कर्णाली प्रदेश स्तरीय वाङ्मय सङ्गोष्ठी सम्पन्न

२०७६ वैशाख २७ र २८ गते सुर्खेतमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सुर्खेती कल्याण समाजसँगको सहकार्यमा कर्णाली प्रदेश स्तरीय वाङ्मय सङ्गोष्ठी आयोजना गरियो । सङ्गोष्ठीको उद्घाटन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले प्रदेशका भाषा, साहित्य, संस्कृति र कलाको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

आर्थिक तथा योजना मन्त्री प्रकाश ज्वालाले  नेपाली भाषाको मूल थलोका रूपमा रहेको कर्णाली प्रदेश नेपालको अद्वितीय विशेषताले युक्त भएकाले यसलाई पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

सामाजिक विकास  मन्त्री दल रावलले प्राचीन सभ्यता र संस्कृतिको खोजी गर्नेलाई कर्णाली प्रदेशमा पाइला राख्न अनुरोध  गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले प्रज्ञा–प्रतिष्ठानले कर्णाली प्रदेशको सांस्कृतिक उत्थानका निम्ति विशेष योजना ल्याउने वचनबद्धता प्रकट गर्नुभयो ।

प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राज्ञ डा.हेमनाथ पौडेल, निबन्ध र समालोचना विभाग प्रमुख प्रा.डा. गोपिन्द्र पौडेल, बालसाहित्य र लोकवार्ता विभाग प्रमुख डा. देवी नेपाल,  वीरेन्द्र नगरपालिकाकी उपप्रमुख मोहनमाया ढकाल, भाषा आयोगकी सदस्य उषा हमाल, कर्णाली वाङ्मय सङ्गोष्ठीकी अध्यक्ष सीता यरीलगायतले गोष्ठीमा मन्तव्य राख्नुभएको थियो ।

सुर्खेती कल्याण समाजका अध्यक्ष प्रा.डा.जीवेन्द्र देव गिरीले कर्णाली प्रदेशको भाषा, साहित्य तथा संस्कृतिको समृद्धिका निमित्त सङ्गोष्ठी आयोजना गरिएको बताउनुभयो ।

सङ्गोष्ठीमा प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.गिरी, प्रा.जगत्प्रसाद उपाध्याय, विष्णुप्रसाद पराजुली र डा.दीपक गौतमले कर्णाली प्रदेशका साहित्य, धर्म–दर्शन र लोकवार्ता’bout गोष्ठीपत्रहरु प्रस्तुत गर्नुभएको थियो । गोष्ठीपत्रमाथि प्रा.डा. मोतीलाल पराजुली, प्रा.डा.कपिलदेव लामिछाने, प्राज्ञ हरिप्रसाद तिमिल्सिना, प्रा.खोपीराम लम्साल, र डा.मधुसूदन गिरीले टिप्पणी गर्नुभएको थियो ।

सङ्गोष्ठीले निम्न अनुसारको कर्णाली प्रदेश घोषणापत्र पनि जारी गरेको छ

कर्णाली प्रदेश साहित्यिक घोषणापत्र २०७६

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सुर्खेती कल्याण समाजसँगको सहकार्यमा सुर्खेतको वीरेन्द्रनगरमा २०७६ वैशाख २७ र २८ गते आयोजित ‘कर्णाली प्रदेश स्तरीय वाङ्मय सङ्गोष्ठी’बाट पारित कर्णाली प्रदेश साहित्यिक घोषणापत्र  निम्न अनुसार रहेको छ –

१.नेपाली भाषाको उद्गमस्थल तथा साहित्य, कला, पुरातत्त्व र संस्कृतिको भण्डारका रूपमा  कर्णाली प्रदेश सुपरिचित छ  तर तिनको अध्ययन(अनुसन्धान, संरक्षण, प्रवर्धन र विकासको काम  पछि परेको छ । नेपालको वर्तमान संविधानले तिनको विकास गर्ने जिम्मेवारी प्रदेश सरकारलाई पनि प्रदान गरेको छ । अतः प्रदेश सरकारले यथाशीघ्र कार्यदलबाट अध्ययन गराई सङ्घीय सरकार र नेपाल प्रज्ञा(प्रतिष्ठानसँगको समन्वयमा कर्णाली प्रज्ञा(प्रतिष्ठान स्थापना गर्नु पर्दछ भन्ने यस सङ्गोष्ठीको ठहर छ  ।

२.कर्णाली प्रदेशमा रहेका कतिपय भाषिक र लोकसाहित्यिक  सम्पदा न्मुख लोपोन्मुख  अवस्थामा  छन् । तिनको शोधखोज गरी प्रकाशनमा ल्याउन अत्यावश्यक छ । सङ्गोष्ठी यसतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।

३. कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको पादुका, धूलेश्वर, शिरस्थान, नाभिस्थान र तल्लो डुङ्गेश्वर सहितको पञ्चकोसी क्षेत्र र त्यहाँ रहेका देवल, ढुङ्गेधारा, अभिलेख एवम् माथिल्लो कर्णाली क्षेत्रमा रहेका बोन र बौद्ध धर्मसँग सम्बन्धित देवस्थल, चोर्तेन गुम्बा आदि सांस्कृतिक सम्पदाको संरक्षण र विकासका लागि विकास समिति  बनाई योजनाबद्ध कार्यक्रम सञ्चालन  गर्नु पर्दछ ।

४.कर्णाली प्रदेशका सिँजा, काँक्रेविहार, पञ्चकोसी लगायतमा विद्यमान महत्त्वपूर्ण सांस्कृतिक सम्पदालाई युनेस्कोको सूचीमा सूचीकृत गर्न राष्ट्रिय स्तरबाट तथा सम्बन्धित प्रदेश सरकार र स्थानीय सरकारबाट विशेष  पहल गरिनु पर्दछ ।

५. रारा, से(फोक्सुन्डो,  बुलबुले, स्यार्पु र कुभिन्डे लगायतका तालहरुको महत्त्वपूर्ण पहिचान झल्किने गरी समुचित व्यवस्थापन गर्न सङ्गोष्ठी अपिल गर्दछ ।

६.कर्णाली प्रदेशमा राष्ट्रिय महत्त्वका योजनाहरु लागु गरी यहाँको सांस्कृतिक क्षेत्रबाट राष्ट्रको समृद्धिमा ठोस योगदान पुग्ने वातावरण निर्माण गरिनु पर्दछ  ।

७. कर्णाली प्रदेशका महत्त्वपूर्ण सांस्कृतिक सम्पदाहरू’bout राष्ट्रिय अन्तर्रा्ष्ट्रिय जानकारी बढाउन विद्यालय र विश्वविद्यालयहरुका पाठ्यक्रममा तिनलाई समावेश गर्न विशेष पहल गरिनु पर्दछ ।

८.कर्णाली प्रदेशको सांस्कृतिक विकासका लागि यस क्षेत्रमा सक्रिय प्रतिभाहरुको पहिचान गरी राष्ट्रिय तथा प्रादेशिक स्तरमा सम्मानको विशेष व्यवस्था गरिनु पर्दछ ।

९. कर्णाली प्रदेशको ऐतिहासिक रेसममार्ग पहिल्याई बर्दियादेखि हिल्सासम्म सहज रूपमा आवतजात गर्न सकिने बाटो निर्माण गरिनु पर्दछ । यसबाट मानसरोवर पुग्ने धार्मिक सांस्कृतिक पर्यटकहरुबाट समेत विशेष रूपमा राष्ट्र लाभान्वित हुने छ ।

१०.  कर्णाली प्रदेशमा पृथ्वीको सतहमुनि लुप्त रहेका प्राकृतिक, सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका वस्तुहरुको उत्खनन, पहिचान, संरक्षण र सदुपयोग गरिनु पर्दछ ।

११.कर्णाली प्रदेशको विशेषतामा आधारित सङ्ग्रहालय स्थापना गरिनुका साथै यहाँका सयौँ वर्ष पुराना हस्तलिखित सामग्री लगायत ऐतिहासिक र पुरातात्त्विक मूल्यवान् वस्तुहरुको संरक्षणका लागि प्रादेशिक अभिलेखालय स्थापना र सञ्चालन गरिनु पर्दछ ।

१२. कर्णाली प्रदेशको पर्यटन विकास राष्ट्रिय स्तरमा  प्राथमिकतामा पर्नु पर्दछ र प्रदेश र स्थानीय तहमा पनि योजनाबद्ध कार्यक्रम कार्यान्वयन गरिनु पर्दछ ।

१३.कर्णाली प्रदेश जडीबुटीका दृष्टिले विशेष चर्चित छ । अतः यस प्रदेशमा आयुर्वे्दिक दृष्टिले महत्त्वपूर्ण प्रतिष्ठान खडा गरी अध्ययन अनुसन्धान गरिनु पर्दछ ।

