सल्यानमा लोकवार्ता सम्बन्धी गोष्ठी

नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठान लोक वार्ता परिषद् नेपाल लगायत स्थानीय सङ्घसंस्थाहरुको संयुक्त आयोजनामा वि.सं. २०७२ माघ ७ र ८ गते सल्यानमा लोकवार्ता सम्बन्धी कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको सभापति समीर शाह, प्रमुख अतिथि उपकुलपति डा. विष्णुविभु घिमिरे तथा विशिष्ट अतिथिहरु पूर्व मन्त्री प्रकाश ज्वाला, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्राज्ञ पवित्रा घर्र्ती मगर, प्रा.डा.प्रेम कुमार खत्री, प्रा.डा.जयराज पन्त, साहित्यकार खगेन्द्र सङ्ग्रौला, प्रा.डा.चूडामणि बन्धु र प्र.जि.अ.कृष्ण प्रसाद आचार्य लगायतका विशिष्ट व्यक्तिहरु रहनु भएको थियो ।

प्रमुख अतिथि उपकुलपति डा. घिमिरेले  सल्यानको  सुन्दर प्राकृतिक वातावरणमा लोकवार्ता गोष्ठी भव्य रूपमा सम्पन्न भएकोमा हर्ष प्रकट गर्दै कार्यक्रमको सफलताको कामना गर्नु भयो । नेपाल प्रज्ञा—प्रतिष्ठानले लोकवार्ताको संरक्षण र विकासमा विशेष महत्त्व दिँदै आएको र भविष्यमा पनि दिँदै रहने विश्वास उहाँले दिलाउनु भयो । विशेष अतिथि प्राज्ञ नर्मदेश्वरी सत्यालले नेपाल प्रज्ञा–प्रतिष्ठानसँगको संयुक्त आयोजनामा स्थानीय निकायहरु उत्साहित भई आफ्नो ठाउँ र जिल्लाको गरिमा बढाउन लोकवार्ताका विभिन्न विषय सम्बन्धी कार्यपत्र प्रस्तुतिका साथै बहु जातीय सांस्कृतिक नृत्यहरु प्रस्तुत गरी अनुकरणीय काम गर्नु भएकोमा आफ्नो र प्रज्ञा–प्रतिष्ठानका तर्फबाट धन्यवाद दिनु भयो । उहाँले प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, दर्शन शास्त्र, सामाजिक शास्त्र, अनुवाद र संस्कृतिका क्षेत्रमा लक्षित कार्यक्रमहरु सम्पन्न गर्न उद्देश्य मिल्ने सङ्घसंस्थाहरुसँग सहकार्य गर्दै कार्यक्रम गरेको जानकारी दिनु भयो । प्रस्तुत गरिने कार्यपत्रहरुले समयोचित नभएका कुरीतिहरु त्याग्न र असल परम्पराको संरक्षण गर्न सहयोग पु¥याउने  भन्दै यस्ता कुराहरुलाई जनतामाझ पु¥याउन पहल गर्नु पर्नेमा पनि उहाँले जोड दिनु भयो । कार्यक्रममा नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य पवित्रा घर्ती मगरले सल्यानको लोक संस्कृतिको विशिष्टतामाथि प्रकाश पार्दै गीत प्रस्तुत गर्नु भयो । वरिष्ठ साहित्यकार खगेन्द्र सङ्ग्रौला, कथाकार नयनराज पाण्डेले सो कार्यक्रममा आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो । नेपाल प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य प्रा.डा.चूडामणि बन्धु, प्रा.डा.प्रेम कुमार खत्री, प्रा.डा.जयराज पन्त, डा.जगमान गुरुङ, प्रा.डा.सुरेन्द्र के.सी, तुलसी मान श्रेष्ठ, गुड्डी पन्त, प्रतिभा पुन, निर्मला गिरी , मधु सूदन गिरी ,सल्यानी माइँला, डा.कुलराज निरौला, शीतल गिरी लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको उक्त गोष्ठीमा विद्वान् विदुषीहरुले विभिन्न शीर्षकका कार्यपत्र प्रस्तुत गर्नु भएको  थियो । कार्यपत्र प्रस्तोता र कार्यपत्रहरु यस प्रकारका रहेका छन्— खर्कबहादुर बुढा ‘सल्यानमा प्रचलित कला संस्कृतिको सामान्य चिनारी’, डा.धुव्रप्रसाद भट्टराई ‘पाल्पा अर्गलीमा गाइने फागु गीतको सन्दर्भपरक अध्ययन’, पूर्ण भण्डारी ‘पङ्कज’ ‘सल्यान जिल्लाको लिखित साहित्यको रूपरेखा’, प्रतीक ‘इच्छुक’ शर्मा ‘समृद्धिको आधारः सल्यानको पर्यटन’, डा.भक्त राई ‘किरात राई जातिमा प्रचलित मदिरा संस्कृति’, मणिराज शर्मा ‘राउटे जातिको लोक जीवन’, डा.मधुुसूदन गिरी ‘मध्य पश्चिमको साहित्यिक अवस्था’, मनोहर लामिछाने ‘सल्यान जिल्लाको लोक साहित्य’ र प्रा.डा.जयराज पन्त ‘नेपाली लोकवार्ताको परिचय र महत्व’ । यी कार्यपत्रमाथि मोतीलाल नेपाली, प्रा.डा.चूडामणि बन्धु, प्रेम योगी, रमेश गौतम, शीतल गिरी, मेदिनी केवल, अमर शाह र पूर्णबहादुर भण्डारीले टिप्पणी गर्नुका साथै डा.मधुसूदन गिरीले प्रा.डा.जयराज पन्तको कार्यपत्रमाथि जिज्ञासा राख्नु भएको थियो ।

