लेखक: deepesh
राष्ट्रपतिज्यूद्वारा प्रज्ञा तथा कविता महोत्सव पुरस्कार अर्पण वाङ्मय शताब्दी पुरुषलाई चार लाख राशिको पृथ्वी प्रज्ञा पुरस्कार
२०७६ मङ्सिर २३ गते, काठमाडौँ । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूद्वारा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित हुनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ४ वर्षमा अर्पण गरिने राज्यकै सर्वाधिक गरिमामय पुरस्कार पृथ्वी प्रज्ञा पुरस्कारद्वारा वाङ्मय शताब्दी पुरुष जोशी सम्मानित हुनुभएको हो । पुरस्कारको राशि रु. ४ लाख नगदसहित दोसल्ला र सम्मानपत्र रहेको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीज्यूले जोशीलाई सरकारीस्तरबाट प्रदान गरिने देशकै सर्वाधिक राशि र गरिमाको पृथ्वी प्रज्ञा–पुरस्कार अर्पण गर्नुभएको हो ।
समारोहमा नेपाल प्रज्ञा सामाजिक शास्त्र÷संस्कृति÷दर्शन पुरस्कार प्रा. डा.त्रिरत्ननारायण मानन्धरलाई प्रदान गरियो । प्रत्येक दुई वर्षमा अर्पण गरिने सो पुरस्कारको राशि रु. एक लाखसहित दोसल्ला र सम्मानपत्र रहेको छ । नेपाल प्रज्ञा भाषा पुरस्कार प्रा डा. टङ्कप्रसाद न्यौपानेलाई अर्पण गरियो । प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारको राशि रु. एक लाख, दोसल्ला र सम्मानपत्र रहेको छ ।
नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७५) मदन रेग्मी, नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार (२०७६) भागीरथी श्रेष्ठ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमर तुम्याहाङ, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७५) तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अयोध्यानाथ चौधरी, नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) पहाडी र हिमाली क्षेत्रमा बोलिने मातृभाषा साहित्यका लागि अमृत योञ्जन तामाङ तथा नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार (२०७६) तराई–मधेशमा बोलिने मातृभाषा साहित्यका लागि अशोक थारुलाई अर्पण गरियो । उक्त पाँचवटै पुरस्कारको राशि रु एक लाख नगद, दोसल्ला र सम्मानपत्र रहेको छ ।
सोही समारोहमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव– २०७६ का विजयी कविहरूलाई पुरस्कृत गर्नुभयो । महोत्सवमा प्रथम स्थान हासिल गर्नुहुने धादिङका हेम प्रभासलाई रु ३० हजार, द्वितीय स्थान हासिल गर्नुहुने डोटीका सुभाषचन्द्र भण्डारीलाई रु २५ हजार, तृतीय स्थान हासिल गर्नुहुने लमजुङका प्रज्वल अधिकारी, सोलुखुम्बुकी शान्ति शर्मा र काठमाडौँका प्रकाश बस्नेत गफाडीलाई जनही रु २० हजार, सम्मानपत्र र पदक अर्पण गरिएको थियो ।
सम्मान, पुरस्कार अर्पणपछि समारोहलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपति भण्डारीज्यूले वाङ्मय क्षेत्रको उननयनका लागि सम्मान र पुरस्कारले सहयोग गर्ने बताउनुभयो । “प्रकृति र संस्कृतिसँग एकाकार गरी साहित्य सिर्जना गरेर राष्ट्रियतालाई मजबुद बनाउन सकिन्छ” उहाँले भन्नुभयो– “राजनीतिक परिवर्तनलाई कला र साहित्यले ऊर्जा प्रदान गर्नुपर्छ, प्राचीन संस्कृति बोकेको स्वाधीन मुलुकमा सुदृढ सहिष्णुता छ, त्यसलाई कायम राख्न साहित्य क्षेत्रले योगदान गर्नुपर्छ ।”
माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पूर्वीय सभ्यताले एकताको सन्देश दिएकाले अनेकौँ अप्ठ्याराबाट मुलुक जोगिँदै आएको बताउनुभयो । एक सय २३ भाषा, अनेकौँ धर्म र संस्कृति भएको नेपाली राष्ट्रियताबाट सङ्गठित भएको उहाँले उल्लेख गर्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यसै साताभित्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई सङ्ग्रहालयका रुपमा रुपान्तरण गर्ने अभियान सुरु हुने जानकारी दिनुभयो । उहाँले प्रज्ञा पुरस्कार र कविता महोत्सव पुरस्कारको गरिमा’bout उल्लेख गर्नुभएको थियो ।
समारोहमा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले प्रज्ञा पुरस्कार सम्बन्धी र प्राज्ञ परिषद् सदस्य, काव्य विभाग प्रमुख एवम् कविता महोत्सवका संयोजक प्रा.डा. हेमनाथ पौडेलले राष्ट्रिय कविता महोत्सव–२०७६ सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
समारोहमा वाङ्मय शताब्दी पुरुष जोशीले पुरस्कार प्राप्त गर्दाको अनुभूति व्यक्त गर्नुभएको थियो । पुरस्कृत कविहरूले आआफ्ना कविता सुनाउनुभएको थियो ।
महाकवि देवकोटाको परिवारले प्रज्ञा–प्रतिष्ठानलाई बुझायो कविकुञ्जको तालाचाबी
२०७६ पुस १ गते मङ्गलबार, काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार मैतीदेवी, शास्त्रीमार्गस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ र ‘कविकुञ्ज’ले चर्चेको जग्गा समेत १२ आना १ दाम नेपाल प्रज्ञा–प्रतिष्ठानको नाममा आएपछि कविकुञ्जलाई सङ्ग्रहालय बनाउने बाटो खुलेको छ । देवकोटाको परिवारबाट प्रज्ञा–प्रतिष्ठानले कविकुञ्ज मङ्सिर २९ गतेका दिन २ करोड ५० लाखमा खरिद गरेको थियो । हिजो मङ्सिर ३० गते प्रज्ञा भवनमा पत्रकार सममेलनको आयोजना गरी यस’bout जानकारी गराइएको थियो ।
आज प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको नेतृत्वमा प्राज्ञ परिषद्का सदस्यहरूद्वारा कविकुञ्जको स्थलगत अवलोकन गर्नुका साथै देवकोटा परिवारबाट कविकुञ्जको तालाचाबी बुझ्ने प्रक्रिया पूरा भएको छ । उक्त अवसरमा उपस्थित सञ्चारकर्मीहरूलाई यस’bout जानकारी दिँदै सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले अब चाँडै डिपिआर गरी सङ्ग्रहालय निर्माणको कार्य प्रारम्भ गरिने बताउनुभयो ।
तालाचाबी बुझाउने क्रममा देवकोटाकी छोरी अम्बिकादेवी रिमालले पिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा सङ्ग्रहालय बनाएर नेपाल सरकारले नेपाली वाङ्मय जगत्कै लागि अत्यन्त महत्वपूर्ण काम गर्न लागेको बताउनुभयो ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि देवकोटाको ११० औँ जन्मजयन्तीका अवसरमा गत वर्ष महाकवि देवकोटाको निवास कविकुञ्जलाई सङ्ग्रहालय बनाइने घोषणा गर्नुभएको थियो ।
‘बौद्ध दर्शन र यसको अन्तर्राष्ट्रिय प्रभाव’ विषयमा गोष्ठी

२०७६ मङ्सिर ५ गते, काठमाडौँ । बौद्ध दर्शन के हो र अन्तर्राष्ट्रिय जगत्मा यस दर्शनको प्रभाव कस्तो रहेको छ ? यस’bout बिहीबार राजधानीमा बहस गरिएको छ । प्रज्ञा–प्रतिष्ठानको दर्शनशास्त्र विभागद्वारा आयोजित ‘बौद्ध दर्शन र यसको अन्तर्राष्ट्रिय प्रभाव’ विषयक विचारगोष्ठीमा यस्तो बहस गरिएको हो ।
गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले मानवजीवनका लागि दर्शनको अपरिहार्य महत्त्व रहेको बताउनुभयो । उहाँले दर्शनले नै जीवनमा दृष्टिकोण बनाउन र गन्तव्य पहिल्याउन मार्गनिर्देश गर्ने भएकोले बिना दर्शन मानव जीवनको परिकल्पनासमेत गर्न नसकिने धारणा व्यक्त गर्नुभयो ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले बौद्ध दर्शन एउटा दर्शनमात्रै नभएर धर्म पनि भएको बताउनुभयो । उहाँले धेरै अघि नेपालमा धर्मोदय सभाले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आयोजना