रुपन्देहीको मुर्गियामा थारू भाषा गोष्ठी एवम् साहित्य सम्मेलन

२०७५ चैत २२ र २३ गते रुपन्देही जिल्लाको मुर्गियामा रुपन्देहीको मुर्गियामा थारू भाषा गोष्ठी एवम् साहित्य सम्मेलन आयोजना गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा र मातृभाषा साहित्य विभाग, थारू लेखक संघ नेपाल, तथा थारू कल्याणकारिणी सभा (थाकस) सैनामैना नगर समिति, थारू भाषा तथा संस्कृति उत्थान मञ्च रुपन्देही, सैनामैना नगरपालिका, बुटवल उपमहानगरपालिका र प्रदेश ५ सामाजिक विकास मन्त्रालयले सहकार्यमा उक्त सम्मेलन भएको थियो ।
‘थारू भाषा लेखौँ, लेखाऔँ र पढाऔँ’ भन्ने मूल नाराका साथ चौबीसै जिल्लाका थारू साहित्यकारहरुको भेला भएको कार्यक्रममा विभिन्न विषयमा प्यानल छलफल गरिएको थियो ।  बुद्ध र थारू सम्बन्धको ’boutमा विद्यावारिधि गरेका डा गोपाल दहित र महेश चौधरीसँग सुशील चौधरीले बहस गरेका थिए । बुद्धको जन्म भएको शाक्य वंशसँग थारूहरुको धेरै इतिहास मिल्ने भएकाले थारू समुदायको सम्बन्ध बुद्धसँग निकै नजिक रहेको निष्कर्ष थियो ।
थारु लगायत मातृभाषामा आख्यान लेखन अवस्था विषयमा मुना चौधरी, नवीन विभास र डा. धनप्रसाद सुवेदीसँग भूमिका चौधरीले संवाद गर्नुभएको थियो । गैरथारू अन्वेषकका नजरमा थारू समाज र संस्कृति विषयमा डा मुकुन्द शर्मा तथा पत्रकार चन्द्रकिशोरसँग दिलबहादुर चौधरीले बहस गर्नुभयो । शर्माले खानपान लगायत विभिन्न समस्याका कारण थारूहरु आफ्नै कारणले पछि परेको राय व्यक्त गरेपछि चन्द्रकिशोरले थारू साहित्यकारहरुले आयोजना गरेको कार्यक्रममा थारूहरुकै अपमान नगर्न आग्रह गर्नुभयो ।
कार्यक्रमको मुख्य बहस डंगौरा थारू भाषाको मानकीकरण’bout थियो । चितवनीया थारू व्याकरणमा विद्यावारिधि गरेका त्रिविका अंग्रेजी प्राध्यापक डा कृष्णप्रसाद पौडेल तथा थारू भाषाको क्रियाको अवस्था विषयमा विद्यावारिधि शोधरत रामबहादुर चौधरीले डंगौरा थारू भाषामा त, थ, द, ध को प्रयोग नभएको बताउनुभयो । थारूहरुले जस्तो बोल्छन्, त्यस्तै लेखे वैज्ञानिक हुने उहाँहरुको तर्क थियो । महेश चौधरीले थारू भाषामा त, थ, द, ध को प्रयोग सर्वस्वीकार्य भइसकेकाले अनावश्यक बहस जरुरी नरहेको विचार राख्नुभयो ।
सो अवसरमा दिलबहादुर चौधरी, जित ट्रासन, सीताराम चौधरी, भोलाराम चौधरी, बमबहादुर थारू, प्रल्हाद थारू, केवी चौधरी, दुर्जन चौधरी, कृष्णराज सर्वहारी, मानबहादुर पन्ना, मोती रत्न, रामबहादुर चौधरी, लगायतको दर्जन बढी थारू साहित्यकेन्द्रित पुस्तकको विमोचन गरियो । साथै, थारू कला, संस्कृतिको संरक्षणमा लागेका लेखिका शान्ति चौधरी, गायकद्वय हरिनारायण चौधरी, श्रीनिवास चौधरी तथा सिनेमाकर्मी मनिष चौधरी गरी चारजनालाई सम्मान गरियो ।
पहिलो दिनको उद्घाटनको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ लक्ष्मी माली, भाषावीद महेश चौधरी, सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्की, थारु लेखक संघ नेपालका केन्द्रिय अध्यक्ष कृष्णराज सर्वहारी, संघका कैलालीका अध्यक्ष सीताराम चौधरी लगायतले आआफ्नो मन्तव्य राख्नुएको थियो ।

कार्यक्रममा प्राज्ञ मालीले मातृभाषा तथा मातृभाषा साहित्यको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा नेपाल प्रज्ञा–प्रतिष्ठान गम्भीरताका साथ लागिपरेको बताउनुभयो ।
कार्यक्रम थाकस सैनामैना नगर समितिका अध्यक्ष दुलबहादुर चौधरीको अध्यक्षतामा भएको थियो ।

