६२ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७६ आयोजित
२०७६ असार ९ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ६२औँ वार्षिकोत्सवका अवसरमा वार्षिकोत्सव समारोह तथा राष्ट्रिय कविता महोत्सव–२०७६ को आयोजना गरियो ।
भव्य समारोहबिच पानसमा दीप प्रज्वलन गरी प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री माननीय ईश्वर पोखरेलले समारोहको समुद्घाटन गर्नुभयो । उक्त अवसरमा समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा रक्षामन्त्री पोखरेलले नेपाली वाङ्मयको समग्र विकासका सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठानको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले राष्ट्रको समृद्धिमा साहित्यको अहम्् भूमिका रहने धारणा व्यक्त गर्नुभयो । उक्त समारोहमा उपप्रधामन्त्रीले ‘जीवन’ र ‘मृत्यु’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सबै साहित्यको सुरुवात काव्यबाटै भएको उललेख गर्दै साहित्यिक समृद्धिका लागि राज्यले आवश्यक कदम चाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “भाषा, साहित्य, कला र संस्कृतिको विकासबिना राज्य समृद्ध बन्न सक्दैन । तसर्थ, राज्यले यस क्षेत्रका लागि विशेष ध्यान दिनुपर्दछ ।”
प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा वरिष्ठ कवि वैरागी काइँलाले राष्ट्रिय कविता महोत्सवलाई सरकारले उचित महत्व दिँदैआएको बताउनुभयो । उहाँले भन्नुभयो, “कविता प्रतियोगितामा उत्कृष्ट भएकाहरूलाई राष्ट्र प्रमुखबाट पुरस्कृत गरिनु राज्यले कविताप्रतिको प्रकट गरेको ठूलो सम्मान हो ।”
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रिय कविता महोत्सवको महत्व’bout प्रकाश पार्दै प्रज्ञा–प्रतिष्ठानले सातवटै प्रदेशका भूगोल, साहित्य, कला, संस्कृति, दर्शन जस्ता विषयलाई समेटेर ‘नेपाल दर्पण’ नामक महाग्रन्थ तयार पार्न लागेको बताउनुभयो । उहाँले काठमाडौँमा आगामी अक्टोबरमा चीन–दक्षिण एसियाका सबै राष्ट्रलाई समेटेर साहित्य सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले साहित्यको प्रवद्र्धनका लागि प्रतिष्ठानले सीमित स्रोत र साधनका बावजुद पनि उल्लेखनीय काम गरिरहेको बताउनुभयो ।
सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले नेपालका विविध भाषा, संस्कृति तथा सम्पदाका ’boutमा प्रतिष्ठानले विगतदेखि नै काम गर्दै आइरहेको बताउँदै आगामी दिनमा अझ प्रभावकारी ढङ्गले कार्य सम्पादन गर्ने दाबी गर्नुभयो ।
राष्ट्रिय कविता महोत्सवका संयोजक काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कविता महोत्सवको प्रतिवेदन प्रस्तुत गर्दै कविप्रतिभाको प्रस्फुटन र काव्यिक उन्नयनका लागि प्रज्ञा–प्रतिष्ठानको कविता महोत्सव सदैव आकर्षणको केन्द्र बन्दै आएको उल्लेख गर्नुभयो । उहाँले यस वर्षको कविता महोत्सवमा देश तथा विदेशमा रहेका कविहरूबाट ३ सय ४० वटा कविता प्राप्त भएको सुनाउनुभयो । उहाँले भन्नुभयो, “यसबाट निर्णायक समितिले ३१ वटा कविता वाचनका लागि छनौट गरेको हो । र, वाचित कवितामध्येबाट प्रथम एक, द्वितीय एक र तृतीय तीन गरी पाँच वटा कवितालाई पुरस्कृत गरिने छ ।” काव्य विभाग प्रमुख प्रा.डा. पौडेलले यस वर्षटबा वाचनकलाका लागि समेत नम्बर जोडिने प्रस्ट पार्नुभयो ।