गरेको उल्लेख गर्नुहुँदै विश्वजगत्मै बौद्ध दर्शन तथा बौद्ध धर्म फैलिएको दाबी गर्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य मोदनाथ प्रश्रितले संसारमै बौद्ध दर्शन उत्कृष्ट दर्शनका रूपमा स्थापित भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो– “विश्वको करिब तृतीयांश जनसङ्ख्यामाझ यो दर्शनको प्रभाव रहेको छ ।” उहाँले बौद्ध दर्शनले समस्त मानव जातिलाई विभिन्न अन्धविश्वास र अतिवादबाट माथि उठाउने दाबी गर्नुभयो ।
यसै गरी सदस्य सचिव तथा दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले विश्व दर्शन दिवसका अवसरमा गोष्ठी आयोजना गरिएको उल्लेख गर्नुहुँदै नेपालीभूमिमा प्रर्वतन भएको बौद्ध दर्शनको प्रभाव अन्तर्राष्ट्रिय जगत्मा कस्तो रहेको छ भन्ने विमर्श गर्ने हेतु गोष्ठी आयोजना गरिएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा प्रर्वतन भएका दर्शनमध्ये बौद्ध दर्शन मात्रै एउटा यस्तो दर्शन हो जो विश्वव्यापी रूपमा झाङ्गिएको छ ।” उहाँले प्रज्ञाबाट एक वर्षभित्र ७२ ओटा पुस्तक प्रकाशित भएको र त्यसमध्ये दर्शनशास्त्र विभागबाट मात्रै १० ओटा प्रकाशित भएको सुनाउनुभयो । गोष्ठीमा प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रले ‘बौद्ध दर्शन र यसको अन्तर्राष्ट्रिय प्रभाव’का विषयमा विशेष प्रवचन दिँदै बौद्ध दर्शनले मात्रै विश्व मानव जीवनलाई सुखी तुल्याउने बताउनुभयो । उहाँले भन्नुभयो– “यसै कारण बौद्ध दर्शनको स्थान विश्वजगत्मा महत्त्वपूर्ण रहेको छ ।”
नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. शिवहरि मरहठ्ठाले बौद्ध दर्शन र यसको महत्त्वका ’boutमा बोल्नुभएको थियो । वेदराज ज्ञवालीले दर्शनशास्त्र विभागको नयाँ प्रकाशन ‘दर्शनावली–६’ को समीक्षा गर्नुभएको थियो । गोष्ठीको प्रतिवेदकमा डा. गोविन्दशरण उपाध्याय रहनुभएको थियो भने कार्यक्रमको सञ्चालन बृद्धि तिमल्सिनाले गर्नुभएको थियो ।
राष्ट्रका लागि आबाल ब्रम्हचारी षडानन्दको योगदान’bout चर्चा

२०७६ मङ्सिर १ गते, काठमाडौँ । पूर्वी पहाडी जिल्ला भोजपुरको दिङ्लामा वि.सं. १९३२ मा विद्यालय स्थापना गरेर नेपालमा शिक्षाको जग बसाउन उल्लेखनीय भूमिका खेल्ने आबाल ब्रह्मचारी षडानन्दको सम्झना गर्दै उहाँले राष्ट्रका लागि दिनुभएको योगदान’bout प्रज्ञा–प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग र आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रका लागि आबाल ब्रम्हचारी षडानन्दको योगदान’ विषयक विचार गोष्ठी आयोजना गरिएको हो ।
कार्यक्रमका सभाध्यक्ष एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आबाल ब्रम्हचारी षडानन्दको योगदान र विचारलाई नेपाली समाजमा लागू गर्न सकेमा समाजले गति लिन सक्ने उल्लेख गर्दै षडानन्दका सत्कर्म र योगदान’bout प्रज्ञा–प्रतिष्ठानले अध्ययन–अनुसन्धान गरी ग्रन्थ प्रकाशन गर्ने गर्ने सुनाउनुभयो ।
उपकुलपति डा. जगमान गुरुङले षडानन्दले बालेको ज्ञानको ज्योति निभेको हुनाले अब त्यो ज्योतिलाई पुनः बाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले विज्ञानलाई पनि फेल गराउन सक्ने शक्ति अध्यात्म साधनामा हुने जिकिर गर्दै षडानन्द सौर्यशक्तिको उपासक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेश एकका सांसद राजेन्द्र राई, षडानन्द नगरपालिका, भोजपुरका नगरप्रमुख वीरबल राई, आबाल ब्रम्हचारी षडानन्द प्रतिष्ठानका अध्यक्ष प्रा. चेतोनाथ गौतम, सचिव प्रा. लालानाथ सुवेदी र षडानन्द–सीताराम गुठी दिङ्लाका अध्यक्ष कृष्णप्रसाद पौडेलले षडानन्द र उहाँले समाजलाई दिनुभएको योगदान र आ–आफू आबद्ध संस्थाले गरेका कार्यहरूका ’boutमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा प्रा.