आदिकवि भानुभक्तको २०६औँ जन्मजयन्ती सप्ताहका अवसरमा विचार गोष्ठी

२०७६ असार २५ गते, काठमाडौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग तथा बालसाहित्य र लोकवार्ता विभाग एवम् भानु प्रतिष्ठानद्वारा संयुक्तरूपमा आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा प्रज्ञा भवनको महाकवि देवकोटा सभा कक्षमा विचार गोष्ठीको आयोजना गरियो ।
उक्त विचार गोष्ठीमा बोल्दै प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले आदिकवि भानुभक्तमा सत्गुणी र लोकको उपकार गर्ने विशेषता भएका कारण रामायणलाई नेपाली भाषामा अनुवाद गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “रामायण र अन्य कृतिका माध्यमबाट भानुभक्त विश्वसामु आफू परिचित हुन सफल हुनुभयो । निष्ठा र निःस्वार्थ भावका साथ कर्म गर्ने मानिस एक न एक दिन सफल भएरै छाड्ने उहाँको जिकिर थियो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले भानुक्तीय रामायणले नेपाली समाजमा गहिरो प्रभाव पारेको बताउनुभयो । उहाँले रामायणले नेपाली समाजको चित्रण गर्दै भाषा–साहित्यको जग बसाल्न सहयोग पु¥याएको उल्लेख गर्नुभयो । सदस्य सचिव प्रा. उपाध्यायले भन्नुभयो, “मानिसलाई सत्कर्ममा लाग्न र जीवन जिउने कला पनि रामायणले नै सिकाएको छ । यसकारण भानुभक्तको चिन्तनलाई हाम्रो चरित्रमा उतार्नु नै भानु जयन्तीको मूल सन्देश हो ।”
प्रज्ञा–प्रतिष्ठानका बालसाहित्य र लोकवार्ता विभाग प्रमुख प्राज्ञ डा. देवी नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपाली समाजका विभिन्न समुदाय र संस्कृतिमा भानुभक्तीय रामायणको अत्यन्त गहिरो प्रभाव रहेको बताउनुभयो । उहाँले भानुभक्तीय रामायणका माध्यमबाट विश्वमा नेपाली संस्कृति र सम्पन्नताको प्रचार गर्न सकिने बताउनुभयो ।
भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा. व्रतराज आचार्यले प्रतिष्ठानले भानुभक्त र भानुभक्तीय रामायणलाई केन्द्रमा राखेर नेपाली भाषा र साहित्यको विकासका लागि काम गरिरहेको बताउनुभयो । उहाँले भानुभक्त नेपाली जातिको प्रतीक भएको विचार व्यक्त गर्नुुभयो ।
कार्यक्रममा डा. तुलसीप्रसाद भट्टराईले ‘भानुभक्तीय रचनाको सामाजिक पक्ष’ शीर्षक गोष्ठीपत्र प्रस्तुत गर्दै आदिकवि भानुभक्तले रामायणलाई नेपालीमा अनुवाद गरेर नेपाली भाषा, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्नमा ठूलो योगदान पु¥याएको बताउनुभयो । उहाँले भानुभक्तले नेपाली भाषामा रामायणलाई अनुवाद गरेपछि अन्य थुप्रै भाषामा रामायण अनुवाद गरिएको दाबी गर्नुभयो । “भानुभक्तले लेखेको रामायण पाण्डुलिपि अवस्थामै प्रचारमा आएको थियो”, उहाँले भन्नुभयो, “सरल भाषामा लेखिएकाले यसको लोकप्रियता बढ्न गयो ।” डा. भट्टराईले थप्नुभयो, “भानुभक्तका कृतिमा एक दर्जनभन्दा बढीले विद्यावारिधि गर्नु, चलचित्र बन्नु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उहाँका सालिक बन्नुजस्ता कार्यले उहाँको महत्व झन बढ्दै गएको छ । उहाँका विभिन्न पक्षहरूका ’boutमा अझै पनि अध्ययन अनुसन्धान गर्र्नु आवश्यक छ ।”
कार्यक्रममा संस्कृतिविद् डा. भक्त राईले ‘नेपाली लोकजीवनमा रामायण संस्कृति’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै  भानुभक्तले लेखेको नेपाली भाषाको लोकरामायण सर्वत्र सुवासित भई फैलन सफल भएको भन्दै हरेक जाति, वर्ग र समुदायमा रामसीताका कथाहरू पुगेको बताउनुभयो । “हिन्दू, गैरहिन्दू लगायतका सबै समुदायमा नृत्य, गायन, गाथा र कथाका रुपमा रामायण फैलन पुगेको छ ।” उहाँले लोकरामायणले नेपाली संस्कृतिमा दिगो र व्यापक प्रभाव जमाउन सफल भएको बताउनुभयो । भानुभक्तले लोकभाषामा अनुवाद गरेकै कारण रामायण सबैका लागि लोकप्रिय रहेको उहाँको धारणा थियो ।
भारतीय राजदूतावासका प्रथम सचिव प्रा.डा. केदारनाथ शर्माले रामायण आर्य संस्कृतिको मणि भएको बताउँदै यसले सबैको भावनालाई समेटेको दाबी गर्नुभयो । दुवै गोष्ठीपत्रमाथि सहभागीले परिपूरक समीक्षा गरेका थिए । कार्यक्रम भानु प्रतिष्ठानका महासचिव डी.पी. अर्यालले सञ्चालन गर्नुभएको थियो ।

