प्राज्ञ परिषद्
प्राज्ञ परिषद् प्रज्ञा–प्रतिष्ठानको कार्यकारी निकाय हो । यसले प्राज्ञ सभाका निर्णयहरु कार्यान्वित गर्ने, सभाद्वारा दिइएका निर्देशनहरु पालन गर्ने, गराउने तथा प्रतिष्ठानको वार्षिक कार्यक्रम तथा बजेटको सञ्चालन गर्ने कार्य गर्दछ ।
प्राज्ञपरिषद्को गठन देहायबमोजिम छ–
(क) कुलपति – अध्यक्ष
(ख) उपकुलपति – उपाध्यक्ष
(ग) प्रधानमन्त्रीबाट मनोनीत बढीमा विभिन्न विधा र क्षेत्रका आठ जना विज्ञहरु – सदस्य
(घ) प्रज्ञा–प्रतिष्ठानका सचिव – सदस्य–सचिव
प्राज्ञ परिषद्का पदाधिकारी लगायत प्राज्ञ सभाको गठन संस्कृति मन्त्रीको अध्यक्षतामा अन्य दुई विज्ञहरु रहेको प्रधानमन्त्रीद्वारा गठित समितिको सिफारिसमा प्रतिष्ठानको प्रमुख संरक्षक प्रधानमन्त्रीबाट हुन्छ ।
वर्तमान प्राज्ञ परिषद्
वि.सं. २०७५/०६/२१ – कुलपति र सदस्य सचिव
वि.सं. २०७५/०९/०१ – उपकुलपति र सदस्यहरू
१. | श्री गङ्गाप्रसाद उप्रेती | कुलपति |
२. | डा. जगमान गुरुङ | उपकुलपति |
३. | प्रा.दिनेशराज पन्त | सदस्य |
४. | प्रा. डा. योगेन्द्र प्रसाद यादव | सदस्य |
५. | डा. हेमनाथ पौडेल | सदस्य |
६. | प्रा. डा. उषा ठाकुर | सदस्य |
७. | श्री माया ठकुरी | सदस्य |
८. | प्रा. डा. गोपीन्द्र पौडेल | सदस्य |
९. | श्री लक्ष्मी माली | सदस्य |
१०. | डा. देवी नेपाल | सदस्य |
११. | प्रा. जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ | सदस्य सचिव |