा रहेका भाषाहरूको संरक्षण, संवर्द्धन गर्न लोकसाहित्य सामग्री सङ्कलन कार्यलाई प्राथमिकता दिन जरुरी छ,” समुदायले अङ्ग्रेजीमात्र भाषा भन्ने उल्टो बुझाइ बढेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “बान्तावा भाषामा रहेका ज्ञानको खानीलाई लोकसंस्कृतिमार्फत खोजी हुनुपर्छ । डिजिटल प्रक्रिया जानका साथै युवा पिँढीको सहभागिता बढाउनु पर्छ ।”
प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीको अध्यक्षतामा भएको गोष्ठीमा मातृभाषा विभागका प्रमुख प्राज्ञ प्रा.डा.  योगेन्द्रप्रसाद यादव, किरात राई बान्तावा खिम काठमाडौँका अध्यक्ष अजिरमान राई, किरात राई यायोक्खाका अध्यक्ष दिवस राई, समाजशास्त्री जितपाल किरात, भाषाशास्त्री अमृत योन्जन तामाङ, गणेश वाम्बुले राई लगायतले विचार व्यक्त गर्नुभएको थियो ।

राष्ट्रपतिद्वारा कविता महोत्सवका विजेता कविहरू पुरस्कृत

२०७६ असार ३ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा गत वर्ष आयोजित राष्ट्रिय कविता महोत्सवका विजेता कविहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गर्नुभयो । महोत्सवमा प्रथम हुनुभएका काभ्रेका कवि फूलमान वललाई राष्ट्रपति भण्डारीले स्वर्ण पदकसहित ३० हजार रुपैयाँ, दोस्रो हुने धादिङकी सुनिता खनाललाई कास्य पदकसहित २५ हजार रुपैयाँ र तृतीय हुने मोरङकी मेनुका चापागाईं र तेह्रथुमकी एलिना दुलाललाई जनही २० हजार रुपैयाँ र रजत पदक हस्तान्तरण गर्नुभयो । तेस्रो हुने रामेछापका कवि जीवन खत्री देशबाहिर भएका कारण उपस्थित हुनुभएन ।
राष्ट्रपति भवन, शीतल निवासमा आयोजित पुरस्कार प्रदान समारोहमा २०७२ को महोत्सवमा पुरस्कार दिन बाँकी प्रथम कवि सिन्धुलीका प्रोल्लास सिन्धुलीय र द्वितीय पाँचथरकी सरस्वती दुमी राईलाई पनि राष्ट्रपति भण्डारीले पुरस्कार हस्तान्तरण गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गर्दै मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट योगदान दिँदै आएको बताउनुभयो । उहाँले पुरस्कृत कविका कविताहरूबाट सिङ्गो राष्ट्र नै लाभान्वित भएको विचार व्यक्त गर्दै राष्ट्रको पर्यटन प्रबर्धनमा स्रष्टाका सिर्जनाहरूको महत्वपूर्ण भूमिका रहने हुँदा यसतर्फ स्रष्टाहरूले कलम चलाउनु पर्नेमा जोड दिनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नयाँ पुस्ताका कवि प्रतिभाहरूलाई सिर्जनाकर्ममा उत्प्रेरित गर्ने उद्देश्यले वि.सं २०२२ देखि नै कविता महोत्सव गरिँदै आएको बताए बताउनुभयो । सो अवसरमा कुलपतिले नेपालको समग्र सांस्कृतिक पहिचान झल्काउने महाग्रन्थ ‘नेपाल दर्पण’ प्रकाशन गर्ने अभियानमा प्रज्ञा–प्रतिष्ठान लागेको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो नेपालकै गौरवमय कार्य हुनेछ ।

