नेपाल–भारत काव्य सन्ध्या आयोजित

मिति २०७५ मङ्सिर ८ गते प्रज्ञा भवनमा नेपाल–भारत काव्य सन्ध्या आयोजना गरिएको छ । ‘हिमालिनी’ हिन्दी मासिक पत्रिका र नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संयुक्तरुपमा आयोजित काव्य सन्ध्यामा नेपाल र भारतका कविहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए । छिमेकी मुलुक भारतका विभिन्न प्रदेशबाट ४० जना स्रष्टाहरू नेपाल आएका छन् । काव्य सन्ध्यामा नेपाली, हिन्दी, बंगाली, गुजराती, असमिज लगायतका भाषामा कविता भएका थिए ।

नेपालका तर्फबाट कविहरू मोमिला, बिना थिङ, विमला तुम्खेवा, वसन्त चौधरी, विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, विधान आचार्य, राजेन्द्र शलभ, सन्ध्या पहाडी र स्वेता दीप्तिले आआफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो । भारततर्फ गुजरातबाट डा. उषा उपाध्यायले गुजरातीमा आफ्नो प्रस्तुति दिनुभएको थियो भने विणा बुद्धकी (कास्मिरी), डा. अच्युतानन (केरला), किरण कुमारी (संथाल), पुण्यादेवी (असम), परवेज हुसैन (असम), रंजित गगोई (असम), मिताली भट्टाचार्य (बंगाल), वन्दना श्रीवास्तव (हिन्दी), धनाकर ठाकुर (मैथिली) र रणवीर शर्मा (हिन्दी)ले वले आआफ्ना भाषामा कविता सुनाउनुभएको थियो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतीले नेपाल र भारतबिचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै साहित्य, कला र संस्कृतिले एक अर्को मुलुकलाई भावनात्मक रुपले मजबुद रुपमा जोड्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आज वाचित १०÷१० कविताले प्रतीकात्मकरुपमा नेपाल–भारतबिचको भावनात्मक सम्बन्धलाइृ नयाँ उचाईमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको छ ।” कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल–भारत साहित्यिक एवम् सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउँदै लैजानु पर्नेमा जोड दिनुभएको थियो ।

भारतबाट आएको स्रष्टाहरूका टोली प्रमुख डा. रामचन्द्र रायले नेपाल प्रज्ञा–प्रतिष्ठान र ‘हिमालिनी’ पत्रिकाप्रति आभार प्रकट गर्नुभएको थियो । कार्यक्रममा ‘हिमालिनी’का प्रवन्ध निर्देशक सच्चिदानन्द मिश्र, सम्पादिका श्वेता दीप्तिले कार्यक्रमको उद्देश्यबारे बोल्नुभएको थियो ।