प्रज्ञाको स्रष्टा भेटघाट कार्यक्रम

काठमाडौँ २०७२, जेठ २४ । नेपाल प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष नेपाल आएको अवसर पारी भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न भेटघाट समारोहमा अनेसासका अध्यक्ष पदम विश्वकर्मा र उपाध्यक्ष राधेश्याम लेकालीलाई खादा अर्पण गरी सम्मान गरिएको थियो । उप्रेतीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय पहिचान दिन महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यको निरन्तरता रहेको बताउनु भयो । उहाँले प्रज्ञा–प्रतिष्ठानले विभिन्न साहित्यिक संस्थासँग सहकार्य गर्दै आएको चर्चा गर्नुभयो ।
उपकुलपति डा.विष्णु विभु घिमिरेले अतिथिहरुलाई स्वागत गर्दै विगत २४ वर्षदेखि अनेसासले साहित्यिक क्षेत्रमा विशिष्ट कार्य गर्दै आएको बताउनु भयो । उहाँले नेपाली साहित्यको श्रीवृद्धिमा लागि परेकाप्रति हार्दिक आभार व्यक्त गर्दै नेपाल च्याप्टर र अनेसासले गरेको कार्यको सराहना गर्नुभयो । प्रज्ञा प्रतिष्ठान र अनेसास मिलेर आउँदा दिनमा महत्वपूर्ण कार्य गर्ने विश्वासका साथ पदम विश्वकर्मा यस कार्यको निम्ति बलियो खम्बा भएको घिमिरेको कथन थियो ।
समारोहमा अनेसासका अध्यक्ष पदम विश्वकर्माले ‘नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणमा अनेसासको भूमिका’ विषयमा आफूले सँगालेका अनुभवहरू प्रस्तुत गर्नुभयो । उहाँले नेपाली साहित्यका कृतिहरू अनुवाद गरी विश्व बजारमा पु¥याएर नोबेल पुरस्कारका निम्ति लबिङ गर्नु आवश्यक रहेको बताउनु भयो । ‘नेपाल सरकारले विभिन्न देशहरूमा अवैतनिक साहित्यिक दूत नियुक्त गर्ने हो भने उपलब्धीपूर्ण हुने’ विश्वकर्माको कथन थियो ।
अनेसासको नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा धेरै काम भएको र अझै बाँकी कार्यका निम्ति लागि पर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरीले नेपाल प्रज्ञा–प्रतिष्ठान आफ्ना समग्र कार्य र गतिविधिहरूलाई विश्वव्यापी बनाउन चाहन्छ भन्नु भयो । ‘यसका निम्ति हामी सहकार्यलाई प्राथमिकता दिँदै आएको छौँ’ गिरीले बताउनु भयो ।
कार्यक्रममा प्राज्ञ परिषद् र प्राज्ञ सभाका सदस्यहरू र अनेसास नेपाल च्याप्टरसँग सम्वद्ध स्रष्टाहरूका साथै अन्य स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