उपकुलपति डा. जगमान गुरुङले पुस्ता र दक्षताको हस्तान्तरण गर्दै लैजानु नै कविता महोत्सवको उद्देश्य भएको बताउनुभयो ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले आगामी दिनमा कविता महोत्सवलाई अझ प्रभावकारी बनाउँदै लगिने बताउनुभयो ।
कविता महोत्सवका संयोजक एवम् काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कवि प्रतिभाको विकास र कविता विधाको उन्नयनमा कविता महोत्सवले विशेष भूमिका खेल्दै आएको उल्लेख गर्दै यस वर्षदेखि कविता वाचन कलालाई पनि मूल्याङ्कनको आधार बनाइने बताउनुभयो ।
कार्यक्रममा पुरस्कृत कविहरूले आ–आफ्ना कविता सुनाउनुभएको थियो । कार्यक्रम सन्ध्या पहाडीले सञ्चालन गर्नुभएको थियो ।

तेह्रथुममा बृहत् साहित्यिक कार्यक्रम

२०७६ जेठ १४ गते, नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको सहकार्यमा तेह्रथुम सरोकार समाजले तेह्रथुमको म्याङलुङमा बृहत् साहित्यिक कार्यक्रम आयोजना गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल, प्रदेशसभा सांसद लक्ष्मण तिवारी, पूर्व मन्त्री तुलसी सुब्बा, जिल्ला समन्वय समिति तेह्रथुममा अध्यक्ष, नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित कार्यालयका प्रमुखको आतिथ्य रहेको थियो ।
कार्यक्रममा कुलपति उप्रेतीले तेह्रथुम जिल्लाको ऐतिहाकिसता र साहित्यिक योगदानका ’boutमा उल्लेख गर्नुभएको थियो । प्राज्ञ प्रा.डा. पौडेलले कार्यक्रममा वाचित रचनाका साथै समकालीन नेपाली कविता र निबन्धका ’boutमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समाजका अध्यक्ष मोहन डाँगीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्रष्टाहरू रविमान लम्जेल, गोपाल सङ्ग्रौला, राजेन्द्र सङ्ग्रौला, अनिरुद्र तिम्सिनासहित ६ जनालाई  लगायत सम्मान गरिएको थियो ।
उक्त अवसरमा आयोजित जिल्लाव्यापी विद्यालयस्तरीय कविता तथा खुल्ला निबन्ध प्रतियोगिताका विजेताहरूलाई प्रमुख अतिथि कुलपति उप्रेती पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सिलोक जुहारी (सिलोकमा ठोकान) कार्यक्रम आयोजना

