दोस्रो चीन–दक्षिण एसिया साहित्य सम्मेलन २०१९

दोस्रो चीन–दक्षिण एसिया साहित्य सम्मेलन २०१९
१५–२० अक्टोबर, २०१९
नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँ

काठमाडौँ घोषणा

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सन् २०१९ अक्टोबर १५ देखि २० सम्म आयोजित दोस्रो चीन–दक्षिण एसिया साहित्य सम्मेलन २०१९ का सहभागी राष्ट्रहरू बङ्गलादेश, चीन, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका प्रतिनिधिहरूबिच व्यापक छलफलपछि समझदारीको दस्तावेजका रूपमा प्राज्ञिक सत्रको अन्त्यमा हामीले यो काठमाडौँ घोषणा जारी गरेका छौँः
१. सहभागी राष्ट्रका प्रज्ञा–प्रतिष्ठानहरूले आगामी दिनमा आ–आफ्नो देशका मौलिक साहित्यिक कृतिहरूको अन्तरभाषिक र बहुभाषिक अनुवाद गरी सदस्य राष्ट्रलाई सम्प्रेषण गर्ने;
२. सांस्कृतिक सम्बन्ध अभिवृद्धि गर्न र विभिन्न देशका स्रष्टाहरूलाई एकै ठाउँमा ल्याउनका लागि बेला बेलामा अन्तरदेशीय साहित्यिक भ्रमणको आयोजना गर्ने;
३. द्विवार्षिक रूपमा गरिने सम्मेलनका केही सत्रलाई सिर्जनात्मक लेखनका सार’bout छलफलका लागि छुट्याउने;
४. लोक साहित्य, नाट्यशाला र प्रस्तुति तथा बाल साहित्यसँग सम्बन्धित लेखक तथा विद्वान्सँग छलफल गरी यी विधालाई समेत समावेश गरी सम्मेलनको क्षेत्र विस्तार गर्ने;
५. क्षेत्रीय तहमा अनुवाद, सिर्जनात्मक लेखन र भाषिक प्रशिक्षणसम्बन्धी कार्यशाला आयोजना गर्ने;
६. द्विवार्षिक रूपमा यस सम्मेलनलाई निरन्तता दिने र सबै सदस्य प्रज्ञा–प्रतिष्ठानलाई मान्य हुने देशमा सन् २०२१ मा अर्को सम्मेलन आयोजना गर्ने ।

दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन सम्पन्न

२०७६ असोज २८–३० गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा असोज २८ देखि ३० गतेसम्म राजधानीमा ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन–२०७६’ आयोजना गरियो । चीन तथा दक्षिण एसिया लिटरेचर फोरम’को संस्थापक सदस्य प्रज्ञा–प्रतिष्ठानले ‘अन्तर हिमालय साहित्य तथा सांस्कृतिक सञ्जाल’को ध्येयसहित आयोजना गरेको सम्मेलनमा नेपाल, चीन, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काको सहभागिता रहेको थियो । अन्तिम अवस्था विशेष प्राविधिक कारणले भारत भने सम्मेलनमा सहभागी हुन सकेन । सन् २०१५ मा यी देशहरूका एकेडेमी सम्मिलित ‘चीन तथा दक्षिण एसिया साहित्य सभा’ नामक निकाय स्थापना भएको थियो । यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको छेन्दुमा भएको थियो । हरेक दुई वर्षमा कुनै एक देशले सम्मेलन आयोजना गर्ने सभाको अवधारणा रहेको छ ।
सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले विशेष समारोहमा पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । समारोलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘एसिया सभ्यता विकासको जननी’ भएको दाबी गर्दै पूर्वीय दर्शन खुसीको आधार रहेको बताउनुभयो । “ज्योतिष विज्ञान, औषधि विज्ञानदेखि छन्द र सङ्गीतको सिर्जना यतै भए,” उहाँले भन्नुभयो– “अहिलेका ठूला र समृद्ध देशका मान्छे ढुङ्गा बोकेर सिकार खेल्दै गर्दा हाम्रा साहित्यकारहरू वेदको रचना गरिरहेका थिए, नाटक लेख्दै थिए, उपनिषद्को रचना गर्दै थिए । हामी बाजा बजाइराख्या हुन्थ्यौँ । चीनको सिल्क रोडको निर्माण पनि उतिबेलै भएको हो ।”
न्युटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाउनुअघि नै भाष्कराचार्यले यो नियम पत्ता लगाएको दाबी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– “उनीहरूले प्रचार–प्रसार गरेर हाम्रा पुर्खाले पत्ता लगाएको ज्ञान ओझेल पारे ।
अहिले हामी पुर्खाहरूले निर्माण गरेका तिनै गौरवपूर्ण ज्ञान र सभ्यता बिर्सिंदै अघि बढिरहेका छौँ । यो बढो चिन्ताको विषय हो ।” उहाँले पूर्वीय सभ्यताको विकास र आविष्कारले विश्वलाई लोभलाग्दो बाटो देखाएको बताउँदै सामाजिक सञ्जाल र पश्चिमी संस्कृतिको प्रभावले मौलिक सभ्यता सङ्कटमा पर्दैगएको जनाउनुभयो । उहाँले पत्रकारहरूले अङ्ग्रेजी ‘यु’ (तिमी) को सिको गर्दै ‘बाउलाई पनि तिमी सम्बोधन गर्ने’ भाषा सिकाइरहेको भन्दै असन्तुष्टि पोख्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका संरक्षक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल ज्ञान, विज्ञान र अध्यात्मको उर्वरभूमि रहेको विचार व्यक्त गर्नुभयो । उहाँले नालन्दजस्तो पहिलो विश्वविद्यालय दक्षिण एसियामै स्थापना भएको उल्लेख गर्दै नेपालले आफ्ना मौलिक साहित्य, कला र संस्कृतिको जगेर्ना गरी विश्वलाई देखाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “नेपाल प्राकृति, आध्यात्मिक तथा साहित्यिक पर्यटनको केन्द्र बन्न सक्छ ।”
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चीन र दक्षिण एसियाली मुलुकमा समान साहित्यिक र सांस्कृतिक आधारहरू खोज्न सम्मेलनले सघाउने दाबी गर्नुभयो । कुलपति उप्रेतीले एसिया आउने दिनहरूमा वैश्विक बौद्धिक र सांस्कृतिक शासन केन्द्र हुनसक्ने बताउनुभयो ।
समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेद र नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्ते साम्सले सम्मेलनको सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सम्मेलनमा सहभागी हुन आउनुभएका स्वदेशी तथा विदेशी साहित्यकर्मीको स्वागतमा सोही दिन साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । सांस्कृतिक कार्यक्रममा सांस्कृतिक संस्थान (नाचघर)का कलाकारले नेपालको कला, संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।
मादल, ढोलक, बाँसुरीलगायत परम्परागत नेपाल लोकबाजाका साथको प्रस्तुतिबाट नेपालीसहित विदेशी साहित्यप्रेमी मन्त्रमुग्ध भएका थिए । कार्यक्रममा प्रस्तुत गरिएका गीत, सङ्गीत तथा नृत्यले विदेशी पाहुनामाझ नेपाल कला संस्कृतिमा निकै धनी भएको प्रतीत गरेको थियो । पूर्वी, पश्चिमी, हिमाल, पहाड, तराई तथा उपत्यकाका जनजाति विदेशका गीत सङ्गीतले प्रतिष्ठान गुन्जायमान बनेको थियो । सांस्कृतिक कार्यक्रममा मञ्जुश्री नाच, झागन, सेब्रु, कौडा, टप्पा, धिमे, साकेला, भुम्रा र हुड्केली गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रस्तुत गरिएका नेपाली कला संस्कृतिले साहित्यिक पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउने साहित्य अनुरागीको भनाइ थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले यस्ता सांस्कृतिक कार्यक्रममले एसियाली मुलुकबीच सद्भाव, सहिष्णुता, समन्वय, सहअस्तिस्व र शान्तिको भावना जागृत गराउने विश्वास व्यक्त गर्नुभयो ।  उद्घाटन समारोह तथा सांस्कृतिक कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भावना केसीले गर्नुभएको थियो ।
गोष्ठी सत्र
सम्मलेनको पहिलो दिन उद्घाटन समारोहपछि गोष्ठी सत्र आरम्भ भएको थियो । पहिलो गोष्ठी सत्रमा नेपालका तर्फबाट कार्यपत्र पेस गर्दै प्रा.डा. गोविन्दराज भट्टराईले ‘नेपाली साहित्यमा लामो समयदेखि तिब्बत तथा चीनका विषयहरू आएको र कैयौँ कृति त्यतैको यात्राबाट सिर्जना भएको’ बताउनुभयो । लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’को चर्चा गर्दै उहाँले अहिले खाडी मुलुकमा झैँ कुनै बेला रोजगारीका लागि नेपाली युवाहरू ल्हासा जानुपर्ने अवस्थालाई खण्डकाव्यले चित्रण गरेको बताउनुभयो । त्यस्तै डोरबहादुर विष्टको उपन्यास ‘सोताला’, गङ्गाप्रसाद उप्रेतीको ‘तिब्बतमा दस दिन’ जस्ता थुप्रै कृतिमा तिब्बतको बयान र विषय आएको उहाँले उल्लेख गर्नुभयो । उहाँले डा. तुलसी भट्टराईको ‘संसारको छानामा महाकवि’ लगायतका कृतिहरूले पनि दुईदेशीय सम्बन्धलाई मजबुत पारेको दाबी गर्नुभयो ।
बङ्गलादेशका अनुवादक मेहबुबा रहमानले भने साहित्यमा अन्तरक्रियात्मक कार्यलाई अगाडि बढाउन एकअर्काको साहित्य विभिन्न भाषामा अनुवाद हुनुपर्ने बताउनुभयो । “अनुवाद नै सञ्चारको कला हो” उहाँले भन्नुभयो– “यसले अनेक भाषा र संस्कृति आधारित समाजलाई जोडिदिन्छ ।” चीनका उपन्यासकार ली सिआयोतोङले ‘अन्तरहिमाली संस्कृति र साहित्यको प्रवर्द्धनका लागि आधुनिकता र विकासलाई जोड दिनुपर्ने’ औँल्याउनुभयो भने पाकिस्तानका लेखक तथा कवि खालिद मसुद खानले ‘मुलुकहरूबिच साहित्य र संस्कृतिको आदान प्रदानमा लोकसाहित्य र भाषाजस्ता संवेदनशील पक्षलाई जोड दिनुपर्ने’ औँल्याउनुभयो ।
गोष्ठीसत्र चीनकी लु मीनले गोष्ठीको सहजीकरण गर्नुभएको थियो ।
०००
दोस्रो दिनको पहिलो सत्र प्रा.डा. मोहनप्रसाद लोहनीले सहजीकरण गर्नुभएको सत्रमा श्रीलङ्काका विमल उदय हापुगोदाराची, चीनकी सुश्री लु मीन, बङ्गलादेशका मोहम्मद अकबर हुसेन र नेपालका प्रा.डा. योगेन्द्रप्रसाद यादवले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
हापुगोदारचीले समुद्री सिल्क रोडको किनारमा रहेको चीन र श्रीलङ्काको सांस्कृतिक सम्पदाबिचको सम्बन्ध जोड्ने लिङ्कको रूपमा काम गरेको उल्लेख गर्नुभयो ।
लु मिनले आफ्नो कार्यपत्रमा ‘एउटा टेबल र दुई कुर्सीबाट अनन्त सम्भाव्यता’ले दक्षिणी चीनको याबलन्जे नदीको किनारमा प्रचलित ६ सय वर्ष पुरानो ओपेरा कुन क्यू ओपेराको सङ्क्षिप्त परिचय प्रस्तुत गर्नुभयो । बङ्गलादेशका मोहम्मद अकबर हुसेनले ‘बङ्गला संस्कृतिको विकासमा नेपाली सन्दर्भ’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
नेपालका तर्फबाट प्रा.डा. योगेन्द्रप्रसाद यादवले ‘दक्षिण एसिया र चीनमा भाषिक विविधताः नेपालको अवस्था’ ’bout प्रत्र प्रस्तुत गर्नुभयो ।
दोस्रो  सत्र
अर्को सत्रमा नेपालका तर्फबाट प्रा.डा. अभि सुवेदी, माल्दिभ्सका तर्फबाट श्रीमती रफिया अब्दुल गदिर र चीनका तर्फबाट ली कियानले आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभयो । यो सत्र श्रीलङ्काबाट आउनुभएका डा. सुनील विजिसिर्र्डेनले सहजीकरण गर्नुभएको थियो ।
डा. सुवेदीले ‘ट्रान्स हिमालयन क्लासिक्स एण्ड पोएटिक हेरिटेज’ प्रस्तुत गर्दै भारतीय क्षेत्र र चीनको महाकाव्य परम्परालाई विश्लेषण् गर्नुभयो । सुश्री रफियाले लोक परम्पराका ’boutमा एउटा कार्यपत्र प्रस्तुत गर्दै विभिन्न देशहरूको लोककथा र लोकसंस्कृतिको अनुसन्धान र माल्दिभ्सको सन्दर्भ प्रस्तुत गर्नुभयो ।
उक्त दिनको अन्तिम पत्र प्रस्तोता चीनका ली कियानले ‘साहित्यिक अनुवादलाई सुदृढ पार्दै सभ्यताको आदान प्रदान’ विषय उठाउनुभयो ।