भूकम्प सम्बन्धी विशेष गजल वाचन

भूकम्प सम्बन्धी विशेष गजल वाचन
नेपाल प्रज्ञा–प्रतिष्ठान (काव्य विभाग) र त्रिशुली वाङमय प्रतिष्ठानको संयुक्त आयोजना तथा मधुवन साहित्य परिवार र शब्दघरको सह आयोजनामा भूकम्प सम्बन्धी विषेश गजल वाचन कार्यक्रम सम्पन्न भएको छ । भूकम्पले क्षतिग्रस्त धरहरा परिसरमै कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख अमर गिरीले भूकम्पबाट उत्पन्न संकटको यस घडीमा सृजना मार्फत नेपाली मनमा ऊर्जा प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्नुभयो । यस अप्ठ्यारो परिस्थितिमा स्रष्टाहरूले आफ्ना सृजना मार्फत राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिन सक्छन्– प्राज्ञ गिरीले भन्नु भयो । उहाँले यस कार्यक्रममा इन्जिनियर, डाक्टर र प्रहरीहरूको सहभागिता हुनु कार्यक्रमको सुुखद एवं प्रेरक पक्ष रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा ज्ञानुवाकर पौडेल, ललिजन रावल, सनत कुमार वस्ति, डा. कृष्णहरि बराल, धीरेन्द्र प्रेमर्षि, रवि प्रान्जल, वियोगी बुढाथोकी, कपोल कल्पित (इन्जिनियर), वसुदा नेपाल (चिकित्सक), टिकाराम भण्डारी (चिकित्सक), सुधा साही (चिकित्सक), प्रहरी क्षेत्रबाट विद्या घिमिरे, टिकाराम दुलाल, उदास कार्की, ललित सादा, तपेन्द्र घोडासैनी, विपिन सलामी, मनोज न्यौपाने, नवीन चिराग, जोतारे धाइवा, बलराम दाहाल, गोपीकृष्ण ढुङगाना, बाबु त्रिपाठी, रूद्र अधिकारी, प्रभाती किरण, रूपक अलङ्कार र जय गौडेलले गजल वाचन गर्नु भएको थियो ।
कार्यक्रम प्राज्ञ वियोगी बुढाथोकीको अध्यक्षतामा भएको थियो । त्रिशुली वाङमय प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँलले सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

