राष्ट्रिय कविता महोत्सवको पूर्व सन्ध्यामा काव्य विमर्श कार्यक्रम

वि.सं.२०७२ चैत्र १२ गते नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय कविता महोत्सव २०७२ को सन्दर्भमा काव्य विमर्श कार्यक्रम सम्पन्न गरेको थियो । कविता महोत्सवको पूर्व सन्ध्यामा आयोजना गरिएको उक्त कार्यक्रममा “समकालीन नेपाली कवितामा राजनीतिक चेतना” विषयमा विमर्श गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट कुलपति गङ्गाप्रसाद उप्रेतीले विविध वैचारिक पृष्ठभूमिका स्रष्टाहरुबिच छलफल गराई निष्कर्ष निकालिएको यो छलफल सार्थक भएको भनाइ राख्नु भयो । उहाँले सिर्जना र सौन्दर्य शास्त्रको चर्चालाई सँगै लैजानु पर्ने हुँदा कार्यक्रम महत्वपूर्ण भएको विचार व्यक्त गर्नु भयो । उपकुलपति डा.विष्णुविभु घिमिरेको अध्यक्षतामा सम्पन्न सो समारोहको संयोजन काव्य विभाग प्रमुख डा.अमर गिरीले गर्नु भएको थियो । उपस्थित विद्वान् विदुषीहरुलाई स्वागत गर्दै प्राज्ञ गिरीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु भयो । उहाँले मन्तव्यका क्रममा यस्तो विचार विमर्शले नेपाली कविताको उन्नयनमा महत्त्वपूर्ण भूमिका राख्ने विचार व्यक्त गर्दै  नेपाली कविताले आधुनिक कालमा साहित्य र  सामाजिक प्रयोजनमा ध्यान  राखी राजनीतिक चेतना आरम्भ गरेको छ र  त्यस काममा स्रष्टा स्वयं लागि परेका छन् भन्ने भनाइ राख्नु भयो । कार्यक्रममा डा.मधुसूुदन गिरीले ‘समकालीन नेपाली कवितामा राजनीतिक चेतना’ नामक  कार्यपत्र प्रस्तुत गर्नु भयो । उहाँले आफ्नो कार्यपत्रमा आधुनिक कालदेखि मात्र कवितामा राजनीतिक स्वरले प्रवेश पाएको उल्लेख गर्नु भएको छ । कार्यपत्रमाथि प्रा.डा.कुमार प्रसाद कोइराला र प्रा.डा.जगदीश चन्द्र भण्डारीले टिप्पणी गर्नु भएको थियो । टिप्पणीमा समाजवादी यथार्थवादलाई मात्र यथार्थवाद भनिएकोमा वास्तविकता नभएको भन्दै अन्य धारलाई पनि महत्त्व दिनु पर्नेमा कोइरालाको जोड रह्यो । प्रगतिवाद समकालीनमा मात्र नभई अरूमा पनि हुने र समकालीनता’bout  अझ स्पष्ट हुनु पर्ने धारणा टिप्पणीकार डा .भण्डारीले राख्नु भयो ।

यसै गरी सहभागीहरुबाट विजय राज न्यौपाने, बम बहादुर थापा ‘जिताली’, पुरु लम्साल, प्रा.गोपीकृष्ण शर्मा, डा.मुकुन्द ‘पथिक’, माधव घिमिरे , हेमनाथ पौडेल, उर्मिला पन्त र भरत भारद्वाजले जिज्ञासा राख्नु भएको कार्यक्रममा सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीले कार्यपत्र महत्वपूर्ण विषयमा प्रस्तुत भएको र साहित्य र राजनीतिलाई गाँस्ने काम काव्य विमर्शले गरेको छ भन्दै शैली , दृष्टि र संंरचनाका हिसाबले दिइएको सुझाउप्रति धन्यवाद सहित आफ्नो मन्तव्य व्यक्त गर्नु भयो । अन्त्यमा कार्यक्रमका अध्यक्ष डा.विष्णुविभु घिमिरेले साहित्यको मूलधार राजनीतिसँग गाँसिएको र विचारयुक्त रचना  भएका कवि नै स्थापित हुँदै आएको धारणा राख्नु भयो । उहाँले नेपाली कविताको अध्ययन नगरी राजनीति गर्ने हो भने त्यो अपुरो रहने छ भन्दै नेपाली साहित्यमा समालोचकको कमी रहेको पनि उल्लेख गर्नु भयो ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा गोष्ठीको आयोजना

वि.सं.२०७२ फागुन १० गते प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बल बहादुर महतले पानसमा दीप प्रज्वलन गरीे उद्घाटन गरिएको मातृभाषा सम्बन्धी गोष्ठीमा मातृभाषामा शिक्षा र पाठ्य पुस्तक उपलब्ध गराउन सरकारले गृहकार्य गरि रहेको बताउनु भएको थियो । उहाँले संविधान अहिलेसम्मकै उत्कृष्ट रहेको बताउँदै भन्नु भयो, ‘संविधानलाई आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ , कोही आत्तिनु पर्र्दैन ।  राज्यमन्त्री महतले  भारत भ्रमणमा रहनु भएका प्रधान मन्त्री के.पी शर्मा ओलीकै अडानले अघोषित नाकाबन्दी खुल्ने स्थिति भएको भन्दै संविधानले दिएको हक अधिकार कार्यान्वयन गर्न सबै पक्ष लाग्न जरुरी रहेको बताउनु भयो । उद्घाटन सत्रका  सभाध्यक्ष नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मातृभाषाको विकास, पाठ्य पुस्तक र साहित्य सिर्जना सहित पूर्वाधार निर्माणमा जोड दिनु भयो । लोपोन्मुख भाषा र लिखित साहित्य भएको मातृभाषालाई समान हैसियतले हेर्न नमिल्ने बताउँदै उहाँले भाषा आयोग स्थापना भएपछि मातृभाषाको विकास र संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले भाषाप्रति सरकार समयमै सचेत र सजग हुन पर्नेमा जोड दिँदै भाषिक अधिकारका लागि भएको सङ्घर्षका कारणले पूर्वी पाकिस्तान मुख्य पाकिस्तानबाट स्वतन्त्र भएर बङ्गला देश भएको स्मरण गर्नु भयो । उहाँले सांस्कृतिक र प्राकृतिक पर्यटन जस्तै भाषिक पर्यटनका लागि सरकारले पहल गर्न आवश्यक रहेको धारणा राख्नु भयो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीले स्वागत मन्तव्य सहित कार्यक्रम’bout जानकारी दिनु भएकोमा प्राज्ञ श्रवण मुकारुङले मातृभाषा सम्बन्धी आफ्ना  विचार व्यक्त गर्नु भएको थियो ।

