सांस्कृतिक सङ्गोष्ठी आयोजित
२०७६ वैशाख २६ गते नेपाल प्रज्ञा–प्रतिष्ठान र अनुसन्धान, उद्यमशीलता एवम् दिगो विकास केन्द्र धनगढीद्वारा प्रज्ञा भवनमा ‘वर्तमान परिप्रेक्ष्यमा सामाजिक एवम् सांस्कृतिक रूपान्तरणका लागि पश्चिम नेपालको आकाङ्क्षा र आवाज’ विषयक सांस्कृतिक सङ्गोष्ठी आयोजना गरियो ।
सङ्गोष्ठीमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका जातजातिका भाषा, संस्कार, संस्कृति र कलाको सम्वद्र्धनले मुलुक समृद्ध बन्ने बताउनुभयो । अध्यक्ष तिमिल्सिनाले सांस्कृतिक विविधताका कारण नेपाल धनी रहेको र त्यसकै सदुपयोग नै समृद्धिको आधार बन्ने विश्वास व्यक्त गर्नुभयो । सुदूरपश्चिम प्राकृतिक तथा सांस्कृतिक सम्पदाले धनी प्रदेश भएकाले राज्यले त्यसको सदुपयोगमा ध्यान लगाउन आवश्यक रहेको उहाँको भनाइ थियो ।
सो अवसरमा अध्यक्ष तिमिल्सिनाले बहुभाषिक त्रैमासिक पत्रिका ‘प्रसङ्ग’को लोकार्पण गर्नुभयो । पत्रिकाको अभियानले बहुभाषिक विकास र सांस्कृतिक संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै संस्कृत–अङ्ग्रेजी–नेपाली भाषाको पत्रिका सम्भवतः नेपालमा पहिलो भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरूङले प्रज्ञा–प्रतिष्ठानले नेपालको हरेक क्षेत्रको संस्कृति तथा साहित्यको सम्वद्र्धनमा जोड दिएको बताउनुभयो ।

उर्मिला पनेरू प्रकाशक रहनुभएको प्रसङ्ग त्रैमासिकमा तीन भाषामा एकैपटक समाचार, कला संस्कृति, मनोरञ्जनात्मक, स्थान विशेषका खबर प्रकाशित हुने प्रधान सम्पादक सुभाषचन्द्र भण्डारीले जानकारी दिनुभयो ।
प्रज्ञा–प्रतिष्ठानकी अनुवाद विभाग प्रमुख प्रा.डा. उषा ठाकुरको सभापतित्वमा सम्पन्न उक्त सङ्गोठीमा पण्डित रामप्रसाद पौडेल र डा. देवराज पनेरुले पत्रिकाका ’boutमा बोल्नुभएको थियो भने पत्रिकाकी प्रवन्ध सम्पादक मनीषा अवस्थीले गोष्ठीपत्र प्रस्तुत गर्नुभएको थियो ।
उक्त अवसरमा दीपिका पाण्डे, ईश्वरी पाण्डेलगायतले सुदुरपश्चिममा गाइने गीत ‘फाग’ प्रस्तुत गर्नुभएको थियो ।