नेपाल प्रज्ञा प्रतिष्ठानः संक्षिप्त परिचय

नेपाल प्रज्ञा–प्रतिष्ठान नेपालका भाषा, साहित्य, दर्शनशास्त्र, संस्कृति तथा सामाजिक शास्त्रसम्बन्धी अध्ययन, अन्वेषण गर्न, मौलिक सिर्जनात्मक वातावरणको निर्माण गर्न, राष्ट्रका विद्वान एवं प्रतिभाहरुको सम्मान गर्न, सिर्जनात्मक चिन्तन र रचनात्मक कार्यमा जनताको सर्वाङ्गीण सहभागिता जुटाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा प्राज्ञिक गतिविधिको सञ्चालन गर्न स्थापित एक राष्ट्रिय प्रतिष्ठित संस्था हो । यस प्रतिष्ठानको स्थापना तत्कालीन नेपाल सरकारबाट ‘नेपाल एकेडेमी ऐन २०१४’ पारित गरी सोही ऐनअनुसार नेपाली साहित्य, कला एकेडेमीको नाममा भएको थियो । वि.सं. २०१४ मा गठित यो प्रतिष्ठान २०३१ मा पुनः अर्काे ऐनद्वारा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा परिणत भयो । नेपालमा गणतन्त्रको स्थापना भएपछि साविक राजकीय प्रज्ञा–प्रतिष्ठानमा रहेका ललितकला र सङ्गीत, नाट्य विधाका निम्ति अलग्गै प्रज्ञा–प्रतिष्ठानको गठन गर्ने व्यवस्था निम्न विधामा प्राज्ञिक कार्य गर्ने उत्तरदायित्वका साथ नेपाल प्रज्ञा–प्रतिष्ठान ऐन २०६४ द्वारा सङ्गठित नेपाल प्रज्ञा–प्रतिष्ठान हाल क्रियाशील रहेको छः

नयाँ प्रावधान अनुसार नेपाल प्रज्ञा–प्रतिष्ठानमा निम्न विधामा प्रमुख पाँच विभाग रहेका छन्ः
१. भाषा
२. साहित्य
३. संस्कृति
४. सामाजिक शास्त्र
५. दर्शनशास्त्र

उद्देश्य

नेपाल प्रज्ञा प्रतिष्ठानको उद्देश्य
(क) नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्र सम्बन्धी विभिन्न विषयमा अध्ययन तथा अनुसन्धान गरी उपयोगी ग्रन्थ एवं कृति तयार गर्ने, गराउने,
(ख) नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्र सम्बन्धी विभिन्न विषयमा अनुसन्धानात्मक तथा मौलिक कृतिहरूको सृजना एवं प्रकाशन गर्ने, गराउने,
(ग) आवश्यकता अनुसार विदेशी भाषाबाट नेपालका सबै भाषा र नेपालका भाषाबाट विदेशी भाषामा उच्च स्तरीय कृतिहरुको अनुवाद एवं प्रकाशन गर्ने, गराउने,
(घ) भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रहरूका सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, प्रदर्शनी आदि गर्ने, गराउने,
(ङ) भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रका विभिन्न विषयमा हुने अन्तर्राष्ट्रिय सम्मेलन, प्रवचन, गोष्ठी, विचारविमर्श, प्रदर्शनी आदिमा सहभागी गर्ने, गराउने,
(च) भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रका विभिन्न क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्बन्ध राख्ने,
(छ) भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रका विभिन्न विषयमा उल्लेखनीय योगदान दिने स्वदेशी तथा विदेशी व्यक्तिलाई कदर, सम्मान तथा पुरस्कारको व्यवस्था गर्ने,
(ज) भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रको विकासको निमित्त सम्बन्धित विषयका विद्वान् साहित्यकार एवं सामाजिकशास्त्रीेको प्रतिभा विकसित हुने
वातावरणको लागि सहयोग, सद्भावना र समन्वय अभिवृद्धि गर्ने,
(झ) नेपालका विभिन्न जाति तथा समुदायका साहित्य, लिपि, संस्कृति तथा लोकोक्तिको सम्बद्र्धन र संरक्षण गर्ने,
(ञ) नेपाली लोक साहित्यको अध्ययन, अनुसन्धान, सम्बद्र्धन र संरक्षण गर्ने,
(ट) नेपालका सबै भाषा, विभिन्न विदेशी भाषा र नेपालमा बोलिने भाषामा विश्वकोष
तथा शब्दकोष तयार गरी प्रकाशन गर्ने तथा नेपालका सबै भाषालाई संवृद्ध र वैभवशाली बनाउन विभिन्न शब्द तथा शब्दावलीको सृजना गरी प्रचलनमा ल्याउने,
(ठ) भाषा, साहित्य संस्कृति, दर्शन तथा सामाजिकशास्त्रका विषयमा योगदान दिने स्थानीय लेखक, साहित्यकार, सामाजिकशास्त्रीे, संस्कृतिविद् तथा सम्बन्धित अन्य संस्थाहरूको विकासमा सहयोग पु¥याउने,
(ड) नेपालका सबै भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिकशास्त्रको विषयमा अध्ययन तथा अनुसन्धानको लागि विद्वत्वृत्तिको व्यवस्था गर्ने,
(ढ) नेपालका सबै भाषा तथा साहित्यलाई विश्व साहित्य समक्ष पहिचान गराउने,
(ण) नेपालका विभिन्न जात जातिका लोपोन्मुख भाषा र संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्न प्राथमिकता दिने,

