दुई सय औँ वर्षगाँठका अवसरमा जङ्गबहादुरको सम्झना

काठमाडौँ । नेपाल र बेलायतबीच दौत्य सम्बन्ध स्थापना भएको द्विशत वार्षिकीका सन्दर्भमा नेपाल तथा बेलायतभरि विविध कार्यक्रमको आयोजना भइरहेको बेला मङ्गलबार राजधानीमा बेलायत यात्रा गर्ने पहिलो नेपाली जङ्गबहादुर राणाको नियात्रा–कृति ‘जङ्गबहादुरको बेलाइत यात्रा’ र त्यस यात्राले पारेको प्रभाव’bout बृहत् बहस गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान सामाजिक शास्त्र विभाग तथा नेपाली साहित्य विकास परिषद् युके (नेपाल च्याप्टर)को सहकार्यमा प्रज्ञाभवन, कमलादीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. त्रिरत्न मानन्धरले ‘जङ्गबहादुरको बेलायत यात्रा नेपालको परराष्ट्र नीतिमा कोसेढुङ्गा सावित भएको’ दाबी गर्नुभयोे । ‘इतिहास र साहित्य जुम्ल्याह विधा भएको’ उल्लेख गर्दै उनले जङ्गबहादुरको सफल कूटनीति र दूरदर्शिताको उच्च मूल्याङ्कन गर्नु पर्ने जिकिर गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपाली राजनीति, समाज र साहित्यमा जङ्गबहादुर राणाको बेलायत यात्राले उल्लेख्य प्रभाव पारेको बताए । उहाँले भन्नुभयो, ‘जङ्गबहादुर र उनको बेलायत यात्राको प्रभाव’bout विद्वानहरुबाट व्यक्त विचार–विमर्शबाट प्राप्त निचोडलाई प्रतिष्ठानले महत्वपूर्ण उपलब्धिका रुपमा लिएको छ ।’
कार्यक्रममा इतिहासकार ज्ञानमणि नेपालले ‘जङ्गबहादुरको बेलाइत यात्रा’ कृति र ‘त्यसले पारेको प्रभाव’ शीर्षक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उनको कार्यपत्रमाथि प्रा.डा. जयराज आचार्य, परराष्ट्रविद् डा. सुरेश चालिसे र इतिहासकार प्रा.डा. सुरेन्द्र केसीले टिप्पणी गर्नुभएको थियो । टिप्पणीकारहरुले जङ्गबहादुर राणा उपयुक्त समयमा सही निर्णय गर्नसक्ने खुबी भएका साहसी र चतुर राजनीतिज्ञ भएको उल्लेख गर्दै उनको बेलायत यात्राले नेपालको शिक्षा, सञ्चार, न्यायका साथै कूटनीतिक क्षेत्रमा महत्वपूर्ण प्रभाव परेको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका सदस्य–सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले कार्यक्रम राजनीति, इतिहास र वाङ्मयसँग सम्बन्धित भएको हुनाले अत्यन्त महत्वपूर्ण भएको बताए । उहाँले भन्नुभयो, ‘नयाँ आर्थिक वर्षको पहिलो कार्यक्रम नै उपलब्धिमूलक रह्यो । यसबाट प्रतिष्ठान निकै उत्साहित भएको छ ।’

नेपाली साहित्य विकास परिषद् युकेका अध्यक्ष सुरेशजंग शाह तथा नेपाल च्याप्टर अध्यक्ष इल्या भट्टराईले संस्थाका उद्देश्य र गतिविधिमाथि बोले भने महासचिव हरिशरण लामिछानेले कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुभएको थियो । प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला, उपकुलपति डा. विष्णुविभु घिमिरे, प्राज्ञपरिषद्, प्राज्ञसभा, आजीवन सदस्यहरु तथा विशिष्ट विज्ञ एवम् विद्वानहरुको उल्लेख्य उपस्थिति रहेको  कार्यक्रमको सहजीकरण कवि सन्ध्या पहाडीले गर्नुभएको थियो ।

अनुवादको महत्व’bout गोष्ठी

काठमाडौँ– मिति २०७३ असार १९ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (अनुवाद) विभागद्वारा प्रज्ञा पुस्तकालय हलमा अनुवाद सम्बन्धी बृहत् विचार गोष्ठीको आयोजना गरियो ।  उक्त गोष्ठीमा बोल्नु हुँदै लेखक  डा. अभि सुवेदीले बदलिँदो विश्व परिवेशमा अनुवादको महत्व अपरिहार्य रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि डा. सुवेदीले ज्याक डेरिडालाई उद्धृत गर्दै भन्नुभयो, ‘अनुवाद गर्नु भनेको अतिथि सत्कार गर्नु जस्तै हो ।’

उहाँले अनुवाद लाखौँ मानिसको जीवनको आधार बनिरहेको उल्लेख गर्नुहुँदै यदि अनुवाद टुटेमा क्षणभरमै हजारौँ मानिसको जीवन समाप्त हुने कुरा व्यक्त गर्नुभयो । अनुवादकै कारण विश्वले ग्रीसेली सम्यता’bout अथाह ज्ञान हासिल गरेको पनि उहाँले स्मरण गराउनुभयो  ।

