प्रशासन प्रमुख ज्ञानहरि अधिकारीको विदाई

आज २०७५ चैत्र ११ गते सोमवार नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रशासन प्रशासन प्रमुख  ज्ञानहरि अधिकारीको हार्दिक विदाई गरियो । प्रज्ञा–प्रतिष्ठानमा दीर्घसेवा गरी उमेर हदका कारण मङ्गलवारबाट अनिवार्य अवकाश पाउनुभएका अधिकारीको एक समारोहबिच विदाई गरिएको हो ।

प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजित समारोहमा कुलपति गङ्गाप्रसाद उप्रेतीले अधिकारीलाई फुलमाला र दोसल्ला ओडाउनुका साथै प्रतिष्ठानका तर्फबाट मायाको चिनो उपहार प्रदान गर्नुभएको थियो । सो अवसरमा कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानमा रहेर दीर्घ सेवा गरी अवकाश लिनुभएका अधिकारीको सेवा र योगदानको उच्च

प्रशंसा गर्नुभयो । उहाँले अवकाश नियमित प्रक्रिया भएको भन्दै अधिकारीको अवकाशपछिको जीवन अझ सिर्जनशील हुने कामनासमेत गर्नुभयो ।

समारोहमा अधिकारीले प्रज्ञा–प्रतिष्ठानका बिताएका दिनहरूको स्मरण गर्दै प्राज्ञ परिषद् र कर्मचारी परिवारप्रति आभार व्यक्त गन७३घढर्सभएको थियो ।

समारोहमा योजना तथा कार्यक्रम महाशाखा प्रशासन प्रमुखसन्ध्या पहाडी, प्रज्ञा–प्रतिष्ठान कलाकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष विश्वमोहन राजभण्डारी र लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घका अध्यक्ष अशोककुमार चौरसियाले प्रशासन प्रशासन प्रमुख अधिकारीको योगदानका बारेमा बोल्नुभएको थियो ।