समुद्घाटन समारोह कार्यक्रमको सञ्चालन प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।
उक्त प्रतियोगितामा प्रतियोगी कविहरू कल्पना काफ्ले, प्रकाश सिलवाल, अश्विन समीप, कविता राई, उषा आचार्य, छविलाल आचार्य, कुवेर खड्का, गरिमा शाह, तोयानाथ भट्ट विश्वामित्र, त्रिभुवनचन्द्र वाग्ले, तीर्थराज जोशी, तीर्थराज भट्ट, दीपक यात्री, देवकी अभिलाषी, निराजन मौद्गल्य, पदम दाहाल, बालकृष्ण लम्साल, रमेश पौडेल, रेजिना आपागाईं, भुवन शिवाकोटी, यात्रीप्रकाश पाण्डे, रञ्जु दाहाल, लक्ष्मीप्रसाद आचार्य, लीला दाहाल, सन्दीप सापकोटा र हीरा भट्ट, प्रकाश बस्नेत ‘गफाडी’, प्रज्वल अधिकारी, बालकृष्ण लम्साल, शान्ति शर्मा, हेम प्रभास, सुभाषचन्द्र भण्डारीले कविता वाचन गर्नुभएको थियो ।
महोत्सवमा वाचित ३१ कविहरूमध्यबोट यस वर्षको राष्ट्रिय कविता महोत्सवमा धादिङका हेम प्रभासको ‘प्रदेश गएका पतिका नाममा’ शीर्षकको कविता प्रथम भयो । त्यसैगरी, डोटीका सुभाषचन्द्र भण्डारीको ‘किनाराका अलिखित संवेगहरू’ शीर्षकको कविता द्वितीय भयो । त्यस्तै, लमजुङका प्रज्वल अधिकारीको ‘पाठशाला’, काठमाडौँका प्रकाश बस्नेत गफाडीको ‘इन्द्रधनुष’ र सोलुखुम्बुका शान्ति शर्माको ‘उज्यालोको गीत’ शीर्षक कविता तृतीय भए ।
यस वर्ष काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेल संयोजक तथा प्राज्ञ सभा सदस्य डा. गीता त्रिपाठी र कवि प्रह्लाद पोखरेल सदस्य रहेको तीन सदस्यीय कविता मूल्याङ्कन समिति गठन गरिएको थियो ।
प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीबाट आरम्भ भएको कविता वाचन कार्यक्रममा अतिथि कविहरू अशेष मल्ल, मित्रलाल पंगेनी, सरल सहयात्री, शम्भुकुमार मिलन, बाबा बस्नेत, नवराज लम्साल, धीरेन्द्र प्रेमर्षि, अनिता लामा, विधान आचार्य र केशव सिलवालले अप्रतियोगी कविता सुनाउनुभएको थियो ।
कविता वाचन सत्रको सभापतित्व वरिष्ठ कवि प्रा. घनश्याम कँडेलले गर्नुभएको थियो भने कार्यक्रम बुद्धि तिमल्सिनाले सञ्चालन गर्नुभएको थियो ।
२०२२ सालदेखि सुरुभएको राष्ट्रिय कविता महोत्सव २०७६ सालसम्म आइपुग्दा ५० औँ संस्करण सम्पन्न भएको छ भने ५० जना कवि प्रथम, ५० जना कवि द्वितीय १५० जना कवि तृतीय हुनुभएको छ । यसरी जम्मा २ सय ५० जना कवि प्रज्ञा–प्रतिष्ठानबाट पुरस्कृत भइसक्नुभएको छ ।
समारोहमा प्रज्ञा–प्रतिष्ठानमा २५ वर्षे दीर्घसेवा गरेवापत शालिकराम फुयाँल, रामे पहरी, सन्तेबहादुर पहाडी, रामचन्द्र लामा र मीनबहादुर थिङ ३० हजार नगद, प्रमाणपत्र र प्रज्ञा दीर्घ सेवा पदकसहित पुरस्कृत हुनुभएको थियो ।