लालबन्दीमा प्रदेश नं. दुई स्तरीय बृहत् वाङ्मय सङ्गोठी

२३ असार २०७६ लालबन्दी, सर्लाही । प्रदेश नं. २, सर्लाहीको लालबन्दी नगरमा प्रदेशस्तरीय बृहत् वाङ्मय सङ्गोष्ठीको आयोजना गरिएको छ । लालबन्दी नगरपालिका र नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा आत्मनिर्भर युवा परिचालन समाज, लालबन्दीद्वारा शनिबार आयोजित वाङ्मय सङ्गोष्ठीलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले लालबन्दीमा यसप्रकारको सङ्गोष्ठी आयोजना हुनु उल्लेखनीय कार्य भएको बताउनुभयो । कुलपति उप्रेतीले यसभन्दा अगाडि पनि विभिन्न सङ्घसंस्थासँग प्रज्ञा–प्रतिष्ठानको सहकार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनमा पनि लालबन्दी नगरपालिका र प्रज्ञा–प्रतिष्ठानबिच यस्ता कार्यक्रमहरू आयोजना गरिनु पर्छ” उहाँले थप्नुभयो, “नगरको भाषा, साहित्य, कला तथा संस्कतिको विकासका लागि नगरपालिकाले नगर साहित्य परिषद् गठन गर्नु आवश्यक छ ।”
त्यसैगरी नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभा सदस्य शशी लुमुम्बूले प्रदेश नं. २ मा साहित्यको समृृद्धि र विकासमा लालबन्दी अग्रस्थानमा रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ व्यवस्थित ढङ्गले अगाडि बढाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमका सभापतिा लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले नगर साहित्य परिषद् गठनका लागि नीतिगत तथा कानुनी कुराहरू बुझेर तत्कालै प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता प्रकट गर्नुभयो ।
त्यसैगरी नगरपालिकाकी उपप्रमुख शान्ति लामाले नगरपालिकाले साहित्यको प्रवद्र्धनका लागि काम गरिरहेको उल्लेख गर्दै नगरभित्र साहित्यको विकासका लागि आवश्यक कार्य गर्न नगरपालिका तयार रहेको विश्वास दिलाउनुभयो ।
कार्यक्रममा उपप्राध्यापक नवराज रिजालले ‘प्रदेश नं. २ का १० मातृभाषा र तिनको साहित्यिक अवस्था’ विषयक र उप–प्राध्यापक सुमन घिमिरेले ‘प्रदेश नं. २ मा अनुवाद साहित्यः एक सिंहावलोकन’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि साहित्यकार गोपाल अश्क र कविराज सुवेदीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रममा प्रदेश नं. २ का ८ वटा जिल्लाका स्रष्टाहरूको प्रतिनिधित्व रहेको थियो ।
सो अवसरमा सर्लाही साहित्य समाजले साहित्यकार गोपाल अश्कलाई विशेष सेवा सम्मान, साहित्यिक पत्रिका गोलसिमल मासिकका प्रधान सम्पादक अच्युत अधिकारीलाई साहित्यिक पत्रकारिता सम्मान, कवि तथा समालोचक सुमन घिमिरेलाई साहित्य सेवा सम्मान र पत्रकार रोहित पौडेललाई पत्रकारिता सम्मानद्वारा सम्मानित गरिएको थियो । कुलपति उप्रेती माला, दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो । कार्यक्रममा कथाकार देवराज पौडेलको ‘मोडहरू’ कथा सङ्ग्रह र सर्लाही साहित्य समाजद्वारा प्रकाशित ‘सर्लाहीका महिला हस्ताक्षर’ कविता सङ्ग्रहको विमोचनसमेत गरिएको थियो ।

योगदर्शन, जीवनशैली र स्वास्थ्यसम्बन्धी विमर्श

२०७६ असार २२ गते, काठमाडौँ । प्रज्ञा भवनमा नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा ‘योगदर्शन, जीनशैली र स्वास्थ्य’ विषयक विचार गोष्ठीको आयोजना गरियो ।
कार्यक्रमका प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै सकेसम्म जीवनमा योगलाई सबैले अनुसरण गर्न सके लाभदायी हुने विचार व्यक्त गर्नुभयो । उहाँले योगलाई संस्कृतिसँग जोडिनुपर्नेमा जोड दिँदै संस्कृतिबिनाको योग खल्लो हुने बताउनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले गोष्ठी ज्ञानमूलक भएको भन्दै मानिसको जीवनमा योगको ठूलो महत्व रहने बताउनुभयो । उहाँले भन्नुभयो, “योगले स्वस्थ जीवनका साथै जीवनलाई विभिन्न कोणबाट हेरिनुपर्छ भन्ने कुराको पनि ज्ञान दिन्छ ।”
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव एवम् दर्शनशास्त्र विभाग प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले योगदर्शन नेपाली दर्शन भएको उल्लेख गर्दै मानिसको बदलिँदो जीवनशैलीका कारण पनि योग’bout प्रशस्त विचार–विमर्श गरिनुपर्ने बताउनुभयो । योगदर्शनले मानिसको मन र शरीरलाई संयोजन गर्ने उहाँको दाबी थियो । सदस्य सचिव उपाध्याले प्रज्ञा–प्रतिष्ठानले चाँडै नै पचास जति दर्शनका विषयलाई समेटेर ‘नेपाली दर्शन’ नामक ग्रन्थ प्रकाशन गरिने योजना रहेको सुनाउनुभयो ।
कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ले ‘योगदर्शन, जीवनशैली र स्वास्थ्य’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्रमा उहाँले योग शब्दको अर्थ, योगदर्शनको उदय र विकास, योगको परम्परा, नेपाली सभ्यता र योग, यौगिक जीवनशैली र स्वास्थ्यका ’boutमा प्रकाश पार्दै मानव जीवनमा योगको महत्वका ’boutमा प्रकाश पार्नुभएको थियो ।
कार्यपत्रमाथि प्रा.डा. नन्दबहादुर सिंह, दीर्घराज प्रसाईं, इन्दिरा ढकाल लगायतले विभिन्न जिज्ञासा राख्नुका साथै परिपूरक छलफल गर्नुभएको थियो ।
कार्यक्रममा दर्शनशास्त्र विभागका सदस्य विष्णु प्रभातले विषयवस्तु’bout प्रकाश पार्नुभएको थियो भने योगयात्री विष्णु गिरीले नाकबाट पानी पिउने र बाहिर निकाल्ने कला प्रस्तुत गर्नुभएको थियो भने दुर्गा पन्त र स्वस्तिका पन्तले योगकला प्रदर्शन गर्नुभएको थियो ।
कार्यक्रम राधा कार्कीले सञ्चालन गर्नुभएको थियो ।