नेपाल भाषाको पत्रिका ‘थाय्भू’’bout विमर्श

०७६ वैशाख १९ गतेका दिन  नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा नेपालभाषाको वार्षिक पत्रिका ‘थाय्भू’’bout स्रष्टा भेटघाट तथा विमर्श कार्यक्रम आयोजना गरियो । नेपालभाषा साहित्यमा कलम चलाइरहेका नेवारी स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रम प्रज्ञा–प्रतिष्ठानको मातृभाषा साहित्य विभागको संयोजनमा भएको थियो ।
उक्त विभागद्वारा नियमित रुपमा प्रकाशित हुँदै आएको नेपालभाषाको वार्षिक पत्रिका ‘थाय्भू’लाई अर्धवार्षिक वा त्रैमासिक बनाउन नेपालभाषाका स्रष्टाहरूका तर्फबाट मोहनबहादुर कायस्थ र पुष्प चित्रकारले आग्रह गर्नुभएको थियो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठान मातृभाषाका साहित्यको संवद्र्धनका निम्ति गम्भीरताका साथ लागेको बताउनुभयो । उहाँले मुलुकभित्र बोलिने सबै मातृभाषाप्रति प्रतिष्ठानको समान सम्मान र दायित्व रहेको भन्दै ‘थाय्भू’को नियमित ग्राहक बनेर सहयोग गर्न सम्बन्धित भाषाका स्रष्टाहरूलाई अनुरोध गर्नुभयो ।

उपकुलपति डा. जगमान गुरुङले संस्कृतिले अन्तरभाषी समुदायलाई एकै सूत्रमा जोड्ने बताउनुभयो । उहाँले आफ्नो भाषा, साहित्यको जगेर्नाका लागि नेपालभाषाका स्रष्टाहरू गम्भीरतापूर्वक लाग्नु पर्नेमा जोड दिनुभयो ।
मातृभाषा साहित्य विभागका प्रमुख एवम् ‘थाय्भू’का प्रधानसम्पादक प्राज्ञ लक्ष्मी मालीले ‘थाय्भू’को ग्राहक बनेर सम्बन्धित भाषी सम्ुदायले सहयोग गरेमा पत्रिका अर्धवार्षिक हुँदै त्रैमासिक रूपमा प्रकाशित हुन सक्ने बताउनुभयो ।
प्राज्ञसभा सदस्य एवम् पत्रिकाका पूर्व कार्यकारी सम्पादक धु्रव मधिकर्मीले ‘थाय्भू’ नेपालभाषा साहित्यको श्रीवृद्धिकै निम्ति समर्पित रहेको हुँदा पत्रिकालाई अरु प्रभावकारी बनाउन सम्बन्धित लेखक÷साहित्यकारको रचनात्मक सहयोग अपरिहार्य हुने बताउनुभयो ।

कोलकाताका साहित्यकारसँग भेटघाट

आज २०७५ चैत्र २१ गते बिहीबारका दिन नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भारतको कोलकाताबाट आउनुभएका साहित्यकारसँग भेटघाट तथा अन्तरविमर्श कार्यक्रम गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित उक्त कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्वद्र्धन एवम् प्रवद्र्धनमा कोलकाताका नेपालीभाषी स्रष्टा–सर्जकहरूको महत्पूर्ण योगदानको बताउनुभयो । उपकुलपति डा. जगमान गुरुङले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको पितृभूमि नेपाल रहेको भन्दै नेपाली संस्कृतिको उन्नयनमा कोलकाता निवासी नेपालीको विशिष्ट भूमिका रहेको बताउनुभयो ।

कार्यक्रममा कोलकाताका पूर्व महावाणिज्यदूत, नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिव तथा कवि चन्द्र घिमिरेले कोलकातामा क्रियाशील नेपाली साहित्य, कला तथा संस्कृति सम्बन्धी संघसंस्था र स्रष्टाको उल्लेख्य योगदान रहेको प्रष्ट पार्दै कोलकातामा नेपाली भवन निर्माणका लागि नेपाल र नेपाली जनताको सहयोगको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो । सो अवसरमा पूर्व महावाणिज्यदूत तथा पूर्व सचिवहरू युवराज भूषाल, मदन भट्टराई र सुरेशमान श्रेष्ठले कोलकाता सम्बन्धी मन्तव्य व्यक्त गर्नुभएको थियो । यसै गरी उक्त कार्यक्रममा भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ब्रतराज आचार्य, संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, नेपाली जनकल्याण समिति, कोलकाताका अध्यक्ष बद्रीविक्रम थापा, लैनसिंह वाङ्मय प्रतिष्ठान, कोलकाताका अध्यक्ष गणेशकुमार प्रधान, नेपाल–भारत जनमैत्री संघका अध्यक्ष राजु पाठक, सल्लाहकार धर्मराज बराल, अनेसासका अध्यक्ष राधेश्याम लेकालीले मन्तव्य व्यक्त गर्नुभएको थियो । कोलकाताबाट आउनुभएका स्रष्टाहरूलाई प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले खादा लगाइदिएर स्वागत गर्नुभएको थियो भने कुलपतिले प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो । सो अवसरमा कुलपतिले गणेशकुमार प्रधानको ‘कोलकातामा सृजनाका फूलहरू’ पुस्तकका साथै ‘बिहानी’ र ‘मौलो’ नामक पत्रिकाको सार्वजनिकीकरण गर्नुभएको थियो ।