युनेस्कोले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा ‘उच्च शिक्षासम्म गुणस्तरीय शिक्षा’ हुनु पर्ने नारा तय गरेको थियो । दोस्रो सत्रमा सञ्चालित कार्यक्रमको अध्यक्षता उपकुलपति डा.विष्णुविभु घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा डा. नवराज लम्साल, डा. अमृत योञ्जन र डा. लवदेव अवस्थीले क्रमशः “कविताको इन्दे्रणीमा संस्थागत उज्यालो !” “नेपालको संविधान २०७२ मा भाषिक प्रावधान” र “नेपालमा मातृभाषा शिक्षण अवस्थाः हिजो आज र भोलि” नामका  विभिन्न शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्रमाथि दुप वाङ्देल मोक्तान, प्रा.डा. योगेन्द्र प्रसाद यादव र कृष्णराज ‘सर्वहारी’ ले समीक्षा गर्नु भयो । सोही अवसरमा सहभागीहरुबाट आ–आफ्नो सुझाब सहित जिज्ञासा प्रस्तुत गरिएको थियो । हालको बङ्गला देशमा बङ्गाली भाषाको सट्टामा उर्दु भाषालाई जबरजस्ती लागु गर्न खोजिएपछि ढाका विश्व विद्यालयका विद्यार्थीको प्रदर्शनमा सन् १९५२ फेब्रुअरी २१ तारिखमा चार जना भाषिक सहिद भएका थिए  । बङ्गला देश स्वतन्त्र मुलुक भएपछि सन् १९९९ फेब्रुअरी २१ तारिखदेखि सहादत  प्राप्त दिनलाई युनेस्कोले अन्तर्राष्ट्रिय मातृभाषा दिवसको रूपमा मान्यता दिँदै आएको छ र त्यसैको उपलक्ष्यमा युनेस्कोका महानिर्देशकको सन्देश युनेस्को काठमाडौँका प्रतिनिधिबाट वाचन समेत गरिएको थियो ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा राष्ट्रिय मातृभाषा कविता महोत्सव

वि.सं. २०७२ फागुन ९ गते नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा (मातृभाषा) तथा साहित्य (मातृभाषा) विभागको सक्रियातामा अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१६ को उपलक्ष्य पारेर सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव २०७२’ को आयोजना गरेको थियो । विधिवत् रूपमा कार्यक्रमलाई उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले लोपोन्मुख भाषाको जगेर्ना र विलुप्त भाषाको खोजी गर्नु सबैको साझा दायित्व रहेको बताउनु भयो । उहाँले आफ्नो सम्बोधनका क्रममा सबै मातृभाषाको संवर्र्धन र संरक्षणमा अब गठन हुने भाषा आयोगले योगदान गर्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा नेपालका लागि बङ्गला देशका राजदूत मास्फी बिन्ते साम्सले बङ्गाली भाषालाई मातृभाषामा रूपान्तरण गर्न खोज्दा तात्कालिक शासकले भाषा अनुरागीमाथि ज्यादती गरेको स्मरण गराउनु भएको थियो । प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले हजारौँ भाषाभाषीको बलिदानबाट स्थापित अवसरलार्ई राष्ट्र सङ्घले अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउन सुरु गरेको ३७ वर्ष नाघि सके पनि नेपालले वि.सं. २०६८ देखि मात्र अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउने परम्पराको थालनी गरेको बताउनु भयो । उपकुलपति डा.विष्णुविभु घिमिरेले नेपालमा विविध प्रकारका भाषा र संस्कृति भएकाले लोप हुन लागेका मातृभाषाको संरक्षण र अन्वेषण गर्ने जिम्मा प्रतिष्ठानको भएको विचार व्यक्त गर्दै उपस्थित सबैलाई स्वागत गर्नु भयो । सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले आआफ्ना क्षेत्रबाट कार्यक्रममा भाग लिने सबैलाई धन्यवाद ज्ञापन गर्दै उक्त कार्यक्रमलाई अवसरका रूपमा लिन आग्रह गर्नु भयो ।