‘मानवतावादी दर्शनको विकास र विस्तारमा गौतम बुद्ध र जयपृथ्वीबहादुर सिंहको योगदान’

२०७६ असार १६ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शन विभाग र मानववादी सङ्घ (सोच) नेपालद्वारा संयुक्त रूपमा प्रज्ञा भवनमा ‘विश्वमा मानवतावादी दर्शनको विकास र विस्तारमा गौतम बुद्ध र जयपृथ्वीबहादुर सिंहको योगदान’ विषयक दर्शन–विचार गोष्ठीको आयोजना गरियो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठान हरेक क्षेत्रमा खोज–अनुसन्धानमा लागेको उल्लेख गर्नुहुँदै हाम्रो दर्शन, इतिहास, सिर्जना र धर्मको सामथ्र्यले विश्वमा पारेको प्रभाव’bout सघन छलफल गरिनु पर्छ भनेर यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताउनुभयो । ‘नेपाली दर्शनका धारामा कुन–कुनलाई समावेश गर्ने ? विश्व जगतमा दर्शनका क्षेत्रमा हाम्रो स्थान के छ ?’ भन्ने निष्कर्ष निकाल्नका लागि पनि गोष्ठी आयोजना गरिएको उहाँको जिकिर थियो । कुलपतिले भन्नुभयो, “हामीले आफ्नो सामथ्र्यअनुसार नेपाली दर्शनलाई बुझ्न लागेका छौँ । योग र ध्यानको प्रस्थान विन्दु पनि नेपाल हो । योग मानव स्वास्थ्यका लागि महत्वपूर्ण चिज हो । यही कुरालाई आत्मसात गर्दै प्रतिष्ठानले अर्को साता योग दर्शन, जीवनशैली र स्वास्थ्यका ’boutमा बहस गर्दैछ ।” प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले मानवतावादी दर्शनका प्रणेता नेपालकै भएकोमा गर्व लागेको उल्लेख गर्दै आम नेपालीको दुःख–दर्द हटाउन शिक्षा र सत्कर्म किन आवश्यक छ भन्ने कुरा जयपृथ्वीबहादुरको सोच र व्यवहारबाट सिक्न सकिने धारणा व्यक्त गर्नुभयो । प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले जयपृथ्वीबहादुर सिंहमा राजसी नभएर जनताप्रति उत्तरदायी स्वाभाव भएकाले नै उहाँ मानवतावादी दर्शन लिएर जनजागरणमा लागेको विचार व्यक्त गर्नुभयो । प्रज्ञा–प्रतिष्ठानका दर्शन विभाग प्रमुख तथा सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले गोष्ठीको उद्देश्य’bout प्रकाश पार्दै वैदिकालदेखि नै नेपालमा विभिन्न दर्शनको उत्पत्ति र विकास भएको बताउनुभयो । उहाँले दर्शन विभागले पचास वटा जति शीर्षकलाई समेटेर ‘नेपाली दर्शन’ नामक पुस्तक तयारी गरिरहेको सुनाउनुभयो । “त्यसलाई पछि अङ्ग्रेजी भाषामा समेत अनूदित गरी विश्वमा पु¥याइने उद्देश्य छ ।”

