माननीय मन्त्रीज्यूको स्वागत

वि.सं. २०७४ साल चैत २९ गते बिहीवारका दिन नेपाल प्रज्ञा–प्रतिष्ठानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय रविन्द्र अधिकारीको स्वागतमा एक कार्यक्रमको आयोजना गरियो ।

माननीय मन्त्री अधिकारीलाई प्रज्ञा–प्रतिष्ठानमा स्वागत गर्नुहुँदै माननीय कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानका गतिविधिबारे प्रकाश पार्नुभएको थियो । उहाँले वर्तमान प्राज्ञ परिषद्ले अत्यन्त महत्वका प्राज्ञिक कार्यहरू गर्नुका साथै प्रज्ञा भवनको रेट्रोफिटिङ गरी अत्याधुनिक छापाखाना सञ्चालनमा ल्याएको बताउनु भयो ।
माननीय मन्त्री अधिकारीले प्रज्ञा–प्रतिष्ठान राष्ट्रका समस्त सर्जक÷स्रष्टाहरूको आस्थाको केन्द्र भएको हुनाले सबैको पहुँचमा पु¥याउनु पर्ने बताउनुभयो । उहाँले नयाँ प्रविधिको अधिकतम् प्रयोग गरी प्रतिष्ठानका गतिविधि सर्वत्र फैलाउनुका साथै विद्यालय र क्याम्पसहरूका प्रतिष्ठानलाई लैजानु पर्ने बताउनुभयो ।

माननीय मन्त्रीले प्रतिष्ठानका प्रकाशनहरूलाई थप स्तरीय बनाउँदै सर्वसुलभ रूपमा सबैको पहुँचमा पु¥याउनु पर्नेमा जोड दिनुभयो । सो अवसरमा मन्त्री अधिकारीले प्रज्ञा–प्रतिष्ठानको निरीक्षण गर्नुभएको थियो । प्रतिष्ठानका आवश्यक सहयोगमा कुनै कमी नआउने मन्त्री अधिकारीले प्रतिबद्धता प्रकट गर्नुभयो ।

कार्यक्रममा उपकुलपति डा. विष्णुविभु घिमिरे, प्राज्ञ परिषद्का सदस्यहरू प्रा.डा. हेमाङ्गराज अधिकारी, प्राज्ञ प्रा. दिनेशराज पन्त, प्राज्ञ डा. अमर गिरी, प्राज्ञ प्रा.डा. उषा ठाकुर, प्राज्ञ प्रा.डा. ज्ञानू पाण्डे, प्राज्ञ श्रवण मुकारुङ, प्राज्ञ नर्मदेश्वरी सत्याल, प्राज्ञ सभा सदस्य प्राज्ञ शशी लुमुम्बूको उपस्थिति रहेको थियो ।

यसै गरी संस्कृति मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव भरतमणि सुवेदी, प्रज्ञा–प्रतिष्ठानका महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।