कार्यक्रमका सभाध्यक्ष डा. गोविन्दराज भट्टराईले ‘प्रज्ञा प्रतिष्ठानले आगोजना गरेको  कार्यक्रमले अनुवादको महत्वलाई थप बुझाएको’ उल्लेख गर्नुहुँदै भन्नुभयो, ‘अब आगामी दिनमा यस सम्बन्धमा अझ धेरै कार्यहरु हुने विश्वास जागेको छ ।’ उहाँले नेपाली साहित्य, दर्शन, इतिहास र संस्कृतिका क्षेत्रमा नेपालमा अनुवादका महत्वपूर्ण कामहरु भइरहेको बताउनुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानले अनुवादका क्षेत्रमा धेरै उल्लेखनीय कार्यहरु गरिरहेको उल्लेख गर्नुहुँदै शीघ्र अनुवादसम्बन्धी कार्यशाला गोष्ठी र अनुवाद ग्रन्थसूची तयार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कुलतिले चीन, भारत र बंगलादेशका प्रज्ञा प्रतिष्ठानहरुसँग सहकार्यको सम्झौता भएको र नेपाली साहित्यलाई अनुवादका माध्यमबाट विश्वमा लैजान धेरै काम गर्न सकिने बताउनुभयो ।

प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद व्यक्त गर्नुहुँदै एक दिनको कार्यक्रमले मात्रै अनुवाद सम्बन्धी बहस पूरा नहुने बताउँदै आगामी दिनमा यस’bout बृहत् बहस गरिने उल्लेख गर्नुभयो । उहाँले प्रतिष्ठानको अनुवाद विभागबाट नेपालकै १२३ वटा मातृभाषाहरुको अनुवाद सम्बन्धी पनि धेरै काम भइरहेको बताउनुभयो ।

कार्यक्रम संयोजक एवं साहित्य (अनुवाद) विभाग प्रमुख प्राज्ञ डा. उषा ठाकुरले कार्यक्रम’bout प्रकाश पार्नुुहुँदै सूचना प्रविधिको वर्तमान युगमा अनुवादको विशेष भूमिका रहने उल्ल्ेख गर्नु हुँदै नेपाली साहित्यलाई अनुवादका माध्यमद्वारा विश्वबजारमा पु¥याउन प्रज्ञा प्रतिष्ठान सक्रिय रुपमा लागिपरेको उल्लेख गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि सिक्किमका साहित्यकार सीपी गिरीले आफ्नो मन्तव्य व्यक्त गर्दै अनुवादको शक्ति’bout प्रष्ट पार्नु भएको थियो । उहाँले हालै नेपाली लेखिका झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’लाई हिन्दी भाषामा अनुवाद गरेपछि आफूले पाएको उल्लेख्य प्रतिक्रिया र प्रेरणाले असीमित ऊर्जा र आनन्द मिलेको बताउनुभयो ।

कार्यक्रममा डा. कृष्णचन्द्र शर्मा र बलराम अधिकारीले क्रमशः ‘नेपाल साहित्यमा अनुवाद परम्परा र यसका नयाँ दिशा’ तथा ‘नोबेल पुरस्कार प्राप्त साहित्यमा अनुवादको भूमिका र महत्व’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि डा. यमबहादुर क्षेत्री र नवराज न्यौपानेले टिप्पणी गर्नुभएको थियो ।

कार्यपत्रको प्रस्तुति र टिप्पणीपछि भएको खुल्ला छलफलमा भाग लिँदै प्राज्ञ विष्णु आत्रेय, प्राज्ञ गोपीरमण उपाध्यय, प्रकाश ए राज, राधेश्याम लेकाली, लक्ष्मी ऐडी, डम्बर घिमिरे, हरिहर खनाल, जेएन जनपाली, शिव गौतम, लक्ष्मण खड्का, भीम रेग्मी लगायतले विविध जिज्ञासा राख्नुभएको थियो । छलफलमा उठेका जिज्ञासा’bout सभाध्यक्ष डा. भट्टराईका साथै कार्यपत्र प्रस्तोताद्वयले जवाफ दिनुभएको थियो । कार्यक्रमका प्रतिवेदक प्राज्ञ सभा सदस्य शशी लुमुम्बू हुनुहुन्थ्यो ।

कार्यक्रममा प्राज्ञ, विशिष्ट विद्वान्, लेखक तथा साहित्यकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । करिब ४ घन्टासम्म चलेको कार्यक्रमको सञ्चालन सन्ध्या पहाडी र बुद्धि तिमल्सिनाले गर्नुभएको थियो ।

प्रज्ञामा चिनियाँ साहित्य चर्चा

काठमाडौं । नेपाल र चीनबिच प्राज्ञिक आदान–प्रदान सम्झौताअन्तर्गत पाँच दिने नेपाल भ्रमणमा आएका चिनियाँ लेखक र नेपाली लेखकहरुबीच आज राजधानीमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित  ‘नेपाली र चिनियाँ लेखकहरुबीच अन्तत्र्रिmया’ कार्यक्रममा बोल्दै प्रतिष्ठानका पाहुना चिनियाँ लेखक सङ्घ सिर्जना तथा सम्पर्क विभागका महानिर्देशक निबन्धकार–समालोचक एवम् टोली नेता फङ स्ये मिङले ‘समकालीन चिनियाँ साहित्यमा भ्रष्टाचारविरोधी स्वर प्रखर रुपमा आइरहेको’ बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसका साथै मानवता, संस्कृति, समृद्धि, सूचना र प्रविधिजस्ता विषयले पनि समकालीन चिनियाँ साहित्यलाई गहिरो प्रभाव पारिरहेको छ ।’