सोचका अध्यक्ष बालकृष्ण श्रेष्ठले गौतम बुद्ध र जयपृथ्वीबहादुर सिंह’bout फलदायी छलफल भएको बताउनुभयो । गोष्ठीमा डा. खगेन्द्र प्रसार्इंले ‘मानववाद, बुद्ध र आलोचनात्मक चेतना’ शीर्षक कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यपत्र प्रस्तुत गर्दै डा. प्रसाईंले मानववादको पृष्ठभूमि नेपाल रहेको उल्लेख गर्नुभयो । उहाँले बुद्ध दर्शनमा अलौकिकता नभएर लौकिक चिन्तन पाइने बताउनुभयो । “तथापि बुद्धका कतिपय सोचाइहरू रहस्यात्मक पनि छन्” उहाँले थप्नुभयो । प्रा.डा. नन्दबहादुर सिंहले ‘विश्वमा मानवतावादी दर्शनमा जयपृथ्वीबहादुर सिंहको योगदान’ विषयक कार्यपत्र प्रस्तुत गर्दै जयपृथ्वीबहादुर सिंह दोस्रो गौतम बुद्ध भएको विचार व्यक्त गर्नुभयो । “बझाङमा जन्मिएर राजकाज छाडेर मानवतावादमा लागेको व्यक्ति नेपालमा मैले अर्को देखेको छैन” सिंहले भन्नुभयो, “विश्व मानवतावादी आन्दोलनमा जयपृथ्वीबहादुर सिंहको अनुपम योगदान छ ।” मानवतावाद विश्वमा मानिएका तीन सय दर्शनमध्ये एक भएको उल्लेख गर्दै उहाँले पश्चिमाभन्दा एक दुई वर्ष पहिले सिंहले मानवतावादको थालनी गरेको जिकिर गर्नुभयो । उहाँले अर्काको भलाइका निम्ति समर्पित हुनु नै मानवतावाद भएको धारणा प्रकट गर्नुभयो । चाल्स फ्रान्सिसले १९२९ मा अमेरिकामा र सिंहले भारतमा पहिलो मानवतावादी संस्था खोल्नुभएको थियो । प्रस्तुत कार्यपत्रहरूमाथि प्रज्ञा डा. देवी नेपाल, विष्णु प्रभात, डा. गोविन्द उपाध्याय, दामोदर पुडासैनी ‘किशोर’, तोयानाथ भट्टराई, डा. युपी धमला, इ. राजकाजी रञ्जित, नवराज खतिवडा, विमल फुयाँल, रामदेव पाण्डे, मीनबहादुर सिंह, रमेश पौडेल, विपिन श्रेष्ठ, सीता ओझा लगायतले जिज्ञासा र विचार व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम सोचका निर्देशक उत्तम निरौलाले सञ्चालन गर्नुभएको थियो ।

६२ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७६ आयोजित

२०७६ असार ९ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ६२औँ वार्षिकोत्सवका अवसरमा वार्षिकोत्सव समारोह तथा राष्ट्रिय कविता महोत्सव–२०७६ को आयोजना गरियो ।
भव्य समारोहबिच पानसमा दीप प्रज्वलन गरी प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री माननीय ईश्वर पोखरेलले समारोहको समुद्घाटन गर्नुभयो । उक्त अवसरमा समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले नेपाली वाङ्मयको समग्र विकासका सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले राष्ट्रको समृद्धिमा साहित्यको अहम्् भूमिका रहने धारणा व्यक्त गर्नुभयो । उक्त समारोहमा उपप्रधामन्त्रीले ‘जीवन’ र ‘मृत्यु’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सबै साहित्यको सुरुवात काव्यबाटै भएको उललेख गर्दै साहित्यिक समृद्धिका लागि राज्यले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भाषा, साहित्य, कला र संस्कृतिको विकासबिना राज्य समृद्ध बन्न सक्दैन । तसर्थ, राज्यले यस क्षेत्रका लागि विशेष ध्यान दिनुपर्दछ ।”
प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ कवि वैरागी काइँलाले राष्ट्रिय कविता महोत्सवलाई सरकारले उचित महत्व दिँदैआएको बताउनुभयो । उहाँले भन्नुभयो, “कविता प्रतियोगितामा उत्कृष्ट भएकाहरूलाई राष्ट्र प्रमुखबाट पुरस्कृत गरिनु राज्यले कविताप्रतिको प्रकट गरेको ठूलो सम्मान हो ।”
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रिय कविता महोत्सवको महत्व’bout प्रकाश पार्दै प्रज्ञा–प्रतिष्ठानले सातवटै प्रदेशका भूगोल, साहित्य, कला, संस्कृति, दर्शन जस्ता विषयलाई समेटेर ‘नेपाल दर्पण’ नामक महाग्रन्थ तयार पार्न लागेको बताउनुभयो । उहाँले काठमाडौँमा आगामी अक्टोबरमा चीन–दक्षिण एसियाका सबै राष्ट्रलाई समेटेर साहित्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले साहित्यको प्रवद्र्धनका लागि प्रतिष्ठानले सीमित स्रोत र साधनका बावजुद पनि उल्लेखनीय काम गरिरहेको बताउनुभयो ।
सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले नेपालका विविध भाषा, संस्कृति तथा सम्पदाका ’boutमा प्रतिष्ठानले विगतदेखि नै काम गर्दै आइरहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्ने दाबी गर्नुभयो ।
राष्ट्रिय कविता महोत्सवका संयोजक काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कविता महोत्सवको प्रतिवेदन प्रस्तुत गर्दै कविप्रतिभाको प्रस्फुटन र काव्यिक उन्नयनका लागि प्रज्ञा–प्रतिष्ठानको कविता महोत्सव सदैव आकर्षणको केन्द्र बन्दै आएको उल्लेख गर्नुभयो । उहाँले यस वर्षको कविता महोत्सवमा देश तथा विदेशमा रहेका कविहरूबाट ३ सय ४० वटा कविता प्राप्त भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यसबाट निर्णायक समितिले ३१ वटा कविता वाचनका लागि छनौट गरेको हो । र, वाचित कवितामध्येबाट प्रथम एक, द्वितीय एक र तृतीय तीन गरी पाँच वटा कवितालाई पुरस्कृत गरिने छ ।” काव्य विभाग प्रमुख प्रा.डा. पौडेलले यस वर्षटबा वाचनकलाका लागि समेत नम्बर जोडिने प्रस्ट पार्नुभयो ।
समुद्घाटन समारोह कार्यक्रमको सञ्चालन प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।

