पुस्तकालय
प्रज्ञा–पुस्तकालय
विद्वान् अध्येता तथा अनुसन्धानकर्ताको सेवाका लागि एउटा सन्दर्भ–पुस्तकालयको व्यवस्था गरिएको छ । र, त्यसको एउटा वाचनालय पनि छ । हाल नेपाल–भारत सयोगमा विशेष सुविधासहितको अत्याधुनिक ई–लाइब्रेरी भवनको निर्माण कार्य सकिएको छ । पुस्तकालय हलमा प्रतिष्ठानले गोष्ठी, समिनार, सभा, सम्मेलन पनि गर्ने गर्दछ ।