सत्र बुँदे घोषणापत्र जारी गर्दै त्रिदिवसीय वाङ्मय संगोष्ठी सम्पन्न

आइतबारदेखि दमकमा जारी एक नं. प्रदेशस्तरीय बृहत् वाङ्मय संगोष्ठी साहित्य, कला तथा संस्कृतिसम्बन्धी सत्र बुँदे घोषणापत्र सार्वजनिक गर्दै मङ्गलबार सम्पन्न भएको छ ।  भाषा, साहित्य, कला र संस्कृतिको विकास, सम्बद्र्धन प्र्रवद्र्धन गर्ने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठान, दमक नगरपालिका तथा दमक प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्त रुपमा आयोजित सङ्गोष्ठीको प्रदेश नं. एकका प्रमुख माननीय डा. गोविन्द तुम्याहाङले समापन गर्नुभयो । समापन समारोहमा बोल्दै प्रमुख तुम्याहाङले वाङ्मय संगोष्ठीले प्रदेशको आत्मा झल्काएको दाबी गर्दै, ‘स्रष्टाहरूका सिर्जनाले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने’ बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्थानीय तथा प्रदेशस्तरमा साहित्यिक एवं सांस्कृतिक जागरण र प्रवद्र्धनको उदेश्यबाट आयोजित वाङ्मय संगोष्ठी सार्थक ढंगले सम्पन्न भएको बताउनुभयो । उहाँले सातै प्रदेशको गौरवपूर्ण सम्पदा र संस्कृतिको अभिलेखीकरणमा प्रज्ञा–प्रतिष्ठान लागेको उल्लेख गर्नुहँदै सङ्गोष्ठीमा भएका विमर्शबाट निस्किएको निष्कर्षले आफू उत्साहित भएको सुनाउनुभयो । 

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले संगोष्ठीले ऊर्जा सञ्चार गरेको बाउनुभयो ।  उहाँले दमक नगरपालिका स्थानीय जाति र समुदायका भाषा, साहित्य, कला तथा संस्कृतिको विकास, संरक्षण र सम्बद्र्धनमा संवेदनशील रहेको सुनाउनुभयो ।
आइतबार सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्गोष्ठीको उद्घाटन गर्नुभएको थियो । उहाँले मन्तव्य व्यक्त गर्दै भाषा, साहित्य, कला तथा संस्कृति देशको सम्पदा भएको उल्लेख गर्नुहँदै यसको विकासका लागि सरकार आवश्यकतता अनुसार सहयोग गर्न तयार रहेको बताउनुभयो ।
एक नंं प्रदेशका माननीय मुख्यमन्त्री शेरधान राईले प्रदेश सरकारले प्रदेशको सांस्कृतिक नीति तयार पार्नका लागि कार्यदल गठन सुझाव संकलनको काम सकिएको सुनाउँदै चाँडै  प्रादेशिक प्रज्ञा–प्रतिष्ठान गठन गरिने बताउनुभयो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सात वटै प्रदेशका भाषा, साहित्य, कला र संस्कृतिलाई समेटेर नेपाल चिनाउने महाग्रन्थ प्रकाशन गर्ने प्रज्ञा–प्रतिष्ठानको योजना रहेको बताउनुभयो ।
यसै गरी प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्तले सामाजिक विषयमा र बालसाहित्य तथा लोकर्वार्ता विभागका प्रमुख डा. देवी नेपालले  बालसाहित्य, लोकसाहित्य र समकालीन नेपाली गजलका ’boutमा बोल्नुभएको थियो ।
सङ्गोष्ठीमा ‘किरात मुन्धुम’ सम्बन्धी प्राज्ञ हरिश्चन्द्र लावतीले, ‘कोसी प्रस्रवणक्षेत्रको हिमाली जनजीवन’’bout राजेश्वर थापाले, ‘कोसी प्रस्रवणक्षेत्रका धार्मिक एवं पर्यटकीय स्थलहरू’’bout प्रा.डा. सोमप्रसाद खतिवडाले, ‘नेपाल उपत्यका र राजवंशी समुदायको सांस्कृतिक अन्तरसम्बन्ध’’bout डा. डिल्ली प्रसाइँले, ‘सन्थाल लोकसाहित्यको वर्तमान स्वरूप’’bout  उत्तम भट्टराईले र ‘धिमाल लोकसाहित्यको अवस्था’’bout डा. सोमबहादुर धिमालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
विभिन्न प्राज्ञिक सत्रहरूको अध्यक्षता प्रा.डा. टंकप्रसाद न्यौपाने, डा. तुलसी भट्टराई,  प्रा.डा. गोविन्दराज भट्टराई, लोकबहादुर धिमाल, दधिराज सुवेदीलगायतले गर्नुभएको थियो । कार्यक्रममा कविता गोष्ठी तथा गजल  सन्ध्या भएको थियो । उक्त अवसरमा चार आदिवासी समुदायका महलिा र पुरुष गरी दुई–दुई जना दोसल्ला ओढाई सम्मान गरिएको थियो । सङ्गोष्ठीमा एक नम्बर प्रदेशका विभिन्न जिल्ला स्रष्टाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रदेश सरकारका कानुन तथा आन्तरिक मामिलामन्त्री माननीय हिक्मत कार्की, पत्रकार तथा समाजसेवी चन्द्र भण्डारीका साथै सहभागीहरूले आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो ।

