मगर जातिको लोपोन्मुख गीतिनाटक ‘जीवैमामा/ज्यो मा रे’सम्बन्धी गोष्ठी
२०७५ फागुन १८ गते शनिवारका दिन प्रज्ञा भवन, कमलादी, काठमाडौँमा मगर जातिको लोपोन्मुख गीतिनाटक ‘जीवैमामा÷ज्यो मा रे’ विषयक विचार गोष्ठी आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभाग र मगर अध्ययन केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि बैरागी काइँलाले नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिले भरिपूर्ण देश भएको उल्लेख गर्दै मगर जातिको संस्कृति विशिष्ट रहेको बताउनुभयो । उहाँले मगर जातिको लोपोन्मुख गीतिनाटक सम्बन्धी गोष्ठीले आँखीझ्यालबाट चियाएको जस्तो अनुभूति भएको विचार व्यक्त गर्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागका प्रमुख प्राज्ञ प्रा. दिनेशराज पन्तले मगर जाति विशिष्ट परम्परा र संस्कृति सम्पन्न जाति भएको बताउनुभयो ।
मगर अध्ययन केन्द्रका अध्यक्ष डा. गोविन्दबहादुर थापा मगरले मगर संस्कृति राष्ट्रिय सम्पत्ति भएको उल्लेख गर्दै मगर जातिमा प्रचलित संस्कृतिको संरक्षणका लागि नयाँ पुस्ता र सम्बन्धित सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।




????????????????????????????????????