२०७६ जेठ १४ गते मङ्गलवार नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभाग, सांस्कृतिक संस्थान र लोकवार्ता परिषद् नेपालद्वारा जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा सिलोक जुहारी (सिलोकमा ठोकान) कार्यक्रमको आयोजना गरियो । नाचघरको मिनी प्रेक्षालयमा आयोजित कार्यक्रममा लोपोन्मुख अवस्थामा रहेको सिलोक जुहारी र खाँडो जगाउने कार्यक्रम प्रस्तुत गरिएको थियो । लोपोन्मुख अवस्थामा रहेको नेपाली लोककविताको खोजी, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रम संभवतः नेपालकै इतिहासमा औपचारिक रूपमा प्रथम पटक आयोजना गरिएको  हो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले तीन संस्थाको आयोजनामा भएको सिलोक जुहारी कार्यक्रमले दूरगामी प्रभाव छाड्ने बताउनुभयो । “यस कार्यक्रमबाट लोप हुन लागेको संस्कृतिले पुनर्जीवन पाउनेमा आशा गर्न सकिन्छ” उहाँले भन्नुभयो, “उखान–बखान हाम्रा साहित्यका स्रोत हुन्, आजको कार्यक्रम चिरकालसम्म अङ्कित हुनेमा मेरो विश्वास छ ।”
प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सरकारको प्रतिनिधि संस्था प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानले लोपोन्मुख संस्कृतिको संरक्षण र संवद्र्धन गर्नेतर्फ प्रभावकारी ढङ्गबाट काम गरिरहेको बताउनुभयो । “हामीले गर्ने यस प्रकारका कार्यहरूले लोककला तथा लोकसंस्कृतिका क्षेत्रमा सरकारको नीति तथा कार्यक्रमलाई साकार बनाउन सहयोग पु¥याउँछन् ।”
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले लोकसंस्कृतिको पुनः जागरण हुन थालेको बताउनुभयो । उहाँले नेपालभित्र लोककविता र लोकसंस्कृतिको अथाह स्रोत रहेको भन्दै त्यसको खोज, अनुुसन्धान र संरक्षण आजको आवश्यकता भएको धारण प्रकट गर्नुभयो ।
प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले देशभित्र लोककविता, लोकसाहित्य र लोकसंस्कृतिको खानी रहेको तर पुरानो र मौलिक सिलोक जुहारी समयक्रममा लोपोन्मुख अवस्थामा रहेको हुँदा यसको संरक्षण र प्रवद्र्धनका निम्ति यस कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले दर्शकलाई वास्तविकता महसुस होस् भन्ने उद्देश्यले कार्यक्रमलाई केही नाटकीय रूप दिएको पनि सुनाउनुभयो ।
सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले देशका पूर्व र पश्चिमका चुनिएका सिलोके कवि–कलाकारलाई एकै ठाउँमा जम्मा गराई सिलोक जुहारी कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले यस प्रकारको कार्यक्रम क्रमशः गर्दै जाने बताउनुभयो ।
लोकवार्ता परिषद्का अध्यक्ष प्रा.डा. प्रेम खत्रीले नेपालमा लोकसंस्कृतिको खानी रहेको तर आधुनिताले परम्परागत र मौलिक लोकसंस्कृति हराउँदै गएकाले तिनको अनुसन्धान, संरक्षण र सम्बद्र्धनतर्फ सम्बन्धित सबैको ध्यान जानु पर्ने बताउनुभयो ।
कार्यक्रममा डा. ध्रव भट्टराईले ‘नेपाली लोककविताको स्वरूप, परम्परा र प्रस्तुति’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वास्तविकताको झल्को दिने गरी प्रेक्षालयको मञ्चमा विवाहमण्डप तयार पारिएको थियो । ध्वजापताकासहित जग्गे पनि बनाइएको थियो । पञ्जेबाजाको धुनमा  बजाउँदै दुलही लिन जन्ती आएको, दुलही पक्षले जन्ती पर्सिएको, दुलही र दुलाहा पक्षबीच सिलोक जुहारी खेलिएको थियो ।  कार्यक्रममा खाँडो जगाउने कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।
समूहगत रुपमा भएको सिलोक जुहारीमा ताप्लेजुङका तुल्सीप्रसाद गिरी, झापाका टङ्कप्रसाद भट्टराई र थरेन्द्र बराल, तेह्रथुमका पदमप्रसाद निरौला, ओखलढुङ्गाका माधवप्रसाद दाहाल र डिल्लीप्रसाद दाहाल, भोजपुरका चण्डीप्रसाद नेपाल र सिन्धुपाल्चोकका राममणि आचार्यले सहभागी हुनुभएको थियो । यसै गरी कूटपद्यमा पाल्पाका लक्ष्मीचन्द्र पंगेनी र लक्ष्मीमाया तिवारी तथा स्याङ्जाका रुक्माङ्गत पाठक र नारायण पाठक सहभागी हुनुहुन्थ्यो । लोकअन्ताक्षरीमा नवलपरासीका ८६ वर्षीय नुमनाथ अधिकारी, सिन्धुपाल्चोकका विष्णुप्रसाद पौडेल र पाल्पाका पंगेनी र तिवारी सामेल हुनुभएको थियो ।
खाँडो जगाउने पूर्वको शैलीमा झापाका टङ्कप्रसाद र पश्चिमतिरको शैलीमा नुवाकोटका बलबहादुर थापाले प्रस्तुति दिनुभएको थियो । ताप्लेजुङका सविता बराल, राधिका मिश्र र ज्योति निरौला, काठमाडौँका उषा भट्ट र ललिता पन्तले कार्यक्रममा सङ्गिनी गीतिनृत्य प्रस्तुत गर्नुभएको थियो ।

