राष्ट्रिय मातृभाषाकविता महोत्सव–२०७६ भव्यताका साथ सम्पन्न

२०७६ फागुन ९ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वाराअन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फ्रेब्रुअरीका अवसरमा राष्ट्रिय मातृभाषा कवितामहोत्सव–२०७६ को आयोजना गरियो । महोत्सवलाई सम्बोधन गर्दै समारोहका प्रमुखअतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालमा बोलिने सबै मातृभाषाहरूनेपालको सम्पत्ति भएको बताउनुभयो । उहाँले नेपाल बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिकमुलुक भएको उल्लेख गर्दै समृद्ध मुलुक निर्माणका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्नेविचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– “समानता र सद्भावलाई हामीले व्यवहारमालागू गर्नुपर्दछ । आजको राष्ट्रिय मातृभाषा कविता महोत्सव समारोहले यहीकुरालाई आत्मसात् गरेको छ, यही कुराको सन्देश दिएको छ ।”नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपतिगङ्गाप्रसाद उप्रेतीले नेपाल इन्द्रेणी भाषा र संस्कृतिले सुसज्जित भएको बताउँदैदेशको देशको बहुलतालाई सम्बोधन गर्नेतर्फ पनि मातृभाषा कविता महोत्सवले अहम्भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकाकुलपति केके कर्माचार्यले संसारमै विविध भाषा र संस्कृतिले नेपाल सम्पन्न देशका रूपमारहेको उल्लेख गर्नुभयो ।भाषा आयोगका अध्यक्ष डा. लवदेवअवस्थीले नेपालमा बोलिने सबै मातृभाषाहरूको संरक्षण र संवद्र्धनका लागि राज्यले विशेषध्यान दिएको उल्लेख गर्दै राष्ट्रिय मातृभाषा कविता महोत्सव त्यसैको कडी भएको धारणाराख्नुभयो । नेपालका लागि बङ्गलादेशकीराजदूत मास्फी बिन्ते साम्सले  अन्तर्राष्ट्रियमातृभाषा दिवस बङ्गलाली भाषाका निम्ति सन् १९५२ मा भएको भाषिक आन्दोलनमा सहादतप्राप्त गर्ने बङ्गलादेशका सम्पूर्ण भाषिक शहीदहरूको सहादतको उपलब्धि भएको बताउनुभयो। उहाँले भाषा नै देश र जातिको पहिचान भएको भन्दै भाषाको कुनै सिमाना नहुनेभएकाले यसले देश, संस्कृति र मानवीय सम्बन्धलाई जोड्ने विचार व्यक्त गर्नुभयो ।बङ्गलादेशकै प्रस्तावमा युनेस्कोलेसन् १९९९ नोभेम्बर १७ मा फ्रेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसमारूपमा मनाउने निर्णय गरेको थियो । संयुक्त राष्ट्रसङ्घले समेत सन् २००० मा उक्तदिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा रूपमा मनाउन आव्हान गरेपछि विश्वभर २१फ्रेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा रूपमा मनाउन थालिएको हो । युनेस्कोलेयस वर्ष ‘सीमारहित भाषाहरू’ अर्थात् ‘भाषाहरूको कुनै सीमा हुँदैन’ भन्ने थिम तयगरेको थियो ।  कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानकासदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले विगत नौ वर्षदेखि प्रज्ञा–प्रतिष्ठानलेअन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषा र मातृभाषा साहित्यको उत्थानकानिम्ति मातृभाषा कविता महोत्सवको आयोजना गर्दैआएको बताउनुभयो । प्रज्ञा–प्रतिष्ठान साहित्य (मातृभाषा)प्रमुख एवम् कविता महोत्सवकी संयोजक प्राज्ञ लक्ष्मी मालीले यसपालि कविता महोत्सवमा ५३भाषाका १५६ कविता प्राप्त भएकामा कविता छनोट समितिले ती कविताहरूबाट ६४ ओटा कवितावाचनका लागि छनोट गरेको बताउनुभयो ।प्रज्ञा–प्रतिष्ठान मातृभाषा विभागकाप्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादवले मातृभाषा र मातृभाषा साहित्यको महत्वमाथिप्रकाश पार्नुभएको थियो । कार्यक्रममा युनेस्को काठमाडौैँकार्यालयकी प्रतिनिधि शामीन अहमदले युनेस्कोका डाइरेक्टर जनरल अड्री अजौलेलेपठाउनुभएको शुभकामना सन्देश पढेर सुनाउनुभएको थियो ।  आफ्नो वाम्बुले राई मातृभाषामा कवितावाचन गरेर राष्ट्रगानका रचनाकार व्याकुल माइलाले आरम्भ गर्नुभएको कविता महोत्सवकोकविता वाचन सत्रमा विभिन्न ५३ भाषाका ६४ मातृभाषी कविहरूले आआफ्ना कविता वाचनगर्नुभएको थियो । महोत्सवमा अतिथि  कविकारूपमा भारतको असमबाट आउनुभएकी असमिया भाषी कवि रूमी लस्कर बोराले असमिया भाषाकोकविता वाचन गर्नुभएको थियो ।समारोह सुरु हुनुअघि विभिन्नसमुदायका १७ ओटा सांस्कृतिक झाँकीसहितको शोभायात्राले नगरपरिक्रमा गरेकोथियो । झाँकी प्रज्ञा परिसर, घन्टाघर, बागबजार, पुतली सडक हुँदै पुनः प्रज्ञा भवन आईसमारोहमा सामेल भएको थियो । उद्घाटन समारोहमा ती सबै सांस्कृतिक झाँकीहरूको आकर्षकप्रदर्शनी गरिएको थियो ।  झाँकी टोली रकविता वाचनमा सहभागी कविहरूलाई सदस्य सचिव प्रा. उपाध्यायले प्रमाणपत्र प्रदान गर्नुभएकोथियो ।  उद्घाटन सत्रको कार्यक्रम नेपाल प्रज्ञा–प्रतिष्ठानकाप्राज्ञसभा सदस्य शशी लुमुम्बूले सञ्चालन गर्नुभएको थियो भने कविता वाचन सत्रकोसञ्चालन कविता महोत्सव तयारी उपसमितिका सहसंयोजक पदम राईले गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको पूर्वसन्ध्यामा मातृभाषा र मातृभाषा साहित्य’bout विमर्श

