शब्दकोश संशोधन समिति गठन

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली बहत् शब्दकोश’को दसौँ संस्करण तयारीका लागि कुलपति गंगाप्रसाद उप्रेतीको संयोजकत्वमा समिति गठन गरेको छ । कात्तिक ३० गते बसेको प्राज्ञपरिषद्को बैठकले नवौँ संस्करणका केही प्रविष्टि सच्याउने निर्णय गरेको थियो । सोही बैठकको निर्णयअनुसार शब्दकोश संशोधन गरी दसौँ संस्करण तयारी गर्न समिति गठन गरिएको प्रतिष्ठानले जनाएको छ ।
दसौँ संस्करण संशोधन तथा तयारी समितिमा प्रा. गोपीकृष्ण शर्मा, डा. तुलसी भट्टराई र सहप्राध्यापक हेमनाथ पौडेल सदस्य रहेका छन् भने डा. कर्णाखर खतिवडालाई प्राविधिक परामर्शदाताका रुपमा मनोनयन गरिएको छ ।
कुलपति उप्रेतीका अनुसार नवौँ संस्करणमा भएका केही प्रविष्टि सच्याइएपछि प्रतिष्ठानको वेभसाइटमा संशोधित संस्करण राखिनुका साथै प्रकाशन पनि गरिने छ ।