हलो क्रान्तिका नायकको सम्झनामा सङ्गोष्ठी

२०७६ जेठ १३ गते, नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग र दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा प्रज्ञा भवनमा वि.संं. २००६ सालका हलो क्रान्तिका नायक श्रीकान्त अधिकारीको ९२ औँ जन्मजयन्तीका अवसरमा ‘श्रीकान्त अधिकारी ः जीवनी, व्यक्तित्व र कवित्व’ विषयक सांस्कृतिक सङ्गोष्ठीको आयोजना गरियो । २००६ सालमा लमजुङको दुराडाँडामा ब्राम्हणले हलो जोत्नुहुन्न भन्ने अन्धविश्वास व्याप्त रहेका बेला खुल्लम्खुल्ला गाउँमा हलो जोतेर सामाजिक क्रान्तिको थालनी गरेका कारण उहाँलाई ‘हलो क्रान्तिका नायक’का रूपमा सम्मान गर्ने गरिन्छ । अधिकारीले लमजुङका लागि मात्र नभएर मुलुककै लागि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा ठूलो योगदान दिनुभएको थियो । अधिकारी २०१५ सालमा निर्वाचित सांसद समेत बन्नुभएको थियो । आदर्शको राजनीतिक गर्नुपर्छ भन्ने मान्यता बोक्नुहुने अधिकारीको २०६९ साल कात्तिक ३० गते निधन भएको थियो ।
कार्यक्रममा ‘श्रीकान्त अधिकारीः जीवनी, व्यक्तित्व र कवित्व’ नामक पुस्तकको लोकार्पण गरिनुका साथै अधिकारी प्रतिष्ठानका तर्फबाट शताब्दी वाङ्मय पुरूष सत्यमोहन जोशीलाई फूलको माला, दोसल्ला र ताम्रपत्र अर्पण गरी अभिनन्दन गरिएको थियो । यसै गरी कार्यक्रममा समाजसेवाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवबापत्  समाजसेवी तथा पूर्व महालेखा परीक्षक  अधिकारी र समाजसेवी कन्याकाशी गुरुङ र पुस्तकका लेखक डा. नारायणप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले संस्कृत तथा अङ्ग्रेजी भाषा पाठशालाको स्थापना गरी शिक्षाका क्षेत्रमा र हलो जोतेर समाज परिवर्तनका लागि स्व. अधिकारी राष्ट्रलाई अतुलनीय योगदान दिएको बताउनुभयो । सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले राजनीति, शिक्षा र समाजका क्षेत्रमा अधिकारीको योगदान स्तुत्य रहेको विचार व्यक्त गर्नुभयो । शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले तत्कालीन सामाजिक परिवेशविरुद्ध अधिकारीको साहसिलो योगदान इतिहासले स्मरण गरिरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अधिकारी प्रतिष्ठानका सदस्य प्रा. गोवीन्द नेपाल, प्रा.डा. राजाराम सुवेदी, सूर्यनाथ न्यौपाने, डा. जीवन अधिकारी, श्रीकान्त अधिकारी प्रतिष्ठानकी अध्यक्ष गायत्री अधिकारीले श्रीकान्त अधिकारीका योगदान’bout प्रकाश पार्नुभएको थियो । प्रज्ज्वल अधिकारी, हृदयपाणी अधिकारी र विजयराज न्यौपानेले ।ीकान्त अधिकारीका विषयमा रचित कविता सुनाउनुभएको थियो ।