पूर्व कुलपति बैरागी काइँलाले नेपालमा बोलिने भाषा, संस्कृति र बसोबास क्षेत्रलाई सबैले अपनत्व महसुस गर्ने गरी आयोजित सो कार्यक्रम ज्यादै महत्वपूर्ण भएको भन्दै राष्ट्र बनाउने कार्यमा साहित्यकारको सहयोग हुने बताउनु भयो । उहाँले नेपालमा बोलिने सबै मातृभाषाको विकासमा समान दृष्टि पुग्नु पर्ने विचार व्यक्त गर्नु भयो । यसै गरी संयोजक प्राज्ञ श्रवण मुकारुङ्ले कार्यक्रमको औचित्य’bout आफ्नो धारणा यसरी प्रस्तुत गर्नु भयो— बहुजातीय, बहुभाषिक र बहु सांस्कृतिक पहिचान भएको हाम्रो मुलुकका सबै भाषालाई भर्खरै जारी संविधानले राष्ट्रभाषा मानेको छ । त्यसैले प्रज्ञा–प्रतिष्ठानले सबै भाषाको जर्गेना र विकास गर्नको निम्ति कार्य गर्ने छ भन्दै मातृभाषा कविता महोत्सव त्यसैको उदाहरण रहेको  बताउनु भयो । उहाँले ५४ भाषाका १०४ वटा कविता प्राप्त भएकोमा ५३ जना कविले आआफ्ना भाषामा कविता वाचन गर्ने पनि जानकारी गराउनु भयो । सो अवसरमा कलाकार मनु नेवाङले पालम गीत प्रस्तुत गर्नु भएको थियो ।
महोत्सवमा विभिन्न जातजाति एवम् मातृभाषी टोली नेताहरु रेशम गुरुङ (गुरुङ), राम गोपाल आशुतोष (नेवार) धिमे, गङ्गा माया धिमाल (धिमाल), ल्हाक्पा शेर्पा (शेर्पा), गोविन्द आङ्बुहाङ (लिम्बु), शोभा सुनुवार (सुनुवार), धावा वाङ्देल मोक्तान (तामाङ), तेज राना मगर (मगर), दीपक बान्तवा (राई), कृष्णराज सर्वहारी (थारु) र महेश हाडा (नेवार) लाखेका समूहका सहभागीहरुले बाजागाजाका साथ सांस्कृतिक झाँकी प्रस्तुत गरी सम्पन्न  गरिएको उक्त समारोहको दोस्रो चरण कविता वाचनबाट सुरु भएको थियो । कविता वाचन गर्ने कविहरुमा सविता कुमुदिनी (अवधी), मनोज आठपहरिया (आठपहरिया), गुलाम मुस्तफा नुरी (उर्दु), अञ्जु उराँव (उराँव), प्रदीप कुमार तामाङ (कागते, स्युँवा), भीम किसान (किसान), तिलक बहादुर कुमाल (कुमाल), अजय अलङ्कार (कुलुङ), चतुर्भुज केवरत (केवरत), समृद्धि अधिकारी (खस), गणेश कुमार राई (खालिङ), प्रितम गन्गाई (गन्गाई), गणेश बहादुर गुरुङ (गुरुङ), अनिता घले (घले), वाग आयाग्यामी यालुङछा (चाम्लिङ), टीकाभक्त जिरेल (जिरेल), उर्मिला पन्त पाण्डेय (डोटेली), पूर्णिमा ताजपुरिया (ताजपुरिया), मुक्तान थेबा (तामाङ), राम बहादुर थकाली (तिन गाउँले थकाली), सपना खुर्के थामी (थामी), भूमिका चौधरी (थारु), उदिम किराती (थुलुङ), सन्जा दनुवार (दनुवार), रूपेन्द्र राई (दुङ्माली), कीर्ति कुमार दुमी राई (दुमी), मुक्तिनाथ घिमिरे (दुरा), मोनालिसा धिमाल (धिमाल), प्रताप सिंह नाछिरिङ (नाछिरिङ), सुधीर ख्वबि (नेपाल भाषा), प्रवीण पुमा (पुमा), किशोर कुमार राई (फाङदुवाली), निवेश कुमार (बज्जिका), राजमार्ग (बझाङ्गी), रमा खड्का (बाजुरेली), शुक्र बान्तवा (बान्तवा), किशोर बाहिङ राई (बाहिङ), आनन्द गुप्ता (भोजपुरी), इर्धासी झाँक्री मगर (मगर खाम), रिम बाबु राना (मगर ढुट), ककुलती कुमारी महतो (मगही), टोमा लामा (मुगाल), भावना कुमारी झा (मैथिली), इन्दिरा जिमी (याक्खा), प्रितम कुमार राजवंशी (राजवंशी), अमित थेवे (लिम्बु), आङ्गेल लोवा, (ल्होपा, लोवा), साङबु नुप्पा ल्होमी (ल्होमी), झरना वाम्बुले (वाम्बुले), आङदावा शेर्पा (शेर्पा), चेरेहाम्सो क्याव (सुनुवार), लक्ष्मी एडी (हुम्ली), कन्जोक लामा (हुम्ली–भोटे लामा) रहनु भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्गोष्ठी

वि.सं. २०७२ फागुन २८, २९ र ३० गते झापाको काँकरभिट्टामा त्रिदिवसीय अन्तर्राष्ट्रिय भाषा सङ्गोष्ठी सम्बद्ध विषयमा छलफल, कार्यपत्र प्रस्तुति, टिप्पणी र कविगोष्ठी समेत गरी सम्पन्न भएको थियो । उक्त सङ्गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा.विष्णुविभु घिमिरेले प्रमुख अतिथिको भूमिका निर्वाह गर्नु भएको थियो । भाषा विभाग प्रमुख प्रा.डा. हेमाङ्ग राज अधिकारीले संयोजन गर्नु भएको कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि उपकुलपति डा.विष्णुविभु घिमिरेले भाषामा देखिएको बेथिती र विवाद लामो समयसम्म राख्न नहुने बताउनु भयो । उहाँले भाषासँग संस्कृति जोडिने  हुँदा दुबैमा एकरूपता अपनाउन नसके नेपाली मर्न समय लाग्दैन भन्दै मान्छे मार्न हतियार होइन भाषा र संस्कृति लोप गरि दिए पुग्ने विचार राख्नु भयो । प्राज्ञ प्रा.डा.हेमाङ्ग राज अधिकारीले नेपाली भाषाको मानकीकरण, संवर्धन एवम् प्रवर्र्धन गर्न ढिला भइ सकेकाले अबका दिनमा भाषा, वर्ण र कोश प्रयोगमा विविधता नहुने गरी काम गर्न सङ्गोष्ठी आयोजना गरेको प्रस्ट पार्नु भयो । उहाँले लेख्य मानकका साथै  कथ्य मानक खोज्ने प्रयासमा रहेको र भिन्न स्थानमा बस्ने नेपाली भाषीबिच एकता खोज्ने प्रयासका रूपमा भारत, भुटान, बर्मा र नेपालको सङ्गम स्थान काँकरभिट्टा  बनेको जानकारी गराउनु भयो । यसै गरी प्रा.डा.चूडा मणि बन्धुले नेपाली भाषा मानकीकरणको सँघारमा आइ पुगेको बताउनु भयो । भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा. व्रतराज आचार्यले नेपाली भाषाको नेतृत्व नेपालीले गर्नु पर्ने र नेपाली वर्ण विन्यासमा धेरै समय खर्चिइ सके पनि एकरूपता ल्याउन नसकेकाले अब ढिलो गर्न नहुने तर्क राख्नु भयो । सो कार्यक्रममा नेपालको राजधानी काठमाडौँ र पूर्वाञ्चल, भारतको असम, मेघालय, सिलिगुढी, सिक्किम, मणिपुर, दार्जिलिङ, भुटान र बर्माको म्यानमारमा बस्ने नेपाली भाषाका प्रबुद्धहरु विश्वभरि बोलिने र लेखिने नेपाली भाषामा एकरूपता ल्याउनु पर्नेमा एक हुनु भएको थियो । भारतको उत्तर बङ्गालबाट आएका प्राध्यापक कृष्णराज घतानीले बदलिँदो समाजमा नेपाली भाषाले कुन दिशा लिइ रहेको छ र त्यसले जन्माउने चुनौतीलाई कसरी समाधान गर्ने भन्नेमा समयमै निश्चित टुङ्गोमा पुग्नु पर्नेमा जोड दिनु भयो । नेपालको राजधानी काठमाडौँ र पूर्वाञ्चल,  असम, सिलिगुडी, सिक्किम, मणिपुर, दार्जिलिङका भारतीय भाषाविज्ञहरु भन्छन्, “नेपाली भाषामा जति शब्द भण्डार हिन्दीमा पनि छैन । त्यसैले हामीले नेपाली भाषाको महत्व बुझी त्यसमा समयमै एकरूपता ल्याउन सक्यौँ भने मात्र हामी भाषामा समेत धनी हुने छौँ ।”