प्रशासन प्रमुख ज्ञानहरि अधिकारीको विदाई

आज २०७५ चैत्र ११ गते सोमवार नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रशासन प्रशासन प्रमुख  ज्ञानहरि अधिकारीको हार्दिक विदाई गरियो । प्रज्ञा–प्रतिष्ठानमा दीर्घसेवा गरी उमेर हदका कारण मङ्गलवारबाट अनिवार्य अवकाश पाउनुभएका अधिकारीको एक समारोहबिच विदाई गरिएको हो ।

प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजित समारोहमा कुलपति गङ्गाप्रसाद उप्रेतीले अधिकारीलाई फुलमाला र दोसल्ला ओडाउनुका साथै प्रतिष्ठानका तर्फबाट मायाको चिनो उपहार प्रदान गर्नुभएको थियो । सो अवसरमा कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानमा रहेर दीर्घ सेवा गरी अवकाश लिनुभएका अधिकारीको सेवा र योगदानको उच्च

प्रशंसा गर्नुभयो । उहाँले अवकाश नियमित प्रक्रिया भएको भन्दै अधिकारीको अवकाशपछिको जीवन अझ सिर्जनशील हुने कामनासमेत गर्नुभयो ।

समारोहमा अधिकारीले प्रज्ञा–प्रतिष्ठानका बिताएका दिनहरूको स्मरण गर्दै प्राज्ञ परिषद् र कर्मचारी परिवारप्रति आभार व्यक्त गन७३घढर्सभएको थियो ।

समारोहमा योजना तथा कार्यक्रम महाशाखा प्रशासन प्रमुखसन्ध्या पहाडी, प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष विश्वमोहन राजभण्डारी र लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घका अध्यक्ष अशोककुमार चौरसियाले प्रशासन प्रशासन प्रमुख अधिकारीको योगदानका ’boutमा बोल्नुभएको थियो ।