चीनमा आयोजित एसियन सभ्यता संवाद सम्मेलनमा सहभागी भई कुलपति उप्रेती स्वदेश फिर्ता

२०७६ जेठ ६ गते ।
चीनको बेइजिङमा मे १५ देखि सुरु भएको साताव्यापी ‘प्रथम एसियाली सभ्यता संवाद सम्मेलन’मा सहभागी भई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती आइतबार काठमाडौँ फर्किनुभएको छ । रेशमी मार्गलाई पुनर्जीवन दिनुहुने चीनका राष्ट्रपति सी चिनफिङको परिकल्पनामा चीनले एसियाको प्राचीन सभ्यतालाई ब्युँझाउने उद्देश्यले ‘प्रथम एसियाली सभ्यता संवाद सम्मेलन’ आयोजना गरेको हो । कुनै समयको समृद्ध एसियाली सभ्यतालाई पुनः ब्युँझाएर बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनालाई थप बलियो बनाउन चीनले यस्तो सम्मेलन आयोजना कुलपतिले बताउनुभयो ।
सभ्यता सम्मेलनमा नेपालबाट नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, चीन अध्ययन केन्द्रका कार्यवाहक अध्यक्ष सुन्दरनाथ भट्टराईलगायत प्राज्ञिक क्षेत्रबाट विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । कुलपतिका साथमा मकालु प्रकाशका अध्यक्ष वासुदेव ढकाल र चिनियाँ भाषाविद् डा. प्रदीप केसी सम्मेलनमा सहभागी हुनुभएको थियो । नेपालबाट सांस्कृतिक टोलीको पनि सहभागिता रहेको थियो । विश्वकप भएको चरागुँड रङ्गशालामा उद्घाटन भएको सम्मेलनको अर्को दिन आयोजित कल्चरल कार्र्निभलमा एसियाका हजारौँ कलाकारहरूले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।

राष्ट्रपति सी चिनफिङले उद्घाटन गर्नुभएको सम्मेलनमा कम्बोडिया, ग्रिस, सिंगापुर, श्रीलंका, मंगोलियालगायतका राष्ट्र तथा सरकार प्रमुख सहभागी भएका थिए । सम्मेलनमा युनेस्कोलगायत एसियाली ४७ देशबाट समेत गरी संस्कृति, शिक्षा, थिंक ट्यांक, पर्यटन, सञ्चारलगायत क्षेत्रका २ हजार जनाले सम्मेलनमा भाग लिएका थिए ।
सम्मेलनमा कुलपति उप्रेतीले सांस्कृतिक पर्यटनको महत्वका ’boutमा  विशेष मन्तव्य दिनुभएको थियो । यसका अतिरिक्त बेइजिङस्थित नेपाली राजदूतावासद्वारा बुद्धजयन्तीका अवसरमा आयोजित कार्यक्रममा कुलपति उप्रेतीले सम्बोधन गर्नुभएको थियो ।

नेपाल भाषाका कविता’bout बहस

२०७६ जेठ ३ गते, नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभाग र नेपाल भाषा परिषद्द्वारा संयुक्तरूपमा नेपाल भाषाका कविता’bout बहस गरियो । प्रज्ञा भवनको पारिजात प्रवचन कक्षमा आयोजित ‘नेपाल भाषाका कविता यात्रा’ विषयक विचार गोष्ठीमा यस्तो बहस गरिएको हो ।
कार्यक्रमका सभापति एवम् प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपतिको जिम्मेवारी सम्हालिरहनुभएका उपकुलपति डा. जगमान गुरुङले पहिचान बोलीमा मात्रै नभएर व्यवहारमै उतार्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल भाषाका कविता’bout गोष्ठी सञ्चालन भइरहेको छ तर सम्बन्धित कसैले पनि आफ्नो परम्परागत पोसाक लगाएको देखिएन । आफ्नो पहिचानलाई जोगाउने हो भने संस्कार र संस्कृतिको संरक्षण गर्नुको विकल्प छैन ।”

उपकुलपतिले नेवारी संस्कृति लोपोन्मुख अवस्था पुगिसकेको भन्दै यसको संरक्षणका लागि अध्ययन–अनुसन्धानका साथै संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो । नेपाल भाषाको साहित्यले नेपाली साहित्यलाई उल्लेखनीय योगदान दिएको उहाँको दाबी थियो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले सानोतिनो मिहिनेतले अध्ययन–अनुसन्धान पूर्ण नहुने बताउनुभयो । नेपाल भाषाका कविता यात्रा’bout बुझ्न विचार गोष्ठीले मद्दत पु¥याएको धारणा व्यक्त गर्दै उहाँले सम्बन्धित विषयमा गहन अध्ययन–अनुसन्धान गरिनुपर्नेमा जोड दिनुभयो ।
साहित्य (मातृभाषा) विभाग प्रमुख लक्ष्मी मालीले मातृभाषाका साहित्यको प्रवद्र्धनका लागि प्रज्ञा–प्रतिष्ठानले महत्वका साथ काम गरिरहेको बताउँदै गोष्ठीले सार्थक उपलब्धि हासिल गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुुभयो ।