अन्तिम दिनको सत्र
सम्मेलनको समापन काठमाडौँको चन्द्रागिरि हिल्समा सम्पन्न भयो । उक्त दिनको पहिलो सत्रको सञ्चालन माल्दिभ्सका रफिया अब्दुल गदिरले गर्नुभएको थियो ।  सो सत्रमा पाकिस्तानका मुहम्मद हसन हसरत, चीनका सुश्री झाउ जुआनपु र नेपालका प्रा.डा. अम्मराज जोशीले क्रमशः आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पर्यटन बोर्डका प्रवन्धक सुनील शर्माले पर्यटन वर्षलाई नै लक्षित गर्दै नेपालको सांस्कृतिक, धार्मिक, प्राकृतिक सम्पदा तथा भौगोलिक अवस्थालाई समेटेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै पाकिस्तानका लेखक महम्मद हसन हसरतले पाकिस्तानको बल्टी साहित्य र संस्कृतिलाई समेटेर ‘कल्चरल हेरिटेज इन ट्रान्स हिमालयन जोन विथ रिफ्रेन्स टु बल्टी’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । चीनकी झोउले ‘मेरो गृहनगरबाट लेखिएका लेखहरू’ र जोशीले ‘नेपाली लोवार्ता बुद्धिको अनुनाद मिररिंग मोलाइज मोटिफ्स’ शीर्षकमा नेपालको व्यापक भाषिक र लोकसांस्कृतिक परिदृश्यमा पाइने लोककथाको विविधता’bout प्रकाश पार्नुभएको थियो ।
०००

असोज ३० गते चन्द्रागिरिमा ६ बुँदे काठमाडौँ घोाषणापत्र जारी गर्दै ऐतिहासिक दोस्रो चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन–२०१९’ समापन भयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चीन तथा दक्षिण एसियाली स्रष्टाहरूबिच विभिन्न साहित्य भेला र जमघटलाई बढावा दिइने, आगामी सम्मेलनमा तथा सभामा युगल सिर्जनात्मक कार्य प्रस्तुितलाई जोड दिइने, क्षेत्रीय स्तरमा सिर्जनात्मक लेखन, अनुवाद, भाषा सिकाइजस्ता कार्यशाला गरिने, आगामी २ वर्षमा अर्को साहित्य सम्मेलन गरिनेजस्ता ६ बुँदे घोषणापत्र प्रस्तुत गर्नुभयो ।
सम्मेलनले एसियाली मुलुकहरूबिच आपसी विचार, भावना र अनुभवको साटासाट भई एकअर्काका साहित्यलाई नजिकबाट नियाल्ने अवसर मिलेको उप्रेतीले दाबी गर्नुभयो ।

दोस्रो चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन’bout पत्रकार सम्मेलन

२०७६ असोज २७ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा असोज २८ गतेदेखि ३० गतेसम्म हुन लनगेको ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन–२०७६’का ’boutमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरियो ।
साहित्य सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्व हुने प्रतिष्ठानले जनाइएको थियो । सोह्र जना विद्वानले विभिन्न विषयमा १६ ओटा गोष्ठीपत्रहरू प्रस्तुत गर्ने प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा विदेशी पाहुनाको स्वागतमा नेपाली संस्कृति झल्किने गीत, सङ्गीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिने उहाँले बताउनुभयो ।

असोज २८ देखि ३० गतेसम्म विभिन्न विषयका गोष्ठी सञ्चालन हुने छन् । ३० असोजमा काठमाडौँको चन्द्रागिरिमा हुने कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट ‘नेपालमा सांस्कृतिक पर्यटनको सम्भावना’ विषयमा प्रस्तुति समेत रहने प्रतिष्ठानले जनाएको छ । सम्मेलनको औपचारिक समापन कार्यक्रम चन्द्रागिरीमा नै सञ्चालन गरिने कुरा सम्मेलनमा सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले बताउनुभयो ।

प्रतिष्ठानले वर्तमान विश्वका नवीनतम प्राज्ञिक प्रवृत्तिहरूसँग नेपाली स्रष्टा–द्रष्टा र लेखकहरूलाई परिचित गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको सदस्य सचिव उपाध्यायले जनाउनुभयो । उहाँले विभिन्न मित्र राष्ट्रका समान उद्देश्य र प्रकृतिका प्राज्ञिक संस्थासँग दुई पक्षीय सहमति कायम गरी प्राज्ञिक आदानप्रदानका साथै अन्तर्रा्ष्ट्रिय स्तरकै गोष्ठी, सम्मेलन र अन्तरक्रिया कार्यक्रमहरू समेत गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मित्र राष्ट्रका प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट समेत प्रतिनिधित्व गराउँदै आइएको छ ।’

यसअघि दक्षिण एसियाली राष्ट्रका प्राज्ञिक संस्थाहरू सम्मिलित ‘प्रथम चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन–२०१७’ चीनको छेन्दुमा सम्पन्न भएको थियो । उनका अनुसार चीनको संस्कृति मन्त्रालयअन्तर्गत रहेको ‘चिनियाँ संस्कृति अनुवाद अध्ययन सहयोग’ (सिसिटिएसएस)को सहकार्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा अनुवाद र प्रकाशनसम्बन्धी गोष्ठी–२०७५ आयोजना यस अगाडि नै गरिएको थियो ।