साहित्य परिषद् सिक्किमका अध्यक्ष पारस मणि दङ्गालले भारतका विभिन्न स्थानमा नेपाली भाषाको प्रयोगमा विविधता हुने बताउनु भयो । उहाँका अनुसार आसाम र मणिपुरमा हेर्ने हो भने पनि त्यहाँ तिनै ठाउँमा स्थानीय भाषा प्रयोगको प्रभाव बढि रहेको पाइन्छ । उहाँले नेपाली भाषामा स्थानीय भाषा मिसिएकाले सङ्गोष्ठी निष्कर्षमा पुगेर मात्र नहुने त्यसको कार्यान्वयन पक्ष व्यापक र बलियो हुनु पर्नेमा जोड दिनु भयो । असम नेपाली साहित्य सभाका अध्यक्ष डम्बर दाहालले विश्वभर छरिएका नेपालीबिच भाषा, व्याकरण र कोशमा तालमेल हुनु जरुरी भइ सकेको बताउनु भयो । उहाँले यी कुरामा एकरूपता ल्याउन नेपाल र भारतलाई मात्र हेरेर नपुग्ने जिकिर गर्दै भन्नु भयो, “प्रज्ञा–प्रतिष्ठानले निकाल्ने शब्दकोशमा जहाँ जहाँ नेपाली बसेका छन् त्यहाँ त्यहाँ पुगी अनुसन्धान गरी समेटेर उक्त कोशलाई विश्वभर पु¥याउन सके मात्र एकरूपता आउन सक्छ ।”

भुटानका छत्रपति फँुयालले सञ्चार माध्यमले भाषाको प्रयोगमा तत्काल असर पर्ने भएकाले सञ्चारकर्मीलाई समय समयमा नेपाली भाषाको प्रयोग’bout प्रशिक्षण दिइ रहनु पर्नेमा जोड दिनु भयो । “विश्वभरका नेपाली बसेका ठाउँमा प्रयोग भएका आधारमा एकरूपता खोज्नु पर्छ नत्र बेलायत, अमेरिका लगायतका देशमा अङ्गे्रजीमा देखिएको दर्जनौँ उच्चारणको विविधता जस्तै हुने छ नेपाली भाषा”, उहाँको भनाइ रह्यो । सात बुँदे घोषणा पत्र जारी गर्दै तिन दिवसीय अन्तर्राष्ट्रिय नेपाली भाषा सङ्गोष्ठी आइत वार सम्पन्न भएको थियो । सङ्गोष्ठीमा ‘म्यानमार, भुटान, भारत तथा नेपालमा “नेपाली भाषा प्रयोगको वर्तमान अवस्था र सामाजिक भूमिका तथा मानकीकरण”सँग सम्बन्धित विभिन्न कार्यपत्र प्रस्तुत गरिएका थिए । कार्यपत्र प्रस्तुत गर्नेहरुमा पहिलो दिनको पहिलो सत्रमा खेमराज नेपालबाट “असममा नेपाली भाषाको सामाजिक अवस्थितिः शिक्षा, सञ्चार, प्रकाशन र सामाजिक गतिविधिमा यसको प्रयोग र प्रचलन”, प्रा.डा.कृष्णराज घतानीको ‘पश्चिम बङ्गालमा नेपाली भाषाको विस्तार र सामाजिक भूमिका’नामक कार्यपत्रमाथि क्रमशः डा.देवी नेपाल र डा.गोकुल सिन्हाबाट टिप्पणी गरिएको थियो ।

यसै गरी दोस्रो दिनको पहिलो सत्रमा प्रा.डा. बद्री विशाल भट्टराईको ‘नेपाली भाषाको मानकीकरणमा शब्दकोश परम्परा’ र दोस्रो सत्रमा पारस मणि दङ्गालको ‘सिक्किममा नेपाली भाषाको विस्तार र सामाजिक भूमिका’ नामक कार्यपत्रमाथि क्रमशः कविराज न्यौपाने र ठाकुर पोखरेलले टिप्पणी गर्नु भयो । कार्यपत्र प्रस्तुतिकै क्रममा डा. घनश्याम नेपाल र सञ्जय बिष्टको संयुक्त कार्यपत्र ‘भारतमा नेपाली भाषाको मानकीकरणमा व्याकरण परम्परा’ र प्रा.डा.व्रतराज आचार्यको ‘नेपाली भाषाको मानकीकरणमा व्याकरण परम्परा’ नामको कार्यपत्रमाथि क्रमशः डा.खगेन शर्मा र प्रा.डा. टङ्क न्यौपानेले टिप्पणी गर्नु भयो । चूडामणि रेग्मी, प्राज्ञ सभा सदस्य यज्ञराज प्रसाईं र कृष्ण प्रसाद उप्रेतीले पनि आआफ्ना धारणा राख्नु भएको कार्यक्रमको दोस्रो दिनको पहिलो सत्रमा प्रा.डा. चूडामणि बन्धुको र अन्तिम दिन यज्ञराज प्रसाईंको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने उद्घाटन सत्रको अध्यक्षता कृष्ण प्रसाद उप्रेतीले गर्नु भएको थियो । यसै गरी तेस्रो दिनको पहिलो सत्रमा प्राज्ञ प्रा.डा. हेमाङ्ग राज अधिकारीेले अध्यक्षता गर्नु भएको थियो ।

