वार्षिक उत्सवका अवसरमा सांस्कृतिक कार्यक्रम

२०७६ असार ६ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६२ औँ वार्षिक उत्सवका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठन, अतिरिक्त क्रियाकलाप समितिद्वारा प्रज्ञा भवनमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरियो ।
सङ्गठनका अध्यक्ष विश्वमोहन राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य मणि थापाको प्रमुख आतिथ्य रहेको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती कार्यक्रममा विशिष्ट अतिथि हुनुहुन्थ्यो ।  यसै गरी उक्त कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् पेशागत महासङ्घ नेपालका संयोजक विश्वनाथ प्याकुरेल अतिथिका रुपमा उस्थित हुनुहुन्थ्यो । कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय र प्राज्ञ परिषद्का सदस्यहरूको आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि थापाद्वारा मादल बजाई उद्घाटन गरिएको विविध सांस्कृतिक कार्यक्रममा टे«ड युनियन आन्दोलनमा अभिभावकीय भूमिका निर्वाह गरेबापत विक्रम मैनालीलाई र प्रज्ञा–प्रतिष्ठानमा दीर्घ सेवा गरी अवकाश हुन लाग्नुभएका बुद्धरत्न रञ्जितकारलाई सम्मान गरिएको थियो ।
प्रज्ञा–प्रतिष्ठानका कलाकारद्वय रमेश अधिकारी र रेखा थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा भारती उपाध्याय र हिरादेवी राईले गीत गाएर सुनाउनुभएको थियो । सो अवसरमा कृतिका विश्वकर्मा र सिम्रन नेपालीले नृत्य प्रस्तुत गर्नुभएको थियो भने केशव सुनाम, विकासनाथ योगी र सुरेशराज बज्राचार्यले लोकधुन प्रस्तुत गर्नुभएको थियो । यसै गरी धिरज माझीले योग अभ्यास गरी देखाउनुभएको थियो ।
कार्यक्रमलाई विशिष्ट अतिथि कुलपति उप्रेती र प्रमुख अतिथि थापाले मानव–जीवनमा गीत, सङ्गीत र मनोरञ्जनको महत्व’bout प्रकाश पार्नुभएको थियो ।