अनुवाद र अनुकूलनको अन्तरसम्बन्ध’bout प्रज्ञामा विमर्श

२०७५ चैत्र ८ गते शुक्रवारका दिन प्रज्ञा भवनमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (अनुवाद) विभागको आयोजनामा ‘अनुवाद र अनुकूलनको अन्तरसम्बन्ध’’bout विमर्श गरियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली साहित्यलाई विश्वसाहित्य बजारमा पु¥याउनका लागि अनुवादको विकल्प नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वसाहित्य बजारमा नेपाली साहित्यको प्रवद्र्धन गर्ने हो भने अनुवाद अपरिहार्य छ । तर, अनुवाद भने सम्प्रेषणीय हुनैपर्छ ।” जोशीले अनुवाद कार्यलाई सामान्य रुपमा लिनु नहुने प्रस्ट पार्दै अनुवाद निर्देशिकाको आवश्यकतामाथि जोड दिनुभयो ।
प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले अनुवाद आजको समयको अत्यावश्यक कुरा भएको धारणा राख्नुभयो । उहाँले राष्ट्र र राष्ट्रियताका सम्बन्धमा सबै नागरिक सचेत रहनु पर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमकी संयोजक तथा अनुवाद विभागकी प्रमुख प्राज्ञ प्रा.डा. उषा ठाकुरले स्रष्टाहरूले राष्ट्रको निर्माण गरे पनि अनुवादकहरूले वैश्विक राष्ट्रको निर्माण गर्नसक्ने बताउनुभयो । बिना अनुवाद कुनै पनि राष्ट्रको साहित्य विश्व जगत्मा पुग्न नसक्ने हुनाले अनुवादको महत्व रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराईले ‘अनुवाद र अनुकूलनको अन्तर सम्बन्ध’ विषयक कार्यपत्र प्रस्तुत गर्दै उत्कृष्ट अनुवादका  लागि  अनुकूलनको महत्व’bout प्रकाश पार्नुभएको थियो । उहाँले अनुवादकमा अनुवादका लागि भाषिक–चेतनासँगसँगै सांस्कृतिक–चेतना हुनुपर्नेमा जोड दिनुभयो । भट्टराईको कार्यपत्रमाथि प्रा.डा. कृष्णचन्द्र शर्माले टिप्पणी गर्नुभएको थियो ।
भारतको दार्जिलिङबाट आउनुभएकी साहित्यकार डा. वीणा हाङ्खिमले कार्यक्रममा अनुवादकमा इमान्दारिता, सिर्जनशीलता, भाषिक प्रबलता, शब्द भण्डार र प्रस्तुतिमा कौशलताको आवश्यकता पर्ने विचार प्रकट गर्नुभयो ।
प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले अनुवाद र अनुकूलनको अन्तर सम्बन्ध’boutको विमर्श कार्यक्रम उपलब्धिमूलक रहेको बताउनुभयो ।

विश्व कविता दिवसमा विशेष कवि गोष्ठी

२०७५ चैत्र ७ गते नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्यविभागद्वारा विश्व कविता दिवस (२१ मार्च)का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरियो । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विशेष कवि गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले संसारका विभिन्न देशले विभिन्न अवसर पारेर कविता उत्सवको (दिवस)को भव्य आयोजना गर्ने गरेको सुनाउँदै कवि र कविताको सम्मानमा युनेस्कोले कविताको पठन संस्कृतिको विकास, यसको महŒव र गरिमाको सम्मानार्थ विश्व कविता दिवसको थालनी गरेको उल्लेख गर्नुभयो । उहाँले कविता दिवसलाई देशभरि उत्सवका रूपमा मनाइनु पर्नेमा जोड दिनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कार्यक्रममा बोल्दै कविहरूले विश्वमा कवितालाई नयाँ उचाईमा पु¥याउनका लागि गरेको योगदानको कदर गर्दै विश्व कविता दिवसको परम्परा थालनी भएको बताउनुभयो । प्रज्ञा–प्रतिष्ठानले नयाँ तथा पुराना सबै पुस्ताका कविलाई निम्त्याएर कविता वाचन गर्ने गरेको उल्लेख गर्दै कार्यक्रममा वाचित  कविताहरूले कविता दिवसलाई सार्थक बनाएको विचार व्यक्त गर्नुभयो ।
काव्य विभाग प्रमुख प्राज्ञ डा. हेमनाथ पौडेलले कविता सुनाउने कुराले मात्र होइन, सुन्ने र मनन गर्ने कुराले पनि कविताप्रतिको सम्मान प्रकट हुने बताउनुभयो । उहाँले विश्व कविता दिवस कवि र कविताको सृजनात्मक महिमालाई सम्मान गर्नका लागि युनेस्कोको निर्णयअनुसार मनाइन थालेको उल्लेख गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोको निर्णयअनुसार सन् १९९९ मार्चको २१ का दिनदेखि विश्वकविता दिवस मनाउन थालिएको थियो । डा.पौडेलले कविताले मानिसको वाकस्वतन्त्रतालई बल पु¥याउने भएकाले समृद्ध समाजका लागि कविता निकै प्रभावकारी माध्यम हुने र कविताले चेतनाको अभिवृद्धि गर्दै समाज रूपान्तरणमा समेत मद्दत पु¥याउने बताउनुभयो । डा.पौडेलले थप्नुभयो, “कवितासँग मानिसको आत्मिक सम्बन्ध रहेको छ ।”
कार्यक्रमका सभापति एवम् प्रज्ञा–प्रतिष्ठान–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले विविध कविका विविध भाव र लयका कविताले आफूलाई आल्हादित बनाएको बताउँदै  कविता भनेको कृष्ण मन्दिर र न्यातपोलजस्तो हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रा कविता लेख्न निरन्तर साधना र काव्यिक सत्सङ्ग चाहिन्छ ।”
सदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्यायले कवि धरणीधर कोइरालाले भन्नुभएजस्तै कविताले मानव जीवनलाई सार्थक बनाउने धारणा राख्नुभयो । उहाँले सन् १९९९ मार्च २१ का दिनलाई फ्रान्सको पेरिसमा सम्पन्न युनेस्कोको बैठकले विश्व कविता दिवस मनाउने युगान्तकारी निर्णय गरेको बताउँदै मानवता र मानवीयतालाई जोड्न र भातृत्व सम्बन्धलाई प्रगाढ बनाउने काम कविता दिवसले गर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “कविता भनेको मानवको भित्री आँखा हो ।”
गोष्ठीमा खुमनारायण पौडेल, जयन्ता पोखरेल, जीवनाथ धमला, कौशिला रिसाल, भीष्म उप्रेती, शान्ति शर्मा, रूपक अलङ्कार, घनेन्द्र ओझा, लिखत पाण्डे, भारद्वाज मित्र, विश्वविमोहन श्रेष्ठ, डम्बर पहाडी, श्याम रिमाल, गोपाल अश्क, विन्दु शर्मा, नन्दु उप्रेती, मधुसूदन गिरी, लक्ष्मी उप्रेती, रमेश पौडेल, नवीन प्यासी, बलराम दाहाल, शान्ति सापकोटा, जयन्ती सत्याल, कलानिधि दाहाल, प्रगति राई, देवकी अभिलाषी र प्रथासमेत २७ कविले आ–आफ्ना कविता कविता वाचन गर्नुभएको थियो ।