सदस्य सचिव प्रा. उपाध्यायले भारतको भारतीय साहित्य अकादमी, चीनको चिनियाँ लेखक सङ्घ, पाकिस्तानको पाकिस्तानी एकेडेमी अफ लेटर्स, बङ्गलादेशको बांग्ला एकेडेमीसँग साहित्यिक आदानप्रदानका निम्ति दुई पक्षीय सहमतिमा हस्ताक्षर भइसकेको जानकारी दिनुभयो । उहाँले श्रीलंका, माल्दिभ्स र इजरायलका एकेडेमीहरूसँग सहमति हुने प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार गैरआवासीय नेपाली सङ्घसँग समेत दुई पक्षीय सहमति भएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारकै क्रममा बङ्गलादेशको सहकार्यमा शेख मुजीबर रहमानको ‘ती अधुरा संस्मरणहरू’, पाकिस्तानसँगको सहकार्यमा ‘पाकिस्तानी महिला लेखन’ नामक पुस्तक प्रतिष्ठानबाट प्रकाशन भएका छन् । प्रतिष्ठानले तयार गरेको प्रतिनिधि नेपाली कविताको ग्रन्थ ‘द भ्वाइस अफ नेपाल’ को पाकिस्तानका विभिन्न भाषामा र चिनियाँ भाषामा अनुवाद प्रक्रियामा रहेको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवसमा प्रज्ञा–प्रतिष्ठानको सहभागिता

२०७६ असोज ३ गते, काठमाडौँ । सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका उपलक्ष्यमा नेपाल सरकारद्वारा राजधानीस्थित नेपाली सैनिक मञ्च, टुडिखेलमा राष्ट्रिय समारोहको आयोजना गरी भव्यरूपमा ‘संविधान दिवस तथा राष्ट्रिय दिवस’ मनाइयो । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य एवम् सम्माननीय प्रधानमन्त्री तथा ‘संविधान दिवस तथा राष्ट्रिय दिवस’ समारोह मूल समितिका अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहेको समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानको सहभागिता रहेको थियो ।

समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको नेतृत्वमा उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञपरिषद्का सदस्यहरू, प्राज्ञसभाका सदस्यहरू एवम् समस्त कर्मचारीहरूको सहभागिता रहेको थियो । प्रज्ञाभवन, कमलादीबाट झाँकीसहित प्रज्ञा–प्रतिष्ठानको टोली समारोहस्थल पुगी सभामा सामेल भएको थियो ।

‘नेपालको संविधानका विशेषताहरू’माथि विचार गोष्ठी

२०७६ असोज २ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘नेपालको संविधानका विशेषताहरू’ विषयक विचार गोष्ठीको आयोजना गरियो । संविधान दिवस (राष्ट्रिय दिवस)का उपलक्ष्यमा असोज २ गते बिहीबार प्रज्ञा–प्रतिष्ठानको पुस्तकालय सभाकक्षमा आयोजित विचार गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘नेपालको संविधान’ जननिर्वा्चित जनप्रतिनिधिहरूले संविधानसभाद्वारा लोकतान्त्रिक प्रक्रियालाई अवलम्बन गरेर लेखिएको संविधान आफैँमा एक अनुपम नमूना संविधान भएको दाबी गर्नुभयो । मन्त्री भट्टराईले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको उल्लेख गर्दै भन्नुभयो– “अहिले हामी उक्त संविधानको तीब्ररूपमा सफल कार्यान्वयनको क्रममा छौँ । संविधान निर्माणपश्चात हिजोका सबै राजनीतिक मतभेदहरूको अन्त्य भएको छ ।  संविधानमार्फत् देशले नेपाली मोडेलको सङ्घीयता प्राप्त गरेको छ । मौलिक हक र अधिकारहरूको सुनिश्चितता गरेको छ ।”
कार्यक्रमका सभाध्यक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘निकै अगिदेखिको नेपाली जनताको चाहनाअनुसार २०७२ सालमा आएर दोस्रो संविधानसभाद्वारा सङ्घीय गणतान्त्रिक संविधान बनेको उल्लेख गर्दै उक्त संविधानको सफल कार्यान्वयनका साथसाथै सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को सङ्कल्पसहित देशको समृद्धिको यात्रा अगाडि बढाउनु सुखद् विषय भएको बताउनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले जनताले चुनेका जनप्रतिनिधहरूद्वारा बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको इमानदारिपूर्वक कायान्वयन यस संविधानको सफलता हुने बताउनुभयो । उहाँले भन्नुभयो– “मुलुकका सबै जनताले अपनत्व गर्नसक्नु नै संविधानको सफलता हो, पूर्णता हो ।”
उपकुलपति डा. जगमान गुरुङले संविधानसभाद्वारा निर्मित ‘नेपालको संविधान’ नेपालका लागि उत्कृष्ट र निर्विकल्प भएको बताउनुभयो । उहाँले साझा पहिचानका आधारमा सबै प्रदेश र राजधानीको नामाकरण गरिनुपर्ने विचार व्यक्त गर्दै भन्नुभयो– “साझा पहिचानको बाटोमा जाँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकास हुन्छ र यसैबाट समृद्ध नेपाल सुखी नेपालीको स्वप्न चाहना पूरा हुन्छ ।”
गोष्ठीमा राजनीतिकशास्त्री तथा संविधानसभा सदस्य प्रा.डा. लालबाबु यादवले ‘नेपालको संविधानः मौलिक हक, कर्तव्य र नागरिकताको सवाल’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै भन्नुभयो– “यो संविधान नेपालको ७ औँ संविधान हो । यसअगिका ६ वटा संविधानहरूले नेपाली जनताका सबै चाहनालाई सम्बोधन गर्न नसकेका कारण नै अर्को संविधान बनाउनुपरेको हो र यो संविधान बनेको हो । जनताको मौलिक हक, कर्तव्य र नागरिकताको सवालमा यो संविधान साँच्चिकै उत्कृष्ट । अब सफल कार्यान्वयन यसको सफलता हो ।” उहाँले जननिर्वा्चित जनप्रतिनिधिद्वारा दोस्रो संविधानसभाबाट ९० प्रतिशत बहुमतले पारित नेपालको संविधान विश्वकै नमूना र उत्कृष्ट संविधान भएको विचार व्यक्त गर्नुभयो ।
कार्यक्रम बुद्धि तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो ।

 

प्राज्ञसभाको ३४ औँ बैठकः पृथ्वी प्रज्ञा पुरस्कारसहित विभिन्न प्रज्ञा पुरस्कारको निर्णय