समकालीन नेपाली साहित्यिक लेखनका प्रवृत्ति’bout प्राज्ञ डा. अमर गिरीले प्रकाश पारे । उहाँले भन्नुभयो, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक मुलुक भएको हुनाले यहाँको साहित्य लेखनमा पनि त्यसैको प्रतिबिम्ब पाइन्छ । यसैगरी संघीयता, समानता र पहिचानजस्ता मुद्दाहरुमा समकालीन नेपाली साहित्य लेखन केन्द्रित बनिरहेको छ ।’

पूर्व कुलपति एवं वरिष्ठ कवि बैरागी काइँलाले नेपाल–चीनबीच सदियौँ पुरानो धार्मिक एवं सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै चीन भाषा, साहित्य एवं संस्कृतिको समृद्धिमा उदार भएर आउनु पर्ने उहाँले भन्नुभयो ।

प्रतिष्ठानका उपकुलपति एवं सभाका अध्यक्ष डा. विष्णुविभु घिमिरेले नेपालको प्राज्ञिक र मैत्रीपूर्ण भ्रमणका लागि चिनियाँ पाहुनाहरुप्रति आभार प्रकट गर्दै नेपाल–चीनबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ लेखकहरुलाई सदस्यसचिव डा. जीवेन्द्रदेव गिरीले प्रतिष्ठानका प्रकाशनहरु उपहार दिनुभएको थियो ।

फङ स्ये मिङको नेतृत्वमा आएको लिन लान, काओ खाइ, काओ वइ र स्यु फङ सम्मिलित पाँच सदस्यीय लेखक टोलीलाई बुद्ध जन्मस्थल लुम्बिनी, ऐतिहासिक नगर भक्तपुर र काठमाडांैका विश्वसम्पदा स्थलहरुको भ्रमण गराइएको थियो । टोली बुधबार चीन फर्किदैछ ।

नेपाल र बंगाला एकेडेमीबीच प्राज्ञिक सम्झौता

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठान र मित्रराष्ट्र बंगलादेशको बंगला एकेडेमीबीच पहिलोपटक औपचारिक रुपमा द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र बंगला एकेडेमीका डाइरेक्टर जनरल समसुजमन खानले ढाकामा आयोजित विशेष समारोहमा प्राज्ञिक आदान–प्रदानको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौतापत्रमा भाषा, साहित्य, संस्कृति, इतिहास र दर्शनको खोजअनुसन्धान, अनुवाद जस्ता प्राज्ञिक कार्य गर्ने बुँदाहरु समेटिएका छन् ।

बंगलादेश सरकारको संस्कृति मन्त्रालय तथा बंगला एकेडेमीको निमन्त्रणामा उक्त सम्झौताका लागि प्रतिष्ठानका कुलपति उपे्रतीको नेतृत्वमा प्राज्ञसभा सदस्य वियोगी बुढाथोकी र जगत उपाध्यय प्रेक्षित सम्मिलित टोली ढाका गएको थियो ।

टोलीले बंगलादेशका संस्थापक शेखमुजिवर रहमान मेमोरियल म्युजियमकी प्रमुख मासुम हुसेन तथा बंगला शिल्पकला एकेडेमी (नेसनल एकेडेमी अफ फाइन एन्ड पर्पmमिङ आर्टस्)का डाइरेक्टर जनरल लिक्वायत अलि लक्कीसँग ढाकामा भेटघाट गरी द्विपक्षीय हितका ’boutमा विचारविमर्श गरेको छ ।

चिनियाँ लेखकलाई काठमाडौँमा स्वागत

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको निमन्त्रणामा चिनियाँ लेखकहरुको एक प्रतिनिधि मण्डल पाँच दिने औपचारिक भ्रमणका क्रममा शनिवार काठमाडौँ आइपुगेको छ । चिनियाँ लेखक सङ्घ सिर्जना तथा सम्पर्क विभागका महानिर्देशक निबन्धकार–समालोचक फङ स्ये मिङको नेतृत्वमा आएको पाँच सदस्यीय भ्रमण दलमा लिन लान, काओ खाइ, काओ वइ र स्यु फङ सम्मिलित छन् ।

दुई देशबिच साहित्यिक आदान–प्रदान गर्ने उद्देश्यले नेपाल भ्रमणमा आएका चिनियाँ लेखकहरुको सम्मानमा प्रतिष्ठानले शनिबार साँझ होटल ¥याडिसनमा विशेष रात्रिभोजको आयोजना गरेको थियो । उक्त अवसरमा चिनियाँ पाहुनाहरुको स्वागत गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भन्नुभयो, ‘बुद्धको देशमा यहाँहरुलाई स्वागत गर्न पाउँदा हामीलाई हर्ष लागेको छ । यस भ्रमणले दुई मित्रराष्ट्रबिच आपसी हितका साथै साहित्यिक एवं सांस्कृतिक सम्बन्ध  अझ बलियो र दीर्घकालीन बन्ने हामीले विश्वास लिएका छौँ ।’