अभिघात व्यवस्थापनमा हास्य व्यङ्ग्यको भूमिका ’bout चर्चा

काठमाडौँ, २०७२ असार १० । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य समालोचना र निबन्ध विभागको प्रमुख आयोजना तथा सिस्नुपानी नेपालको सहआयोजनामा ‘अभिघात व्यवस्थापनमा हास्य व्यङ्ग्य साहित्यको भूमिका विषयक  विचार गोष्ठी सम्पन्न भयो । 
गोष्ठीमा निवर्तमान कुलपति बैरागी काइँलाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गर्दै बैशाख १२ र २९ गतेको भूकम्पले ल्याएको धक्काले मानव जीवनमा पारेको अवरोधलाई चिर्न प्रयास गर्नु पर्ने बताउनु भयो । ’असहज जीवनलाई सहज बनाई बाँच्न सिकाउने कला हास्यव्यङ्ग्य साहित्य हो’ काइँलाले भन्नुभयो ।
समारोहमा विशेष अतिथि प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘बैशाख १२ को भूकम्पले बिगारेको हाम्रो मनोभावलाई ब्युँझाउन साहित्यको शक्तिले उल्लेखनीय भूमिका निर्वाह गर्ने बताउनुभयो ।
समारोहमा प्रा.डा. गोविन्द राज भट्टराईले ‘अमिघात व्यवस्थापनमा हास्य व्यङ्ग्य साहित्यको भूमिका’ नामक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि प्रा.डा. माधव पोखरेलले समीक्षा गर्दै हास्यव्यङ्ग्यले मनोचिकित्साको काम गर्ने बताउनु भयो ।
अर्का कार्यपत्र प्रस्तोता लक्ष्मण गाम्नागेले ‘भयबाट मुक्तिका लागि हास्य व्यङ्ग्यको मलम पट्टी’ नामक कार्यपत्र प्रस्तुत गर्दै भूकम्प पीडित क्षेत्रमा हास्यव्यङ्ग्य कार्यक्रम मार्फत त्रासबाट मानिसलाई मुक्त हुन मदत पु¥याएको चर्चा गर्नु भयो । गाम्नागेको कार्यपत्रमाथि हास्यकलाकार शैलेन्द्र सिंखडा र मनोज गजुरेलले समीक्षा गर्दै आआफ्ना हास्यव्यङ्ग्य प्रस्तुत गर्नु भएको थियो ।
प्राज्ञ तथा कार्यक्रम संयोजक ज्ञानु पाण्डेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै हास्यव्यङ्ग्यका माध्यमबाट भूकम्प पीडितहरूलाई मनोचिकित्सा दिने स्रष्टाहरूलाई आदर र सम्मान गर्न पनि यो कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
गोष्ठीमा सहभागी सबैलाई सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा पूर्व सदस्य सचिव डा. तुलसी भट्टराई, प्राज्ञ परिषद्का सदस्यहरू, प्राज्ञ सभाका सदस्यहरू लगायत विभिन्न विशिष्ट विद्वान् विदुषीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सहभागीहरूले आ–आफ्ना कोणबाट जिज्ञासा राख्नु भएको थियो । जिज्ञासा राख्नेहरूमा रोचक घिमिरे, मेदिनी कुमार केवल, डा. यम बहादुर क्षत्री प्रा.डा. सुषमा आचार्य, प्रा.डा.मोहन लोहनी, होमप्रसाद गौतम, लक्ष्मी एडी आदि हुनुहुन्थ्यो ।