नेपाल भाषा परिषद्का अध्यक्ष प्रा. सुवर्ण शाक्यले नेपाल भाषाका कविता यात्रा’bout गहिराइमा पुगेर निष्कर्ष निकाल्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा राजेन मानन्धरले ‘नेपाल भाषाका कविता यात्रा’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल भाषाको कविता लेखन यात्रा ४६८ वर्ष पुरानो रहेको बताउनुभयो । उहाँले कार्यपत्रमा यति लामो बोकेर आएता पनि नेपाल भाषाका कविता अपेक्षाकृतरूपमा समृद्ध भने हुन नसकेको विचार व्यक्त गर्नुभयो । मानन्धरको कार्यपत्रमाथि पूर्ण ताम्रकारले परिपूरक टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य एवम् भाषा परिषद्का सचिव ध्रुव मधिकर्मी कार्यक्रमको उद्देश्य’bout प्रकाश पार्नुभएको थियो । कार्यपत्रमाथिसहभागी विभिन्न स्रष्टाहरूले छलफल गर्नुभएको थियो । कार्यक्रम प्राज्ञपरिषद् सम्पर्क कार्यालय प्रमुख लक्ष्मी गौतमले सञ्चालन गर्नुभएको थियो ।

प्रज्ञा–प्रतिष्ठानमा राष्ट्रिय विभूति सीता जन्मजयन्ती

२०७६ वैशाख ३० गते, नेपाल प्रज्ञा–प्रतिष्ठान र मिथिला प्रतिष्ठानद्वारा संयुक्तरूपमा प्रज्ञा भवनमा राष्ट्रिय विभूति सीता (जानकी)को जन्मजयन्ती एक समारोह आयोजना गरी मनाइयो ।
पूर्व प्रधामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीतालाई आर्दश नारीको रूपमा मानिने हुनाले रामजयन्ती जस्तै सीता जयन्तीलाई पनि भव्य रूपमा मनाउनुपर्ने बताउनुभयो । “रामको जन्मलाई भव्यताका साथ मनाउँदा सीताको जन्मदिवसलाई भने कम गरी मनाउने परम्परा रहेको छ । त्यो पितृसत्तावादी सोचको अभावले भएको हो” उहाँले भन्नुभयो, “रामभन्दा सीताको जन्म कत्ति पनि कम मान्नु हँुदैन । महिला हुनुको नाताले सीतालाई बढी चर्चा र सम्मान गरिनु पर्दछ । सीताको भूमिकालाई बढी प्रचार गर्नुपर्दछ ।”
उहाँले हिन्दू र वौद्ध धर्मलाई जोड्ने सर्किट बनाउन सके विश्वको ध्यान केन्द्रीत गर्न सकिने समेत धारणा राख्नुभयो । जनकपुर, पशुपतिनाथ र लुम्बिनीलाई ज्ञान विज्ञानको रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष दाहालले पूर्व पाथीभरादेखि बडिमालिकासम्म रहेका सबैका शक्तिपिठलाई जोड्ने एउटा शक्तिपिठ सर्किट बनाउन आवश्यक रहेको बताउनुभयो । नेपाल–भारतका शक्तिपिठ जोड्ने सर्किट यस्तै उहाँले नेपाल र भारतका शक्तिपिठलाई जोड्ने सर्किट बनाउनुपर्ने बताउनुभयो । नेपालका शक्तिपिठ र भारतका शक्तिपिठ मिलाएर शक्तिपिठ सर्किट बनाउने हो भने पर्यटन विकासमा क्रान्ति ल्याउन सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले सीताको जन्मस्थल जनकपुरलाई ऐतिहासिक नगरीको रुपमा विकास गरिने बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति संस्कृति विभाग प्रमुख डा. जगमान गुरुङले राष्ट्रिय विभूति सीता (जानकी)को योगदानको चर्चा गर्दै राज्यले महत्वका उहाँलाई स्मरण गर्नुपर्ने बताउनुभयो । सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले राष्ट्रलाई चिनाउन सीताको उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।
सांसद प्रभु साहले सीतालाई सम्मान गर्दा इतिहासप्रति न्याय, महिलाप्रतिको सम्मान र विभेद्को अन्त्य हुने बताउनुभयो । राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्रलालले नारीमा हुनुपर्ने मर्यादा सीताभन्दा अर्को कोहीमा नभएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त) प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले जनकपुरलाई सबै हिन्दूको धार्मिकस्थलको रुपमा विकास गरिनुपर्ने बताउनुभयो । ओशो तपोवनका प्रमुख स्वामी आनन्द अरुणले विश्वभरिका हिन्दूलाई जोड्ने मार्गको रुपमा जनकपुरलाई विकास गरिनुपर्ने बताउनुभयो । सीतायानका अभियन्ता डा. रमेशचन्द्र अधिकारीले स्तिा’bout प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा मिथिला प्रतिष्ठानका अध्यक्ष रामआधार कापरले जनकपुरमा मात्र सीमित नराखेर पहिलो पटक काठमाडौँ सीताको जयन्ती मनाउन थालिएको बताउनुभयो । कार्यक्रममा अरविन्द मिश्रले मिथिला, सीता र राजा जनक’bout ‘मिथिला र जनकवंशः एक संक्षिप्त इतिहास’ कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