२०७६ फागुन ६ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भाषा आयोग र युनेस्को काठमाडौँसँगको सहकार्यमा मातृभाषा र मातृभाषा साहित्यसम्बन्धी विचारगोष्ठीको आयोजना गरियो । अन्तर्राष्ट्रिय मातृभाषा दिवस २१ फ्रेबु्रअरीको पूर्वसन्ध्यामा आयोजित गोष्ठीमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका संरक्षक योगेश भट्टराईले भूमण्डलीकरणका कारण विश्वमा अहिले मातृभाषाहरू जोखिममा परिरहेका भएता पनि नेपालले भने संविधानमै सुनिश्चित गरेर भाषा तथा मातृभाषाहरूको संरक्षण र संवद्र्धनका लागि विशेष नीति लिएको बताउनुभयो । उहाँले भाषा मानिसको जन्मसिद्ध अधिकार भएकोले त्यसको संरक्षण र संवद्र्धन गर्न सरकार उदारतापूर्वक लागिरहेको सुनाउनुभयो । मन्त्री भट्टराईले भन्नुभयो– “भाषाहरूको संरक्षण एवम् संवद्र्धनमा विश्वले नेपालबाट धेरै कुरा सिक्न सक्छ ।”
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले संसार बहुभाषिक भएको बताउनुभयो । उहाँले भन्नुभयो– “विश्वमा केही भाषा प्रचलनमा रहेको भए पनि सम्यता र सस्ंकृतिको आत्मा नै भाषा भएको हुँदा मातृभाषाको महत्व जहिल्यै रहन्छ ।”
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले विगत नौ वर्षदेखि प्रज्ञा–प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषाका अवसरमा मातृभाषासम्बन्धी विशर्म र मातृभाषा राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको उल्लेख गर्दै उहाँले भाषिक सद्भाव कायम गर्न यो दिवस महत्वपूर्ण रहेको बताउनुभयो ।
भाषा आयोगका अध्यक्ष प्रा.डा. लवदेव अवस्थीले राष्ट्रका सम्पूर्ण स्रोतसाधनको समृद्धिको आधार भनेकै मातृभाषा भएको उल्लेख गर्नुहुँदै संसारमा भाषा तथा मातृभाषाहरूलाई महत्व दिने देशमा नेपाल अग्रपङ्तिमा रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– “भाषाहरूलाई खण्डित हुनबाट जोगाउनु नै आजको मुख्य चुनौती हो ।”
मातृभाषा विभाग प्रमुख प्रा.डा. योगेन्द्रप्रसाद यादवले विश्वमा मातृभाषाको महत्व दिनानु दिन बढिरहेको बताउनुभयो । उहाँले भाषाकै कारण बङ्गलादेश जन्मिएको उल्लेख गर्दै संसारभरिका मातृभाषाको सम्मानमा युनेस्कोले २१ फ्रेब्रुअरीलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मान्यता दिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी माली, नेपालका लागि बङ्गलादेशका कार्यबाहक राजदूत मोहम्मद अल अलमुइ इमान र युनेस्कोका लागि नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले मातृभाषा र मातृभाषा साहित्यको महत्व’bout प्रकाश पार्नुभएको थियो ।
सोही अवसरमा भएको विचारगोष्ठीमा भाषा आयोगका अध्यक्ष प्रा.डा. लवदेव अवस्थीले नेपालमा मातृभाषा शिक्षा नीति तथा कार्यान्वयनको अवस्था, डा. तारामणि राईले नेपालका आदिवासी जनजातिका मातृभाषाको वर्तमान अवस्था र अस्मिता मानन्धरले समाज रूपान्तरणमा मातृभाषा साहित्यको भूमिका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  प्रस्तुत कार्यपत्रहरूमाथि क्रमशः प्रा.डा. नोबलकिशोर राई, प्रा.डा. दुविनन्द ढकाल र भोगीराज चाम्लिङले टिप्पणी गर्नुभएको थियो ।
प्रज्ञा–प्रतिष्ठानद्वारा फागुन ९ गते अन्तर्राष्ट्रिय मातृभाषा दिवसका दिन मातृभाषा राष्ट्रिय कविता महोत्सव आयोजना गर्दैछ । महोत्सवमा यसपालि ५४ मातृभाषाका ६५ कविता वाचनका लागि छनोट भएका छन् । महोत्सवमा भारतको आसाम राज्यबाट असमिया भाषाकी कवि रूमी लस्कर बोराको समेत आतिथ्य रहनेछ ।  कार्यक्रम रवीन्द्र तिमसेनाले सञ्चालन गर्नुभएको थियो ।