डा. गोविन्दमानसिंह कार्कीले ‘नेपालको सामाजिक तथा शैक्षिक इतिहासमा षडानन्दको योगदान’ र यादव चापागाईंले ‘जनसहयोगको परिचालन र संस्थागत व्यवस्थापनमा षडानन्दको योगदान’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रा.डा. कार्कीले धार्मिक तथा सांस्कृतिक क्रियाकलापमार्फत् समाजमा विद्यमान विकृति र विसंगति अन्त्यका लागि षडानन्दले गरेको पहलकदमीको उल्लेख गर्दै उहाँले गुरुकुल शिक्षाको थालनी गरेर मुलुकको शैक्षिक अवस्थालाई सुधार्न अहम् भूमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो– “संस्कृत पाठशालाको स्थापना आबाल ब्रम्हचारीले गर्नुभएको थियो तर अहिलेको पुस्ताले त्यसको संरक्षण गर्न सकेको छैन ।”
अर्का कार्यपत्र प्रस्तोता चापागाईंले कार्यपत्रमा जनसहभागिता र जनसहयोग लिई षडानन्दले गरेका महत्वपूर्ण कार्यलाई जगेर्ना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
आबाल ब्रह्मचारी गुरु षडानन्दले निर्माण तथा स्थापना गरेका मन्दिर, पुस्तकालय, विद्यालय, बगैँचा आदि कार्यहरू सुचारु रहून् र दीर्घ कालसम्म तिनको संरक्षण होस् भनेर एउटा बृहत् गुठीको पनि स्थापना गरेको पाइन्छ । गुठीका नाममा लाल मोहोर समेत गराएको देखिन्छ भने त्यसै समयमा लगभग १०००÷१२०० मुरी अन्न उब्जनी हुने गुठीको व्यवस्था गरेको पाइन्छ ।
कार्यक्रम निर्मला पोखरेलले सञ्चालन गर्नुभएको थियो ।
पदपूर्ति समितिको सूचना
कर्मचारी आवश्यकतासम्बन्धी सूचना
दोस्रो चीन–दक्षिण एसिया साहित्य सम्मेलन २०१९
दोस्रो चीन–दक्षिण एसिया साहित्य सम्मेलन २०१९
१५–२० अक्टोबर, २०१९
नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँ
काठमाडौँ घोषणा
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सन् २०१९ अक्टोबर १५ देखि २० सम्म आयोजित दोस्रो चीन–दक्षिण एसिया साहित्य सम्मेलन २०१९ का सहभागी राष्ट्रहरू बङ्गलादेश, चीन, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका प्रतिनिधिहरूबिच व्यापक छलफलपछि समझदारीको दस्तावेजका रूपमा प्राज्ञिक सत्रको अन्त्यमा हामीले यो काठमाडौँ घोषणा जारी गरेका छौँः
१. सहभागी राष्ट्रका प्रज्ञा–प्रतिष्ठानहरूले आगामी दिनमा आ–आफ्नो देशका मौलिक साहित्यिक कृतिहरूको अन्तरभाषिक र बहुभाषिक अनुवाद गरी सदस्य राष्ट्रलाई सम्प्रेषण गर्ने;
२. सांस्कृतिक सम्बन्ध अभिवृद्धि गर्न र विभिन्न देशका स्रष्टाहरूलाई एकै ठाउँमा ल्याउनका लागि बेला बेलामा अन्तरदेशीय साहित्यिक भ्रमणको आयोजना गर्ने;
३. द्विवार्षिक रूपमा गरिने सम्मेलनका केही सत्रलाई सिर्जनात्मक लेखनका सार’bout छलफलका लागि छुट्याउने;
४. लोक साहित्य, नाट्यशाला र प्रस्तुति तथा बाल साहित्यसँग सम्बन्धित लेखक तथा विद्वान्सँग छलफल गरी यी विधालाई समेत समावेश गरी सम्मेलनको क्षेत्र विस्तार गर्ने;
५. क्षेत्रीय तहमा अनुवाद, सिर्जनात्मक लेखन र भाषिक प्रशिक्षणसम्बन्धी कार्यशाला आयोजना गर्ने;
६. द्विवार्षिक रूपमा यस सम्मेलनलाई निरन्तता दिने र सबै सदस्य प्रज्ञा–प्रतिष्ठानलाई मान्य हुने देशमा सन् २०२१ मा अर्को सम्मेलन आयोजना गर्ने ।
दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन सम्पन्न