२०७६ भदौ ३१ गते, मङगलबार, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ३४ औँ प्राज्ञसभा बैठक भदौ ३१ गते, मङ्गलबार प्रज्ञा भवनको देवकोटा सभा कक्षमा बस्यो । माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पानसमा दीप प्रज्वलन गरी पुस्तकालय सभा कक्षमा आयोजित विशेष समारोहका बिच समुद्घाटन गर्नुभएको प्राज्ञसभाको बन्दसत्रको बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरू पारित गरेको छ । बैठकले प्रज्ञा–प्रतिष्ठानबाट चार चार वर्षमा दिँदै आएको चार लाख रूपैयाँ राशिको ‘पृथ्वी प्रज्ञा पुरस्कार’ (२०७६÷२०७८) का लागि वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीलाई प्रदान गर्ने निर्णय गरेको छ । यसै गरी विभिन्न प्रज्ञा पुरस्कारको पनि निर्णय गरेको छ ।
प्रत्येक दुई दुई वर्षमा प्रदान गरिने ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र, संस्कृति तथा दर्शनशास्त्र पुरस्कार’ २०७५÷२०७६ का लागि प्रा.डा. त्रिरत्न मानन्धरलाई र दुई दुई वर्षमा दिइने ‘नेपाल प्रज्ञा नेपाली भाषा पुरस्कार’ २०७५÷२०७६ का लागि प्रा.डा. टङ्कप्रसाद न्यौपानेलाई प्रदान गरिने निर्णय गरिएको छ ।
यस्तै, प्रत्येक वर्षमा प्रदान गरिने ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ २०७५ मदन रेग्मीलाई, २०७६ का लागि भागीरथी श्रेष्ठलाई दिइने भएको छ भने पहाड, हिमाल क्षेत्रमा बोलिने मातृभाषा साहित्यतर्फ २०७५ का लागि अमर तुम्याहाङ (लिम्बू भाषा–साहित्य), २०७६ का लागि अमृत योञ्जन तामाङ, तराई मधेसमा बोलिने मातृभाषाका साहित्यतर्फ २०७५ का लागि अयोध्यानाथ चौधरी (मैथिली भाषा–साहित्य), २०७६ का लागि अशोक थारू (थारू, भाषा–साहित्य)लाई प्रदान गरिने निर्णय गरिएको छ । यी पुरस्कारको राशि नगद एक लाख रूपैयाँ रहेको छ ।
प्राज्ञसभाको बैठकमा महोत्तरीका महेश्वर राय र दाङका डा. गोविन्द आचार्य अस्वस्थ भएका कारण उपस्थित हुनुभएन । अर्का प्राज्ञसभा सदस्य डा. विजय दत्तले मेधसी आयोगको अध्यक्षमा मनोनित भएपछि राजीनामा दिनुभएका कारण हाल प्राज्ञसभा सदस्यको एक पद रिक्त रहेको छ ।
बैठकमा सदस्य सचिवले प्रस्तुत गर्नुभएको प्रतिवेदन गहन छलफल गरी पारित गरिएको थियो । प्रस्तावको छलफलमा प्राज्ञसभा सदस्यहरू सूर्यबहादुर खड्का विखर्ची, रमा शर्मा, विवश पोखरेल, हरिश्चन्द्र लावती, आर.डि. प्रभास चटौत, प्रा.डा. गोपाल पोखरेल ‘विवश’, प्रा. केशव सुवेदी, वीणा सिन्हा, राम विनय, नन्दु उप्रेती, डा. हरिदत्त पाण्डेय, सुभद्रा भट्टराई, लक्ष्मी उप्रेती, हरिप्रसाद तिमिल्सिनाले बोल्नुभएको थियो ।