बालकृष्ण समको ११८ औँ जन्मजयन्ती

२०७६ माघ २४ गते, काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीसीथत घर (कविकुञ्ज)लाई सरकारले सङ्ग्रहालय बनाउने प्रक्रिया अगाडि बढाएसँगै मूर्धन्य नाटककार तथा कवि बालकृष्ण समको ज्ञानेश्वरस्थित निवासलाई पनि सङ्ग्रहालय बनाउने चर्चा सुरु भएको छ । समको ११८  औँ जन्मजयन्तीको सन्दर्भमा नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्द्वारा प्रज्ञा भवनमा आयोजित ‘नेपाली काव्यमा बालकृष्ण समको योगदान’ विषयक कार्यक्रममा वक्ताहरूले यस्तो चर्चा गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले काठमाडौँको ज्ञानेश्वस्थित समको निवासलाई प्रज्ञा–प्रतिष्ठानले सङ्ग्रहालय बनाउन चाहेको बताउनुभयो । “समका परिवारजनले अनुमति दिएमा प्रज्ञा–प्रतिष्ठान समको घरलाई सङ्ग्रहालय बनाउन तयार छ” उहाँले भन्नुभयो– “यस विषयमा तत्कालै सरकारसँग प्रस्ताव राख्छौँ र समका परिवारजनसँग छलफल चलाउँछौँ ।” उहाँले प्रज्ञा–प्रतिष्ठानमा नेपाली वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पु¥याएका मूर्धन्य स्रष्टाहरूको सामूहिक सङ्ग्रहालय बनाउने प्रक्रिया पनि अघि बढाइएको जानकारी दिनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले राणा कुलमा जन्मिएर पनि समले साहित्य सिर्जना, नाटकमा अभिनय र चित्रकलामार्फत् समानता र न्यायको पक्षमा सशक्त आवाज बुलन्द गरेको बताउनुभयो । “नाटक र छन्द कविता मार्फत नेपाली भाषा तथा वाङ्मयको श्रीबृद्धिमा समले विशिष्ट योगदान पु¥याउनु भएको छ” उहाँले भन्नुभयो ।
प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले सम नाटक र कविता विधामा मात्र नभएर निबन्ध विधामा पनि उत्तिकै अब्बल रहेको बताउनुभयो । उहाँले सम समन्वयवादी चिन्तक, दार्शनिक एवम् वैचारिक स्रष्टा भएको उल्लेख गर्नुभयो ।
प्रा.डा. देवीप्रसाद सुवेदीले ‘नेपाली काव्यमा बालकृष्ण समको योगदान’ विषयमा बोल्दै समलाई नाट्य सम्राट भनिए पनि उहाँको मुख्य विधा कविता नै भएको बताउनुभयो । उहाँले भन्नुभयो– “समले जीवनको अन्तिम घडीसम्म पनि कविता विधालाई निन्तरता दिनुभएको थियो । उहाँको व्यक्तित्व मूल रूपमा कवि नै हो ।”
नेपाली शिक्षा परिषद्की सदस्य सचिव प्राज्ञ रमा शर्माले समको निवासलाई सङ्ग्रहालय बनाउने विषयमा आवश्यक सहयोग गर्न परिषद् तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“समजीले मलाई स्नातकोत्तर तहमा पढाउनुभएको थियो । सम बहुप्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो । राष्ट्रप्रति उहाँको विशिष्ट योगदान छ । उहाँको योगदानको सम्मानका लागि राष्ट्रले आवश्यक कार्य गर्न ढिला गर्नुहुँदैन ।”
कार्यक्रम अघि कुलपति, सदस्य सचिव, प्राज्ञ एवम् विशिष्ट स्रष्टा–सर्जकहरूले कमलपोखरी र प्रज्ञा परिसरमा रहेको समको प्रतिमामा माल्र्यापण गरी समप्रति श्रद्धा अर्पण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण बुद्धि तिमल्सिनाले गर्नुभएको थियो ।