उक्त प्रतियोगितामा प्रतियोगी कविहरू कल्पना काफ्ले, प्रकाश सिलवाल, अश्विन समीप, कविता राई, उषा आचार्य, छविलाल आचार्य, कुवेर खड्का, गरिमा शाह, तोयानाथ भट्ट विश्वामित्र, त्रिभुवनचन्द्र वाग्ले, तीर्थराज जोशी, तीर्थराज भट्ट, दीपक यात्री, देवकी अभिलाषी, निराजन मौद्गल्य, पदम दाहाल, बालकृष्ण लम्साल, रमेश पौडेल, रेजिना आपागाईं, भुवन शिवाकोटी, यात्रीप्रकाश पाण्डे, रञ्जु दाहाल, लक्ष्मीप्रसाद आचार्य, लीला दाहाल, सन्दीप सापकोटा र हीरा भट्ट, प्रकाश बस्नेत ‘गफाडी’, प्रज्वल अधिकारी, बालकृष्ण लम्साल, शान्ति शर्मा, हेम प्रभास, सुभाषचन्द्र भण्डारीले कविता वाचन गर्नुभएको थियो ।
महोत्सवमा वाचित ३१ कविहरूमध्यबोट यस वर्षको राष्ट्रिय कविता महोत्सवमा धादिङका हेम प्रभासको ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रथम भयो । त्यसैगरी, डोटीका सुभाषचन्द्र भण्डारीको ‘किनाराका अलिखित संवेगहरू’ शीर्षकको कविता द्वितीय भयो । त्यस्तै, लमजुङका प्रज्वल अधिकारीको ‘पाठशाला’, काठमाडौँका प्रकाश बस्नेत गफाडीको ‘इन्द्रधनुष’ र सोलुखुम्बुका शान्ति शर्माको ‘उज्यालोको गीत’ शीर्षक कविता तृतीय भए ।
यस वर्ष काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल संयोजक तथा  प्राज्ञ सभा सदस्य डा. गीता त्रिपाठी र कवि प्रह्लाद पोखरेल सदस्य रहेको तीन सदस्यीय कविता मूल्याङ्कन समिति गठन गरिएको थियो ।
प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीबाट आरम्भ भएको कविता वाचन कार्यक्रममा अतिथि कविहरू अशेष मल्ल, मित्रलाल पंगेनी, सरल सहयात्री, शम्भुकुमार मिलन, बाबा बस्नेत, नवराज लम्साल, धीरेन्द्र प्रेमर्षि, अनिता लामा, विधान आचार्य र केशव सिलवालले अप्रतियोगी कविता सुनाउनुभएको थियो ।
कविता वाचन सत्रको सभापतित्व वरिष्ठ कवि प्रा. घनश्याम कँडेलले गर्नुभएको थियो भने कार्यक्रम बुद्धि तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो ।
२०२२ सालदेखि सुरुभएको राष्ट्रिय कविता महोत्सव २०७६ सालसम्म आइपुग्दा ५० औँ संस्करण सम्पन्न भएको छ भने ५० जना कवि प्रथम, ५० जना कवि द्वितीय १५० जना कवि तृतीय हुनुभएको छ । यसरी जम्मा २ सय ५० जना कवि प्रज्ञा–प्रतिष्ठानबाट पुरस्कृत भइसक्नुभएको छ ।
समारोहमा प्रज्ञा–प्रतिष्ठानमा २५ वर्षे दीर्घसेवा गरेवापत शालिकराम फुयाँल, रामे पहरी, सन्तेबहादुर पहाडी, रामचन्द्र लामा र मीनबहादुर थिङ ३० हजार नगद, प्रमाणपत्र र प्रज्ञा दीर्घ सेवा पदकसहित पुरस्कृत हुनुभएको थियो ।
त्यसै गरी, समारोहमा १५ वर्षे सेवा पूरा गरेवापत अशोककुमार चौरसिया, महेश्वर थापा मगर, नगेन्द्रबहादुर पछिमा थारू, भुलबहादुर श्रेष्ठ, श्याम महर्जन, झनबहादुर अधिकारी, नवराज चौलागाईं, राम महर्जन, उर्मिला बोहोरा र अमृता तिवारी नगद २० हजार, प्रमाणपत्र र प्रज्ञा सेवा पदकसहित पुरस्कृत हुनुभएको थियो । प्रमुख अतिथि उपप्रधानमन्त्री पोखरेलले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।
समारोहमा प्रज्ञा–प्रतिष्ठानको वार्षिक उत्सवका अवसरमा अतिरक्त क्रियाकलाप सञ्चालन गर्न गठित समितिद्वारा सञ्चालित फुटसल प्रतियोगितामा प्रथम हुनुभएका खेलाडीहरू श्याम चौधरी, सुजन गौतम, सुमन केसी, सुनिल राना, रामशरण झ्यारी, मनोजकुमार मेहता, प्रकाश पन्त, जगन्नाथ ढकाल, उपेश बराम र विजय तामाङ पुरस्कृत हुनुभएको थियो ।