प्रतिनिधि मण्डलका प्रमुख फङले न्यानो स्वागतका लागि आभार व्यक्त गर्दै ‘दुई पक्षीय हितका साथै साहित्यिक एवं सांस्कृतिक उन्नतिका लागि आवश्यकीय कार्यहरुसहित नेपाल र चीनको सम्बन्धलाई अझ सुदृढ बनाउन चिनियाँ लेखक सङ्घ लागि पर्ने’ बताउनु भयो ।

प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीका अनुसार चिनियाँ लेखकहरुलाई भक्तपुर र काठमाडौँका ऐतिहासिक स्थलहरुका साथै बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गराइने छ । मङ्गल वार प्रतिष्ठानमा आयोजना हुने साहित्यिक कार्यक्रममा सहभागी भई चिनियाँ लेखक टोली बुधवार स्वदेश फिर्ता हुने छ ।

कविता महोत्सव आयोजना हुँदै

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ५९औँ वार्षिक उत्सव विविध कार्यक्रम गरी भव्य रुपमा मनाउने भएको छ । उक्त  अवसरमा असार ८ गते काव्य विमर्शको आयोजना गरिएको छ । उक्त काव्य विमर्शमा समालोचक पुरुषोत्तम सुवेदीद्वारा लिखित ‘समकालीन नेपाली कवितामा सामाजिक रुपान्तरण’ विषयक कार्यपत्र प्रस्तुत गरिने छ । ९ गते ‘राष्ट्रिय कविता महोत्सव’ आयोजना गरिँदैछ । महोत्सव प्रतिष्ठानका संरक्षक प्रधानमन्त्री केपी ओलीद्वारा उद्घाटन हुनेछ ।
काव्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरीका अनुसार प्रतियोगितात्मक राष्ट्रिय कविता महोत्सवका लागि देशविदेशमा रहेका कविहरुबाट ३३३ कविता प्राप्त भएको छ । कविता महोत्सवमा प्रथम (एक), द्वितीय (एक) र तृतीय (तीन) हुनेहरुलाई क्रमशः ३०, २५ र २० हजार नगद, प्रमाणपत्र र पदक प्रदान गरिन्छ । पुरस्कार पछि विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रपतिद्वारा प्रदान गर्ने गरिएको छ ।

बाल साहित्य गोष्ठी आयोजना

काठमाडौँ– मिति २०७३ साल जेठ २८ गते शुक्रबारका दिन नेपाल प्रज्ञा–प्रतिष्ठान, लोकवार्ता र बाल साहित्य विभाग तथा साहित्य सदन नेपालको सहकार्यमा एक दिवसीय ‘बाल साहित्य गोष्ठी’ को आयोजना गरियो । दिउँसो २ बजेदेखि प्रतिष्ठानको पुस्तकालय कक्षमा आयोजित गोष्ठीको अध्यक्षता साहित्य सदन नेपालका अध्यक्ष श्री अमीर थापाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानको योजना तथा कार्यक्रम शाखाका बुद्धि तिमल्सिनाले गर्नुभएको थियो ।

उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ बाल साहित्यकार श्री शान्तदास मानन्धर हुनुहुन्थ्यो । गोष्ठीमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति श्री गंगाप्रसाद उप्रेती, उपकुलपति डा. विष्णुविभु घिमिरे, सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरी, प्राज्ञ परिषद सदस्य एवं लोकवार्ता र बाल साहित्य विभाग प्रमुख श्री नर्मदेश्वरी सत्याल, प्रज्ञा परिषद सदस्यहरु प्रा. दिनेशराज पन्त, प्रा.डा. हेमाङ्गराज अधिकारी, डा. ज्ञानू पाण्डे, मातृका पोख्रेल, प्राज्ञ सभा सदस्य एवम साहित्य सदन नेपालका उपाध्यक्ष हेमनाथ पौडैल, प्राज्ञ सभा सदस्य शशी लुमुम्बू लगायत प्रतिष्ठानका प्राज्ञ सभा सदस्यहरु, आजीवन सदस्यहरु, विभिन्न विभागका विभागीय सदस्य एवं सम्पादकहरुको महत्वपूर्णं उपस्थिति रहेको थियो । त्यसै गरी गोष्ठीमा बाल साहित्यकारहरु श्री प्रभात सापकोटा, श्री प्रभा भट्टराई, श्री देविका तिमिल्सिना, साहित्य सदन नेपालका सचिव मित्रलाल पंज्ञानी, सहसचिव प्रल्हाद पोखरेल, कोषाध्यक्ष वसन्त रिजाल लगायतका साहित्यकाहरुको उल्लेख्य उपस्थति रहेको थियो ।
औपचारिक रुपमा कार्यक्रमको शुभारम्भ भएपछि आमन्त्रित अतिथिहरुलाई स्वागत गर्दै प्राज्ञ परिषद् सदस्य एवं लोकवार्ता र बाल साहित्य विभागकी प्रमुख श्री नर्मदेश्वरी सत्यालले नेपाल प्रंज्ञा–प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पहिलोपटक बाल स्रष्टा एवं बालबालिकाहरुको उत्साहजनक र उल्लेखनीय सहभागिता रहेकोमा आभार प्रकट गर्दै भन्नुभयो, ‘हामीले धेरै पहिलादेखि देखिरहेको सपना आज साकार बनेको छ । सम्बन्धित निकायहरुले बालसाहित्य र त्यस’bout प्रत्यक्ष सरोकार राख्ने बालबालिकाहरुलाई यस्ता प्राज्ञिक कार्यक्रमहरुमा समेट्नु पर्छ भन्ने हेक्का नराखिरहेका बेला ढिलै भएपनि हाम्रो विभागसमेतको आयोजनामा यो कार्यक्रम आयोजना हुनु खुसीको कुरा हो भन्ने मैले महसुस गरेकी छु ।’ उहाँले थप्नुभयो– ‘हामीले सोचेअनुरुप यस क्षेत्रमा ठोस कार्य गर्न त अझै सकेका छैनौँ तर जे जति कार्य गरेका छाँै त्यसलाई उपलब्धिमूलक बनाउन सक्दो प्रयास भने गरेका छौँ ।’