त्यसै गरी, समारोहमा १५ वर्षे सेवा पूरा गरेवापत अशोककुमार चौरसिया, महेश्वर थापा मगर, नगेन्द्रबहादुर पछिमा थारू, भुलबहादुर श्रेष्ठ, श्याम महर्जन, झनबहादुर अधिकारी, नवराज चौलागाईं, राम महर्जन, उर्मिला बोहोरा र अमृता तिवारी नगद २० हजार, प्रमाणपत्र र प्रज्ञा सेवा पदकसहित पुरस्कृत हुनुभएको थियो । प्रमुख अतिथि उपप्रधानमन्त्री पोखरेलले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।
समारोहमा प्रज्ञा–प्रतिष्ठानको वार्षिक उत्सवका अवसरमा अतिरक्त क्रियाकलाप सञ्चालन गर्न गठित समितिद्वारा सञ्चालित फुटसल प्रतियोगितामा प्रथम हुनुभएका खेलाडीहरू श्याम चौधरी, सुजन गौतम, सुमन केसी, सुनिल राना, रामशरण झ्यारी, मनोजकुमार मेहता, प्रकाश पन्त, जगन्नाथ ढकाल, उपेश बराम र विजय तामाङ पुरस्कृत हुनुभएको थियो ।
त्यसै गरी, उक्त खेलमा द्वितीय स्थान हासिल गर्ने खेलाडीहरू पङ्कज अधिकारी, निशा खड्का, नरेन्द्रबहादुर पछिमा थारू, कृतिराज राई, राजन देउला, राजेश महर्जन, विकास श्रेष्ठ, विजय खत्री एविना भडेल र सुरेन्द्र गौतमलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।
ब्याडमिन्टनतर्फ इन्द्रप्रसाद सुवेदी र पूर्णबहादुर खड्का प्रथम र राजेन्द्रकुमार शाही ठकुरी र राम महर्जनले द्वितीय स्थान प्राप्त गर्नुभएवापत पुरस्कृत हुनुभएको थियो ।
हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने वेभ इन्स्टिच्युटका तर्फबाट विपना दाहाल र अमृतकुमार श्रेष्ठ र द्वितीय स्थान प्राप्त गर्ने प्रज्ञा–प्रतिष्ठानमा कार्यरत अनिता कार्की पौडेल र सीता सिग्देल पुरस्कार प्रदान गरिएको थियो ।
समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनद्वारा आयोजित अतिरिक्त क्रियाकलाप कार्यक्रममा योगकला प्रस्तुत गरेवापत धीरज माझी, सामूहिक बालनृत्य प्रस्तुत गरेवापत सौगात थापा, आरम्भ श्रेष्ठ, स्नेहा राई, लिस्मा श्रेष्ठ, नुजला महर्जन, बजला महर्जन र आर्नवराज योगी, सारङ्गीवादन कलातर्फ विकासनाथ योगी, गायक पूर्णबहादुर तामाङ, र प्रहसनतर्फ रमेश अधिकारी र रेखा गुरुङ थापालाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।
कविता महोत्सवको समापनमा प्रतियोगितामा सहभागी कविहरूलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
वार्षिक उत्सवका अवसरमा साताभरि नै गोष्ठी, सेमिनार, खेलकुद, रक्तदान तथा सरसफाई कार्यक्रम सञ्चालन गरिएको थियो ।
कविता महोत्सवको अघिल्लो दिन असार ८ गते ‘समकालीन नेपाली कवितामा समावेशी स्वर’ विषयक काव्य विमर्श आयोजना गरिएको थियो । डा. विन्दु शर्माले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि प्रा. हेमचन्द्र नेपाल र सुरेश किरणले परिपूण समीक्षा गर्नुभएको थियो ।
प्राज्ञ सभा सदस्य रमा शर्माको अध्यक्षतामा सम्पन्न विमर्श कार्यक्रममा कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय र काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले समकाीलन नेपाली कवितामा समावेशी स्वर’bout आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम राधा कार्कीले सञ्चालन गर्नुभएको थियो ।