 

२९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रियता एकता दिवस सम्पन्न

२०७६ पुस २७ गते, काठमाडौँ । २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रमको आयोजना गरी भव्यतापूर्वक मनाइएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रूपमा विविध सांस्कृतिक झाँकीसहित बाजागाजाका साथ पुस २७ गते बिहान पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस शोभायत्रासहित सिंहदरबार पश्चिम ढोकामा पुगी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको प्रतिमामा माल्यर्पण गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धा अर्पण गरेको थियो ।
राष्ट्रनिर्माताको प्रतिमामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङ, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्य, सांस्कृतिक संस्थाका अध्यक्ष प्रेमनाथ अधिकारी, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले माल्यर्पण गरी श्रद्धा अर्पण गर्नुभएको थियो ।
यसै गरी प्रज्ञा–प्रतिष्ठानहरूका उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद् सदस्यहरू, प्राज्ञ सभा सदस्यहरू, आजीवन सदस्यहरू एवम् स्रष्टा–सर्जक र अन्य नागरिकहरूले माल्यर्पण गर्नुभएको थियो ।
प्रज्ञा भवन परिसरबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले रिबट काटी औपचारिक रूपमा सुभारम्भ गर्नुभएको शोभायात्रा कमलादी, घन्टाघर, रत्नपार्क, भद्रकाली हुँदै सिंहदरबार पश्चिम ढोका पुगेको थियो । राष्ट्रनिर्माताको प्रतिमामा माल्यर्पण र श्रद्धा अर्पण गरी शोभायात्रा पुनः प्रज्ञा भवन पुगेर समापन भएको थियो ।
शोभायात्रामा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेनाको बग्गी, नेपाली सेनाको न्याउली बाजा, नेपाल प्रहरीको ब्यान्ड बाजा, जोर नगरा, हुड्केली, पोङ्गा बाजा, धिमे बाजा, भुस्या, बाँसुरी, मादल, गुँला बाजा, शादूृलजङ्ग पल्टन, ग्यालिङबाजा, वटुक, पञ्चकन्या, आशा–गुर्जा, नारायण हरि हरि, सोरठी, कौरा, सेलो, थारु र साकेला नृत्यका साथै रेडक्रसको समूह सहभागी थिए ।
शोभायात्राको सुभारम्भ गर्दै संस्कृृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले पृथ्वीनारायण शाहले अनेक खण्डमा विभाजन भएका नेपालका भूभागहरूलाई एकीकरण गरी नेपालको निर्माण गरेकाले उनको योगदानलाई नेपाल र नेपाल जनताले स्मरण गरिरहनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– “साम्राज्यवादी शक्तिलाई समेत पराजित गरेर पृथ्वीनारायणले नेपाल र नेपालीको अस्तित्व बचाए । नेपाल सबै जातको साझा फूलवारी हो भन्ने पृथ्वीनारायण शाह नेपाल एकीकरणका महानायक हुन् । राष्ट्रप्रतिको उनको योगदान सदा स्मरणीय छ ।” मन्त्री भट्टराईले पृथ्वीनारायण शाह समावेसी सपना २५० वर्षपछि संविधानसभाले नेपालको संविधान जारी गरेपछि पूरा भएको बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा. जगमान गुरुङले शोभा यात्रामा सहभागी सबैलाई धन्यवाद दिँदै शोभायात्राको समापन गर्नुभएको थियो ।
हाम्रो बाजाः हाम्रै धुन
पुस २७ गते अपरान्ह २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकै अवसरमा आयोजक चार वटै संस्थाको आयोजना तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको संयोजनमा प्रज्ञा भवनको प्रेक्षालयमा नेपाली मौलिक लोकबाजाहरूको प्रस्तुति ‘हाम्रो बाजाः हाम्रै धुन’ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि संस्कृति मन्त्री योगेश भट्टराई हुनुहुन्थ्यो ।
राष्ट्रि सांस्कृति महोत्सव
पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसकै अवसरमा साँझ सांस्कृति संस्थानको संयोजनमा राष्ट्रिय नाचघर, जमलमा सातै प्रदेशमा प्रचलित लोकनृत्यहरूको प्रस्तुति सहित ‘राष्ट्रिय सांस्कृतिक महोत्सव’ आयोजना गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि संस्कृति मन्त्री योगेश भट्टराई हुनुहुन्थ्यो ।
यसअघि पुस २५ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजनमा प्रज्ञा भवनमा ‘पृथ्वीनारायण शाह र अन्तरहिमाली भूराजनीति’ विषयक विचार गोष्ठीको आयोजना गरिएको थियो । यसै गरी पुस २६ गते नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा ‘कला प्रदर्शनी’को आयोजना गरिएको थियो ।

