दसैँ चिठ्ठा कार्यक्रम

काठमाडौँ, ९ असोज । विगत वर्षमा झैँ यस वर्ष पनि नेपालीहरूको महान् चाड विजया दशमी, शुभदीपावली, नेपाल सम्बत्, छठ लगायतको शुभअवसरमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन,

नेपाल प्रज्ञा–प्रतिष्ठान समितिले ‘दसैँ चिठ्ठा’ कार्यक्रम आयोजना गरेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्य तथा उपकुलपति डा. विष्णुविभु घिमिरे र सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा एकआपसमा शुभकामना आदानप्रदान गरिनुका साथै ‘दसैँ चिठ्ठा’ खोलिएको थियो ।
चिठ्ठा कार्यक्रममा प्रज्ञा पुस्तकालयविज्ञ रुद्र दुलाललाई प्रथम पुरस्कार खसी र प्राज्ञ मातृका पोखरेललाई दोस्रो पुरस्कार बोका परेको थियो भने प्राज्ञ नर्मदेश्वरी सत्याल, रमेश अधिकारी, बुद्धि तिमल्सिना, राम महर्जन र लोकेन्द्र याक्खालाई तृतीय पुरस्कार कुखुराको भाले परेको थियो ।

यसै गरी प्राज्ञ प्रा.डा. ज्ञानू पाण्डे, प्राज्ञ श्रवण मुकारुङ र भीमप्रसाद सापकोटाले सान्त्वना पुरस्कार प्राप्त गर्नु भएको थियो । शैलेन्द्र सिंखडालाई अनलक्की पुरस्कार परेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपतिले हरेक नेपाली चाडपर्वको आफ्नै सांस्कृतिक महत्व र मौलिक विशेषता रहेको बताउँदै ती चाडपर्वले समस्त देशवासीलाई एकापसमा मिलेर बस्न सद्भावको सन्देश प्रवाह गर्ने धारणा राख्नु भयो ।

यसै गरी कार्यक्रमलाई प्राज्ञ श्रवण मुकारुङ, प्राज्ञ नर्मदेश्वरी सत्यालले पनि सम्बोधन गर्नु भएको थियो ।
सङ्गठनका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञ प्रा.डा. हेमाङ्गराज अधिकारी, प्रा. प्राज्ञ दिनेशराज पन्त, प्राज्ञसभा सदस्य शशी लुमुम्बूको पनि उपस्थिति रहेको थियो ।

सङ्गठकी उपाध्यक्ष राधा कार्कीको उद्घोषण तथा सचिव रामेश्वर बोहराको स्वागत मन्तव्य रहेको कार्यक्रममा लोकतान्त्रिक कलाकार तथा कर्मचारी सङ्घका अध्यक्ष बृद्धि तिमिल्सना, नेपाल प्रज्ञा–प्रतिष्ठान कलकार तथा कर्मचारी सङ्गठनका अध्यक्ष विक्रम मैनाली लगायतले शुभकामना मन्व्य राख्नुभएको थियो ।