त्यसै गरी, उक्त खेलमा द्वितीय स्थान हासिल गर्ने खेलाडीहरू पङ्कज अधिकारी, निशा खड्का, नरेन्द्रबहादुर पछिमा थारू, कृतिराज राई, राजन देउला, राजेश महर्जन, विकास श्रेष्ठ, विजय खत्री एविना भडेल र सुरेन्द्र गौतमलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
ब्याडमिन्टनतर्फ इन्द्रप्रसाद सुवेदी र पूर्णबहादुर खड्का प्रथम र राजेन्द्रकुमार शाही ठकुरी र राम महर्जनले द्वितीय स्थान प्राप्त गर्नुभएवापत पुरस्कृत हुनुभएको थियो ।
हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने वेभ इन्स्टिच्युटका तर्फबाट विपना दाहाल र अमृतकुमार श्रेष्ठ र द्वितीय स्थान प्राप्त गर्ने प्रज्ञा–प्रतिष्ठानमा कार्यरत अनिता कार्की पौडेल र सीता सिग्देल पुरस्कार प्रदान गरिएको थियो ।
समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनद्वारा आयोजित अतिरिक्त क्रियाकलाप कार्यक्रममा योगकला प्रस्तुत गरेवापत धीरज माझी, सामूहिक बालनृत्य प्रस्तुत गरेवापत सौगात थापा, आरम्भ श्रेष्ठ, स्नेहा राई, लिस्मा श्रेष्ठ, नुजला महर्जन, बजला महर्जन र आर्नवराज योगी, सारङ्गीवादन कलातर्फ विकासनाथ योगी, गायक पूर्णबहादुर तामाङ, र प्रहसनतर्फ रमेश अधिकारी र रेखा गुरुङ थापालाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
कविता महोत्सवको समापनमा प्रतियोगितामा सहभागी कविहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
वार्षिक उत्सवका अवसरमा साताभरि नै गोष्ठी, सेमिनार, खेलकुद, रक्तदान तथा सरसफाई कार्यक्रम सञ्चालन गरिएको थियो ।

कविता महोत्सवको अघिल्लो दिन असार ८ गते ‘समकालीन नेपाली कवितामा समावेशी स्वर’ विषयक काव्य विमर्श आयोजना गरिएको थियो । डा. विन्दु शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि प्रा. हेमचन्द्र नेपाल र सुरेश किरणले परिपूण समीक्षा गर्नुभएको थियो ।
प्राज्ञ सभा सदस्य रमा शर्माको अध्यक्षतामा सम्पन्न विमर्श कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले समकाीलन नेपाली कवितामा समावेशी स्वर’bout आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम राधा कार्कीले सञ्चालन गर्नुभएको थियो ।

‘अबको प्रगतिशील लेखन’’bout गोष्ठी

२०७६ जेठ २४ गते शुक्रवार । ‘अबको प्रगतिशील लेखन’ कस्तो हुने भन्ने विषयमा प्रज्ञा–प्रतिष्ठानमा गहन विमर्श तथा छलफल गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, निबन्ध तथा समालोचना विभाग र युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानद्वारा आयोजित विमर्श कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आयोजित गोष्ठी विचारको गहनतामा केन्द्रित भएको भन्दै साहित्यकारले देशमा भएको परिवर्तनलाई आत्मसात गरी सोहीअनुसार दृष्टिकोण बनाएर साहित्य लेख्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रज्ञा–प्रतिष्ठान सबै विचारधारा बोक्ने स्रष्टाहरूको साझा संस्था भएकाले सबैसँग सहकार्य गर्न प्रज्ञा–प्रतिष्ठान सदैव तयार रहेको बताउनुभयो ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले युद्धप्रसाद मिश्र साँच्चिकै प्रगतिशील साहित्यकार हुनुहुन्थ्यो भन्नुहुँदै थप्नुभयो, “जीवनको उत्तराद्र्धसम्म पनि प्रगतिशील विचारमा मिश्र प्रतिबद्ध रहनुभयो ।” सदस्य सचिव प्रा. उपाध्यायले प्रगतिशील विचार धारण गर्ने साहित्यकारहरूले समाज र समुदायका भावनासँग जोडिएका विषयलाई छुँदा विचार गर्नुपर्ने बताउनुभयो । प्रगतिशील लेखकहरूले समाजलाई रूपान्तरण गराउन सर्वप्रथम आफैँ रूपान्तरित हुनुपर्नेमा उहाँको जोड थियो ।

प्रज्ञा–प्रतिष्ठान, निबन्ध तथा समालोचना विभागका प्रमुख एवम् कार्यक्रमका संयोजक प्रा.डा. गोपीन्द्र पौडेलले मिश्र एकमात्र प्रखर राजतन्त्र विरोधी कवि भएको बताउनुभयो । उहाँले नेपालको प्रगतिशील लेखनयात्रा निकै लामो भएता पनि अबको लेखन कस्तो हुनुपर्ने भन्ने सवालमा भने कोही पनि प्रष्ट हुन नसकिरहेको स्थितिमा छलफल र विमर्श गरी निस्कर्ष निकाल्ने उद्देश्यले युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानसँग मिलेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रा.डा. ताराकान्त पाण्डेयले ‘अबको प्रगतिशील लेखन’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्रगतिशील लेखकहरूले चिन्तनको तरिका र मस्तिष्कको पद्धतिमै परिवर्तन ल्याउनु आवश्यक देखिएको  विचार राख्नुभएको थियो ।