कविशिरोमणि लेखनाथ पौड्यालको १३६ औँ जन्मजयन्तीमा प्रवचन

२०७६ पुस १५ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा कविशिरोमणि लेखनाथ पौड्यालको १३६औँ जन्मजयन्ती प्रज्ञा भवनमा प्रवचन कार्यक्रमको आयोजना गरी मनाइयो ।
प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभयो– “नेपाली साहित्यमा भानुभक्त र मोतीरामपछि उदाएका पौड्यालको योगदान विशेष गरी कविता विधामा उल्लेखनीय रहेको छ ।” उहाँले ६५ वर्षअघि हालको सैनिक मञ्च रहेको टुँडिखेलमा नेपाली शिक्षा परिषद्को आयोजनामा कविशिरोमणिको भव्य नागरिक रथारोहण गरिएको स्मरण गर्दै त्यो रथारोहण नेपालकै साहित्यिक इतिहासमा पहिलो पटक भएको बताउनुभयो ।

“नेपाली कवितासाहित्यको उन्नयनमा पौड्यालले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उबेला नै लेखनाथ पौड्यालले साहित्यमन्दिरको अवधारणा ल्याउनुभएको थियो, उहाँको सपना २०१४ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना भएपछि साकार भयो ।” जोशीले राष्ट्र निर्माणमा साहित्यकारले खेलेको भूमिकालाई अवमूल्यन गर्न नहुने धारणा राख्नुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति एवम् कार्यक्रमका सभापति सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले कविशिरोमणि लेखनाथ पौड्यालले लेखेका कविता नेपालीकविता साहित्यमा लालित्य र परिस्कृतिका हिसाबले अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– “लेखनाथको तरुणतपसी काव्यकृतिलाई भाव नमर्ने गरी अङ्ग्रेजीमा राम्रो अनुवाद गराएर पठाएको भए नोबेल पुरस्कार पाउन सक्थ्यो ।” नेपाल प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्य समेत रहनुभएका कविशिरोमणिमा प्राणीवादी दर्शन, आध्यात्मिक चिन्तन र सर्वोदय भावना रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– “लेखनाथ चर्मचक्षुले मात्रै नभएर मर्मचक्षुले देखेर लेख्ने स्रष्टा हुनुहुन्थ्यो ।”