२०७६ असोज २८–३० गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा असोज २८ देखि ३० गतेसम्म राजधानीमा ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन–२०७६’ आयोजना गरियो । चीन तथा दक्षिण एसिया लिटरेचर फोरम’को संस्थापक सदस्य प्रज्ञा–प्रतिष्ठानले ‘अन्तर हिमालय साहित्य तथा सांस्कृतिक सञ्जाल’को ध्येयसहित आयोजना गरेको सम्मेलनमा नेपाल, चीन, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काको सहभागिता रहेको थियो । अन्तिम अवस्था विशेष प्राविधिक कारणले भारत भने सम्मेलनमा सहभागी हुन सकेन । सन् २०१५ मा यी देशहरूका एकेडेमी सम्मिलित ‘चीन तथा दक्षिण एसिया साहित्य सभा’ नामक निकाय स्थापना भएको थियो । यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको छेन्दुमा भएको थियो । हरेक दुई वर्षमा कुनै एक देशले सम्मेलन आयोजना गर्ने सभाको अवधारणा रहेको छ ।
सम्मेलनको उद्घाटन सम्माननीय प्रधानमन्त्री तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले विशेष समारोहमा पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । समारोलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘एसिया सभ्यता विकासको जननी’ भएको दाबी गर्दै पूर्वीय दर्शन खुसीको आधार रहेको बताउनुभयो । “ज्योतिष विज्ञान, औषधि विज्ञानदेखि छन्द र सङ्गीतको सिर्जना यतै भए,” उहाँले भन्नुभयो– “अहिलेका ठूला र समृद्ध देशका मान्छे ढुङ्गा बोकेर सिकार खेल्दै गर्दा हाम्रा साहित्यकारहरू वेदको रचना गरिरहेका थिए, नाटक लेख्दै थिए, उपनिषद्को रचना गर्दै थिए । हामी बाजा बजाइराख्या हुन्थ्यौँ । चीनको सिल्क रोडको निर्माण पनि उतिबेलै भएको हो ।”
न्युटनले गुरुत्वाकर्षणको नियम पत्ता लगाउनुअघि नै भाष्कराचार्यले यो नियम पत्ता लगाएको दाबी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– “उनीहरूले प्रचार–प्रसार गरेर हाम्रा पुर्खाले पत्ता लगाएको ज्ञान ओझेल पारे ।
अहिले हामी पुर्खाहरूले निर्माण गरेका तिनै गौरवपूर्ण ज्ञान र सभ्यता बिर्सिंदै अघि बढिरहेका छौँ । यो बढो चिन्ताको विषय हो ।” उहाँले पूर्वीय सभ्यताको विकास र आविष्कारले विश्वलाई लोभलाग्दो बाटो देखाएको बताउँदै सामाजिक सञ्जाल र पश्चिमी संस्कृतिको प्रभावले मौलिक सभ्यता सङ्कटमा पर्दैगएको जनाउनुभयो । उहाँले पत्रकारहरूले अङ्ग्रेजी ‘यु’ (तिमी) को सिको गर्दै ‘बाउलाई पनि तिमी सम्बोधन गर्ने’ भाषा सिकाइरहेको भन्दै असन्तुष्टि पोख्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका संरक्षक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल ज्ञान, विज्ञान र अध्यात्मको उर्वरभूमि रहेको विचार व्यक्त गर्नुभयो । उहाँले नालन्दजस्तो पहिलो विश्वविद्यालय दक्षिण एसियामै स्थापना भएको उल्लेख गर्दै नेपालले आफ्ना मौलिक साहित्य, कला र संस्कृतिको जगेर्ना गरी विश्वलाई देखाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “नेपाल प्राकृति, आध्यात्मिक तथा साहित्यिक पर्यटनको केन्द्र बन्न सक्छ ।”
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चीन र दक्षिण एसियाली मुलुकमा समान साहित्यिक र सांस्कृतिक आधारहरू खोज्न सम्मेलनले सघाउने दाबी गर्नुभयो । कुलपति उप्रेतीले एसिया आउने दिनहरूमा वैश्विक बौद्धिक र सांस्कृतिक शासन केन्द्र हुनसक्ने बताउनुभयो ।
समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेद र नेपालका लागि बंगलादेशका राजदूत मास्फी बिन्ते साम्सले सम्मेलनको सफलताको शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सम्मेलनमा सहभागी हुन आउनुभएका स्वदेशी तथा विदेशी साहित्यकर्मीको स्वागतमा सोही दिन साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । सांस्कृतिक कार्यक्रममा सांस्कृतिक संस्थान (नाचघर)का कलाकारले नेपालको कला, संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए ।
मादल, ढोलक, बाँसुरीलगायत परम्परागत नेपाल लोकबाजाका साथको प्रस्तुतिबाट नेपालीसहित विदेशी साहित्यप्रेमी मन्त्रमुग्ध भएका थिए । कार्यक्रममा प्रस्तुत गरिएका गीत, सङ्गीत तथा नृत्यले विदेशी पाहुनामाझ नेपाल कला संस्कृतिमा निकै धनी भएको प्रतीत गरेको थियो । पूर्वी, पश्चिमी, हिमाल, पहाड, तराई तथा उपत्यकाका जनजाति विदेशका गीत सङ्गीतले प्रतिष्ठान गुन्जायमान बनेको थियो । सांस्कृतिक कार्यक्रममा मञ्जुश्री नाच, झागन, सेब्रु, कौडा, टप्पा, धिमे, साकेला, भुम्रा र हुड्केली गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रस्तुत गरिएका नेपाली कला संस्कृतिले साहित्यिक पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउने साहित्य अनुरागीको भनाइ थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले यस्ता सांस्कृतिक कार्यक्रममले एसियाली मुलुकबीच सद्भाव, सहिष्णुता, समन्वय, सहअस्तिस्व र शान्तिको भावना जागृत गराउने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन समारोह तथा सांस्कृतिक कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भावना केसीले गर्नुभएको थियो ।
गोष्ठी सत्र
सम्मलेनको पहिलो दिन उद्घाटन समारोहपछि गोष्ठी सत्र आरम्भ भएको थियो । पहिलो गोष्ठी सत्रमा नेपालका तर्फबाट कार्यपत्र पेस गर्दै प्रा.डा. गोविन्दराज भट्टराईले ‘नेपाली साहित्यमा लामो समयदेखि तिब्बत तथा चीनका विषयहरू आएको र कैयौँ कृति त्यतैको यात्राबाट सिर्जना भएको’ बताउनुभयो । लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्य ‘मुनामदन’को चर्चा गर्दै उहाँले अहिले खाडी मुलुकमा झैँ कुनै बेला रोजगारीका लागि नेपाली युवाहरू ल्हासा जानुपर्ने अवस्थालाई खण्डकाव्यले चित्रण गरेको बताउनुभयो । त्यस्तै डोरबहादुर विष्टको उपन्यास ‘सोताला’, गङ्गाप्रसाद उप्रेतीको ‘तिब्बतमा दस दिन’ जस्ता थुप्रै कृतिमा तिब्बतको बयान र विषय आएको उहाँले उल्लेख गर्नुभयो । उहाँले डा. तुलसी भट्टराईको ‘संसारको छानामा महाकवि’ लगायतका कृतिहरूले पनि दुईदेशीय सम्बन्धलाई मजबुत पारेको दाबी गर्नुभयो ।
बङ्गलादेशका अनुवादक मेहबुबा रहमानले भने साहित्यमा अन्तरक्रियात्मक कार्यलाई अगाडि बढाउन एकअर्काको साहित्य विभिन्न भाषामा अनुवाद हुनुपर्ने बताउनुभयो । “अनुवाद नै सञ्चारको कला हो” उहाँले भन्नुभयो– “यसले अनेक भाषा र संस्कृति आधारित समाजलाई जोडिदिन्छ ।” चीनका उपन्यासकार ली सिआयोतोङले ‘अन्तरहिमाली संस्कृति र साहित्यको प्रवर्द्धनका लागि आधुनिकता र विकासलाई जोड दिनुपर्ने’ औँल्याउनुभयो भने पाकिस्तानका लेखक तथा कवि खालिद मसुद खानले ‘मुलुकहरूबिच साहित्य र संस्कृतिको आदान प्रदानमा लोकसाहित्य र भाषाजस्ता संवेदनशील पक्षलाई जोड दिनुपर्ने’ औँल्याउनुभयो ।
गोष्ठीसत्र चीनकी लु मीनले गोष्ठीको सहजीकरण गर्नुभएको थियो ।
०००
दोस्रो दिनको पहिलो सत्र प्रा.डा. मोहनप्रसाद लोहनीले सहजीकरण गर्नुभएको सत्रमा श्रीलङ्काका विमल उदय हापुगोदाराची, चीनकी सुश्री लु मीन, बङ्गलादेशका मोहम्मद अकबर हुसेन र नेपालका प्रा.डा. योगेन्द्रप्रसाद यादवले कार्यपत्र प्रस्तुत गर्नुभयो ।
