राष्ट्रिय मातृभाषाकविता महोत्सव–२०७६ भव्यताका साथ सम्पन्न
२०७६ फागुन ९ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वाराअन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फ्रेब्रुअरीका अवसरमा राष्ट्रिय मातृभाषा कवितामहोत्सव–२०७६ को आयोजना गरियो । महोत्सवलाई सम्बोधन गर्दै समारोहका प्रमुखअतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालमा बोलिने सबै मातृभाषाहरूनेपालको सम्पत्ति भएको बताउनुभयो । उहाँले नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिकमुलुक भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्नेविचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– “समानता र सद्भावलाई हामीले व्यवहारमालागू गर्नुपर्दछ । आजको राष्ट्रिय मातृभाषा कविता महोत्सव समारोहले यहीकुरालाई आत्मसात् गरेको छ, यही कुराको सन्देश दिएको छ ।”नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिगङ्गाप्रसाद उप्रेतीले नेपाल इन्द्रेणी भाषा र संस्कृतिले सुसज्जित भएको बताउँदैदेशको देशको बहुलतालाई सम्बोधन गर्नेतर्फ पनि मातृभाषा कविता महोत्सवले अहम्भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकाकुलपति केके कर्माचार्यले संसारमै विविध भाषा र संस्कृतिले नेपाल सम्पन्न देशका रूपमारहेको उल्लेख गर्नुभयो ।भाषा आयोगका अध्यक्ष डा. लवदेवअवस्थीले नेपालमा बोलिने सबै मातृभाषाहरूको संरक्षण र संवद्र्धनका लागि राज्यले विशेषध्यान दिएको उल्लेख गर्दै राष्ट्रिय मातृभाषा कविता महोत्सव त्यसैको कडी भएको धारणाराख्नुभयो । नेपालका लागि बङ्गलादेशकीराजदूत मास्फी बिन्ते साम्सले अन्तर्राष्ट्रियमातृभाषा दिवस बङ्गलाली भाषाका निम्ति सन् १९५२ मा भएको भाषिक आन्दोलनमा सहादतप्राप्त गर्ने बङ्गलादेशका सम्पूर्ण भाषिक शहीदहरूको सहादतको उपलब्धि भएको बताउनुभयो। उहाँले भाषा नै देश र जातिको पहिचान भएको भन्दै भाषाको कुनै सिमाना नहुनेभएकाले यसले देश, संस्कृति र मानवीय सम्बन्धलाई जोड्ने विचार व्यक्त गर्नुभयो ।बङ्गलादेशकै प्रस्तावमा युनेस्कोलेसन् १९९९ नोभेम्बर १७ मा फ्रेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसमारूपमा मनाउने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसङ्घले समेत सन् २००० मा उक्तदिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा रूपमा मनाउन आव्हान गरेपछि विश्वभर २१फ्रेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा रूपमा मनाउन थालिएको हो । युनेस्कोलेयस वर्ष ‘सीमारहित भाषाहरू’ अर्थात् ‘भाषाहरूको कुनै सीमा हुँदैन’ भन्ने थिम तयगरेको थियो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानकासदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले विगत नौ वर्षदेखि प्रज्ञा–प्रतिष्ठानलेअन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा र मातृभाषा साहित्यको उत्थानकानिम्ति मातृभाषा कविता महोत्सवको आयोजना गर्दैआएको बताउनुभयो । प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा)प्रमुख एवम् कविता महोत्सवकी संयोजक प्राज्ञ लक्ष्मी मालीले यसपालि कविता महोत्सवमा ५३भाषाका १५६ कविता प्राप्त भएकामा कविता छनोट समितिले ती कविताहरूबाट ६४ ओटा कवितावाचनका लागि छनोट गरेको बताउनुभयो ।प्रज्ञा–प्रतिष्ठान मातृभाषा विभागकाप्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादवले मातृभाषा र मातृभाषा साहित्यको महत्वमाथिप्रकाश पार्नुभएको थियो । कार्यक्रममा युनेस्को काठमाडौैँकार्यालयकी प्रतिनिधि शामीन अहमदले युनेस्कोका डाइरेक्टर जनरल अड्री अजौलेलेपठाउनुभएको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो । आफ्नो वाम्बुले राई मातृभाषामा कवितावाचन गरेर राष्ट्रगानका रचनाकार व्याकुल माइलाले आरम्भ गर्नुभएको कविता महोत्सवकोकविता वाचन सत्रमा विभिन्न ५३ भाषाका ६४ मातृभाषी कविहरूले आआफ्ना कविता वाचनगर्नुभएको थियो । महोत्सवमा अतिथि कविकारूपमा भारतको असमबाट आउनुभएकी असमिया भाषी कवि रूमी लस्कर बोराले असमिया भाषाकोकविता वाचन गर्नुभएको थियो ।समारोह सुरु हुनुअघि विभिन्नसमुदायका १७ ओटा सांस्कृतिक झाँकीसहितको शोभायात्राले नगरपरिक्रमा गरेकोथियो । झाँकी प्रज्ञा परिसर, घन्टाघर, बागबजार, पुतली सडक हुँदै पुनः प्रज्ञा भवन आईसमारोहमा सामेल भएको थियो । उद्घाटन समारोहमा ती सबै सांस्कृतिक झाँकीहरूको आकर्षकप्रदर्शनी गरिएको थियो । झाँकी टोली रकविता वाचनमा सहभागी कविहरूलाई सदस्य सचिव प्रा. उपाध्यायले प्रमाणपत्र प्रदान गर्नुभएकोथियो । उद्घाटन सत्रको कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानकाप्राज्ञसभा सदस्य शशी लुमुम्बूले सञ्चालन गर्नुभएको थियो भने कविता वाचन सत्रकोसञ्चालन कविता महोत्सव तयारी उपसमितिका सहसंयोजक पदम राईले गर्नुभएको थियो ।