संविधान दिवस तथा राष्ट्रिय दिवसमा प्रज्ञा–प्रतिष्ठानको सहभागिता
२०७६ असोज ३ गते, काठमाडौँ । सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका उपलक्ष्यमा नेपाल सरकारद्वारा राजधानीस्थित नेपाली सैनिक मञ्च, टुडिखेलमा राष्ट्रिय समारोहको आयोजना गरी भव्यरूपमा ‘संविधान दिवस तथा राष्ट्रिय दिवस’ मनाइयो । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्य एवम् सम्माननीय प्रधानमन्त्री तथा ‘संविधान दिवस तथा राष्ट्रिय दिवस’ समारोह मूल समितिका अध्यक्ष सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहेको समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानको सहभागिता रहेको थियो ।
समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको नेतृत्वमा उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञपरिषद्का सदस्यहरू, प्राज्ञसभाका सदस्यहरू एवम् समस्त कर्मचारीहरूको सहभागिता रहेको थियो । प्रज्ञाभवन, कमलादीबाट झाँकीसहित प्रज्ञा–प्रतिष्ठानको टोली समारोहस्थल पुगी सभामा सामेल भएको थियो ।