कवि स्नेह सायमीले सहजीकरण गर्नुभएको कार्यक्रममा प्राज्ञ सभा सदस्य तथा समालोचक  डा. गीता त्रिपाठी, कवि वासुदेव अधिकारी र कवि तथा आख्यानकार सरल सहयात्रीले प्रा.डा. पाण्डेयको कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो । अधिकारीले ‘प्रगतिशील आन्दोलन भालेमौरीहरूको जमातजस्तो’ भएको भन्दै प्रगतिशील लेखनका अगुवाहरू रानीमौरी हुनुपर्ने विचार राख्नुभएको थियो ।

छलफलमा चीनका लागि नेपालका पूर्व राजदूत डा. महेश मास्के, प्रगतिशील लेखक सङ्घका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरी, पूर्व अध्यक्ष मातृका पोखरेल, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष अनिल पौडेल, डा. रामप्रसाद ज्ञवाली, डा. सावित्रीकुमार कक्षपति मल्ल, डा. पुष्करराज भट्ट, डा. बालाकृष्ण अधिकारी, हरिहर खनाल, कमला ओली, सरोजदिलु विश्वकर्मा, आरसी न्यौपाने, रामकृष्ण दुवाल, तोयानाथ भट्टराई, गोपाल अश्क, तारा गाउँले, राम विनय लगायतले आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।  कार्यक्रमको सञ्चालन प्राज्ञ सभा सदस्य नन्दु उप्रेतीले गर्नुभएको थियो ।

वार्षिक उत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम

२०७६ असार ६ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६२ औँ वार्षिक उत्सवका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठन, अतिरिक्त क्रियाकलाप समितिद्वारा प्रज्ञा भवनमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।
सङ्गठनका अध्यक्ष विश्वमोहन राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य मणि थापाको प्रमुख आतिथ्य रहेको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती कार्यक्रममा विशिष्ट अतिथि हुनुहुन्थ्यो ।  यसै गरी उक्त कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् पेशागत महासङ्घ नेपालका संयोजक विश्वनाथ प्याकुरेल अतिथिका रुपमा उस्थित हुनुहुन्थ्यो । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय र प्राज्ञ परिषद्का सदस्यहरूको आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि थापाद्वारा मादल बजाई उद्घाटन गरिएको विविध सांस्कृतिक कार्यक्रममा टे«ड युनियन आन्दोलनमा अभिभावकीय भूमिका निर्वाह गरेबापत विक्रम मैनालीलाई र प्रज्ञा–प्रतिष्ठानमा दीर्घ सेवा गरी अवकाश हुन लाग्नुभएका बुद्धरत्न रञ्जितकारलाई सम्मान गरिएको थियो ।
प्रज्ञा–प्रतिष्ठानका कलाकारद्वय रमेश अधिकारी र रेखा थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा भारती उपाध्याय र हिरादेवी राईले गीत गाएर सुनाउनुभएको थियो । सो अवसरमा कृतिका विश्वकर्मा र सिम्रन नेपालीले नृत्य प्रस्तुत गर्नुभएको थियो भने केशव सुनाम, विकासनाथ योगी र सुरेशराज बज्राचार्यले लोकधुन प्रस्तुत गर्नुभएको थियो । यसै गरी धिरज माझीले योग अभ्यास गरी देखाउनुभएको थियो ।
कार्यक्रमलाई विशिष्ट अतिथि कुलपति उप्रेती र प्रमुख अतिथि थापाले मानव–जीवनमा गीत, सङ्गीत र मनोरञ्जनको महत्व’bout प्रकाश पार्नुभएको थियो ।

मातृभाषाका दृश्य–कविता र बहुभाषिक कविगोष्ठी

२०७६ जेठ २९ गते, काठमाडौँ । वाईफाई, फेसबुक, युट्युब, गुगलजस्ता शब्दहरू पछिल्लो समय तन्नेरीमाझ प्रिय छन् । यिनै माध्यमको प्रयोगमार्फत मौलिक संस्कृति र ज्ञान प्रवर्द्धन गर्ने ध्येयले राजधानीमा ‘दृश्य कविता’ प्रस्तुतिका साथै बहुभाषी कवि गोष्ठी गरियो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागको सहकार्यमा सेलो फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा विभिन्न ६ जना कविका कवितामाथि बनेको बनाइएको भिडियो देखाइएको थियो ।
भिडियोमा कवि अनिता लामा, बिना थिङ, ङेमा थाङपाल, मिलन तामाङ, सजना गोले, हीरामान वलका तामाङ भाषाका कविता समेटिएको थियो ।
उक्त अवसरमा भएको बहुभाषी कवि गोष्ठीमा चाहिँ स्नेह सायमीले नेपालभाषामा, राकेश मायालुले मगर भाषामा, सोम धिमालले धिमाल भाषामा, छविरमण सिलवाल, विकु लामा र देवकी अभिलाषीले नेपाली भाषा कविता सुनाउनुभएको थियो ।
त्यस्तै अटुट दोङ, ईश्वर थोकर, सिर्जना गोले, शीतल मोक्तान र एनिका ग्लानले तामाङ भाषामा कविता सुनाउनुभएको थियो ।  कवितामा समसामयिक राजनीतिक चेतनादेखि मातृभाषा र समुदायप्रतिको समर्पण झल्किएको प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभागका प्रमुख एवम् प्राज्ञ लक्ष्मी मालीले बताउनुभयो ।
मुलुकभरका मातृभाषाको प्रवर्द्धनका लागि प्रज्ञा–प्रतिष्ठानले महत्वका साथ काम गर्दै आएको र मातृभाषा साहित्यको अनुसन्धान र लेखनका लागि प्रोत्साहनमूलक कार्यक्रमहरूको तयारी भइरहेको पनि उहाँले बताउनुभएको थियो ।