अनुवाद सम्बन्धी प्रज्ञा–गोष्ठी

काठमाडौँ, २०७२ असार ६ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (अनुवाद) विभागको आयोजनामा ‘अनुवादको सिद्धान्त, महत्व र आवश्यकता’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
प्रा.डा. अमि सुवेदीले अध्यक्षता गर्नु भएको कार्यक्रममा समालोचक प्रा.आनन्ददेव भट्ट प्रमुख अतिथि हुनुहुन्थ्यो । दीप प्रज्वलन गरी आरम्भ भएको कार्यक्रममा भट्टले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित अनुवाद सम्बन्धी पत्रिका ‘रुपान्तर’को तेस्रो अङ्क विमोचन गर्नु भयो । भट्टले भन्नुभयो– ‘अनुवाद एक सहकार्य हो र यस कार्यले भाषा र साहित्य चिनाउन सहज बनाउँछ ।’ उहाँले नेपाली कृतिहरूलाई विश्वका प्रचलित भाषामा अनुवाद गरेर नै नेपाली साहित्यलाई विश्वव्यापी बनाउन सकिन्छ भन्नुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले नेपाल बहुभाषिक मुलुक भएकाले विभिन्न भाषाका साहित्यलाई विश्व सामु चिनाउन विभिन्न भाषाका साहित्यिक कृतिलाई अनुवाद गर्दै लैजाने उद्देश्य अनुरुप प्रज्ञाको अनुवाद विभागले कार्य गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा उपकुलपति विष्णुविभु घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गर्दै नेपाली साहित्यलाई विश्वव्यापी बनाउन र विश्व साहित्यलाई नेपाली बिच पु¥याउने माध्यमको रुपमा अनुवादलाई लिन सकिने बताउनुभयो ।
प्रज्ञाका सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले अनुवाद सम्बन्धी ठोस कार्य अघि बढाउन प्रज्ञा–प्रतिष्ठान प्रयत्नशील रहेको बताउनु भयो । यसै गरी अनुवाद विभागकी प्रमुख प्रा.डा. उषा ठाकुरले विभिन्न भाषालाई एक सूत्रमा बाँध्न अनुवादले सेतुको भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. गोविन्द राज भट्टराईले ‘वर्तमान सन्दर्भमा अनुवादको महत्व र आवश्यकता’ शीर्षकमा कार्यपत्र प्रस्तुत प्रस्तुत गर्दै नयाँ ज्ञान सल्काउने पुरानो बत्ती अनुवाद हो भन्नु भयो । भट्टराईको कार्यपत्रमाथि प्रा.डा. विजय रौनियारले लिखित टिप्पणी गर्नुभएको थियो ।
यसै गरी नवराज न्यौपानेले ‘अनुवादका क्षेत्रमा प्रयुक्त नवीन सिद्धान्तहरूको सङ्क्षिप्त सर्भेक्षण’ नामक अर्को कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । न्यौपानेको कार्यपत्रमाथि बलराम अधिकारीले लिखित टिप्पणी गर्नुभयो । कार्यक्रममा अमर राज जोशी, महेश पौडेल, भद्रा घले आदिले प्रस्तुत कार्यपत्रका ’boutमा विविध जिज्ञासा राख्नुभएको थियो ।
प्रा.डा.सुवेदीले समग्र कार्यक्रमको उपलब्धि आकलन गर्दै आफूले समेत धेरै कुरा सिक्ने अवसर पाएको बताउनु भयो ।
कार्यक्रममा प्राज्ञहरू, विश्व विद्यालयका प्राध्यापकहरू, अनुवाद सम्बन्धी अध्ययता र अनुवाद कार्यमा संलग्न विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

