प्रज्ञा–प्रतिष्ठानमा राष्ट्रिय विभूति सीता जन्मजयन्ती
२०७६ वैशाख ३० गते, नेपाल प्रज्ञा–प्रतिष्ठान र मिथिला प्रतिष्ठानद्वारा संयुक्तरूपमा प्रज्ञा भवनमा राष्ट्रिय विभूति सीता (जानकी)को जन्मजयन्ती एक समारोह आयोजना गरी मनाइयो ।
पूर्व प्रधामन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सीतालाई आर्दश नारीको रूपमा मानिने हुनाले रामजयन्ती जस्तै सीता जयन्तीलाई पनि भव्य रूपमा मनाउनुपर्ने बताउनुभयो । “रामको जन्मलाई भव्यताका साथ मनाउँदा सीताको जन्मदिवसलाई भने कम गरी मनाउने परम्परा रहेको छ । त्यो पितृसत्तावादी सोचको अभावले भएको हो” उहाँले भन्नुभयो, “रामभन्दा सीताको जन्म कत्ति पनि कम मान्नु हँुदैन । महिला हुनुको नाताले सीतालाई बढी चर्चा र सम्मान गरिनु पर्दछ । सीताको भूमिकालाई बढी प्रचार गर्नुपर्दछ ।”
उहाँले हिन्दू र वौद्ध धर्मलाई जोड्ने सर्किट बनाउन सके विश्वको ध्यान केन्द्रीत गर्न सकिने समेत धारणा राख्नुभयो । जनकपुर, पशुपतिनाथ र लुम्बिनीलाई ज्ञान विज्ञानको रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष दाहालले पूर्व पाथीभरादेखि बडिमालिकासम्म रहेका सबैका शक्तिपिठलाई जोड्ने एउटा शक्तिपिठ सर्किट बनाउन आवश्यक रहेको बताउनुभयो । नेपाल–भारतका शक्तिपिठ जोड्ने सर्किट यस्तै उहाँले नेपाल र भारतका शक्तिपिठलाई जोड्ने सर्किट बनाउनुपर्ने बताउनुभयो । नेपालका शक्तिपिठ र भारतका शक्तिपिठ मिलाएर शक्तिपिठ सर्किट बनाउने हो भने पर्यटन विकासमा क्रान्ति ल्याउन सकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढाले सीताको जन्मस्थल जनकपुरलाई ऐतिहासिक नगरीको रुपमा विकास गरिने बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति संस्कृति विभाग प्रमुख डा. जगमान गुरुङले राष्ट्रिय विभूति सीता (जानकी)को योगदानको चर्चा गर्दै राज्यले महत्वका उहाँलाई स्मरण गर्नुपर्ने बताउनुभयो । सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले राष्ट्रलाई चिनाउन सीताको उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।
सांसद प्रभु साहले सीतालाई सम्मान गर्दा इतिहासप्रति न्याय, महिलाप्रतिको सम्मान र विभेद्को अन्त्य हुने बताउनुभयो । राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्रलालले नारीमा हुनुपर्ने मर्यादा सीताभन्दा अर्को कोहीमा नभएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त) प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले जनकपुरलाई सबै हिन्दूको धार्मिकस्थलको रुपमा विकास गरिनुपर्ने बताउनुभयो । ओशो तपोवनका प्रमुख स्वामी आनन्द अरुणले विश्वभरिका हिन्दूलाई जोड्ने मार्गको रुपमा जनकपुरलाई विकास गरिनुपर्ने बताउनुभयो । सीतायानका अभियन्ता डा. रमेशचन्द्र अधिकारीले स्तिा’bout प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा मिथिला प्रतिष्ठानका अध्यक्ष रामआधार कापरले जनकपुरमा मात्र सीमित नराखेर पहिलो पटक काठमाडौँ सीताको जयन्ती मनाउन थालिएको बताउनुभयो । कार्यक्रममा अरविन्द मिश्रले मिथिला, सीता र राजा जनक’bout ‘मिथिला र जनकवंशः एक संक्षिप्त इतिहास’ कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।