हलो क्रान्तिका नायकको सम्झनामा सङ्गोष्ठी
२०७६ जेठ १३ गते, नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग र दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठानद्वारा प्रज्ञा भवनमा वि.संं. २००६ सालका हलो क्रान्तिका नायक श्रीकान्त अधिकारीको ९२ औँ जन्मजयन्तीका अवसरमा ‘श्रीकान्त अधिकारी ः जीवनी, व्यक्तित्व र कवित्व’ विषयक सांस्कृतिक सङ्गोष्ठीको आयोजना गरियो । २००६ सालमा लमजुङको दुराडाँडामा ब्राम्हणले हलो जोत्नुहुन्न भन्ने अन्धविश्वास व्याप्त रहेका बेला खुल्लम्खुल्ला गाउँमा हलो जोतेर सामाजिक क्रान्तिको थालनी गरेका कारण उहाँलाई ‘हलो क्रान्तिका नायक’का रूपमा सम्मान गर्ने गरिन्छ । अधिकारीले लमजुङका लागि मात्र नभएर मुलुककै लागि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा ठूलो योगदान दिनुभएको थियो । अधिकारी २०१५ सालमा निर्वाचित सांसद समेत बन्नुभएको थियो । आदर्शको राजनीतिक गर्नुपर्छ भन्ने मान्यता बोक्नुहुने अधिकारीको २०६९ साल कात्तिक ३० गते निधन भएको थियो ।
कार्यक्रममा ‘श्रीकान्त अधिकारीः जीवनी, व्यक्तित्व र कवित्व’ नामक पुस्तकको लोकार्पण गरिनुका साथै अधिकारी प्रतिष्ठानका तर्फबाट शताब्दी वाङ्मय पुरूष सत्यमोहन जोशीलाई फूलको माला, दोसल्ला र ताम्रपत्र अर्पण गरी अभिनन्दन गरिएको थियो । यसै गरी कार्यक्रममा समाजसेवाका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवबापत् समाजसेवी तथा पूर्व महालेखा परीक्षक अधिकारी र समाजसेवी कन्याकाशी गुरुङ र पुस्तकका लेखक डा. नारायणप्रसाद अधिकारीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले संस्कृत तथा अङ्ग्रेजी भाषा पाठशालाको स्थापना गरी शिक्षाका क्षेत्रमा र हलो जोतेर समाज परिवर्तनका लागि स्व. अधिकारी राष्ट्रलाई अतुलनीय योगदान दिएको बताउनुभयो । सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले राजनीति, शिक्षा र समाजका क्षेत्रमा अधिकारीको योगदान स्तुत्य रहेको विचार व्यक्त गर्नुभयो । शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले तत्कालीन सामाजिक परिवेशविरुद्ध अधिकारीको साहसिलो योगदान इतिहासले स्मरण गरिरहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा अधिकारी प्रतिष्ठानका सदस्य प्रा. गोवीन्द नेपाल, प्रा.डा. राजाराम सुवेदी, सूर्यनाथ न्यौपाने, डा. जीवन अधिकारी, श्रीकान्त अधिकारी प्रतिष्ठानकी अध्यक्ष गायत्री अधिकारीले श्रीकान्त अधिकारीका योगदान’bout प्रकाश पार्नुभएको थियो । प्रज्ज्वल अधिकारी, हृदयपाणी अधिकारी र विजयराज न्यौपानेले ।ीकान्त अधिकारीका विषयमा रचित कविता सुनाउनुभएको थियो ।