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ बाल साहित्यकार श्री शान्तदास मानन्धरले भन्नुभयो, ‘नेपालमा जेजति बाल साहित्य लेखिएका छन् तिनमा लक्षित पाठक, भावक वा दर्शकको रुचि र स्तरलाई मध्यनजर गरेको पाइँदैन । त्यसकारण अब लेखिने बाल साहित्यले लक्षित वर्गको रुचि र स्तरलाई ख्याल गर्नु पर्छ ।’

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले कार्यक्रमबाट आफू उत्साहित भएको उल्लेख गर्दै भन्नुभयो, ‘आगामी दिनमा पनि प्रतिष्ठानका कार्यक्रमहरुमा उल्लेख्यरुपमा बालबालिकाहरुलाई सहभागिता गराउनेतर्फ प्रतिष्ठानको ध्यान केन्द्रित हुनेछ ।’ उहाँले यस कार्यक्रमले प्रज्ञा–प्रतिष्ठानको इतिहासमा महत्वपूर्ण आयाम थपेको उल्लेख गर्नुभयो । बालबालिकामा तत्कालै अरुको अनुसरण र अनुकरण गर्ने बानी हुने भएकाले यस्ता खाले कायक्रमबाट उनीहरुले महत्वपूर्ण लाभ हासिल गर्ने उहाँको दाबी थियो ।

गोष्ठीमा बाल साहित्यकार एवं समीक्षक प्रभात सापकोटाले ‘नेपाली बाल नाटकको सर्वेक्षण’ नामक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सापकोटाको कार्यपत्रमाथि श्री प्रभा भट्टराई र देविका तिमिल्सिनाले टिप्पणी गर्नुभएको थियो । खुल्ला छलफलमा गोष्ठीमा सहभागीमध्येबाट स्रष्टाहरु रामबहादुर पहाडी, कृष्ण शाह यात्री, लक्ष्मी ऐडी, गणेशप्रसाद न्यौपाने लगायतले भाग लिनुभएको थियो ।

प्रमुख अतिथि मानन्धले ‘हाम्रो शुक्रबार’ शीर्षकको कविता पाठ गरी शुभारम्भ गर्नुभएको कार्यक्रममा प्रगेश पाण्डे (रिलायन्स इन्टरनेसनल एकेडेमी कपन), साधना पुरी (जुगल स्कूल, ललितपुर), टीकाराम योगी (सरस्वती उमावि, टोखा) पूजा मगर (नवजागृति मावि, रामहिटी, बौद्ध), अग्रिम अधिकारी (अरुणिमा शैक्षिक प्रतिष्ठान, बौद्ध), लखन थापा (शुभकामना एकेडेमी, कीर्तिपुर), सुरुचि मरहठ्ठा (ज्ञानदीप शिक्षा सदन, चाबहिल), समृद्धि सुवेदी (अरुणिमा शैक्षिक प्रतिष्ठान, बौद्ध), सागर दंगाल (रिलायन्स इन्टरनेसनल एकेडेमी रामहिटी, बौद्ध), सलिना श्रेष्ठ (सरस्वती उमावि, टोखा) र सोनिका दुलाल (शुभकामना एकेडेमी, कीर्तिपुर) समेतका १५ जना छात्रछात्राले आ–आफ्नो कविता सुनाएका थिए ।
कार्यक्रममा प्राज्ञ सभा सदस्य तथा साहित्य सदन नेपालका उपाध्यक्ष एवं कार्यक्रम संयोजक हेमनाथ पौडेलले कार्यक्रमको औचित्यमाथि विस्तृत प्रकाश पार्नुभएको थियो भने कवि मित्रलाल पंज्ञानी र बुद्धि तिमल्सिनाले कविता वाचन गर्नुभएको थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठान, लोकवार्ता र बाल साहित्य विभाग तथा साहित्य सदन नेपालको सहकार्यमा आयोजित ‘बाल साहित्य गोष्ठी’ उपलब्धिमूलक भएको गोष्ठीमा सहभागीहरुको प्रतिक्रिया थियो । कार्यक्रमको सञ्चालन बुद्धि तिमल्सिनाले गर्नुभएको थियो ।

