इतिहासशिरोमणिको योगदानको सम्झना

२०७५ फाल्गुन २९ गतेका दिन प्रज्ञा भवन, कमलादी, काठमाडौँमा इतिहासशिरोमणि बाबुराम आचार्यको १३२आँै जन्मजयन्तीका अवसरमा विचार गोष्ठीको आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभाग  र इतिहासशिरोमणि बाबुराम आचार्य समृति प्रतिष्ठानद्वारा संयुक्त रूपमा गोष्ठीको आयोजना गरिएको हो ।
‘बाबुराम आचार्य र उनको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बाबुराम आचार्य इतिहासशिरोमणिमात्रै नभएर प्राज्ञशिरोमणि पनि भएको बताउनुभयो । उहाँले नेपालको तथ्यगत इतिहास लेखनमा आचार्यको अतुलनीय योगदान रहेको उल्लेख गर्नुहुँदै राज्यले अझै उहाँको उचित सम्मान गर्न बाँकी नै रहेको विचार व्यक्त गर्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्तले बाबुराम आचार्य नेपालका प्रामाणिक इतिहासकार भएको बताउनुभयो । पन्तले तथ्यगत कुरालाई साहसका साथ लेख्ने एकमात्रै इतिहासकार भएकोले नै आचार्य इतिहासशिरोमणि कहलिएको उल्लेख गर्नुभयो ।
प्रा.डा. त्रिरत्न मानन्धरले गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै बाबुराम आचार्यको योगदानका ’boutमा चर्चा गर्नुभयो । उहाँले नेपाली साहित्य समालोचनाका साथै सत्यतथ्यमा आधारित इतिहास लेखेर बाबुराम आचार्यले अतुलनीय योगदान दिएको बताउनुभयो । उहाँले आचार्यको निधनपछि प्रकाशित उहाँका पुस्तकमा भने तथ्यको तोडमोड भएकोमा गुनासो व्यक्त गर्दै सम्पादनका नाममा त्यस्तो गर्न नहुने धारणा राख्नुभयो ।
गोष्ठीमा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. तुलसीराम वैद्य, महासचिव बाबुराम आचार्य र प्रा.डा. मीना ओझाले पनि विश्वको सर्वोच्च हिमशिखरको नाम सगरमाथा राख्ने इतिहासशिरोमणि आचार्य विश्वले मानेको व्यक्तित्व भएको धारणा राख्नुभएको थियो ।