गोदावरीमा बहुभाषिक कविगोष्ठी

वि.सं. २०७५ असार २७ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा साहित्य विभाग र स्मार्ट माइक्रो रिसर्चको आयोजनामा ललितपुरको गोदवारीमा बहुभमषिक कविता गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठान मातृभाषा साहित्य विभागका प्रमुख प्राज्ञ श्रवण मुकारुङ तथा आख्यान विभाग प्रमुख प्राज्ञ मातृका पोखरेलको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा डा. भक्त राई र तिलक चाम्लिङले मातृभाषा सम्बन्धी कार्यपत्र पस्तुत गर्नु भएको थियो भने प्राज्ञ शान्तिराम राईले कार्यपत्रमाथि टिप्पणी गर्नु भएको थियो । कार्यक्रममा तामाङ, थुलुङ, बान्तवा, लिम्बू र नेपाली भाषाका कविता तथा गीतहरू प्रस्तुत भएका थिए ।
प्राज्ञ श्रवण मुकारुङ तथा प्राज्ञ मातृका पोखरेलले बहुभाषिक सिर्जनाहरूको वर्तमान अवस्था र भावी कार्यदिशाका बारेमा मन्तव्य राख्नु भएको थियो । कार्यक्रमका सभापति तथा स्मार्ट माइक्रो रिसर्चका अध्यक्ष बम बानियाँले कार्यक्रमको महत्व र औचित्य माथि प्रष्ट पार्नु भएको थियो ।