राष्ट्रिय मातृभाषा कविता महोत्सव–२०७५मा ३२ भाषाका ३६ कविता वाचन
मिति २०७५ पागुन ९ गते अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव–२०७५’को आयोजना गरियो । महोत्सवमा ३२ भाषाका ३६ वटा कविता वाचन गरिएको थियो ।
सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा भएको महोत्सवमा सपना श्रीवास्तवले अवधि, राकेश बी एम चिन्तनले अठार मगर खाम, कुमारी शरणा उराँवले उराँव, रमा कुमाल र पशुपति कुमालले कुमाल, समीप कुलुङले कुलुङ, हेमन्त केवरतले केवरत, नेचुरल्ली दिपकले कोयु, स्मृति अधिकारीले खस, छम गुरुङले गुरुङ, गणेशकुमार घलेले घले, टहल जिरेलले जिरेल, टंकबहादुर आलेमगर र मेक रानामगरले ढुटमगर भाषामा कविता सुनाउनुभएको थियो ।
इसरी नै पूर्णिमा ताजपुरियाले ताजपुरिया, ङ्हेमा थाङ्पालले तामाङ, शिखर थामीले थामी, राकेशकुमार सिंह र अर्णव चौधरीले थारु, रमेश कुमार दनुवारले दनुवार, प्रयास दुमी राईले दुमी, मुक्तिनाथ घिमिरेले दुरा, उर्मिला धिमालले धिमाल, प्रतापसिं नाछिरिङले नाछिरिङ, महेश कमल र सुधीर ख्वबिले नेपाल भाषा, रेहान खानले बज्जिका, सन्तोष निराले बान्तवा, शिवनन्दन जयसवाल र वीणा सिन्हाले भोजपुरी, गणेशकुमार लाल र दिनेश यादवले मैथिली, हेन्सेन याक्खाले याक्खा, बालकृष्ण राईले वाम्बुले, राधिका चोङ्बाङले लिम्बु, आङ्दावा शेर्पाले शेर्पा, शोभा सुनुवारले सुनुवार र गुना हायुले हायु भाषामा कविता सुनाउनुभएको थियो ।
म्होत्सवमा उपराष्ट्रपति पुनले बाह्य भाषाले जबरजस्त रूपमा नेपाली समुदायलाई प्रभाव पारिरहेकोमा दुःख व्यक्त गर्दै गोपनीयता कायम राख्न नेपालले आफ्नै भाषाको प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो । “हामी बौद्धिकता र गुणस्तरीयताको नाममा जानी नजानी आफ्नो भाषा छोडेर अरूको भाषा सिक्न तत्पर भइरहेका छौँ, यसलाई सुधार्नुपर्छ,” उपराष्ट्रपति पुनले भन्नुभयो, “हाम्रै मातृभाषामा नेपाल लेख्न र बोल्न जान्दैन भने कसरी राष्ट्रियता रहन्छ होला । त्यसैले हाम्रो प्राथमिकतामा आफ्नो भाषा हुनुपर्छ ।”
कुलपति गङ्गाप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको महोत्सवमा पूर्वकुलपति बैरागी काइँला, उपकुलपति डा. जगमान गुरुङ र शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
महोत्सवमा मातृभाषा साहित्य विभाग प्रमुख एवम् कविता महोत्सवकी संयोजक प्राज्ञ लक्ष्मी मालीले मातृभाषा कविता महोत्व’bout प्रकाश पार्नुभएको थियो । सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले धन्यवाद व्यक्त गर्नुभएको थियो ।
कविता महोत्सव आरम्भ हुनुअघि थारु, लिम्बू बान्तवा, नेवार, गुरुङ, तामाङ, शेर्पा, सुनुवार, घले, खस लगायत १३ वटा सांस्कृतिक झाँकीसहित शोभायात्रा गरिएको थियो । कमलादीबाट सुरु भएको शोभायात्रा घन्टाघर, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रतिष्ठानमै आएर कविता महोत्सवमा सहभागी भएको थियो ।