‘समकालीन नेपाली कविताका नारी हस्ताक्षर’

२०७५ चैत ४ गतेका दिन प्रज्ञा भवनमा समकालीन नेपाली कवितामा नारी हस्ताक्षर सम्बन्धी गहन विमर्श गरियो । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य÷काव्य) विभाग र महिला अध्ययन केन्द्रद्वारा संयुक्त रूपमा आयोजित ‘समकालीन नेपाली कविताका नारी हस्ताक्षर’ विषयक विचार गोष्ठीमा यस्तो बहस गरिएको हो ।
गोष्ठीलाई सम्बोधन गर्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले समकालीन नेपाली कवितामा नारीहरूको सक्रियता र योगदान के–कस्तो छ भन्ने समग्र जानकारी गोष्ठीले दिएको बताउँदै कार्यक्रम सार्थक भएको दाबी गर्नुभयो । उहाँले सबैको संश्लेषणबाट सार्थक निष्कर्ष निस्किने बताउनुभयो ।

 

 

 

 

 

 

 

 

साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्राज्ञ डा. हेमनाथ पौडेलले कार्यक्रमको उद्देश्य’bout प्रकाश पार्दै समकालीन नेपाली कवितामा नारी हस्ताक्षर उल्लेखनीय रूपमा बृद्धि भइरहेको बताउँदै समकालीन नेपाली कवितामा नारीहरूको अवस्था अभिलेखीकरण गर्ने उद्देश्यले कार्यक्रम कायोजना गरिएको धारणा राख्नुुभएको थियो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले मातृशक्ति नै प्रमुख शक्ति भएको उल्लेख गर्दै प्रज्ञा–प्रतिष्ठानले नारी स्रष्टाकै बाहुल्यतामा नारी स्रष्टासम्बन्धी केन्द्रित रहेर गरेको कार्यक्रम संभवतः यो नै पहिलो भएको जिकिर गर्नुभयो ।
केन्द्रकी अध्यक्ष सीता ओझाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञसभा सदस्य एवम् समालोचक डा. गीता त्रिपाठीले ‘समकालीन नेपाली कविताका नारी हस्ताक्षर’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै नेपाली कविता लेखनमा नारीहरूको उपस्थिति र योगदानका ’boutमा प्रकाश पार्नुभएको थियो । उहाँले आफ्नो गोठीपत्र सर्वेक्षणपरक रहेको उल्लेख गर्दै भन्नुभयो, “तपाईंहरूको सल्लाह र सुझाबबाट नै यो पूर्ण हुनेछ ।”

डा. त्रिपाठीको गोष्ठीपत्रमाथि प्राज्ञसभा सदस्य एवम् समालोचक डा. रजनी ढकाल र संविधानसभाकी पूर्व सभासद् प्रभा बज्राचार्यले समीक्षा गर्नुभएको थियो ।
लक्ष्मी गौतमले सञ्चालन गरेको कार्यक्रममा वासुदेव ढकाल र किशोर नेपाली प्रतिवेदक रहेका थिए ।
1 3 4 5 6 7 23