सहभागी ज्ञानेन्द्र खतिवडा, छत्रपति फुँयाल, डा. टेकनारायण उपाध्याय, खगेन शर्मा, कृष्ण सुवेदी निराकार, कविराज न्यौपाने, चूडामणि रेग्मी, खेम राज नेपाल, के. एन शर्मा, गोपी कृष्ण ढुङ्गाना, कृष्ण प्रसाद उप्रेती, मुक्ति उपाध्याय, भवानी शर्मा, डम्मर दाहाल, पारसमणि दङ्गाल, डा.देवी.नेपाल, प्रा.डा. व्रतराज आचार्य, देवकी देवी तिम्सिना, डा.खेमराज नेपाल, प्रा.डा. चूडामणि बन्धु, प्रा.डा. व्रतराज आचार्य आदिले आआफ्ना तर्फबाट कार्यपत्रमाथि जिज्ञासा राख्नु भएको गोष्ठीको अन्तिम दिन कविगोष्ठी समेत भएको थियो । कविगोष्ठीमा ज्ञानेन्द्र ढुङ्गाना, गोपाल सङ्ग्रौला, हरि न्यौपाने, पुण्यप्रसाद खरेल, परशुराम तिम्सिना, गोपीकृष्ण ढुङ्गाना, मेदिनी खरेल, तेराख, कमल न्यौपाने, भवानी प्रसाद शर्मा, मुक्ति उपाध्याय, भवानी अधिकारी, ज्ञानेन्द्र खतिवडा, युवराज काफ्ले, वासुदेव पुलामी, कृष्ण घतानी, टीकाराम निर्भीक, लीला अनमोल, मुनाराज शेर्पा लगायत दुई दर्जनभन्दा बढी कविले आफ्ना कविता, गजल आदि वाचन गर्नु भएको थियो । कार्यपत्र तथा सहभागीको प्रतिक्रियाका आधारमा नेपाली भाषाको विकासका लागि सात बुँदे घोषणा पत्र जारी भएको भाषाविद् प्रा.डा.बद्री विशाल भट्टराईले बताउनु भयो । उहाँले भन्नु भयो, “हामीले सबैको प्रतिक्रिया सुन्यौँ । त्यसैका आधारमा निम्नानुसारको काँकरभिट्टा घोषणा पत्र जारी भयो ।” गोष्ठीको समापन कार्यक्रममा बोल्दै भारतको पूर्वाेत्तर राज्य असमका साहित्यकार एवं असम नेपाली साहित्य सभाका सभापति डम्बर दाहालले तिन दिवसीय सङ्गोष्ठीले केही हदसम्म भए पनि विवाद हल गरेको बताउनु भयो । उहाँले भन्नु भयो, “भाषामा देखिएका जटिलतालाई यसरी नै समाधान गर्दै लैजाने हो । आगामी दिनमा पनि प्रज्ञा–प्रतिष्ठानले यस्ता सङ्गोष्ठीको आयोजना गरोस् ।” भाषाका अन्य ज्ञाताहरुले पनि नेपाली भाषाका जटिलतालाई सरलीकृत गर्ने प्रयासमा प्रज्ञा–प्रतिष्ठान लागि रहनु पर्ने बताउनु भएको थियो ।

प्रज्ञाको स्रष्टा भेटघाट कार्यक्रम

काठमाडौँ २०७२, जेठ २४ । नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष नेपाल आएको अवसर पारी भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भेटघाट समारोहमा अनेसासका अध्यक्ष पदम विश्वकर्मा र उपाध्यक्ष राधेश्याम लेकालीलाई खादा अर्पण गरी सम्मान गरिएको थियो । उप्रेतीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पहिचान दिन महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यको निरन्तरता रहेको बताउनु भयो । उहाँले प्रज्ञा–प्रतिष्ठानले विभिन्न साहित्यिक संस्थासँग सहकार्य गर्दै आएको चर्चा गर्नुभयो ।
उपकुलपति डा.विष्णु विभु घिमिरेले अतिथिहरुलाई स्वागत गर्दै विगत २४ वर्षदेखि अनेसासले साहित्यिक क्षेत्रमा विशिष्ट कार्य गर्दै आएको बताउनु भयो । उहाँले नेपाली साहित्यको श्रीवृद्धिमा लागि परेकाप्रति हार्दिक आभार व्यक्त गर्दै नेपाल च्याप्टर र अनेसासले गरेको कार्यको सराहना गर्नुभयो । प्रज्ञा प्रतिष्ठान र अनेसास मिलेर आउँदा दिनमा महत्वपूर्ण कार्य गर्ने विश्वासका साथ पदम विश्वकर्मा यस कार्यको निम्ति बलियो खम्बा भएको घिमिरेको कथन थियो ।
समारोहमा अनेसासका अध्यक्ष पदम विश्वकर्माले ‘नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणमा अनेसासको भूमिका’ विषयमा आफूले सँगालेका अनुभवहरू प्रस्तुत गर्नुभयो । उहाँले नेपाली साहित्यका कृतिहरू अनुवाद गरी विश्व बजारमा पु¥याएर नोबेल पुरस्कारका निम्ति लबिङ गर्नु आवश्यक रहेको बताउनु भयो । ‘नेपाल सरकारले विभिन्न देशहरूमा अवैतनिक साहित्यिक दूत नियुक्त गर्ने हो भने उपलब्धीपूर्ण हुने’ विश्वकर्माको कथन थियो ।
अनेसासको नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा धेरै काम भएको र अझै बाँकी कार्यका निम्ति लागि पर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीले नेपाल प्रज्ञा–प्रतिष्ठान आफ्ना समग्र कार्य र गतिविधिहरूलाई विश्वव्यापी बनाउन चाहन्छ भन्नु भयो । ‘यसका निम्ति हामी सहकार्यलाई प्राथमिकता दिँदै आएको छौँ’ गिरीले बताउनु भयो ।
कार्यक्रममा प्राज्ञ परिषद् र प्राज्ञ सभाका सदस्यहरू र अनेसास नेपाल च्याप्टरसँग सम्वद्ध स्रष्टाहरूका साथै अन्य स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

