प्रज्ञामा नेपाल भाषाका महाकविको १५२औँ जन्मजयन्ती
२०७६ भदौ २६ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वारा नेपाल भाषाका महाकवि सिद्धिदास महाजु अमात्यको १५२ औँ जन्मजयन्तीका अवसरमा उहाँको व्यक्तित्व तथा कृतित्वका ’boutमा विचार गोष्ठीको आयोजना गरियो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उक्त गोष्ठीमा बोल्दै मातृभाषामा योगदान पु¥याएका स्रष्टाहरूका सम्झनामा प्रज्ञा–प्रतिष्ठानले कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक समाजले अर्को समाजलाई बुझ्नका लागि मातृभाषाले धेरै सहयोग पु¥याइरहेको हुन्छ । नेपाली समाज बहुल छ र त्यो बहुलताको अस्तित्वबाटै नेपाली समाज अघि बढेको छ ।” उहाँले गोष्ठीबाट नेपाल भाषाका महाकवि सिद्धिदासको जीवनीका ’boutमा थप जान्ने मौका मिलेको बताउनुभयो ।
उपकुलपति डा. जगमान गुरुङले समय समयमा विविभन्न ठाउँमा महामानवहरूको जन्म हुने गरेको उल्लेख गर्दै नेपाल भाषाका महाकवि सिद्धिदास महाजु यस्तै महामानव भएको बताउनुभयो । उहाँले मातृभाषामा योगदान दिएका साहित्यकारहरूकै कारण देशभित्रका विभिन्न समुदायका मातृभाषाहरू लोप हुनबाट जोगिएको बताउनुभयो ।
सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले जीवनभरि साधना गरेर करिब ५० ओटा कृति प्रकाशनमा ल्याउने महाकवि महाजुको स्मृतिमा कार्यक्रम आयोजना गरेर प्रज्ञा–प्रतिषठनले सार्थक कार्य गरेको अनुभूति भएको बताउनुभयो ।
कार्यक्रमकी संयोजक एवम् साहित्य (मातृभाषा) विभागकी प्रमुख प्राज्ञ लक्ष्मी मालीले नेपालमा बोलिने १२३ भाषा र तिनको साहित्यको संरक्षण र विकासमा आफ्नो विभागले गम्भीरतापूर्वक काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै मातृभाषामा लेखिएका साहित्यिक सिर्जना हाम्रा सम्पत्ति हुन् भने भाषा, साहित्य र संस्कृति एकआपसमा अन्र्तसम्बन्धित पक्षहरू हुन् । यिनको विकास गर्नु हाम्रो दायित्व हो ।”
महाकवि सिद्धिदासका सिद्धिरामायण, सत्यसती, सुखसागर (प्रेमसागर), सज्जनकण्ठाभरण, सत्यऋण, सरल श्रुतबोध, शारदा भजन, सुखदुःख, बिजुली, सगदोष, साधारण धर्म, सर्वभक्ति, सदां लिला, सज्जनहृदयाभरण, सतनीति, संवाद, सकतां, सनातम धर्म, समाचार, सर्वकर्म, सत्यमदन, शिवविलाश लगायतका ५० ओटा कृति प्रकाशित छन् ।
गोष्ठीमा महाजुले नेपालभाषाको साहित्यमा पु¥याएको योगदानको चर्चा गर्दै उहाँको कृतित्व र व्यक्तित्वमाथि ‘महाकवि सिद्धिदास महाजुको व्यक्तित्व एवम् कृतित्व’ विषयक कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा. ओमकारेश्वर श्रेष्ठले दुःखकष्ट सहन बाध्य हुँदाहँुदै पनि ५० ओटा कृति दिएर नेपाल भाषाको उत्थानका लागि महाकविले ठूलो योगदान पु¥याएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “रोजीरोटीका लागि मजदुरी गर्दै आफ्नो मातृभाषाको विकासमा आफै खर्च गरेर पुस्तक प्रकाशन गर्नु निकै गाह्रो विषय थियो तर पनि उहाँले लेख्ने प्रकाशन गर्ने काम गर्नुभयो । उहाँको योगदानको जति बयान गरेपनि कम हुन जान्छ ।”
श्रेष्ठको कार्यपत्रमाथि टिप्पणी गर्दै प्राध्यापक डा. प्रेमशान्ति तुलाधरले कार्यपत्रमा महाजुको साहित्यिक योगदानको ’boutमा कम चर्चा भएको बताउनुभयो । तुलाधरले भन्नुभयो, “नेपाल भाषा र साहित्यका माध्यमबाट आफूमा भएको चेतनाको प्रकाशलार्ई समाजमा छरेर सिद्धिदासले अनुकरणीय योगदान दिनुभएको छ ।”
कार्यक्रममा गायक पवित्र कसाःले सिद्धिदास रचित र सिद्धिदासप्रति समर्पित गीत नेपालभाषामै गाएर सुनाउनुभएको थियो । कवि कृष्णभक्त बोडे, शरद कसाः र रमेशकाजी स्थापितले महाकविका एक एक ओटा कविता पाठ गर्नुभएको थियो । कार्यक्रम ‘थाय्भू’की सम्पादक समूह सदस्य शशीकला मानन्धरले सञ्चालन गर्नुभएको थियो ।