पाकिस्तानी राजदूतसँग भेटघाट

वि.सं.२०७२ फागुन १४ गते नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति लगायतका पदाधिकारीसँग पाकिस्तानका नव नियुक्त राजदूत मजहर जावेदले भेटघाट गर्ने कार्यक्रम सम्पन्न भएको थियो । सोही क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उपे्रतीले पाकिस्तानी राजदूतलाई नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित केही महत्त्वपूर्ण पुस्तक उपहार दिनु भएको थियो । कुलपतिले सार्क मुलुकमा प्रज्ञा–प्रतिष्ठानको साहित्यिक सम्बन्ध विस्तार गर्ने उद्देश्य रहेको र पाकिस्तानसँग पनि सम्बन्ध बढाउन चाहेको भनाइ राख्नु भयो । नेपालीहरुले पाकिस्तानमा उच्च शिक्षा लिनुका साथै प्राविधिक विषयको दक्षताका निम्ति पाकिस्तान जाने गरेको जानकारी गराउँदै पाकिस्तान र नेपालको संस्कृतिका  आआफ्ना विशेषता रहेका र साहित्यमा पनि सहकार्य गर्न सकिने विचार व्यक्त गर्नु भयो । कुलपतिले प्रज्ञा–प्रतिष्ठानका पाँच वटा विभागबाट साहित्यका क्षेत्रमा कार्य हँुदै आएको र छिमेकी मुलुकका चिनियाँ लेखक सङ्घ र साहित्य एवम् कला मण्डलको चिनियाँ महासङ्घ (ऋँीब्ऋ) तथा भारतीय साहित्य अकादमीसँग सहकार्य गर्दै साहित्य सम्बन्धी काम गर्न  सम्झौतामा  हस्ताक्षर समेत भइ सकेको परिपे्रक्ष्यमा पाकिस्तानसँग पनि उक्त कार्यको थालनी गर्न सकिने भनाइ राख्नु भयो ।

सोही अवसरमा पाकिस्तानी राजदूतले नेपाल प्रज्ञा–प्रतिष्ठानले भेटघाट कार्यक्रममा आफूलाई सम्मान गरेकामा खुसी व्यक्त गर्नु भयो । उहाँले पाकिस्तानी जनताले नेपालीप्रति विश्वास गर्ने गरेको र संस्कृतिमा केही भिन्नता रहे पनि अन्य कतिपय कुरामा समानता रहेको बताउनु भयो ।

सो भेटघाटका क्रममा राजदूतले संस्कृति र साहित्यको जस्तै भौगोलिक सम्बन्ध अति नै महत्त्वपूर्ण हुने विचार व्यक्त गर्नु भयो । उहाँले आउँदा दिनमा सहकार्य गर्न मिल्ने विषयमा गर्दै जानका निम्ति आफ्नो राष्ट्रलाई अवगत गराउने बताउनु भयो । कार्यक्रममा उपकुलपति डा. विष्णुविभु घिमिरे, सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरी, प्राज्ञ सदस्यहरु प्रा.डा. हेमाङ्ग राज अधिकारी, प्रा. दिनेशराज पन्त, डा.अमर गिरी, प्रा.डा. उषा ठाकुर, प्रा.डा. ज्ञानू पाण्डे, श्रवण मुकारुङ, मातृका पोखरेल, नर्मदेश्वरी सत्याल लगायत महाशाखा प्रमुख ज्योतिराज काफ्ले, ज्ञानहरि अधिकारी, सुमन अधिकारी र उपप्रमुख शशी चालिसेको समेत सहभागिता रहेको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठान लोक वार्ता परिषद् नेपाल लगायत स्थानीय सङ्घसंस्थाहरुको संयुक्त आयोजनामा वि.सं. २०७२ माघ ७ र ८ गते सल्यानमा लोकवार्ता सम्बन्धी कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको सभापति समीर शाह, प्रमुख अतिथि उपकुलपति डा. विष्णुविभु घिमिरे तथा विशिष्ट अतिथिहरु पूर्व मन्त्री प्रकाश ज्वाला, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्राज्ञ पवित्रा घर्र्ती मगर, प्रा.डा.प्रेम कुमार खत्री, प्रा.डा.जयराज पन्त, साहित्यकार खगेन्द्र सङ्ग्रौला, प्रा.डा.चूडामणि बन्धु र प्र.जि.अ.कृष्ण प्रसाद आचार्य लगायतका विशिष्ट व्यक्तिहरु रहनु भएको थियो ।