लुम्बिनीमा अवधी साहित्य–संस्कृति सम्मेलन

२०७६ वैशाख २७ र २८ गते भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवधी भाषा, साहित्य तथा संस्कृतिसम्बन्धी दुई दिने बृहत् ‘राष्ट्रिय अवधी सम्मेलन’ सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक विकास मन्त्रालय प्रदेश–५ र अवधी सांस्कृतिक विकास परिष२०७६ वैशाख २७ र २८ गते भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवधी भाषा, साहित्य तथा संस्कृतिसम्बन्धी दुई दिने बृहत् ‘राष्ट्रिय अवधी सम्मेलन’ सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक विकास मन्त्रालय प्रदेश–५ र अवधी सांस्कृतिक विकास परिषद्सँगको सहकार्यमा कपिलवस्तुस्थित शिक्षा तथा संस्कृति प्रवद्र्धन केन्द्र, नेपालले आयोजना गरेको सम्मेलनमा अवधी भाषा, साहित्य, कला तथा संस्कृतिसम्बन्धी ६ वटा कार्यपत्र प्रस्तुतिका साथै त्यसमाथि विमर्शसमेत गरिएको थियो ।
सम्मेलनमा प्रज्ञा–प्रतिष्ठान, मातृभाषा विभाग प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादव, अनुवाद विभाग प्रमुख प्रा.डा. उषा ठाकुर, मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी माली र बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख डा. देवी नेपालको उपस्थिति रहेको थियो भने भारतका विभिन्न क्षेत्रका विद्धानहरू सहभागी हुनुभएको थियो । प्राज्ञहरूले प्रज्ञा–प्रतिष्ठानले गरिरहेका कार्य तथा भावी योजना’bout प्रकाश पार्नुभएको थियो । द्सँगको सहकार्यमा कपिलवस्तुस्थित शिक्षा तथा संस्कृति प्रवद्र्धन केन्द्र, नेपालले आयोजना गरेको सम्मेलनमा अवधी भाषा, साहित्य, कला तथा संस्कृतिसम्बन्धी ६ वटा कार्यपत्र प्रस्तुतिका साथै त्यसमाथि विमर्शसमेत गरिएको थियो ।
सम्मेलनमा प्रज्ञा–प्रतिष्ठान, मातृभाषा विभाग प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादव, अनुवाद विभाग प्रमुख प्रा.डा. उषा ठाकुर, मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी माली र बालसाहित्य तथा लोकवार्ता विभाग प्रमुख डा. देवी नेपालको उपस्थिति रहेको थियो भने भारतका विभिन्न क्षेत्रका विद्धानहरू सहभागी हुनुभएको थियो । प्राज्ञहरूले प्रज्ञा–प्रतिष्ठानले गरिरहेका कार्य तथा भावी योजना’bout प्रकाश पार्नुभएको थियो ।

