सिन्धुपाल्चोकको मेलम्चीमा विशेष लघुकथा गोष्ठी सम्पन्न ।

नेपाल प्रज्ञा – प्रतिष्ठान र लघुकथा समाजको संयुक्त आयोजनामा २०७४ साल असार ३ गते सिन्धुपाल्चोकको मेलम्चीमा विशेष लघुकथा गोष्ठी सम्पन्न भयो ।लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्य नेपाल प्रज्ञा – प्रतिष्ठानका प्राज्ञ परिषदका सदस्य एवम् गद्य / आख्यान विभाग प्रमुख मातृका पोखरेलले गर्नुभएको थियो ।

कार्यक्रमको औचित्य बारे कार्यक्रमका संयोजक डा. पुष्करराज भट्टले आफ्ना धारणाहरु राखिसकेपछि सुरु भएको उक्त गोष्ठीमा साहित्यकार ध्रुब मधिकर्मीले  ‘ समकालीन नेपाली लघुकथा लेखनको समस्या र चुनौती’ शिर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।उक्त कार्यपत्रमाथी साहित्यकार स्नेह सायमीले टिप्पणी गर्नुभएको थियो । उक्त कार्यपत्र ममाथी सहभागीहरुका तर्फबाट बाट सरोज ढुंगाना ,सुरेश बुढाथोकी , हरिप्रसाद सापकोटाले पनि विचार हरु प्रस्तुत गर्नुभएको थियो । टिप्पणी र सुझावमाथी कार्यपत्र प्रस्तोता ध्रुव मधिकर्मीले आफ्ना भनाइ राख्नुभएको थियो ।

कार्यपत्रमाथीको छलफल पश्चात् वरिष्ठ आख्यानकार विनय कसजूको लघुकथा ‘ एम्बुलेन्सको देश ‘ लघुकथा बाचन गरेर बाचन कार्यक्रम सुरु गरियो । कार्यक्रममा नवराज गजुरेल ,पुष्कर राज भट्ट ,हरि सापकोटा ,डा . पुष्करराज भट्ट , सुन्दर शिरीष , सुमन सौरभ, रामबहादुर सुनार , गोपाल अस्क, रमेश चापागाईं, ध्रुव मधिकर्मी , दिपक राई ,स्नेह सायमी , धनकुमारी खनाल ,सरोज ढुंगाना , सुरेश बुढाथोकी , अमीत घिमिरे , डम्बर रसिक भारती , विजय नेपाल , निर्मल ढुंगाना लगायत श्रष्टाहरुले लघुकथा वाचन गर्नुभएको थियो ।

साहित्यकार डम्बर रसिक भारतीले संचालन गर्नुभएको उक्त कार्यक्रममा सरोज ढुंगानाले स्वागत मन्तव्य राख्नुभएको थियो ।