तीन नयाँ पुरस्कार स्थापना
यसै गरी प्राज्ञसभाको बैठकले अन्य तीन पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । नेपालबाहिर रहेर नेपाली भाषा–साहित्यमा विशिष्ट योगदान गरेका नेपाली मूलका स्रष्टालाई प्रत्येक दुई वर्षमा दिने गरी ‘नेपाल प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’, नेपाली भाषाबाट विदेशी भाषामा र अन्य भाषाबाट नेपाली भाषामा अनुवादका माध्यमबाट विशिष्ट योगदान गरेका स्रष्टालाई दिने गरी ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ स्थापना गर्ने निर्णय गरिएको हो । यी पुरस्कारको राशि नगद एक एक लाख रूपैयाँ रहने छ । यसरी नै अध्ययन–अनुसन्धानका माध्यमबाट नेपालको गौरवलाई विश्वमा चिनाउन विशिष्ट योगदान गरेका विदेशी विद्वान्लाई तीन तीन वर्षमा दिने गरी तीन हजार अमेरिकी डलरको ‘नेपाल प्रज्ञालङ्कार पुरस्कार’ स्थापना गर्ने समेत निर्णय गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञसभाका अध्यक्ष तथा कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा बसेको प्राज्ञसभाको ३४ औँ बैठकले उक्त निर्णय गरेको हो । प्राज्ञसभाको उक्त बैठकले गत आ.व.को बजेट अनुमोदन गर्नुका र आगामी आ.व. २०७६÷२०७७ का लागि नीति, योजना तथा कार्यक्रम पारित गर्नुका साथै विनियोजित २३ करोड सात लाख ३३ हजार रकम बजेट पारित गरेको छ । यसै गरी बैठकले नेपाल प्रज्ञा–प्रतिष्ठान नियमावली–२०६७ (संशोधनसहित)को परिच्छेद ७ को नियम तथा उपनियम ३० लाई संशोधन गरेको छ । यो उपत्यकाभित्र स्थायी घरवास नभएका पदाधिकारीलाई घरभाडाबापत उपलब्ध गराइने सुविधासम्बन्धी नियम हो । उक्त बैठकले प्रज्ञा सेवा आयोग सदस्यमा प्राज्ञपरिषद्द्वारा मनोनित प्राज्ञसभा सदस्य प्रा. केशव सुवेदीको मनोनयलाई अनुमोदनसमेत गरेको छ ।
प्रज्ञा–प्रतिष्ठानको ३४ औँ प्राज्ञसभालाई शुभकामना सन्देश पठाई प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक व्यक्ति र प्रतिभाका लागि स्वतन्त्रता र अवसर सुनिश्चित गर्न लामो समयको त्याग र बलिदानबाट स्थापित व्यवस्थानुकूल इतिहास लेखनको प्राज्ञिक पहल र अग्रसरता राष्ट्रले अपेक्षा गरेकाले सो योजनाका लागि रकम प्रबन्ध हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले विश्वमै प्राचीन वैदिक सभ्यता, संस्कृति, चिकित्सा, धर्म, दर्शनलगायत ज्ञान, विज्ञानको उद्गम भूमिको गौरवप्राप्त नेपालको चिन्तन परम्परालाई यहाँको विद्यमान भौगोलिक प्राकृतिक विविधताका साथै समानता, स्वतन्त्रता, मानवता, भातृत्व, विश्वबन्धुत्व, सद्भावपूर्ण सहअस्तित्व, शान्ति, समृद्धि र सुखको स्पष्ट मार्गचित्र कोर्न वर्तमान पुस्तासँग परिचित गराउन आवश्यक भएको उल्लेख गर्नुभएको छ । उहाँले विश्वका समकालीन प्रवृत्तिसँग नेपाली प्राज्ञिक जगत्लाई अद्यावधिक राख्न चलिआएका प्रयत्नलाई अझै प्रभावकारी बनाउन जोड दिनुभएको थियो । प्रधानमन्त्रीको लिखित सन्देश सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले समुद्घाटन समारोहमा वाचन गर्नुभएको थियो ।
प्रज्ञा–प्रतिष्ठानका संरक्षक एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रज्ञा–प्रतिष्ठानको गौरवपूर्ण योजनामा सरकारले बजेट दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ठूला ठूला विकासका आयोजनामा सरकारले महत्व दिएपनि  वाङ्मय क्षेत्रलाई पनि उचित सम्बोधन गर्ने बताउनुभयो । उहाँले प्रज्ञा–प्रतिष्ठानलाई पूर्वीय वाङ्मय, सभ्यता र अनुसन्धानको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– “वाङ्मय  क्षेत्र नाफाको क्षेत्र होइन तर राज्यका लागि यो नभई हुँदैन । यसको उचित संरक्षण र संवद्र्धन गर्न सरकार संवेदनशील छ ।” कतिपय तत्वले नेपाली संस्कृतिलाई केही तत्वहरूले उछृङ्खलतातर्फ धकेल्ने प्रयत्न गरिरहेको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसलाई प्राज्ञिक जगत्ले सृजना र लेखनका माध्यमबाट प्रतिरोध गर्नुपर्ने आवश्यकता भएको उल्लेख गर्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले वाङ्मय क्षेत्रमा हालसम्म राष्ट्रिय गौरवका आयोजना नभएको अवस्थमा प्रज्ञा–प्रतिष्ठानले अघि सारेको ‘नेपाल दर्पण’ ग्रन्थ प्रकाशनको योजनामा सरकारले सघाउने विश्वास दिएपछि काम गर्ने ऊर्जा मिलेको बताउनुभयो । उहाँले वाङ्मय क्षेत्रमा पहिलो राष्ट्रिय गौरवको आयोजनाका रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुकूल सातै प्रदेश र समग्र देशलाई चिनाउने ग्रन्थ प्रकाशन गरिने बताउनुभयो । उहाँले सरकारले दिएको जिम्मेवारीअनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई सङ्ग्रहालय बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार गरिने र आगामी महिना हिमवत् खण्डका नौ मुलुकका प्राज्ञिक निकायको सहभागितामा ‘चाइना साउथ एसिया लिटरेचर फोरम’को दोस्रो सम्मेलन गरेर ज्ञानको साझा क्षेत्रमा सहकार्य बढाउने बताउनुभयो ।
उपकुलपति डा. जगमान गुरुङले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै राष्ट्रिय गौरवको आयोजनाकै रूपमा देशका सबै प्रदेशका भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन, सभ्यता, परम्परालगायतका विषयलाई समेटेर ‘नेपाल दर्पण’ ग्रन्थ प्रज्ञा–प्रतिष्ठानले अघि सारको राष्ट्रिय गौरव भएकाले त्यसका लागि सरकारबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले प्रज्ञा–प्रतिष्ठानले स्थापनाकालीन उद्देश्यअनुरुप काम गरिरहेको उल्लेख गर्दैै प्राचीन सभ्यताको उद्गम स्थल नेपाल नै भएको र देशका सबै प्रदेशका भूगोल, जाति, परम्परा, सभ्यता, संस्कृति आदि विषय’bout खोज–अनुसन्धानसहित सातवटा ग्रन्थ र त्यसको सारसहितको ‘नेपाल दर्पण’ ग्रन्थ र नेपालमा जन्मेका दर्शनहरूलाई एकीकृत गरी ‘नेपाली दर्शन’ प्रकाशन गरी त्यसलाई अङ्ग्रेजीमासमेत अनुवाद गर्ने लक्ष्य राखिएको जनाउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला ज्ञानका स्रोतहरूलाई समाजका लागि प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पलाई पूरा गर्न स्रष्टाहरूको पनि महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन), नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यलगायतले सभाको सफलताको कामना गर्नुभएको थियो । कार्यक्रम सन्ध्या पहाडीले सञ्चालन गर्नुभएको थियो ।

प्रज्ञामा नेपाल भाषाका महाकविको १५२औँ जन्मजयन्ती

२०७६ भदौ २६ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वारा नेपाल भाषाका महाकवि सिद्धिदास महाजु अमात्यको १५२ औँ जन्मजयन्तीका अवसरमा उहाँको व्यक्तित्व तथा कृतित्वका ’boutमा विचार गोष्ठीको आयोजना गरियो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त गोष्ठीमा बोल्दै मातृभाषामा योगदान पु¥याएका स्रष्टाहरूका सम्झनामा प्रज्ञा–प्रतिष्ठानले कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक समाजले अर्को समाजलाई बुझ्नका लागि मातृभाषाले धेरै सहयोग पु¥याइरहेको हुन्छ । नेपाली समाज बहुल छ र त्यो बहुलताको अस्तित्वबाटै नेपाली समाज अघि बढेको छ ।” उहाँले गोष्ठीबाट नेपाल भाषाका महाकवि सिद्धिदासको जीवनीका ’boutमा थप जान्ने मौका मिलेको बताउनुभयो ।
उपकुलपति डा. जगमान गुरुङले समय समयमा विविभन्न ठाउँमा महामानवहरूको जन्म हुने गरेको उल्लेख गर्दै नेपाल भाषाका महाकवि सिद्धिदास महाजु यस्तै महामानव भएको बताउनुभयो । उहाँले मातृभाषामा योगदान दिएका साहित्यकारहरूकै कारण देशभित्रका विभिन्न समुदायका मातृभाषाहरू लोप हुनबाट जोगिएको बताउनुभयो ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले जीवनभरि साधना गरेर करिब ५० ओटा कृति प्रकाशनमा ल्याउने महाकवि महाजुको स्मृतिमा कार्यक्रम आयोजना गरेर प्रज्ञा–प्रतिषठनले सार्थक कार्य गरेको अनुभूति भएको बताउनुभयो ।
कार्यक्रमकी संयोजक एवम् साहित्य (मातृभाषा) विभागकी प्रमुख प्राज्ञ लक्ष्मी मालीले नेपालमा बोलिने १२३ भाषा र तिनको साहित्यको संरक्षण र विकासमा आफ्नो विभागले गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै मातृभाषामा लेखिएका साहित्यिक सिर्जना हाम्रा सम्पत्ति हुन् भने भाषा, साहित्य र संस्कृति एकआपसमा अन्र्तसम्बन्धित पक्षहरू हुन् । यिनको विकास गर्नु हाम्रो दायित्व हो ।”