योजना र कार्यक्रम

माथिका उद्देश्य पूरा गर्न नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रमुख रुपमा निम्न बमोजिम कार्यक्रम सञ्चालन गर्नेछ —
— नेपालका भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रसम्बन्धी विभिन्न विषयमा अनुसन्धानात्मक तथा मौलिक कृतिहरुको सिर्जन ागर्ने गराउने ।
— नेपाली र नेपालका अन्य भाषाहरुमा विदेशी भाषाका उच्चस्तरीय कृतिहरुको अनुवाद गर्ने, गराउने तथा नेपाली र नेपालका अन्य भाषाहरुका उच्चस्तरीय कृतिहरुको विदेशी भाषाहरुमा तथा नेपालकै विभिन्न भाषामा अन्तरभाषिक अनुवाद गर्ने गराउने ।
— भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र र दर्शनशास्त्रका विभिन्न विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका प्रवचन, गोष्ठी, विचार–विर्मश, सम्मेलन, प्रदर्शनी आदि गर्ने गराउने ।
— प्रज्ञा–प्रतिष्ठान र सम्बद्ध अन्तर्राष्ट्रिय सङ्घ–संस्थासँग सम्बन्ध राख्ने र तीसँग तिमी सांस्कृतिक एवं प्राज्ञिक गतिविधि आदानप्रदान गर्ने ।
— भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रका विभिन्न वियायमा उल्लेखनीय गोगदान दिने स्वदेशी तथा विदेशी विद्वान् साहित्यकार एवं कलाकारहरुको कदर तथा सम्मान गर्ने ।
— सम्बद्ध विषयका विद्वान्, साहित्यकार र विशेषज्ञहरुको प्रतिभा विकसित हुने वातावरणको सिर्जना गर्ने ।
— विशिष्ट विद्वान् तथा साधकहरुलाई मानार्थ तथा आजीवन सदस्यता प्रदान गर्ने ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको सङ्गठन

—     प्राज्ञ सभा
—    प्राज्ञ परिषद्
—    सेवा आयोग

प्राज्ञ सभा
प्राज्ञ सभा प्रज्ञा–प्रतिष्ठानको सर्वाेच्च निकाय हो । यसको मुख्य कार्य प्राज्ञपरिषद्लाई मार्गदर्शन गर्नु, निर्देशन दिनु, वार्षिक नीति योजना तथा कार्यक्रम स्वीकृत गर्नु, विद्वत्वृत्ति, सम्मान, प्रज्ञामानार्थ–सदस्यता तथा आजीवन–सदस्यता प्रदान गर्नु, उपयुक्त व्यक्ति वा संस्थालाई कदर सम्मान वा पुरस्कारको व्यवस्था गर्नु तथा आवश्यक नियम बनाउनु हो ।
प्राज्ञ सभाको गठन देहायबमोजिम छ–

(क) कुलपति                अध्यक्ष
(ख) उपकुलपति             उपाध्यक्ष
(ग) सचिव, संस्कृति मन्त्रालय    पदेन सदस्य
(घ) नेपाली तथा नेपालका अन्य राष्ट्रभाषाहरु तथा तिनको साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रसम्बन्धी विभिन्न विषयमा उल्लेखनीय योगदान पु¥याएका व्यक्तिहरुबाट प्रधानमन्त्रीद्वारा मनोनीत पैँतीस जना
(ङ) प्रज्ञा–प्रतिष्ठानका सचिव सदस्य       सदस्य–सचिव
प्रधानमन्त्री प्रज्ञा–प्रतिष्ठानको प्रमुख संरक्षक र संस्कृतिमन्त्री संरक्षक हुनुहुन्छ ।