प्रमुख अतिथि उपकुलपति डा. घिमिरेले  सल्यानको  सुन्दर प्राकृतिक वातावरणमा लोकवार्ता गोष्ठी भव्य रूपमा सम्पन्न भएकोमा हर्ष प्रकट गर्दै कार्यक्रमको सफलताको कामना गर्नु भयो । नेपाल प्रज्ञा—प्रतिष्ठानले लोकवार्ताको संरक्षण र विकासमा विशेष महत्त्व दिँदै आएको र भविष्यमा पनि दिँदै रहने विश्वास उहाँले दिलाउनु भयो । विशेष अतिथि प्राज्ञ नर्मदेश्वरी सत्यालले नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको संयुक्त आयोजनामा स्थानीय निकायहरु उत्साहित भई आफ्नो ठाउँ र जिल्लाको गरिमा बढाउन लोकवार्ताका विभिन्न विषय सम्बन्धी कार्यपत्र प्रस्तुतिका साथै बहु जातीय सांस्कृतिक नृत्यहरु प्रस्तुत गरी अनुकरणीय काम गर्नु भएकोमा आफ्नो र प्रज्ञा–प्रतिष्ठानका तर्फबाट धन्यवाद दिनु भयो । उहाँले प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, दर्शन शास्त्र, सामाजिक शास्त्र, अनुवाद र संस्कृतिका क्षेत्रमा लक्षित कार्यक्रमहरु सम्पन्न गर्न उद्देश्य मिल्ने सङ्घसंस्थाहरुसँग सहकार्य गर्दै कार्यक्रम गरेको जानकारी दिनु भयो । प्रस्तुत गरिने कार्यपत्रहरुले समयोचित नभएका कुरीतिहरु त्याग्न र असल परम्पराको संरक्षण गर्न सहयोग पु¥याउने  भन्दै यस्ता कुराहरुलाई जनतामाझ पु¥याउन पहल गर्नु पर्नेमा पनि उहाँले जोड दिनु भयो । कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य पवित्रा घर्ती मगरले सल्यानको लोक संस्कृतिको विशिष्टतामाथि प्रकाश पार्दै गीत प्रस्तुत गर्नु भयो । वरिष्ठ साहित्यकार खगेन्द्र सङ्ग्रौला, कथाकार नयनराज पाण्डेले सो कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.प्रेम कुमार खत्री, प्रा.डा.जयराज पन्त, डा.जगमान गुरुङ, प्रा.डा.सुरेन्द्र के.सी, तुलसी मान श्रेष्ठ, गुड्डी पन्त, प्रतिभा पुन, निर्मला गिरी , मधु सूदन गिरी ,सल्यानी माइँला, डा.कुलराज निरौला, शीतल गिरी लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको उक्त गोष्ठीमा विद्वान् विदुषीहरुले विभिन्न शीर्षकका कार्यपत्र प्रस्तुत गर्नु भएको  थियो । कार्यपत्र प्रस्तोता र कार्यपत्रहरु यस प्रकारका रहेका छन्— खर्कबहादुर बुढा ‘सल्यानमा प्रचलित कला संस्कृतिको सामान्य चिनारी’, डा.धुव्रप्रसाद भट्टराई ‘पाल्पा अर्गलीमा गाइने फागु गीतको सन्दर्भपरक अध्ययन’, पूर्ण भण्डारी ‘पङ्कज’ ‘सल्यान जिल्लाको लिखित साहित्यको रूपरेखा’, प्रतीक ‘इच्छुक’ शर्मा ‘समृद्धिको आधारः सल्यानको पर्यटन’, डा.भक्त राई ‘किरात राई जातिमा प्रचलित मदिरा संस्कृति’, मणिराज शर्मा ‘राउटे जातिको लोक जीवन’, डा.मधुुसूदन गिरी ‘मध्य पश्चिमको साहित्यिक अवस्था’, मनोहर लामिछाने ‘सल्यान जिल्लाको लोक साहित्य’ र प्रा.डा.जयराज पन्त ‘नेपाली लोकवार्ताको परिचय र महत्व’ । यी कार्यपत्रमाथि मोतीलाल नेपाली, प्रा.डा.चूडामणि बन्धु, प्रेम योगी, रमेश गौतम, शीतल गिरी, मेदिनी केवल, अमर शाह र पूर्णबहादुर भण्डारीले टिप्पणी गर्नुका साथै डा.मधुसूदन गिरीले प्रा.डा.जयराज पन्तको कार्यपत्रमाथि जिज्ञासा राख्नु भएको थियो ।

राष्ट्रिय कविता महोत्सव— २०७२ सम्पन्न

वि.सं. २०७२ चैत्र १४ गते नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो ५८ औँ वार्षिकोत्सवको अवसर पारेर राष्ट्रिय कविता महोत्सव २०७२ को आयोजना गरेको थियो । प्रमुख अतिथि सम्माननीय सभामुख ओनसरी घर्ती रहनु भएको समारोहको सभापति कुलपति गङ्गाप्रसाद उप्रेती हुनु हुन्थ्यो भने संयोजन प्राज्ञ डा. अमर गिरीले गर्नु भएको थियो । कार्यक्रममा अतिथिहरु पूर्व कुलपति बैरागी काइँला, नेपाल नाट्य सङ्गीत प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, उपकुलपति डा.विष्णुविभु घिमिरे, सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, अन्य प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरु, प्राज्ञ परिषद्का सदस्यहरु, प्राज्ञ सभाका सदस्यहरु लगायत कविता प्रेमी व्यक्तित्वहरुको व्यापक सहभागिता रहेको थियो ।