‘बान्तावा साहित्यः वर्तमान अवस्था, चुनौती र सम्भावना’

२०७६ असार ६ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा साहित्य विभाग र किरात राई बान्तावा खिमद्वारा सङ्युक्त रूपमा प्रज्ञा भवनमा किरात राई बान्तावा भाषाको साहित्य’bout विचार गोष्ठी आयोजना गरियो ।
‘बान्तावा साहित्यः वर्तमान अवस्था, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा बान्तावा मातृभाषाका अभियन्ता पदम राईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले तथ्याङ्कअनुसार बान्तावा भाषा बोल्नेको सङ्ख्या १ लाख ३२ हजार ५ सयभन्दा बढी भएको तर वक्ताका हिसाबले बान्तावा भाषा किरात राई समुदायमा धेरैले बोल्ने भाषाको रुपमा चिनिए तापनि साहित्य निर्माण हिसाबले यो भाषा पछाडि रहेको बताउनुभयो । बान्तवाभाषाको मासिक पत्रिका ‘बुङवाखा’का सम्पादक राईले भन्नुभयो, “यो भाषामा साहित्य सिर्जना कार्य कम छ । शब्द सङ्कलन, सङ्ग्रह तथा शब्दकोश लेखनमै अल्झिरहेको छ र भाषिकाको समस्यालाई कारण मानेर साहित्य सिर्जनामा चाख दिएको पाइन्न ।”
कार्यपत्र प्रस्तोता राईले बान्तावा साहित्यमा दर्जन कविताकृति प्रकाशित भएको, चौध वर्षदेखि वार्षिक कविता प्रतियोगता हुने गरेको, बाल साहित्य कविताकृति एउटामात्र रहेको, त्यसैगरी एउटा खण्डकाव्य, पाँचवटा गजल सङ्ग्रह, तीनवटा निबन्ध सङ्ग्रह, पाँचवटा कथासङ्ग्रह तथा केही रेडियो नाटककृति प्रकाशित भएको तथ्य पेस गर्नुभयो ।
उहाँको कार्यपत्रमाथि प्रा.डा. नोबलकिशोर राईले परिपूरण समीक्षा गर्दै मातृभाषाको बचाऊ र सम्वद्र्धनका लागि सम्बन्धित भाषाकै समुदाय लागिपर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भननुभयो, “किरात राई जातिभित्र २८ जति भाषा छन् । त्यसमध्ये सबैभन्दा धेरैले बान्तावा बोल्छन् । तर, यस भाषाको साहित्यको विकास चाहिँ ज्यादै धिमा गतिमा छ । ‘म आफू चाम्लिङ हुँ, मेरो मातृभाषाचाहिँ बान्तावा बोल्छु र मेरो मावली साम्पाङ हुन् ।’ पूर्वमा बान्तावाले मात्र होइन, सबैजसो राईहरूले बान्तावा भाषा नै बोल्ने उहाँको ठम्याई थियो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानअन्तर्गत वितग ९ वर्षदेखि मातृभाषा साहित्य विभाग क्रियाशील रहेको उल्लेख गर्दै मातृभाषामा प्रकाशित कृतिहरूलाई सम्बन्धित समुदायले स्वामित्व लिन सक्नुपर्ने बताउनुभयो । “राजनीतिक परिवर्तनसँगै प्रज्ञा–प्रतिष्ठानले मातृभाषा, साहित्य, संस्कृति प्रवर्द्धनलाई प्राथमिकता राखेको छ,” उहाँले भन्नुभयो, “हामीले गर्दै आएका कार्यलाई मातृभाषी समुदायले खोजी गरेर स्रोत सामग्रीका रुपमा उपयोग गर्नु आवश्यक छ ।”
भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले संविधानको आदेशमात्र पालना गरे धेरै समस्या समाधान हुने बताउनुभयो । “बान्तावा जस्ता अलिखित रुपमा रहेका भाषाहरूको संरक्षण, संवर्द्धन गर्न लोकसाहित्य सामग्री सङ्कलन कार्यलाई प्राथमिकता दिन जरुरी छ,” समुदायले अङ्ग्रेजीमात्र भाषा भन्ने उल्टो बुझाइ बढेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “बान्तावा भाषामा रहेका ज्ञानको खानीलाई लोकसंस्कृतिमार्फत खोजी हुनुपर्छ । डिजिटल प्रक्रिया जानका साथै युवा पिँढीको सहभागिता बढाउनु पर्छ ।”
प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीको अध्यक्षतामा भएको गोष्ठीमा मातृभाषा विभागका प्रमुख प्राज्ञ प्रा.डा.  योगेन्द्रप्रसाद यादव, किरात राई बान्तावा खिम काठमाडौँका अध्यक्ष अजिरमान राई, किरात राई यायोक्खाका अध्यक्ष दिवस राई, समाजशास्त्री जितपाल किरात, भाषाशास्त्री अमृत योन्जन तामाङ, गणेश वाम्बुले राई लगायतले विचार व्यक्त गर्नुभएको थियो ।

1 2 3 4 5 23