वर्णविन्यासबारे प्रज्ञा–प्रतिष्ठानको महत्वपूर्ण निर्णय

नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ परिषद्को मिति २०७३/७/३० गते बसेको
बैठक नं. २६/०७३ बाट पारित  भएको
नेपाली भाषाको वर्णविन्यास सम्बन्धी निर्णयः

१.    नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रयोगमा ल्याएको नेपाली भाषाको वर्णविन्यास सम्बन्धी हाल चलिरहेको विवाद, विभिन्न व्यक्ति, संस्था एवम् समूहले चलाएको विरोध अभियान, तत्सम्बन्धी कुरालाई ख्याल गरी प्रतिष्ठानका निर्णयहरू र नेपाली बृहत् शब्दकोशको प्रथम संस्करणदेखि नवौं संस्करणसम्म भएका परिवर्तन र त्यसका आधार पहिचान गरी राय समेत प्रस्तुत गर्न मिति २०७३/५/३१ को बैठक नं. २४/०७३ अनुसार प्राज्ञ परिषद्ले गठन गरेको विज्ञ समितिको राय समेतलाई ध्यानमा राखी भाषा प्रयोक्ता सर्वसाधारण समेतको चाहनालाई सम्बोधन गर्न हाल प्रतिष्ठानले प्रयोगमा ल्याएको नेपाली वर्णविन्यासलाई निम्न अनुसार सच्याउने निर्णय भयो ः–
क)    नेपाली बृहत् शब्दकोशको नवौं संस्करणमा प्रयोग भएको वर्णविन्यासका केही पक्षलाई निम्न बमोजिम सच्याउने–
१)    संयुक्त व्यञ्जन वर्णको व्यवस्थापनको व्रmममा विशेष गरी द वर्णसँग जोडिएर आउने शब्दका मूल                     प्रविष्टिमा प्रयोग गरिएका संयुक्त व्यञ्जनअनुसार र तिनका उपप्रविष्टि र अर्थ लेखनमा व्यञ्जनको खुट्टा                 काटी गरिएको सम्पूर्ण प्रयोगलाई सच्याई संयुक्त व्यञ्जन नै लेख्ने । जस्तो ; बुद्ध, युद्ध, द्वन्द्व, विद्या आदि ।
२)     अन्य वर्णबाट बनेका संयुक्त व्यञ्जन प्रयोग भएका प्रविष्टिलाई नेपाली बृहत् शब्दकोशका २०५८,                     २०६७ का प्रविष्टि अनुकूल राख्ने ।
३)     पदयोग र वियोग सम्बन्धमा निम्न बमोजिम हुने गरी सच्याउने ।
– एकल अर्थ दिने व्यक्तिका नामका पहिला दुई शब्द जोडेर लेख्ने । जस्तो; लक्ष्मीप्रसाद, रामचन्द्र,                     लेखनाथ आदि । तर व्यक्तिनाम व्यक्तिको पहिचानसँग जोडिएकाले कुनै व्यक्तिले माथिको                         व्यवस्था प्रतिकूल छुट्ट्याएर लेखेमा त्यसलाई अन्यथा नमान्ने ।
– लिपिचिह्न गणना नगरी एकार्थी स्थान नाम, दिनको नाम (वार) शब्दलाई पदयोग गरेर लेख्ने र     साथै                 एकार्थी लघु रूपमा रहेका समस्त शब्दलाई पदयोग गरेर लेख्ने । जस्तो; भक्तपुर, ललितपुर, विराटनगर आदि,             आइतवार, सोमवार आदि, विश्वविद्यालय, विद्यावारिधि आदि ।
– विभक्ति चिह्न र नामयोगीलाई पूर्व प्रचलनअनुसार मूल शब्दसँग योग गरेर लेख्ने । जस्तो; रामले,                 घरमाथि, परिसरबाहिर, रामसित, पूर्वतर्पm आदि ।
– संयुक्त व्रिmया जोडेर लेख्ने– खानुपर्छ, खाइहाल्छ, मिलाइदिन्छ आदि तर पूर्वकालिक, अपूर्ण, पूर्ण र सामान्य भविष्यत् व्रिmयालाई छुट्ट्याएर लेख्ने । जस्तो; ऊ भात खाई (खाएर) विद्यालय जान्छ, ऊ पढ्दै छ, मैले भनेको छु, ऊ जाने छ ।
– दुई शब्दबाट बनेका एकार्थी समस्त शब्दलाई पदयोग गरेर लेख्ने । जस्तो; शुभकामना,     प्रधानमन्त्री,                 शुभयात्रा आदि ।
४)    ह्रस्व र दीर्घ इकार सम्बन्धी
– जात, थर बुझाउने पहिचानसँग जोडिएका सबै शब्दका अन्तिम ईकार र ऊकार दीर्घ लेख्ने । जस्तै; लिम्बू,             राई आदि तर जातले प्रचलनमा ल्याएका साय्मि जस्ता प्रयोगलाई यथावत् रूपमा राख्ने, नचलाउने ।
– विशेषणबोधक शब्दका अन्त्यमा आउने ईकारलाई दीर्घ र ऊकारलाई प्रचलन अनुसार ह्रस्व लेख्ने । जस्तो;                 रोगी, भोगी, इखालु, बिखालु, सिकारु आदि ।
५)    स, श, ष सम्बन्धी व्यवस्था ः स, श, ष को प्रयोग २०५८ र २०६७ का नेपाली बृहत्् शब्दकोशका                     संस्करण बमोजिम नै गर्ने तर पहिचान खुल्ने जाति, थर बुझाउने शब्दमा आउने श लाई जातिले                     प्रयोगमा ल्याएका प्रचलन अनुसार लेख्ने । जस्तो; शेर्पा, शाह, शेरचन आदि ।
ख)    विस्थापित प्रविष्टिलाई राख्ने
– हरू प्रविष्टिलाई पूर्व संस्करण बमोजिम नयाँ संस्करणमा समाविष्ट गर्ने गरी सच्याउने ।
– नेपाली बृहत् शब्दकोश (२०४०) को संस्करणमा प्रविष्टि पाएका तर आगन्तुक र तद्भव शब्दको                     व्यवस्थापनमा परिवर्तन भएका शब्दहरूका प्रविष्टिलाई वैकल्पिक प्रविष्टिको रूपमा शब्दकोशमा समावेश     गर्ने र             त्यस्ता प्रविष्टिको अर्थ लेख्ता मानक प्रविष्टिका अर्थलाई हेर्नू भनी जनाउने । जस्तो; शहीद, शहर,     गरीब, कानून             आदि ।
– फुल र पूmल, पुरा र पूरा, जुन र जून जस्ता सुन्दा उच्चारण एउटै लाग्ने तर अर्थ भिन्न हुने शब्दहरूको                 प्रविष्टि र अर्थ छुट्टाछुट्टै दिने ।