भूकम्प सम्बन्धी विशेष गजल वाचन

भूकम्प सम्बन्धी विशेष गजल वाचन
नेपाल प्रज्ञा–प्रतिष्ठान (काव्य विभाग) र त्रिशुली वाङमय प्रतिष्ठानको संयुक्त आयोजना तथा मधुवन साहित्य परिवार र शब्दघरको सह आयोजनामा भूकम्प सम्बन्धी विषेश गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । भूकम्पले क्षतिग्रस्त धरहरा परिसरमै कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख अमर गिरीले भूकम्पबाट उत्पन्न संकटको यस घडीमा सृजना मार्फत नेपाली मनमा ऊर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्नुभयो । यस अप्ठ्यारो परिस्थितिमा स्रष्टाहरूले आफ्ना सृजना मार्फत राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिन सक्छन्– प्राज्ञ गिरीले भन्नु भयो । उहाँले यस कार्यक्रममा इन्जिनियर, डाक्टर र प्रहरीहरूको सहभागिता हुनु कार्यक्रमको सुुखद एवं प्रेरक पक्ष रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा ज्ञानुवाकर पौडेल, ललिजन रावल, सनत कुमार वस्ति, डा. कृष्णहरि बराल, धीरेन्द्र प्रेमर्षि, रवि प्रान्जल, वियोगी बुढाथोकी, कपोल कल्पित (इन्जिनियर), वसुदा नेपाल (चिकित्सक), टिकाराम भण्डारी (चिकित्सक), सुधा साही (चिकित्सक), प्रहरी क्षेत्रबाट विद्या घिमिरे, टिकाराम दुलाल, उदास कार्की, ललित सादा, तपेन्द्र घोडासैनी, विपिन सलामी, मनोज न्यौपाने, नवीन चिराग, जोतारे धाइवा, बलराम दाहाल, गोपीकृष्ण ढुङगाना, बाबु त्रिपाठी, रूद्र अधिकारी, प्रभाती किरण, रूपक अलङ्कार र जय गौडेलले गजल वाचन गर्नु भएको थियो ।
कार्यक्रम प्राज्ञ वियोगी बुढाथोकीको अध्यक्षतामा भएको थियो । त्रिशुली वाङमय प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँलले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

अभिघात व्यवस्थापनमा हास्य व्यङ्ग्यको भूमिका ’bout चर्चा

काठमाडौँ, २०७२ असार १० । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य समालोचना र निबन्ध विभागको प्रमुख आयोजना तथा सिस्नुपानी नेपालको सहआयोजनामा ‘अभिघात व्यवस्थापनमा हास्य व्यङ्ग्य साहित्यको भूमिका विषयक  विचार गोष्ठी सम्पन्न भयो । 
गोष्ठीमा निवर्तमान कुलपति बैरागी काइँलाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्दै बैशाख १२ र २९ गतेको भूकम्पले ल्याएको धक्काले मानव जीवनमा पारेको अवरोधलाई चिर्न प्रयास गर्नु पर्ने बताउनु भयो । ’असहज जीवनलाई सहज बनाई बाँच्न सिकाउने कला हास्यव्यङ्ग्य साहित्य हो’ काइँलाले भन्नुभयो ।
समारोहमा विशेष अतिथि प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘बैशाख १२ को भूकम्पले बिगारेको हाम्रो मनोभावलाई ब्युँझाउन साहित्यको शक्तिले उल्लेखनीय भूमिका निर्वाह गर्ने बताउनुभयो ।
समारोहमा प्रा.डा. गोविन्द राज भट्टराईले ‘अमिघात व्यवस्थापनमा हास्य व्यङ्ग्य साहित्यको भूमिका’ नामक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि प्रा.डा. माधव पोखरेलले समीक्षा गर्दै हास्यव्यङ्ग्यले मनोचिकित्साको काम गर्ने बताउनु भयो ।
अर्का कार्यपत्र प्रस्तोता लक्ष्मण गाम्नागेले ‘भयबाट मुक्तिका लागि हास्य व्यङ्ग्यको मलम पट्टी’ नामक कार्यपत्र प्रस्तुत गर्दै भूकम्प पीडित क्षेत्रमा हास्यव्यङ्ग्य कार्यक्रम मार्फत त्रासबाट मानिसलाई मुक्त हुन मदत पु¥याएको चर्चा गर्नु भयो । गाम्नागेको कार्यपत्रमाथि हास्यकलाकार शैलेन्द्र सिंखडा र मनोज गजुरेलले समीक्षा गर्दै आआफ्ना हास्यव्यङ्ग्य प्रस्तुत गर्नु भएको थियो ।
प्राज्ञ तथा कार्यक्रम संयोजक ज्ञानु पाण्डेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै हास्यव्यङ्ग्यका माध्यमबाट भूकम्प पीडितहरूलाई मनोचिकित्सा दिने स्रष्टाहरूलाई आदर र सम्मान गर्न पनि यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
गोष्ठीमा सहभागी सबैलाई सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा पूर्व सदस्य सचिव डा. तुलसी भट्टराई, प्राज्ञ परिषद्का सदस्यहरू, प्राज्ञ सभाका सदस्यहरू लगायत विभिन्न विशिष्ट विद्वान् विदुषीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सहभागीहरूले आ–आफ्ना कोणबाट जिज्ञासा राख्नु भएको थियो । जिज्ञासा राख्नेहरूमा रोचक घिमिरे, मेदिनी कुमार केवल, डा. यम बहादुर क्षत्री प्रा.डा. सुषमा आचार्य, प्रा.डा.मोहन लोहनी, होमप्रसाद गौतम, लक्ष्मी एडी आदि हुनुहुन्थ्यो ।