महाकवि सिद्धिदासका सिद्धिरामायण, सत्यसती, सुखसागर (प्रेमसागर), सज्जनकण्ठाभरण, सत्यऋण, सरल श्रुतबोध,  शारदा भजन, सुखदुःख, बिजुली, सगदोष, साधारण धर्म, सर्वभक्ति, सदां लिला, सज्जनहृदयाभरण, सतनीति, संवाद, सकतां, सनातम धर्म, समाचार, सर्वकर्म, सत्यमदन, शिवविलाश लगायतका ५० ओटा कृति प्रकाशित छन् ।
गोष्ठीमा महाजुले नेपालभाषाको साहित्यमा पु¥याएको योगदानको चर्चा गर्दै उहाँको कृतित्व र व्यक्तित्वमाथि ‘महाकवि सिद्धिदास महाजुको व्यक्तित्व एवम् कृतित्व’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा. ओमकारेश्वर श्रेष्ठले दुःखकष्ट सहन बाध्य हुँदाहँुदै पनि ५० ओटा कृति दिएर नेपाल भाषाको उत्थानका लागि महाकविले ठूलो योगदान पु¥याएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “रोजीरोटीका लागि मजदुरी गर्दै आफ्नो मातृभाषाको विकासमा  आफै खर्च गरेर पुस्तक प्रकाशन गर्नु निकै गाह्रो विषय थियो तर पनि उहाँले लेख्ने प्रकाशन गर्ने काम गर्नुभयो । उहाँको योगदानको जति बयान गरेपनि कम हुन जान्छ ।”
श्रेष्ठको कार्यपत्रमाथि टिप्पणी गर्दै  प्राध्यापक डा. प्रेमशान्ति तुलाधरले कार्यपत्रमा महाजुको साहित्यिक योगदानको ’boutमा कम चर्चा भएको बताउनुभयो । तुलाधरले भन्नुभयो, “नेपाल भाषा र साहित्यका माध्यमबाट  आफूमा भएको चेतनाको प्रकाशलार्ई समाजमा छरेर सिद्धिदासले अनुकरणीय योगदान दिनुभएको छ ।”
कार्यक्रममा गायक पवित्र कसाःले सिद्धिदास रचित र सिद्धिदासप्रति समर्पित गीत नेपालभाषामै गाएर सुनाउनुभएको थियो । कवि कृष्णभक्त बोडे, शरद कसाः र रमेशकाजी स्थापितले महाकविका एक एक ओटा कविता पाठ गर्नुभएको थियो । कार्यक्रम ‘थाय्भू’की सम्पादक समूह सदस्य शशीकला मानन्धरले सञ्चालन गर्नुभएको थियो ।

बालसाहित्यको भाषा मानकीकरण’bout विमर्श

२०७६ भदौ २५ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागद्वारा आज प्रज्ञा भवनको देवकोटा सभाकक्षमा बालसाहित्य सम्बन्धी विचारगोष्ठीको आयोजना गरिनुका साथै अर्धवार्षिक पत्रिका ‘बालप्रज्ञा’ र ‘प्रज्ञा नेपाली बालकथा’ सार्वजनिक गरियो ।
‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक उक्त गोष्ठीमा बोल्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यसअघि प्रज्ञा–प्रतिष्ठानबाट बालसाहित्यका क्षेत्रमा त्यति ध्यान पुग्न नसकेको महसुस गरेर यसपटकको प्राज्ञपरिषद्ले बालसाहित्यप्रधान पत्रिका ‘बालप्रज्ञा’ प्रकाशन गर्ने निर्णय गरेको सुनाउँदै बालसाहित्यको विकासका लागि ‘बालप्रज्ञा’को भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले भन्नुभयो, “अबका दिनमा बालसाहित्यलाई प्राथमिकतामा राखेरै योजनाहरू बनाइने छ ।”

प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति एवम् वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले बालसाहित्य लेखनमा भाषा मानकीकरणको आवश्यकताको महसुस गरी आयोजना गरिएको गोष्ठी सार्थक भएको विचार व्यक्त गर्नुभयो । उहाँले प्रज्ञा–प्रतिष्ठान स्थापना भएको ६२  वर्षपछि  पहिलो पटक बालसाहित्यमा भाषा मानकीकरणका लागि बहस सुरु गरेकोमा प्रसन्नता व्यक्त गर्दै बालबालिका मुलुकका कर्णधार भएकाले बालसाहित्य लेखक संवेदनील हुनुपर्ने बताउनुभयो ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले ‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक गोष्ठी उपलब्धिमूलक भएको बताउँदै अबका दिनमा यसक्षेत्रमा प्रज्ञा–प्रतिष्ठानले अझै प्रभावकारी काम गर्ने बताउनुभयो ।

कार्यक्रमका संयोजक एवम् बालसाहित्य तथा लोकवार्ता विभागका प्रमुख प्राज्ञ डा. देवी नेपालले आफ्नो विभागले बालसाहित्यका क्षेत्रमा नयाँ र ऐतिहासिक महत्वका योजना बनाएर कार्यान्वयन प्रारम्भ गरेको सुनाउँदै दार्जिलिङदेखि बर्मासम्मका नेपाली लोकवार्ताहरूको सङ्कलन गरी प्रकाशन गरिने योजना रहेको पनि बताउनुभयो ।
कार्यक्रममा प्रा.डा. ऋषिराम शर्माले ‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयमा विचारपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा डा. रामप्रसाद ज्ञवालीले ‘बालप्रज्ञा’ र बालकथाका सम्पादक रामदेव पाण्डेले पुस्तकमाथि परिचर्चा गर्नुभएको थियो । बालकथामा १ सय १ बालकथाकारका कथा समाविष्ट गरिएका छन् ।
कार्यक्रम ‘बालप्रज्ञा’का कार्यकारी सम्पादक प्रा.डा. धु्रव घिमिरेले सञ्चालन गर्नुभएको थियो ।  

‘अनुसन्धान गोष्ठी तथा प्रज्ञा जर्नल–११७ र ‘नेपाली साहित्यको इतिहासलेखनका आधार’ लोकार्पण