हापुगोदारचीले समुद्री सिल्क रोडको किनारमा रहेको चीन र श्रीलङ्काको सांस्कृतिक सम्पदाबिचको सम्बन्ध जोड्ने लिङ्कको रूपमा काम गरेको उल्लेख गर्नुभयो ।
लु मिनले आफ्नो कार्यपत्रमा ‘एउटा टेबल र दुई कुर्सीबाट अनन्त सम्भाव्यता’ले दक्षिणी चीनको याबलन्जे नदीको किनारमा प्रचलित ६ सय वर्ष पुरानो ओपेरा कुन क्यू ओपेराको सङ्क्षिप्त परिचय प्रस्तुत गर्नुभयो । बङ्गलादेशका मोहम्मद अकबर हुसेनले ‘बङ्गला संस्कृतिको विकासमा नेपाली सन्दर्भ’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
नेपालका तर्फबाट प्रा.डा. योगेन्द्रप्रसाद यादवले ‘दक्षिण एसिया र चीनमा भाषिक विविधताः नेपालको अवस्था’ ’bout प्रत्र प्रस्तुत गर्नुभयो ।
दोस्रो सत्र
अर्को सत्रमा नेपालका तर्फबाट प्रा.डा. अभि सुवेदी, माल्दिभ्सका तर्फबाट श्रीमती रफिया अब्दुल गदिर र चीनका तर्फबाट ली कियानले आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभयो । यो सत्र श्रीलङ्काबाट आउनुभएका डा. सुनील विजिसिर्र्डेनले सहजीकरण गर्नुभएको थियो ।
डा. सुवेदीले ‘ट्रान्स हिमालयन क्लासिक्स एण्ड पोएटिक हेरिटेज’ प्रस्तुत गर्दै भारतीय क्षेत्र र चीनको महाकाव्य परम्परालाई विश्लेषण् गर्नुभयो । सुश्री रफियाले लोक परम्पराका ’boutमा एउटा कार्यपत्र प्रस्तुत गर्दै विभिन्न देशहरूको लोककथा र लोकसंस्कृतिको अनुसन्धान र माल्दिभ्सको सन्दर्भ प्रस्तुत गर्नुभयो ।
उक्त दिनको अन्तिम पत्र प्रस्तोता चीनका ली कियानले ‘साहित्यिक अनुवादलाई सुदृढ पार्दै सभ्यताको आदान प्रदान’ विषय उठाउनुभयो ।
अन्तिम दिनको सत्र
सम्मेलनको समापन काठमाडौँको चन्द्रागिरि हिल्समा सम्पन्न भयो । उक्त दिनको पहिलो सत्रको सञ्चालन माल्दिभ्सका रफिया अब्दुल गदिरले गर्नुभएको थियो । सो सत्रमा पाकिस्तानका मुहम्मद हसन हसरत, चीनका सुश्री झाउ जुआनपु र नेपालका प्रा.डा. अम्मराज जोशीले क्रमशः आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पर्यटन बोर्डका प्रवन्धक सुनील शर्माले पर्यटन वर्षलाई नै लक्षित गर्दै नेपालको सांस्कृतिक, धार्मिक, प्राकृतिक सम्पदा तथा भौगोलिक अवस्थालाई समेटेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै पाकिस्तानका लेखक महम्मद हसन हसरतले पाकिस्तानको बल्टी साहित्य र संस्कृतिलाई समेटेर ‘कल्चरल हेरिटेज इन ट्रान्स हिमालयन जोन विथ रिफ्रेन्स टु बल्टी’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । चीनकी झोउले ‘मेरो गृहनगरबाट लेखिएका लेखहरू’ र जोशीले ‘नेपाली लोवार्ता बुद्धिको अनुनाद मिररिंग मोलाइज मोटिफ्स’ शीर्षकमा नेपालको व्यापक भाषिक र लोकसांस्कृतिक परिदृश्यमा पाइने लोककथाको विविधता’bout प्रकाश पार्नुभएको थियो ।
०००
असोज ३० गते चन्द्रागिरिमा ६ बुँदे काठमाडौँ घोाषणापत्र जारी गर्दै ऐतिहासिक दोस्रो चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन–२०१९’ समापन भयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले चीन तथा दक्षिण एसियाली स्रष्टाहरूबिच विभिन्न साहित्य भेला र जमघटलाई बढावा दिइने, आगामी सम्मेलनमा तथा सभामा युगल सिर्जनात्मक कार्य प्रस्तुितलाई जोड दिइने, क्षेत्रीय स्तरमा सिर्जनात्मक लेखन, अनुवाद, भाषा सिकाइजस्ता कार्यशाला गरिने, आगामी २ वर्षमा अर्को साहित्य सम्मेलन गरिनेजस्ता ६ बुँदे घोषणापत्र प्रस्तुत गर्नुभयो ।
सम्मेलनले एसियाली मुलुकहरूबिच आपसी विचार, भावना र अनुभवको साटासाट भई एकअर्काका साहित्यलाई नजिकबाट नियाल्ने अवसर मिलेको उप्रेतीले दाबी गर्नुभयो ।