अनुवाद सम्बन्धी प्रज्ञा–गोष्ठी

काठमाडौँ, २०७२ असार ६ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (अनुवाद) विभागको आयोजनामा ‘अनुवादको सिद्धान्त, महत्व र आवश्यकता’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
प्रा.डा. अमि सुवेदीले अध्यक्षता गर्नु भएको कार्यक्रममा समालोचक प्रा.आनन्ददेव भट्ट प्रमुख अतिथि हुनुहुन्थ्यो । दीप प्रज्वलन गरी आरम्भ भएको कार्यक्रममा भट्टले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित अनुवाद सम्बन्धी पत्रिका ‘रुपान्तर’को तेस्रो अङ्क विमोचन गर्नु भयो । भट्टले भन्नुभयो– ‘अनुवाद एक सहकार्य हो र यस कार्यले भाषा र साहित्य चिनाउन सहज बनाउँछ ।’ उहाँले नेपाली कृतिहरूलाई विश्वका प्रचलित भाषामा अनुवाद गरेर नै नेपाली साहित्यलाई विश्वव्यापी बनाउन सकिन्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले नेपाल बहुभाषिक मुलुक भएकाले विभिन्न भाषाका साहित्यलाई विश्व सामु चिनाउन विभिन्न भाषाका साहित्यिक कृतिलाई अनुवाद गर्दै लैजाने उद्देश्य अनुरुप प्रज्ञाको अनुवाद विभागले कार्य गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा उपकुलपति विष्णुविभु घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गर्दै नेपाली साहित्यलाई विश्वव्यापी बनाउन र विश्व साहित्यलाई नेपाली बिच पु¥याउने माध्यमको रुपमा अनुवादलाई लिन सकिने बताउनुभयो ।
प्रज्ञाका सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले अनुवाद सम्बन्धी ठोस कार्य अघि बढाउन प्रज्ञा–प्रतिष्ठान प्रयत्नशील रहेको बताउनु भयो । यसै गरी अनुवाद विभागकी प्रमुख प्रा.डा. उषा ठाकुरले विभिन्न भाषालाई एक सूत्रमा बाँध्न अनुवादले सेतुको भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. गोविन्द राज भट्टराईले ‘वर्तमान सन्दर्भमा अनुवादको महत्व र आवश्यकता’ शीर्षकमा कार्यपत्र प्रस्तुत प्रस्तुत गर्दै नयाँ ज्ञान सल्काउने पुरानो बत्ती अनुवाद हो भन्नु भयो । भट्टराईको कार्यपत्रमाथि प्रा.डा. विजय रौनियारले लिखित टिप्पणी गर्नुभएको थियो ।
यसै गरी नवराज न्यौपानेले ‘अनुवादका क्षेत्रमा प्रयुक्त नवीन सिद्धान्तहरूको सङ्क्षिप्त सर्भेक्षण’ नामक अर्को कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । न्यौपानेको कार्यपत्रमाथि बलराम अधिकारीले लिखित टिप्पणी गर्नुभयो । कार्यक्रममा अमर राज जोशी, महेश पौडेल, भद्रा घले आदिले प्रस्तुत कार्यपत्रका ’boutमा विविध जिज्ञासा राख्नुभएको थियो ।
प्रा.डा.सुवेदीले समग्र कार्यक्रमको उपलब्धि आकलन गर्दै आफूले समेत धेरै कुरा सिक्ने अवसर पाएको बताउनु भयो ।
कार्यक्रममा प्राज्ञहरू, विश्व विद्यालयका प्राध्यापकहरू, अनुवाद सम्बन्धी अध्ययता र अनुवाद कार्यमा संलग्न विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

बौद्ध दर्शनमा सामाजिक चिन्तन विषयक गोष्ठी

काठमाडौं, असार ११ । नेपाल प्रज्ञा–प्रतिष्ठान (दर्शनशास्त्र विभाग र लुम्बिनी विश्व विद्यालयको संयुक्त आयोजनामा  ‘बौद्ध दर्शनमा प्रतिपादित समाजिक चिन्तन’ विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ ।
दर्शन शास्त्र विभागका प्रमुख प्रा.डा. दिनेशराज पन्तको अध्यक्षतामा सम्पन्न गोष्ठीमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बौद्ध जीवन पद्धती हामी नेपालीहरूको महत्वपूर्ण पक्ष हो र यसलाई हामीले भन्दा अझ बढी संसारका अरू देशमा महत्व दिइँदै आएको बताउनु भयो । ‘सामाजिक विग्रहको वर्तमान अवस्थामा शान्तिको निम्ति बौद्ध दर्शनले दिएको योगदान विशिष्ट खालको छ । प्रज्ञा प्रतिष्ठान र लुम्बिनी विश्व विद्यालय बीच सहकार्य गर्दै हामी बुद्ध दर्शनसँग सम्बद्ध विषयमा शोध अनुसन्धानका अघि बढ्न सक्छौँ’ उप्रेतीले भन्नु भयो ।
गोष्ठीमा विशिष्ट अतिथि लुम्बिनी विश्व विद्यालयका उपकुलपति नरेशमान बज्राचार्यले यस कार्यक्रम मार्फत बुद्ध दर्शनमा सामाजिक चिन्तन छ कि छैन भनेर केलाउने प्रयत्न गरिएको बताउनु भयो । उहाँले ‘बुद्धले समकालीन समाजको अध्ययन गरेका थिए र समाजको व्यवहारको अध्ययन गरेका थिए भन्दै तत्कालीन समाजमा मिथ्या दृष्टि व्याप्त भएकाले सम्यक दृष्टि अघि सार्दै समाजलाई नयाँ बाटोमा लैजाने प्रयत्न गरेको उल्लेख गर्नु भयो ।
गोष्ठीमा वाल्मिीकि विद्यापीठ, बौद्धदर्शन विभागका विभागीय प्रमुख काशीनाथ न्यौपानेले ‘बौद्ध चिन्तनमा प्रतिबिम्बित समाज दर्शन’ विषयक कार्यपत्र पस्तुत गर्दै जातिवादमा बुद्धको दृष्टि, नीच या उच्चको आदर्श, मूलभूत आदर्श
बुद्धचिन्तनको आर्थिक आयाम, शैक्षिक आयाम आदि’bout प्रकाश पार्नु भएको थियो ।
‘बौद्धधर्म र समाज शास्त्रीय चिन्तन ः एक अध्ययन’ शीर्षकमा अर्को कार्यपत्र प्रस्तुत गर्दै बौद्ध अध्ययन केन्द्रीय विभाग, त्रिवि कीर्तिपुरका डा. सुरेन्द्रमान बज्राचार्यले बौद्धकालीन समाज, बुद्धले खोजेको समाज, बौद्धधर्म र समाजशास्त्र, बौद्ध दर्शनमा समाजशास्त्रीय चिन्तन ’bout प्रकाश पार्नु भयो ।
कार्यपत्रमाथि समीक्षा गर्दै डा.कवीन्द्र बज्राचाचार्यले कार्यपत्र स्तरीय र विश्लेषणमूलक रहेको बताउनु भयो । छलफल सत्रमा तत्क्षेत्रका विभिन्न विद्वान्हरू आचार्य नोर्बु शेर्पा, प्रा.डा. इन्दिरा जोशी, शितल गिरी, शनतकुमार वस्ती, विद्यानाथ उपाध्याय, हरिप्रसाद सोडारी, डा. मिलन शााक्य,  नित्यलाल पाण्डे, नारायण प्रसाद गौतम, पदम प्रसाद
भिक्षु बोधिया, निर्मल श्रेष्ठ, इन्द्र काफ्लेले कार्यपत्रका विविध पक्षमाथि जिज्ञासा एवम् टिप्पणी गर्नु भएको थियो ।
कुलपतिद्वारा दीप प्रज्वलन गरी आरम्भ भएको कार्यक्रमा सदस्य सचिव प्रा.डा जीवेन्द्र देव गिरीले स्वागत मन्तव्य दिनु भएको थियो भने बौद्ध मन्त्र वाचन गरिएको थियो । डा. भद्ररत्न बज्राचार्यले धन्यवाद ज्ञापन र प्रा.डा. दिनेशराज पन्तले समापन मन्तव्य दिनु भएको थियो ।