कार्यक्रमका संयोजक एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले स्वागत मन्तव्यका साथै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै भन्नुभयो– “कविशिरोमणि लेखनाथ पौड्याल युगचेतना भएका कवि हुनुहुन्थ्यो । उहाँका रचनामा अध्यात्म, मानवता, सामाजिकताका साथै सांस्कृतिक रूपान्तरणका सन्देश पाइन्छन् । उहाँलाई सांस्कृतिक रूपान्तरणका काव्यिक अभियन्तासमेत भन्न सकिन्छ ।” उहाँले पौड्याल नेपाली काव्यसाहित्यको परिष्कारवादी धाराका थालनीकर्ता, आधुनिक युगको जन्मदाता, आध्यात्मिक तथा सांस्कृतिक पुनर्जागरण ल्याउने आध्यात्मिक एवम् मानवतावादी कविका रुपमा नेपाली साहित्यमा अमर रहेको बताउनुभयो ।

कार्यक्रममा कविशिरोमणि’bout विशेष प्रवचन दिँदै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले कविशिरोमणि पौड्याल नेपाली काव्यसाहित्यलाई विश्वस्तरमा उठाउने कवि भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– “लेखनाथ पुरानामध्येका नयाँ, अहिलेको पुस्ताका मार्गदर्शक कवि हुनुहुन्थ्यो, उहाँको उपस्थितिले नै नेपाली कवितासाहित्यलाई समृद्ध बनायो । अन्नपूर्ण हिमालजस्तै सुन्दर कविता लेखेर पौड्यालले कास्कीको महिमा बढाउनमा पनि ठुलो भूमिका खेल्नुभएको छ ।’’
कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसालले कविशिरोमणि पौड्याल निकै चलाख र चातुर्य व्यक्ति भएको आफूले बुझेको बताउनुभयो । उहाँले आफूले पौड्यालसँग विभिन्न समयमा पत्रिकाका लागि अन्तरवार्तासमेत लिने अवसर पाएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो– “तत्कालीन राजा त्रिभुवनले लेखनाथलाई उहाँको कविताबाट प्रभावित भएर ‘कविशिरोमणि’को उपाधि दिनुभएको थियो । लेखनाथ आफैँ पनि मावनतावादी भावनाका हुनुहुन्थ्यो ।”

कार्यक्रममा कविशिरोमणिका काव्यसिर्जनासमेत वाचन गरिएको थियो । कविहरू लक्ष्मी गौतमले सत्य सन्देश, रञ्जना आत्रेयले चरीको विलाप, देवु लुइटेलले वसन्त कोकिल, रुपक अलङ्कारले धनमहिमा र बुद्धि तिमल्सिनाले कालमहिमा वाचन गर्नुभएको थियो ।
वि.सं. १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौंअर्चलेमा पौष शुक्ल एकादशीका दिन जन्मिनुभएका पौड्यालको निधन २०२२ साल फागुन ७ गते ८१ वर्षको उमेरमा चितवनको देवघाटमा भएको थियो । उहाँका ऋतुविचार (खण्डकाव्य), वुद्धिविनोद (कविताकृति), सत्यकलि संवाद (कविताकृति), सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली (कविताकृति), तरुण तपसी (नव्यकाव्य), लक्ष्मीपूजा (नाटक), गौरीगौरव (नाटक), लालित्य (कविता कृति दुई भागसम्म) आदि प्रकाशित छन् ।