२०७६ भाद्र २० गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागद्वारा प्रज्ञा भवन, कमलादीमा ‘अनुसन्धान गोष्ठी तथा प्रज्ञा (विज्ञ समीक्षित जर्नल–११७)’ र ‘नेपाली साहित्यको इतिहासलेखनका आधार’ नामक ग्रन्थको लोकार्पण तथा विमर्श कार्यक्रम तथा  आयोजना गरियो ।
कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति एवम् वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले पचास वर्ष पुग्न लागेको ‘प्रज्ञा’ अनुसन्धानमूलक पत्रिका विज्ञ समीक्षित जर्नलका रूपमा प्रकाशन थालनी भएकोमा प्रसन्नता व्यक्त गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरको  बनाउन कुनै कसर बाँकी राख्न नहुने विचार व्यक्त गर्नुभयो । उहाँले उत्कृष्ट समालोचकमा साहित्यको अन्तरङ्ग अध्ययन चाहिने उल्लेख गर्नुहुँदै समालोचना शोधको कैदी बन्नु नहुने बताउनुभयो । “साहित्यको वास्तविक आस्वादन लिन नसक्ने समालोचकले सही समालोचना गर्न सक्दैन ।” उहाँको धारणा थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले गोष्ठीले प्राज्ञिक अनुसन्धानमूलक लेखन सम्बन्धी मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्दै अनुसन्धानमूलक प्राज्ञिक लेखनका सम्बन्धमा नेपालकै मौलिक सिद्धान्त बनाउनु पर्नेमा जोड दिनुभयो ।

प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध)का प्रमुख प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेलले कार्यक्रमको उद्देश्य’bout प्रकाश पार्दै २०२७ सालदेखि निरन्तर रुपमा प्रकाशित हुँदै आएको ‘प्रज्ञा’ अर्धवार्षिक अनुसन्धानात्मक पत्रिका २०७५ माघ २५ गते बसेको प्राज्ञपरिषद्को बैठकको निर्णयअनुसार अङ्क ११७ देखि विज्ञ समीक्षित जर्नलका रूपमा प्रकाशन आरम्भ गरिएको सुनाउनुभयो ।
कार्यक्रममा प्रा.डा. ताराकान्त पाण्डेयले ‘अनुसन्धानमूलक लेखको संरचना’ र प्रा.डा. महादेव अवस्थीले ‘अनुसन्धान लेखनः विषय चयन र प्रस्तुति योजना’ विषयक विचारपत्र प्रस्तुत गर्नुभएको थियो ।
उहाँहरूका विचारपत्रमाथि प्रा.डा. अम्मराज जोशी र प्रा.डा. रमेश भट्टराईले परिपूरक समीक्षा गर्नुभएको थियो भने प्रा.डा. माधव पोखरेलले जर्नल’bout समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जर्नलका कार्यकारी सम्पादक तथा ‘नेपाली साहित्यको इतिहासलेखनका आधार’ नामक ग्रन्थका लेखक डा. बालाकृष्ण अधिकारीले  जर्नल सम्पादनअनुभूति र ग्रन्थ लेखनका सन्दर्भमा आफ्ना भनाइ राख्नुभएको थियो ।
कार्यक्रम बुद्धि तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो ।

तिजको शुभकामना तथा दरखाने कार्यक्रम आयोजना

२०७६ भदौ ८ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा हरितालिका तिजको अवसरमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रमको आयोजना गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल प्रज्ञा–प्रतिष्ठान समितिद्वारा आयोजित कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली समाज बहुल संस्कृतिले सम्पन्न भएको उल्लेख गर्नुभयो, । उहाँले भन्नुभयो, “तिज हिन्दु धर्म मान्ने महिलाहरूको एउटा विशिष्ट पर्व हो । सामाजिक विविधतायुक्त समाजमा यस पर्वको छुट्टै महत्व छ ।

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले मौलिक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा तिजले विशेष टेवा पु¥याउन मद्दत पु¥याएकोे बताउनुभयो । तिज आत्मीयता र सद्भावको पर्व पनि हो भन्दै उहाँले निराहार ब्रतका नाममा पानीसमेत नखाई भोकभोकै ब्रत बस्नुको अर्थ नहुने विचार व्यक्त गर्नुभयो । भन्नुभयो, “चित्त शुद्धि भएमा काया पनि स्वतः शुद्धि हुन्छ ।”
कार्यक्रममा प्रा माया ठकुरी, प्रा.डा. उषा ठाकुर, प्राज्ञ लक्ष्मी मालीले तिजको महत्व र विशेषता सम्बन्धी आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो । त्यस क्रममा प्राज्ञ ठकुरीले तिज गीत समेत गाउनुभएको थियो । उहाँले तिजको अवसरमा महिलाहरूले पारिवारिक तथा सामाजिक विभेद, अन्याय र अत्यचारविरुद्ध गीतका माध्यमबाट विद्रोह गर्दै आएको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन सरकारी स्वायत्त सङ्घका अध्यक्ष रेवतीरमण अधिकारी, कलाकार तथा कर्मचारी सङ्गठन, नेपाल प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष विश्वमोहन राजभण्डारी, लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घ र नेपाल प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष अशोककुमार चौरसियाले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा आयोजक सङ्गठनकी उपाध्यक्ष राधा कार्कीले शब्द–स्वागत गर्नुभएको थियो भने नानु सुवेदीले गाम्रीण तिजगीत गाउनुभएको थियो ।

कार्यक्रमका सभाध्यक्ष नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल प्रज्ञा–प्रतिष्ठान समितिका अध्यक्ष धनबहादुर कार्कीले तत्कालीन उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठी र सदस्य सचिव गीता केशरीको सुझाब र सल्लाहअनुसार तिज कार्यक्रम आयोजना सुरु गरिएको स्मरण गर्नुभयो । उहाँले भननुभयो, “त्यस यता प्रज्ञा–प्रतिष्ठानकै सहयोगमा तिज कार्यक्रमलाई निरन्तरता पदइरहेका छौँ ।”
कार्यक्रममा पूर्व सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरी, प्राज्ञसभा सदस्य शशी लुमुम्बू, प्रज्ञा–प्रतिष्ठानका प्रशासन प्रमुख सुमन अधिकारी, महाशाखाका प्रमुखहरू, शाखा प्रमुखहरूका साथै समस्त कर्मचारी परिवारको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन सङ्गठनका उपाध्यक्ष महेश्वर थापाले गर्नुभएको थियो ।

1 2 3 4 19