‘बाल साहित्य सृजन र पठन संस्कृतिको विकास’ विषयक विचार गोष्ठी सम्पन्न

काठमाडौँ, २०७२ असार १६ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (लोक वार्ता र बाल साहित्य) विभागको आयोजनामा ‘बाल साहित्य सृजन र पठन संस्कृतिको विकास’ विषयक विचार गोष्ठी सम्पन्न भयो । 

गोष्ठीको आरम्भमा प्रमुख अतिथि बाल साहित्यकार शान्तदास मानन्धरले बाल कविता वाचन गर्नु भएको थियो । मानन्धरले ‘बाल साहित्य बालकको निम्ति लेखिएको हुनुपर्ने’ बताउँदै बाल बालिकाको मानसिकता अनुरुप बाल साहित्य सृजना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गोष्ठीमा पूर्व कुलपति वैरागी काइँलाले विशेष अतिथिको मन्तव्य प्रस्तुत गर्दै यस गोष्ठीले बाल साहित्यको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले समाजलाई सुन्दर बनाउन समयमै केटाकेटीको मनोवृत्तिमा सुन्दर भाव जगाउने दृष्टिले कार्य गरेमा नेपाली समाज सुन्दर हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्तव्यकै क्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यमा बाल साहित्यको मूल्याङ्कन र सर्वेक्षणको आवश्यकता औँल्याउँदै बाल साहित्य लेखनको परम्परा राम्रो बसेको बताउनु भयो ।

गोष्ठीमा सहभागी सबैलाई स्वागत गर्दै उपकुलपति विष्णु विभु घिमिरेले साहित्यका माध्यमबाट बालकलाई असल नागरिक बनाउन मद्धत पुग्दछ भन्नु भयो । यसैगरी सदस्य सचिव प्रा.डा.जीवेन्द्रदेव गिरीले उपस्थित विद्वान् विदुषी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

विभागीय प्रमुख तथा गोष्ठीका संयोजक प्राज्ञ नर्मदेश्वरी सत्यालले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै बाल बालिकालाई सफल र योग्य नागरिक बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले ‘बालहत्या’ शीर्षकको कविता समेत वाचन गर्नु भएको थियो ।

मन्तव्यकै क्रममा प्रा.डा. सुषमा आचार्यले समाज र घर परिवारबाट नै बालबालिकामा छाप पर्ने हुँदा साहित्यले बालकको व्यक्तित्वमा ऐना जस्तो छर्लङग देखाउन सक्नु पर्ने बताउनु भयो ।

बालकवि निहारिका अधिकारीद्वारा कवि दुर्गालाल श्रेष्ठको ‘सडक छापे सानो भाइ’ शीर्षक कविता बाचन गरिएको गोष्ठीमा प्रा.डा. महादेव अवस्थी र प्रा.डा. रमेश भट्टराईले क्रमशः ‘बालकविता सृजन, सम्पादन र प्रकाशन’ एवम् ‘बाल बालिकामा पठन संस्कृतिको विकास’ शीर्षकमा दुईवटा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्रमाथि समीक्षा गर्दै प्रमोद प्रधानले कार्यपत्रमा बाल साहित्य लेखनको ऐतिहासिक सन्दर्भ नपरेको उल्लेख गर्नु भयो । अर्का समीक्षक प्रा.रञ्जुश्री पराजुलीले कार्यपत्रमा बाल साहित्य सिर्जनामा बाल बालिकाको उमेरगत रुचिलाई ख्याल गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सहभागीहरूले विभिन्न कोणबाट जिज्ञासा प्रस्तुत गर्नु भएको थियो । जिज्ञासा प्रस्तुत गर्नेहरूमा श्री राम शर्मा, लक्ष्मी एडी, भिक्टर प्रधान, उर्मिला पन्त र प्रा.डा. हेमाङ्गराज अधिकारी हुनुहुन्थ्यो ।

 

प्रा.डा. चूडामणि बन्धुले गोष्ठी समापन मन्तव्यका क्रममा प्रज्ञा–प्रतिष्ठानले बाल साहित्यका क्षेत्रमा समेत कार्य आरम्भ गरेकामा खुसी व्यक्त भन्नुभयो ।

गोष्ठीमा प्राज्ञ परिषद्का सदस्यहरू, प्राज्ञ सभासदहरू, बाल साहित्यका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाका पदाधिकारी एवम् विभिन्न क्षेत्रका विद्वान् विदुषीहरूको उल्लेख्य सहभागिता थियो ।

1 16 17 18 19