बौद्ध दर्शनमा सामाजिक चिन्तन विषयक गोष्ठी

काठमाडौं, असार ११ । नेपाल प्रज्ञा–प्रतिष्ठान (दर्शनशास्त्र विभाग र लुम्बिनी विश्व विद्यालयको संयुक्त आयोजनामा  ‘बौद्ध दर्शनमा प्रतिपादित समाजिक चिन्तन’ विषयक एक दिने गोष्ठी सम्पन्न भएको छ ।
दर्शन शास्त्र विभागका प्रमुख प्रा.डा. दिनेशराज पन्तको अध्यक्षतामा सम्पन्न गोष्ठीमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बौद्ध जीवन पद्धती हामी नेपालीहरूको महत्वपूर्ण पक्ष हो र यसलाई हामीले भन्दा अझ बढी संसारका अरू देशमा महत्व दिइँदै आएको बताउनु भयो । ‘सामाजिक विग्रहको वर्तमान अवस्थामा शान्तिको निम्ति बौद्ध दर्शनले दिएको योगदान विशिष्ट खालको छ । प्रज्ञा प्रतिष्ठान र लुम्बिनी विश्व विद्यालय बीच सहकार्य गर्दै हामी बुद्ध दर्शनसँग सम्बद्ध विषयमा शोध अनुसन्धानका अघि बढ्न सक्छौँ’ उप्रेतीले भन्नु भयो ।
गोष्ठीमा विशिष्ट अतिथि लुम्बिनी विश्व विद्यालयका उपकुलपति नरेशमान बज्राचार्यले यस कार्यक्रम मार्फत बुद्ध दर्शनमा सामाजिक चिन्तन छ कि छैन भनेर केलाउने प्रयत्न गरिएको बताउनु भयो । उहाँले ‘बुद्धले समकालीन समाजको अध्ययन गरेका थिए र समाजको व्यवहारको अध्ययन गरेका थिए भन्दै तत्कालीन समाजमा मिथ्या दृष्टि व्याप्त भएकाले सम्यक दृष्टि अघि सार्दै समाजलाई नयाँ बाटोमा लैजाने प्रयत्न गरेको उल्लेख गर्नु भयो ।
गोष्ठीमा वाल्मिीकि विद्यापीठ, बौद्धदर्शन विभागका विभागीय प्रमुख काशीनाथ न्यौपानेले ‘बौद्ध चिन्तनमा प्रतिबिम्बित समाज दर्शन’ विषयक कार्यपत्र पस्तुत गर्दै जातिवादमा बुद्धको दृष्टि, नीच या उच्चको आदर्श, मूलभूत आदर्श
बुद्धचिन्तनको आर्थिक आयाम, शैक्षिक आयाम आदि’bout प्रकाश पार्नु भएको थियो ।
‘बौद्धधर्म र समाज शास्त्रीय चिन्तन ः एक अध्ययन’ शीर्षकमा अर्को कार्यपत्र प्रस्तुत गर्दै बौद्ध अध्ययन केन्द्रीय विभाग, त्रिवि कीर्तिपुरका डा. सुरेन्द्रमान बज्राचार्यले बौद्धकालीन समाज, बुद्धले खोजेको समाज, बौद्धधर्म र समाजशास्त्र, बौद्ध दर्शनमा समाजशास्त्रीय चिन्तन ’bout प्रकाश पार्नु भयो ।
कार्यपत्रमाथि समीक्षा गर्दै डा.कवीन्द्र बज्राचाचार्यले कार्यपत्र स्तरीय र विश्लेषणमूलक रहेको बताउनु भयो । छलफल सत्रमा तत्क्षेत्रका विभिन्न विद्वान्हरू आचार्य नोर्बु शेर्पा, प्रा.डा. इन्दिरा जोशी, शितल गिरी, शनतकुमार वस्ती, विद्यानाथ उपाध्याय, हरिप्रसाद सोडारी, डा. मिलन शााक्य,  नित्यलाल पाण्डे, नारायण प्रसाद गौतम, पदम प्रसाद
भिक्षु बोधिया, निर्मल श्रेष्ठ, इन्द्र काफ्लेले कार्यपत्रका विविध पक्षमाथि जिज्ञासा एवम् टिप्पणी गर्नु भएको थियो ।
कुलपतिद्वारा दीप प्रज्वलन गरी आरम्भ भएको कार्यक्रमा सदस्य सचिव प्रा.डा जीवेन्द्र देव गिरीले स्वागत मन्तव्य दिनु भएको थियो भने बौद्ध मन्त्र वाचन गरिएको थियो । डा. भद्ररत्न बज्राचार्यले धन्यवाद ज्ञापन र प्रा.डा. दिनेशराज पन्तले समापन मन्तव्य दिनु भएको थियो ।

‘बाल साहित्य सृजन र पठन संस्कृतिको विकास’ विषयक विचार गोष्ठी सम्पन्न

काठमाडौँ, २०७२ असार १६ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (लोक वार्ता र बाल साहित्य) विभागको आयोजनामा ‘बाल साहित्य सृजन र पठन संस्कृतिको विकास’ विषयक विचार गोष्ठी सम्पन्न भयो । 