पृथ्वीनारायण शाहमाथि चर्चा ‘अन्तरहिमाली भूराजनीति’’bout विचार गोष्ठी

काठमाडौँ । २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रज्ञा भवनमा ‘अन्तरहिमाली भूराजनीति’’bout विचार गोष्ठी सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र सांस्कृतिक संस्थानको संयुक्त आयोजना तथा नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजन एवम् व्यवस्थापनमा सम्पन्न विचार गोष्ठीका प्रमुख अतिथि वरिष्ठ साहित्यकार मोदनाथ प्रश्रितले नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको योगदानलाई भुल्न नुहने विचार व्यक्त गर्नुभयो । उहाँले पृथ्वीनारायण शाहका कारण नै आज नेपालका नागरिकले नेपाली भएर गर्वका साथ हिँड्न पाएको बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रमका सभाध्यक्ष डा.जगमान गुरुङले नेपाल एकीकरण तथा राष्ट्रिय एकताका सूत्रधार पृथ्वीनारायण शाह जीवनको अन्तिमतिर स्वास्थ्य खराब हुँदै गएर घाटमा रहेका बेला नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा मननीय उपदेश दिएको उल्लेख गर्दै आजको सन्दर्भमा पनि उनका सन्देशहरू उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरिदिएका भए आज हामी कहाँ हुने थियौँ यसै भन्न सकिन्नँ । नेपाल सबै जातिको साझा फूलबारी हो भन्ने पृथ्वीनारायण शाहको उपदशेलाई हामीले मनन् गरी आत्मसात ग¥यौँ भने राष्ट्रियता आफै बलियो हुन्छ ।”
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्नु राष्ट्रप्रतिकै सम्मान हुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘घुस दिने र लिने दुवै अपराधी हुन् भनेर घुस र भ्रष्टचारप्रति कडा नीति लिने पृथ्वीनारायणले दुनियाँले जसलाई रुचाउँछ उसलाई कजाइदिनू भनेर लोकसम्मतिलाई पनि उत्तिकै महत्वका साथ आत्मसात गरेको पाइन्छ ।’
कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति इतिहासविद् प्रा.डा. त्रिरत्न मानन्धरले ‘पृथ्वीनारायण शाह र अन्तरहिमाली भूराजनीति’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै प्रा.डा. मानन्धरले पृथ्वीनारायण शाहको ‘नेपाल दुई ढुङ्गाबिचको तरुल रहेछ’ भन्ने भनाइले नै त्यसबेलाको नेपालको अन्तरहिमाली भूराजनीति र त्यसमा नेपालले खेल्नुपर्ने भूमिका’bout प्रकाश पारेको बताउनुभयो । दुई ठुला मुलुकबिच अवस्थित एउटा सानो देशले आफ्नो अस्तित्व जोगाउन सामना गर्नुपर्ने चुनौती एकातर्फ छ भने अर्कातर्फ दुवै मुलुकसँग राम्रो सम्बन्ध कायम गरी अगाडि बढ्नुपर्ने तथ्य उल्लिखित वाक्यबाट स्पष्ट हुने उहाँले प्रस्ट्याउनुभयो । उहाँले इसाको अठारौँ शताब्दीको दक्षिण र पूर्वी एसियाको इतिहास अन्तरहिमाली भूराजनीतिबाट प्रभावित भएता पनि पृथ्वीनारायणको विजय अभियानमा यसले व्यवधान ल्याउन नसकेको बताउनुभयो ।
उहाँको कार्यपत्रमाथि परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, इतिहासविद् प्रा.डा. टेकबहादुर श्रेष्ठ, डा. शेषराज आचार्य र पत्रकार जितेन्द्र रसिकले कार्यपत्र केन्द्रित विचार राख्नुभएको थियो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सामाजिकशास्त्र विभाग प्रमुख एवम् इतिहासविद् प्रा. दिनेशराज पन्तले राष्ट्रियक एकताका प्रतीक पृथ्वीनारायण शाहको संक्षिप्त परिचयसहित प्राक्कथन कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा लक्ष्मी गौतम, पुराणवाचिका भगिनीद्वय सरस्वती र गार्गी चौलागाईं र प्रज्ञा–प्रतिष्ठानका कलाकारहरूले राष्ट्रिय मङ्गलगान ‘नेपालजननीं वन्दे’ गाउनुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला, पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठी एवम् नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. शिवहरि मरहट्टा, नेपाल ललितकला प्रज्ञा– प्रतिष्ठानका कुलपति के. के. कर्माचार्य, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ र सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
यसैगरी कार्यक्रममा ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार एवम् सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति र सदस्य सचिव क्रमशः हरिहर शर्मा र श्यामप्रकाश तमोट, सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईका साथै सबै प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् र सभा सदस्यहरू एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व पदाधिकारीहरू, आजीवन सदस्यहरू लगायत विशिष्ट विद्वान् विदुषीहरूको सहभागिता रहेको थियो ।

सिक्किमका स्रष्टा तथा पूर्व मुख्यमन्त्री पवन चामलिङलाई प्रज्ञा–प्रतिष्ठानमा स्वागत

२०७६ माघ २ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भारतको सिक्किमका वरिष्ठ साहित्यकार एवम् पूर्र्व मुख्यमन्त्री पवन चामलिङ ‘किरण’ नेपाल भ्रमणमा आउनुभएको अवसरमा उहाँको स्वागतमा ‘भेटघाट कार्यक्रम’ आयोजना गरियो । प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङलाई कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले माला र दोसल्ला ओढाउनुका साथै आँखीझ्यालसहितको सम्झनाको चिनो उपहार दिएर सम्मान गर्नुभएको थियो । उक्त अवसरमा उहाँलाई ‘नेपाली बृहत् शब्दकोश’सहित प्रज्ञा–प्रतिष्ठानका केही महत्वपूर्ण प्रकाशनहरू पनि उपहार स्वरूप अर्पण गरिएको थियो ।