महोत्सव उद्घाटन पश्चात् सम्माननीय सभामुख घर्तीले कार्यक्रमको सफलताको शुभ कामना व्यक्त गर्नु भयो । उहाँले बहुभाषा, बहुजाति र बहु संस्कृतियुक्त हाम्रो जस्तो देशका सबैे भाषा र साहित्यको संरक्षण र संवर्धन गर्नु राष्ट्रको दायित्व हुन आउँछ, त्यसैले त्यस दायित्वलाई वहन गर्नु प्रज्ञा–प्रतिष्ठानको कर्तव्य रहेको छ भन्ने विचार व्यक्त गर्नु भयो । सभामुख घर्तीले संविधानको मर्मलाई आत्मसात् गर्दै नयाँ नेपाल निर्माणतिर अग्रसर हुन सबैलाई आह्वान पनि गर्नु भयो । उहाँले दलीय राजनीतिक स्वार्थमा नलागी सहमति र सहकार्यमा देशको समृद्धिका निम्ति जुट्नु सबैको कर्तव्य हुन आउने भन्दै भाषा र साहित्यका माध्यमबाट पनि संविधानको रक्षा गरी देशलाई अघि बढाउन जोड दिनु भयो । उपकुलपति डा.विष्णुविभु घिमिरेबाट स्वागत गरिएको कार्यक्रममा २०७२ को राष्ट्रिय कविता महोत्सवको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक प्राज्ञ डा. अमर गिरीले काव्य प्रतिभाको विकासमा योगदान दिने उद्देश्यले वि.सं.२०२२ देखि प्रज्ञा–प्रतिष्ठानले महोत्सवको थालनी गरेको बताउनु भयो । उहाँले महोत्सवको आफ्नो विशेषता रहेको छ भन्दै कार्यक्रमलाई उपलब्धिपूर्ण र रचनात्मक बनाउन काव्य विमर्शको आयोजना गरेको जानकारी गराउनु भयो । सोही अवसरमा समारोहका सभापति कुलपति गङ्गाप्रसाद उप्रेतीले नयाँ पुस्तालाई प्रेरित गर्नका निम्ति आयोजित कार्यक्रम हरेक वर्ष आयोजना हुने गरेको र यस वर्ष विविध कारणवश समयमा गर्न नसकेको जानकारीका साथ उपस्थित सबैलाई धन्यवाद दिँदै प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित पुस्तकहरु सभामुखलाई उपहारस्वरूप प्रदान गर्नु भयो । कार्यक्रमको दोस्रो सत्रमा कविता वाचन कार्यक्रम रहेको थियो । उक्त सत्रको  अध्यक्षता उपकुलपति डा. विष्णुविभु घिमिरेले गर्नु भएको थियो । कवि एवम् पूर्व कुलपति वैरागी काइँलाको कविता वाचनबाट कविता महोत्सवको आरम्भ गरिएको थियो ।
महोत्सवमा १४३ जना कविहरुका कविता वाचनका निम्ति प्राप्त भए तापनि मूल्याङ्कन समितिबाट ३१ वटा कविता वाचनका निम्ति छनोट भएका थिए । मूल्याङ्कन समितिका  सदस्यहरुमा कवि दिनेशहरि अधिकारी, पुरुषोत्तम सुवेदी, प्रा.जगत् प्रसाद उपाध्याय ‘प्रेक्षित’, डा.धन प्रसाद सुवेदी र उपेन्द्र सुब्बा रहनु भएको थियो । समितिले ३१ वटा कविताबाट पनि उत्कृष्ट पाँच वटा कवितालाई प्रथम, द्वितीय र तृतीय पुरस्कारका निम्ति सिफारिस गरेको थियो जसमा प्रोल्लास सिन्धुलीय (सिन्धुली)को ‘गाउँको वृद्धालय’ प्रथम, ‘सरस्वती दुमी राई (पाँचथर)को ‘आमा, जाँतो र मेरो जिन्दगी’ द्वितीय भएका थिए भने तृतीय हुनेमा क्रमशः राजु स्याङ्तान (महोत्तरी) को ‘एउटा दासको घोषणा पत्र’, सोझो गाउँले (बझाङ) को  ‘तातो बालुवामा छाती धसि रहेको जिन्दगी’ र सुदेश सत्याल  तनहुँ) को ‘जन आबाज’ रहेका छन् ।

विभिन्न लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता रहेको महोत्सवक अतिथि कविहरुमा कृष्ण जोशी, तुलसी दिवस, पूर्ण विराम, नरेश शाक्य, वियोगी बुढाथोकी, डा. देवी नेपाल, सुलोचना मानन्धर, हरि गोविन्द लुइँटेल, विधान आचार्य, टङ्क उप्रेती, ठाकुर बेलबासे, उषा हमाल, आर.एम.डङ्गोल, गीता त्रिपाठी,  विमला तुम्खेवा आदिले आ–आफ्ना रचना वाचन गर्नु भएको थियो ।

यसै गरी प्रतियोगी कविहरुमा जेबी खत्री, पुरु लम्साल, चन्द्र राना राई, दीपक नेपाल, डा.सौरभ सुनार, डा.विदुर वस्ती, जनार्दन लम्साल, राजेन्द्र तारकिणी, सविना सिन्धु, उर्मिला कोइराला, अन्जान काइँला, असीम सागर, पूजा आराधना, अनुपम रोशी ,शिव भुषाल, मञ्जुश्री गिरी, खेम बराल, रोशन पुन, केशव सिलवाल, गोपाल कुमार मैनाली, शिव भुषाल आदिले आआफ्ना सिर्जना सुनाउनु भयो ।

1 15 16 17 18 19