प्राज्ञ परिषद्
प्राज्ञ परिषद् प्रज्ञा–प्रतिष्ठानको कार्यकारी निकाय हो । यसले प्राज्ञसभाका निर्णयहरु कार्यान्वित गर्ने, सभाद्वारा दिइएका निर्देशनहरु पालन गर्ने, गराउने तथा प्रतिष्ठानको वार्षिक कार्यक्रम तथा बजेटको सञ्चालन गर्ने कार्य गर्दछ ।

प्राज्ञपरिषद्को गठन देहायबमोजिम छ–
(क) कुलपति                         अध्यक्ष
(ख) उपकुलपति                               उपाध्यक्ष
(ग) प्रधानमन्त्रीबाट मनोनीत बढीमा विभिन्न विधा र क्षेत्रका आठ जना विज्ञहरु      सदस्य
(घ) प्रज्ञा–प्रतिष्ठानका सचिव                 सदस्य–सचिव

प्राज्ञपरिषद्का पदाधिकारी लगायत प्राज्ञसभाको गठन संस्कृतिमन्त्रीको अध्यक्षतामा अन्य दुई विज्ञहरु रहेको प्रधानमन्त्रीद्वारा गठित समितिको सिफारिसमा प्रतिष्ठानको प्रमुख संरक्षक प्रधानमन्त्रीबाट हुन्छ ।

सेवा आयोग
प्रज्ञा–प्रतिष्ठानका कर्मचारीहरुको स्थायी नियुक्ति र बढुवाको सिफारिस गर्न निम्न बमोजिमको सेवा आयोग रहन्छः

सेवा आयोगको गठन
(क) लोकसेवा आयोगले तोकेका एक जना सदस्य         अध्यक्ष
(ख) प्राज्ञसभाले तोकेको सभाका एक जना सदस्य         सदस्य
(ग) प्रज्ञा–प्रतिष्ठानका सचिव                     सदस्य–सचिव

वार्षिक गतिविधिः सामान्यता प्रज्ञा–प्रतिष्ठानले आफ्ना वार्षिक कार्यक्रममा निम्न कुरा समावेश गर्ने गर्छ ।

कविता–महोत्सवः असार ९ गते प्रज्ञा–प्रतिष्ठानको जन्मदिनका उपलक्ष्यमा राष्ट्रिय राष्ट्रिय कविता–महोत्सव गरिन्छ । सो बेला देशभरिका इच्छुक कविहरुको बिचमा कविता प्रतियोगिता गराई पदक तथा पुरस्कार प्रदान गरिन्छ ।

भानुजयन्तीः असार २९ गते आदिकवि भानुभक्तको जन्मजयन्ती मनाइन्छ । त्यस्तै अरु प्रमुख प्रतिभाहरुका जन्म दिनमा जन्म जयन्ती कार्यक्रम आयोजना गरिन्छ ।

प्रवचन, गोष्ठी आदिः स्वदेशी तथा विदेशी विद्वान् एवं विदुषीहरुको सहभागितामा प्रवचन, गोष्ठी, सम्मेलन तथा अन्य प्राज्ञिक कार्यक्रमको आयोजना गर्ने गराउने गरिन्छ ।

विद्वत्वृत्तिः प्रज्ञा–प्रतिष्ठानले प्रत्येक वर्ष नेपालका भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र र दर्शनशास्त्रमा अनुसन्धान गर्न स्वदेशी तथा विदेशी विभिन्न विद्वान्लाई विद्वत्वृत्ति दिन सक्ने व्यवस्था छ । यसरी विद्वत्वृत्ति दिँदा सञ्चारमाध्यमबाट प्रस्तावको आह्वान गरिन्छ र आएका प्रस्तावहरुमध्येबाट प्राज्ञपरिषद्द्वारा छनौट गरी विद्वत्वृत्ति प्रदान गरिन्छ ।

समाचार

शब्दकोश संशोधन समिति गठन

नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘नेपाली बहत् शब्दकोश’को दसौँ संस्करण तयारीका लागि कुलपति गंगाप्रसाद उप्रेतीको संयोजकत्वमा समिति गठन गरेको छ । कात्तिक ३० गते बसेको प्राज्ञपरिषद्को बैठकले नवौँ