गोष्ठीको आरम्भमा प्रमुख अतिथि बाल साहित्यकार शान्तदास मानन्धरले बाल कविता वाचन गर्नु भएको थियो । मानन्धरले ‘बाल साहित्य बालकको निम्ति लेखिएको हुनुपर्ने’ बताउँदै बाल बालिकाको मानसिकता अनुरुप बाल साहित्य सृजना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गोष्ठीमा पूर्व कुलपति वैरागी काइँलाले विशेष अतिथिको मन्तव्य प्रस्तुत गर्दै यस गोष्ठीले बाल साहित्यको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले समाजलाई सुन्दर बनाउन समयमै केटाकेटीको मनोवृत्तिमा सुन्दर भाव जगाउने दृष्टिले कार्य गरेमा नेपाली समाज सुन्दर हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्तव्यकै क्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली साहित्यमा बाल साहित्यको मूल्याङ्कन र सर्वेक्षणको आवश्यकता औँल्याउँदै बाल साहित्य लेखनको परम्परा राम्रो बसेको बताउनु भयो ।

गोष्ठीमा सहभागी सबैलाई स्वागत गर्दै उपकुलपति विष्णु विभु घिमिरेले साहित्यका माध्यमबाट बालकलाई असल नागरिक बनाउन मद्धत पुग्दछ भन्नु भयो । यसैगरी सदस्य सचिव प्रा.डा.जीवेन्द्रदेव गिरीले उपस्थित विद्वान् विदुषी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

विभागीय प्रमुख तथा गोष्ठीका संयोजक प्राज्ञ नर्मदेश्वरी सत्यालले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्दै बाल बालिकालाई सफल र योग्य नागरिक बनाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो । उहाँले ‘बालहत्या’ शीर्षकको कविता समेत वाचन गर्नु भएको थियो ।

मन्तव्यकै क्रममा प्रा.डा. सुषमा आचार्यले समाज र घर परिवारबाट नै बालबालिकामा छाप पर्ने हुँदा साहित्यले बालकको व्यक्तित्वमा ऐना जस्तो छर्लङग देखाउन सक्नु पर्ने बताउनु भयो ।

बालकवि निहारिका अधिकारीद्वारा कवि दुर्गालाल श्रेष्ठको ‘सडक छापे सानो भाइ’ शीर्षक कविता बाचन गरिएको गोष्ठीमा प्रा.डा. महादेव अवस्थी र प्रा.डा. रमेश भट्टराईले क्रमशः ‘बालकविता सृजन, सम्पादन र प्रकाशन’ एवम् ‘बाल बालिकामा पठन संस्कृतिको विकास’ शीर्षकमा दुईवटा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत कार्यपत्रमाथि समीक्षा गर्दै प्रमोद प्रधानले कार्यपत्रमा बाल साहित्य लेखनको ऐतिहासिक सन्दर्भ नपरेको उल्लेख गर्नु भयो । अर्का समीक्षक प्रा.रञ्जुश्री पराजुलीले कार्यपत्रमा बाल साहित्य सिर्जनामा बाल बालिकाको उमेरगत रुचिलाई ख्याल गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सहभागीहरूले विभिन्न कोणबाट जिज्ञासा प्रस्तुत गर्नु भएको थियो । जिज्ञासा प्रस्तुत गर्नेहरूमा श्री राम शर्मा, लक्ष्मी एडी, भिक्टर प्रधान, उर्मिला पन्त र प्रा.डा. हेमाङ्गराज अधिकारी हुनुहुन्थ्यो ।

 

प्रा.डा. चूडामणि बन्धुले गोष्ठी समापन मन्तव्यका क्रममा प्रज्ञा–प्रतिष्ठानले बाल साहित्यका क्षेत्रमा समेत कार्य आरम्भ गरेकामा खुसी व्यक्त भन्नुभयो ।

गोष्ठीमा प्राज्ञ परिषद्का सदस्यहरू, प्राज्ञ सभासदहरू, बाल साहित्यका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाका पदाधिकारी एवम् विभिन्न क्षेत्रका विद्वान् विदुषीहरूको उल्लेख्य सहभागिता थियो ।

1 20 21 22 23