प्रदेश नम्बर–५का सामाजिक विकास मन्त्री सुदर्शन बरालद्वारा उद्घाटन गरिएको सम्मेलनमा ‘विश्व परिदृश्यमा अवधी भाषाको अवस्था’ विषयमा विक्रममणि त्रिपाठी, ‘विश्व परिदृश्यमा अवधी साहित्यको अवस्था’’bout डा. रामबहादुर मिश्र, ‘अवधी भाषामा अनुवाद साहित्यको अवस्था’ सम्बन्धी प्रा.डा. सूर्यप्रसाद दीक्षित र सनत रेग्मी, अवधी भाषी समाजको लोकलाको दशा र दिशा विषयमा यस.सी. सुमन, अवधी भाषी समाजको लोकसाहित्यको अवस्थाका ’boutमा पशुपतिमणि त्रिपाठी र राघवेन्द्रकुमार श्रीवास्तव र अवधी भाषी समाजको लोकनृत्य परम्परा सम्बन्धी जगतराम यादवले कार्यपत्र प्रस्तुत गरिएका थिए ।

सांस्कृतिक सङ्गोष्ठी आयोजित

२०७६ वैशाख २६ गते नेपाल प्रज्ञा–प्रतिष्ठान र अनुसन्धान, उद्यमशीलता एवम् दिगो विकास केन्द्र धनगढीद्वारा प्रज्ञा भवनमा  ‘वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवम् सांस्कृतिक रूपान्तरणका लागि पश्चिम नेपालको आकाङ्क्षा र आवाज’ विषयक सांस्कृतिक सङ्गोष्ठी आयोजना गरियो ।
सङ्गोष्ठीमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका जातजातिका भाषा, संस्कार, संस्कृति र कलाको सम्वद्र्धनले मुलुक समृद्ध बन्ने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले सांस्कृतिक विविधताका कारण नेपाल धनी रहेको र त्यसकै सदुपयोग नै समृद्धिको आधार बन्ने विश्वास व्यक्त गर्नुभयो । सुदूरपश्चिम प्राकृतिक तथा सांस्कृतिक सम्पदाले धनी प्रदेश भएकाले राज्यले त्यसको सदुपयोगमा ध्यान लगाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
सो अवसरमा अध्यक्ष तिमिल्सिनाले बहुभाषिक त्रैमासिक पत्रिका ‘प्रसङ्ग’को लोकार्पण गर्नुभयो । पत्रिकाको अभियानले बहुभाषिक विकास र सांस्कृतिक संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै संस्कृत–अङ्ग्रेजी–नेपाली भाषाको पत्रिका सम्भवतः नेपालमा पहिलो भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरूङले प्रज्ञा–प्रतिष्ठानले नेपालको हरेक क्षेत्रको संस्कृति तथा साहित्यको सम्वद्र्धनमा जोड दिएको बताउनुभयो ।

उर्मिला पनेरू प्रकाशक रहनुभएको प्रसङ्ग त्रैमासिकमा तीन भाषामा एकैपटक समाचार, कला संस्कृति, मनोरञ्जनात्मक, स्थान विशेषका खबर प्रकाशित हुने प्रधान सम्पादक सुभाषचन्द्र भण्डारीले जानकारी दिनुभयो ।
प्रज्ञा–प्रतिष्ठानकी अनुवाद विभाग प्रमुख प्रा.डा. उषा ठाकुरको सभापतित्वमा सम्पन्न उक्त सङ्गोठीमा पण्डित रामप्रसाद पौडेल र डा. देवराज पनेरुले पत्रिकाका ’boutमा बोल्नुभएको थियो भने पत्रिकाकी प्रवन्ध सम्पादक मनीषा अवस्थीले गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो ।
उक्त अवसरमा दीपिका पाण्डे, ईश्वरी पाण्डेलगायतले सुदुरपश्चिममा गाइने गीत ‘फाग’ प्रस्तुत गर्नुभएको थियो ।
1 2 3 4 5 6 19