ग)    माथि सच्याइएका बुँदाहरू समावेश गरी शुद्धिपत्र बनाई सार्वजनिक गर्ने साथै सच्याइएका कुरालाई                     समावेश गरी प्रज्ञा–प्रतिष्ठानको वेभसाइटमा रहेको शब्दकोशलाई अद्यावधिक गरी सच्याइएका संस्करणलाई                 मात्र सार्वजनिक गर्ने र यसरी सच्याइएका सामग्री समावेश गरी ने.बृ.श.को दसौं संस्करण प्रकाशित गर्ने ।

– सुधार सहितको दसौं संस्करण तयारीका लागि कुलपतिको संयोजकत्वमा कुलपतिले तोकेका अन्य चार                 विज्ञसहितको समितिलाई अख्तियारी दिने ।

– दसौं संस्करण प्रकाशित भएपछि कुनै पनि ग्राहकले प्रज्ञा–प्रतिष्ठानका अधिकृत विव्रmेताबाट खरिद गरेको                 बिल सहित नवौँ संस्करण साट्न चाहेमा मूल्य समायोजन गरी दसौं संस्करण सट्टामा उपलब्ध गराउने ।

घ)    नेपाल प्रज्ञा–प्रतिष्ठानका सम्पूर्ण प्रकाशनहरूमा माथि भनिए बमोजिमको वर्णविन्यास प्रयोग गर्ने ।
ङ)    मानक वर्ण विन्यासका लागि विमर्श चलाउने
नेपाली वर्णविन्यास विषयक अधिगोष्ठी २०५७ र नेपाली भाषा सङ्गोष्ठी २०६७ का निष्कर्षमा फरक मत जनाइएका     माथि सच्याइएका कुरा बाहेकका विषयमा तिनै गोष्ठीले निर्देश गरेबमोजिम विश्वविद्यालयका सरोकारवाला नेपाली     विषयक समितिहरू, नेपाल सरकार अन्तर्गतको पाविके, साझा प्रकाशन लगायत नेपाली भाषामा लेखिएका     सामाग्रीहरू प्रकाशनमा संलग्न संस्थाहरू, सञ्चार गृहहरूका भाषा हेर्ने प्रतिनिधिहरू आदिको संलग्नतामा नेपाल     सरकार समेतको सहयोग लिई बृहत् विमर्श गराई मानक निष्कर्षमा पुग्ने ।

scan1

scan2