दोस्रो चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन’bout पत्रकार सम्मेलन
२०७६ असोज २७ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा असोज २८ गतेदेखि ३० गतेसम्म हुन लनगेको ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन–२०७६’का ’boutमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरियो ।
साहित्य सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र माल्दिभ्सबाट संस्थागत प्रतिनिधित्व हुने प्रतिष्ठानले जनाइएको थियो । सोह्र जना विद्वानले विभिन्न विषयमा १६ ओटा गोष्ठीपत्रहरू प्रस्तुत गर्ने प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जानकारी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उक्त कार्यक्रममा विदेशी पाहुनाको स्वागतमा नेपाली संस्कृति झल्किने गीत, सङ्गीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिने उहाँले बताउनुभयो ।
असोज २८ देखि ३० गतेसम्म विभिन्न विषयका गोष्ठी सञ्चालन हुने छन् । ३० असोजमा काठमाडौँको चन्द्रागिरिमा हुने कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट ‘नेपालमा सांस्कृतिक पर्यटनको सम्भावना’ विषयमा प्रस्तुति समेत रहने प्रतिष्ठानले जनाएको छ । सम्मेलनको औपचारिक समापन कार्यक्रम चन्द्रागिरीमा नै सञ्चालन गरिने कुरा सम्मेलनमा सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले बताउनुभयो ।
प्रतिष्ठानले वर्तमान विश्वका नवीनतम प्राज्ञिक प्रवृत्तिहरूसँग नेपाली स्रष्टा–द्रष्टा र लेखकहरूलाई परिचित गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको सदस्य सचिव उपाध्यायले जनाउनुभयो । उहाँले विभिन्न मित्र राष्ट्रका समान उद्देश्य र प्रकृतिका प्राज्ञिक संस्थासँग दुई पक्षीय सहमति कायम गरी प्राज्ञिक आदानप्रदानका साथै अन्तर्रा्ष्ट्रिय स्तरकै गोष्ठी, सम्मेलन र अन्तरक्रिया कार्यक्रमहरू समेत गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मित्र राष्ट्रका प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट समेत प्रतिनिधित्व गराउँदै आइएको छ ।’
यसअघि दक्षिण एसियाली राष्ट्रका प्राज्ञिक संस्थाहरू सम्मिलित ‘प्रथम चीन तथा दक्षिण एसिया साहित्य सम्मेलन–२०१७’ चीनको छेन्दुमा सम्पन्न भएको थियो । उनका अनुसार चीनको संस्कृति मन्त्रालयअन्तर्गत रहेको ‘चिनियाँ संस्कृति अनुवाद अध्ययन सहयोग’ (सिसिटिएसएस)को सहकार्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा अनुवाद र प्रकाशनसम्बन्धी गोष्ठी–२०७५ आयोजना यस अगाडि नै गरिएको थियो ।
सदस्य सचिव प्रा. उपाध्यायले भारतको भारतीय साहित्य अकादमी, चीनको चिनियाँ लेखक सङ्घ, पाकिस्तानको पाकिस्तानी एकेडेमी अफ लेटर्स, बङ्गलादेशको बांग्ला एकेडेमीसँग साहित्यिक आदानप्रदानका निम्ति दुई पक्षीय सहमतिमा हस्ताक्षर भइसकेको जानकारी दिनुभयो । उहाँले श्रीलंका, माल्दिभ्स र इजरायलका एकेडेमीहरूसँग सहमति हुने प्रक्रिया अगाडि बढेको बताउनुभयो । उहाँका अनुसार गैरआवासीय नेपाली सङ्घसँग समेत दुई पक्षीय सहमति भएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारकै क्रममा बङ्गलादेशको सहकार्यमा शेख मुजीबर रहमानको ‘ती अधुरा संस्मरणहरू’, पाकिस्तानसँगको सहकार्यमा ‘पाकिस्तानी महिला लेखन’ नामक पुस्तक प्रतिष्ठानबाट प्रकाशन भएका छन् । प्रतिष्ठानले तयार गरेको प्रतिनिधि नेपाली कविताको ग्रन्थ ‘द भ्वाइस अफ नेपाल’ को पाकिस्तानका विभिन्न भाषामा र चिनियाँ भाषामा अनुवाद प्रक्रियामा रहेको छ ।