दोस्रो चीन–दक्षिण एसिया साहित्य सम्मेलन २०१९
दोस्रो चीन–दक्षिण एसिया साहित्य सम्मेलन २०१९
१५–२० अक्टोबर, २०१९
नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँ
काठमाडौँ घोषणा
नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सन् २०१९ अक्टोबर १५ देखि २० सम्म आयोजित दोस्रो चीन–दक्षिण एसिया साहित्य सम्मेलन २०१९ का सहभागी राष्ट्रहरू बङ्गलादेश, चीन, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काका प्रतिनिधिहरूबिच व्यापक छलफलपछि समझदारीको दस्तावेजका रूपमा प्राज्ञिक सत्रको अन्त्यमा हामीले यो काठमाडौँ घोषणा जारी गरेका छौँः
१. सहभागी राष्ट्रका प्रज्ञा–प्रतिष्ठानहरूले आगामी दिनमा आ–आफ्नो देशका मौलिक साहित्यिक कृतिहरूको अन्तरभाषिक र बहुभाषिक अनुवाद गरी सदस्य राष्ट्रलाई सम्प्रेषण गर्ने;
२. सांस्कृतिक सम्बन्ध अभिवृद्धि गर्न र विभिन्न देशका स्रष्टाहरूलाई एकै ठाउँमा ल्याउनका लागि बेला बेलामा अन्तरदेशीय साहित्यिक भ्रमणको आयोजना गर्ने;
३. द्विवार्षिक रूपमा गरिने सम्मेलनका केही सत्रलाई सिर्जनात्मक लेखनका सार’bout छलफलका लागि छुट्याउने;
४. लोक साहित्य, नाट्यशाला र प्रस्तुति तथा बाल साहित्यसँग सम्बन्धित लेखक तथा विद्वान्सँग छलफल गरी यी विधालाई समेत समावेश गरी सम्मेलनको क्षेत्र विस्तार गर्ने;
५. क्षेत्रीय तहमा अनुवाद, सिर्जनात्मक लेखन र भाषिक प्रशिक्षणसम्बन्धी कार्यशाला आयोजना गर्ने;
६. द्विवार्षिक रूपमा यस सम्मेलनलाई निरन्तता दिने र सबै सदस्य प्रज्ञा–प्रतिष्ठानलाई मान्य हुने देशमा सन् २०२१ मा अर्को सम्मेलन आयोजना गर्ने ।