प्रज्ञामा माघे संक्रान्तिको सांस्कृतिक महत्व’bout प्रवचन
२०७५ माघ १ गते मङ्गलवार नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभागद्वारा ‘माघे संक्रान्तिको सांस्कृतिक महत्व’ विषयक प्रवचन कार्यक्रम आयोजना गरियो । काठमाडौँ, कमलादीस्थित प्रज्ञा भवनको पारिजात प्रवचन कक्षमा आयोजित उक्त प्रवचन कार्यक्रममा विशेष प्रवचन दिँदै प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा संस्कृति विभागका प्रमुख डा. जगमान गुरुङले माघे संक्रान्तिको सांस्कृतिक, धार्मिक एवम् वैज्ञानिक समेत पक्ष’bout प्रकाश पार्नुभयो ।
उहाँले माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने यो पर्वलाई किरातहरूले नयाँ वर्षका रुपमा परम्पारकालदेखि नै मनाउने गरेको उल्लेख गर्दै हिन्दू धर्म मान्नेहरूले पनि धुमधामसँग यो पर्व मनाउने गरेको बताउनुभयो ।
उपकुलपति डा. गुरुङले माघे संक्रान्ति पर्व नेपालका विभिन्न पवित्र नदी तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डुु र तरुल खाएर मनाउने गरेको बताउँदै यस पर्वको ठूलो वैज्ञानिक, धार्मिक तथा सांस्कृतिक महत्व रहेको प्रष्ट्याउनुभयो ।
यस दिन देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ ।
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण मान्छि । यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
प्रवचन कार्यक्रममा प्राज्ञ परिषद्का सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपिन्द्र पौडेल, लक्ष्मी माली, डा. देवी नेपाल र प्राज्ञ सभा सदस्य शशी लुमुम्बू उपस्थित हुनुहुन्थ्यो ।
प्रज्ञा–प्रतिष्ठानका विभिन्न महाशखा तथा शाखाका प्रमुखसहित समस्त प्रज्ञा परिवारको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण कवि तथा योजना तथा कार्यक्रम महाशाखाका बुद्धि तिमिल्सिनाले गर्नुभएको थियो ।