साहित्यकार तथा पूर्व मुख्यमन्त्री चामलिङको स्वागतमा आयोजित कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकासमा चामलिङको लगाव, समर्पण र योगदान विशिष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो– “पवन चामलिङले नेपालमा भन्दा पनि बढी नेपाली भाषा, साहित्य, कला, संस्कृति र परम्परालाई सिक्किममा जीवन्त राख्दै नेपाली जातिको गौरव बढाउनुभएको छ । यस क्षेत्रमा उहाँको योगदान अनुकरणीय छ । यस्ता स्रष्टालाई नेपालमा स्वागत र सम्मान गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।” कुलपतिले भारतको सिक्किम, दार्जिलिङ, असमका साथै भुटान र म्यानमार लगायतलाई सहभागिता गराएर विश्व नेपाली भाषा, साहित्य सम्मेलन गर्ने प्रज्ञा–प्रतिष्ठानको योजना रहेको प्रस्ट पार्नुभयो ।

उपकुलपति डा. गुरुङले स्रष्टा चामलिङ एक द्रष्टासमेत भएको उल्लेख गर्दै चामलिङसँगको सत्सङ्गले स्रष्टा–सर्जकहरूलाई सफलता मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो– “जसरी चामलिङ पाथीभरा माताको शक्ति र अनुकम्पाले आफ्नो स्वप्न यात्रामा सफल हुनुहुन्छ त्यसरी नै उहाँसँग सत्सङ्ग गरेमा स्रष्टा–सर्जकहरू पनि सिर्जना यात्रामा सफल हुनेछन् ।”
आफ्नो स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि स्रष्टा चामलिङले प्रज्ञा–प्रतिष्ठानप्रति कृतज्ञता प्रकट गर्नुभयो । उहाँले भन्नुभयो– “म अत्यन्त कृतज्ञ छु नेपाल प्रज्ञा–प्रतिष्ठानको यो सद्भाव र सम्मानका लागि कि बैरागी काइँला र सत्यमोहन जोशीजस्ता अग्रज स्रष्टाहरूको समुपस्थितिमा आज म यहाँ सम्मानित हुन पाएँ ।”  विश्वभरि रहेका नेपाली जातिका भाषा, साहित्य, कला तथा संस्कृतिको उन्नयनका लागि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै उहाँले सुसंस्कृत भाषा, साहित्य र संस्कृति आफ्नो मूल स्वप्न रहेको प्रस्ट्याउनुभयो । चामलिङले भन्नुभयो– “नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि ‘विश्व सम्मेलन’ आवश्यक छ । नेपाली जाति जहाँ बसेपनि हाम्रो पहिचान नेपाली हो र यो पहिचानलाई हाम्रो भाषा, साहित्य र संस्कृतिमात्रै बचाउँछ ।”

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले स्रष्टा चामलिङको कृतित्व एवम् व्यक्तित्वमाथि प्रकाश पार्दै उहाँले चामलिङ साहित्यसँगसँगै राजनीतिमा पनि उत्तिकै सफल रहेको उल्लेख गर्नुभयो । “२५ वर्षसम्म मुख्यमन्त्री भएर उहाँले पश्चिम बंगालका ज्योति वसुपछि भारतमा सबैभन्दा धेरै समय मुख्यमन्त्री बन्ने रेकर्ड कायम गर्नुभएको छ र नेपाली भाषा–साहित्यको समृद्धिका लागि पनि निर्माण प्रकाशनका माध्यमबाट उत्तिकै उल्लेखनीय काम गर्नुभएको छ ।” उहाँले भूगोलले छुट्याए पनि भाषा, साहित्य र संस्कृतिले नेपाल र सिक्किमलाई भावनात्मक सम्बन्धले जोडेको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, वाङ्मय शताब्दी पुरुष जोशी, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ‘रायन’ लगायतका विशिष्ट स्रष्टा–सर्जकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले गर्नुभएको थियो ।

 

 

छपाइ सम्बन्धी कागजको टेण्डर नोटिस

गोरखापत्र दैनिकमा प्रकाशित मिति २०७६।९।२७ गते आइतबार र २०७६।९।२९ गते मंगलबार

 

छपाइ कागज खरिदसम्बन्धी बोलपत्रदाताले पालना गर्नुपर्ने सर्तहरू